अष्ट्रेलियाका प्रधानमन्त्री ‘कू’ को शिकार !
एजेन्सी । प्रधानमन्त्री माल्कोम टर्नवेल मत सर्भेक्षणमा खराब प्रदर्शन, नजिकिदै गरेको निर्वाचन र एक कन्जरभेटिभ संसदको विद्रोहले पहिले दबाबमा थिए ।
ती दबाब थेगेका टर्नवेल हाल आएरु पार्टीभित्रको आन्तरिक प्रतिस्पर्धामा भने धरासायी भए । यही कारणले उनले अष्टे«लियाको कार्यकारी पदबाट हात धुनुप¥यो ।
आन्तरिक पार्टी निर्वाचनमा वर्तमान अर्थमन्त्री स्कट मोरिसनले पूर्व गृहमन्त्री पिटर डटनलाई ४५–४० को भोटले जित टर्नवेलको पदको लागि अन्तिम प्रहार भएर आयो ।
पार्टी नेतृत्वमा परिवर्तन आएपछि उनको राजीनामाको आह्वान हुन थालिसकेको थियो ।
पछि पार्टी भित्रका बहुसंख्यक सांसदहरुले उनको राजीनामा सम्बद्धमा निर्वाचनको माग गरेपछि उनले यसमा सहमति जनाउन बाध्य भए ।
मत परिणाम टर्नवेलले पद छाडेका हुन् ।
मोरिसन टुरिजम अष्ट्रेलियाका पूर्व प्रबन्ध निर्देशक हुन् । उनले आप्रबासन लगायत सामाजिक सेवाजस्ता मन्त्रालय सम्हालिसकेका छन् ।
विदेश मन्त्री जुली बिशोफ पनि नेतृत्वको लागि उभिएकी थिइन् तर उनी अन्तिम चरणसम्म पुग्न सकिनन् ।
हप्ता लामो अव्यवस्थाको पटाक्षेप
शुक्रबारको भोटले अष्ट्रेलियाको राजनीतिक इतिहासको सबैभन्दा नाटकीय हप्ताको अन्त्य ग¥यो । मंगलबार डटनले झण्डै टर्नबुल विरुद्धको एक चुनौती हारेका थिए ।
टर्नबुलले पछि एक प्रमुख समर्थक गुमाए पछि मोरिसन र विशोफ डटनबिरुद्ध चुनावी दौडमा प्रवेश गरेका थिए ।
शुक्रबार मरिसनले जित हासिल गरेपछि डटनले आफ्ना प्रतिद्वन्द्वीलाई जितको बधाई दिए ।
“भावी दिनमा मेरो कर्तव्य भनेको स्कट मोरिसनप्रति पूर्ण निष्ठा प्रर्दशन गर्ने र आम निर्वाचनमा पार्टीको विजय सुनिश्चित गर्ने हुन्छ,” उनले भने ।
अष्टे«लियन राजनीतिको विगत एक दशक नेतृत्वविरुद्धको ‘कु’को शृङ्खलाले अंकित छ । यो अवधिमा तीन प्रधानमन्त्री पार्टीभित्रको विरोधी धारका कारण पदच्युत भए ।
यही कारण पछिल्लो समयका कुनै पनि अष्टे«लियाली प्रधानमन्त्रीले आफ्नो तीन वर्षे कार्यकाल पूरा गर्न सकेका छैनन् ।
Comments
अरु समाचार
-
युद्धका हतियार तोकिएको समयमा विश्वका जुनसुकै ठाउँमा पुग्ने तर मल वा इन्धन किन पुग्दैन ? : बालेन शाह
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले हतियार आपूर्तिका लागि विश्वसँग रहेको तीव्र र प्रभावकारी संयन्त्र किसानका लागि मल तथा इन्धन आपूर्तिमा...
-
प्रधानमन्त्री शाह र राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता
न्यूयोर्क। प्रधानमन्त्री वालेन्द्र शाह र संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसबीच बिहीबार भेटवार्ता भएको छ। संयुक्त राष्ट्रसंघको ८१औँ महासभाको उच्चस्तरीय सप्ताहमा...
-
ईश्वर पोखरेलसहित ७ नेता एमाले स्थायी कमिटी सदस्यमा मनोनीत
काठमाडौं । नेकपा (एमाले) ले ईश्वर पोखरेलसहित सात जना नेताहरूलाई स्थायी कमिटी सदस्यमा मनोनीत गरेको छ। बिहीबार बसेको एमाले सचिवालय...
-
धादिङ कांग्रेसमा २० वर्षीय गौरवको छलाङ, महाधिवेशनका लागि बने कान्छा क्षेत्रीय प्रतिनिधि
धादिङ । निलकण्ठ नगरपालिका–१२ का २० वर्षीय गौरव सापकोटा नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा धादिङकै कान्छा क्षेत्रीय प्रतिनिधि बनेका छन्। सानै...
-
भन्सार अधिकृतले एसपीलाई धम्क्याएको अडियो प्रकरणको छानविन गर्न माग
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद टिका संग्रौलाले कञ्चनपुरका एक भन्सार अधिकृतले कैलालीका सशस्त्र प्रहरी उपरीक्षकसहित उच्च अधिकारीप्रति धम्कीपूर्ण भाषा...
-
प्रधानन्यायाधीश शर्मा र चिनियाँ प्रधानन्यायाधीश जुनबीच भेटवार्ता
काठमाडौं । प्रधानन्यायाधीश मनोजकुमार शर्माले बुधबार चीनका प्रधानन्यायाधीश झाङ जुनसँग भेटवार्ता गर्नुभएको छ। बेइजिङस्थित चीनको सर्वोच्च जनअदालतमा भएको भेटवार्तामा दुवै...
-
पार्टी संगठित अभियानमा कांग्रेस, आज देशैभर पालिका तहको अधिवेशन
काठमाडौँ । नेपाली कांग्रेसले आज देशैभर पालिका तहको अधिवेशन गर्दैछ । सो पार्टीको १५औँ महाधिवेशनअन्तर्गत स्थानीय तहको सांगठनिक संरचना निर्माण...
-
प्रतिनिधिसभाको बैठक बस्दै,यस्तो छ कार्यसूची
काठमाडौँ, असोज ७ गते । सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक बुधबार बस्दैछ । सिंहदरबारमा बिहान ११ बजेका लागि तय भएको बैठकमा...
-
सामान्य यात्रु झैं जहाज चढेर अमेरिका गए बालेन, बिदाई गर्ने दुईजना मात्रै
काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह सामान्य यात्रु झैं जहाज चढेर अमेरिका प्रस्थान गरेका छन् । प्रम शाहलाई बिदाई गर्ने दुईजना...












