फोब्र्सद्वारा १० धनी नेपालीको नाम सार्वजनिक, पशुपति समशेर देखि पूर्वराजा पनि सूचिमा
काठमाण्डौ । अमेरिकन पत्रिका फोब्र्सले नेपालका १० सर्वाधिक धनीहरुको सूचि सार्वजनिक गरेको छ ।
नेपालमा जन्मिएर नेपाल लगायतका विश्वका विभिन्न मुलुकमा व्यापार व्यवसाय गरिरहेकाहरुको सूचि सार्वजनिक गरिएको हो ।
सूचिको पहिलो नम्बरमा डलर अर्बपति विनोद चौधरी रहेका छन् । उनको सम्पत्त१ १.६ बिलियन डलर रहेको फोब्र्सले उल्लेख गरेको छ । चौधरी फोब्र्सको अर्बपति सूचिमा समावेश हुने पहिलो नेपाली नाम हो । उनी विश्वका डलर अर्बपतिको सूचिमा १३४२ औं स्थानमा छन् । उनी चौधरी ग्रुपका अध्यक्ष हुन् । उनको नेतृत्वमा देशभित्र र बाहिर ८० भन्दा बढी कम्पनी तथा उद्योग रहेका पत्रिकाले उल्लेख गरेको छ ।
२)शेष घले
दोश्रो धनी नेपालीको रुपमा शेष घलेलाई फोब्र्सले समेटेको छ । उनको कुल सम्पत्ति ४१० मिलियन डलर सम्पत्ति रहेको छ । उनी अष्टेलियाका ९९ औं धनीको रुपमा सूचिकृत व्यक्ति समेत हुन् । उनी गैरआवासीय नेपाली संघका तत्कालीन अध्यक्ष हुन् भने मेलबर्न इन्स्टिच्यूट अफ टेक्नोलोजीका चेयरमेन समेत हुन् ।
३)उपेन्द्र महतो

सबैभन्दा धनी नेपालीको सूचिमा उपेन्द्र महतो तेश्रो स्थानमा छन् । उनको सम्पत्ति ३६० मिलियन डलर रहेको छ । रसियामा पिएचडीको अध्ययन सकेका महतोले इलोक्टोनिक्स, तेल, हेभी मेसिनरी र बैंकिंग लगायतका क्षेत्रमा हात हालेर लोभलाग्दो सफलता हात पारेका छन् । उनको नेटवर्थ २५० मिलियनदेखि १ बिलियनको बीचमा रहेको बताइन्छ ।
४)अजय सुमार्गी

चौथो धनी नेपालीको सूचिमा अजय सुमार्गी रहेका छन् । उनको कुल सम्पत्ति २०० मिलियन डलर रहेको फोब्र्सको दाबी छ । सुमार्गी नेपालको हेटौडामा जन्मिएका हुन् । उनी पुष्पकमल दाहालसँगको घनिष्ठ सम्बन्धका कारण बेला बेलामा चर्चामा आइरहन्छन् । उनी नेपालका सीमित करोडपतिमध्येका एक रहेका पत्रिकाको भनाई छ । उनी मुक्तिश्रि प्रालिको अध्यक्ष रहेका छन्, जसले नेपालमा थुप्रै कम्पनी संचालन गरिरहेको छ।
५)आदित्य झा

