फोब्र्सद्वारा १० धनी नेपालीको नाम सार्वजनिक, पशुपति समशेर देखि पूर्वराजा पनि सूचिमा
काठमाण्डौ । अमेरिकन पत्रिका फोब्र्सले नेपालका १० सर्वाधिक धनीहरुको सूचि सार्वजनिक गरेको छ ।
नेपालमा जन्मिएर नेपाल लगायतका विश्वका विभिन्न मुलुकमा व्यापार व्यवसाय गरिरहेकाहरुको सूचि सार्वजनिक गरिएको हो ।
सूचिको पहिलो नम्बरमा डलर अर्बपति विनोद चौधरी रहेका छन् । उनको सम्पत्त१ १.६ बिलियन डलर रहेको फोब्र्सले उल्लेख गरेको छ । चौधरी फोब्र्सको अर्बपति सूचिमा समावेश हुने पहिलो नेपाली नाम हो । उनी विश्वका डलर अर्बपतिको सूचिमा १३४२ औं स्थानमा छन् । उनी चौधरी ग्रुपका अध्यक्ष हुन् । उनको नेतृत्वमा देशभित्र र बाहिर ८० भन्दा बढी कम्पनी तथा उद्योग रहेका पत्रिकाले उल्लेख गरेको छ ।
२)शेष घले
दोश्रो धनी नेपालीको रुपमा शेष घलेलाई फोब्र्सले समेटेको छ । उनको कुल सम्पत्ति ४१० मिलियन डलर सम्पत्ति रहेको छ । उनी अष्टेलियाका ९९ औं धनीको रुपमा सूचिकृत व्यक्ति समेत हुन् । उनी गैरआवासीय नेपाली संघका तत्