गैरआवासीय नेपाली आदित्य झा सूचिको पाँचौ स्थानमा छन् । जनकपुरमा जन्मिएका झाको सम्पत्ति १०० मिलियन डलर रहेको बताइएको छ । उनी हाल क्यानिडयन व्यवसायी हुन् तथा सामाजिक अभियन्ता समेत हुन् ।
६)जिबा लामिछाने
लामिछाने पनि गैरआवासीय नेपाली हुन् । फोब्र्सको अर्बपति सूचिमा उनी छैठौं स्थानमा छन् । उनी रसियन मार्केटमा सप्लाई हुने एल्सन ब्राण्डको एलसिडी टिभी उत्पादक कम्पनी टेक्नो टस्टका डाइरेक्टर हुन् । उनी सन् १९८६ मा इञ्जिनियरिंगको अध्ययन पूरा गर्न रसिया पुगेका थिए, त्यहाँ उनले सामसंग, सोनी र एलजीको डिलरको विजिनेश थालेका थिए । उनले डा. उपेन्द्र महतोसँग सहकार्य गरी काम थालेका थिए ।
७)पशुपतिसमशेर राणा
पशुपति समशेर जंगबहादुर राणा सर्वाधिक धनी नेपालीको सूचिमा सातौं स्थानमा परेका छन् । उनको कुल सम्पत्ति ८४ मिलियन डलर रहेको छ । उनी नेपालका पूर्व राजा वा राजपरिवार भन्दा पनि धनी व्यक्ति बन्न सफल भएका छन् । एउटा अन्तर्वार्तामा उनले भनेका छन् कि उनकी श्रीमतिले दाइजोको रुपमा मात्रै २५००० लाख रुपैयाँ सम्पत्ति ल्याइएकी थिइन् ।
८)बलराम चैनराई
बलराम हंगकंगमा बसेर विजिनेश गर्ने नेपाली व्यवसायी हुन् । सूचिको आठौं नम्बरमा रहेका उनको कुल सम्पत्ति ७० मिलियन डलर रहेको छ । उनको रियलस्टेट र इलेक्टिोनिक्स क्षेत्रमा निकै ठूलो विजिनेश साम्राज्य रहेको छ । उनी हंगकंगको साउथ एशियन सोसाइटीको नेतृत्वकर्ता पनि हुन् । उनी नेपालको ओखलढुंंगामा जन्मिएका हुन् र आफ्ना ब्रिटिस आर्मी बुबाको साथमा उनी हंगकंग सिफ्ट भएका थिए ।
९)राजेन्द्र खेतान
यो सूचिको नवौं स्थानमा उद्योगी राजेन्द्र खेतान रहेका छन् । उनको कुल सम्पत्ति ६२ मिलियन डलर रहेको फोब्र्सको दाबी छ । खेतान परिवारले एकसय वर्षभन्दा अघिदेखि नेपालमा विजिनेशको सुरुवात गरेको थियो । राजेन्द्र खेतान परिवारको जेठो छोरा रहेका र यो ग्रुप अन्तर्गत १३ वटाको हाराहारीमा कम्पनी तथा उद्योगहरु रहेका फोब्र्सले उल्लेख गरेको छ । राजेन्द्र खेतान नेपालका सानो उमेरमै सफल बनेका एक उद्योगपति रहेका पत्रिकाले दाबी गरेको छ । उनी लक्ष्मी बैंक र प्राइम लाइफ इन्स्योरेन्सका अध्यक्ष समेत हुन् ।
१०)ज्ञानेन्द्र शाह
सन् २००१ देखि २००८ सम्म नेपालमा राजाको रुपमा शासन चलाएका ज्ञानेन्द्र शाह धनी नेपालीको सूचिको १० औं नम्बरमा छन् । उनको कुल सम्पत्ति ५८ मिलियन डलर रहेको पत्रिकाले दाबी गरेको छ ।
ज्ञानेन्द्र शाह र उनको परिवारको १७ इन्टरप्राइजेज र कम्पनीहरुमा सेयर रहेको बताइएको छ । शाह नेपालका एक धनी व्यक्तिको रुपमा पत्रिकाले चित्रण गरेको छ ।
Comments
अरु समाचार
-
आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमयदर
काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको...
-
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलोपटक ‘फ्लाई दुबई विमान’अवतरण, गरियो भव्य स्वागत
काठमाडौं । पहिलो पटक पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएको 'फ्लाई दुबई विमान' लाई भव्य स्वागत गरिएको छ । असोज ७...
-
फेसबुक र इन्स्टाग्राममा ठगीविरुद्ध मेटाको अभियान, ३७ लाखभन्दा बढीमाथि कारबाही
सिङ्गापुर । सामाजिक सञ्जाल कम्पनी मेटाले सिंगापुर प्रहरीबाट प्राप्त सूचनाका आधारमा यस वर्ष अहिलेसम्म ठगीसँग सम्बन्धित ३७ लाखभन्दा बढी अकाउन्ट,...
-
बाढी पीडितलाई विद्युत महसुलमा राहत, न्यूनतम बिलिङदेखि निःशुल्क मिटरसमेत
काठमाडौं। सरकारले बहालवाला सुरक्षाकर्मीहरूलाई जलविद्युत् आयोजनाको प्राथमिक शेयर (आईपीओ) मा २ प्रतिशत सहभागिता सुनिश्चित गर्ने कानुनी व्यवस्था मिलाउन प्रक्रिया अघि...
-
भृकुटीमण्डपमा ‘यामाहा ब्लु फेस्ट’: १० लाखसम्म क्यासब्याकदेखि अन–द–स्पट फाइनान्सिङसम्म
काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा यही असोज १० गते शनिबारसम्म यामाहाको ‘ब्लु फेस्ट’ सञ्चालन हुँदैछ। नेपालका लागि आधिकारिक वितरक MDW राइड्स...
-
पासपोर्ट छपाइका लागि भएको ठेक्कापट्टा कानुनसम्मत: सर्वोच्च अदालत
काठमाडौं । राहदानी विभागबाट पासपोर्ट छपाइका लागि भएको ठेक्कापट्टा कानुनसम्मत रहेको सर्वोच्च अदालतले ठहर गरेको छ । न्यायाधीशहरू कुमार रेग्मी...
-
आज किन स्थगित गरियो नियमित सेयर कारोबार ?
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले आज (सोमबार) को नियमित सेयर कारोबार स्थगित गरेको छ । नेप्सेका अनुसार ७२...
-
‘आरोहणको तयारी गर्दैगर्दा हिम पहिरो गएको त्यो क्षण’
गोरखा । मनास्लु हिमालको तेस्रो शिविरमा गएको हिमपहिरोमा परी दुई जनाको मृत्यु भएको घटना यस वर्षको आरोहण सिजनमा हिमाली पर्यटनको...
-
आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमयदर
काठमाडौँ। नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर...












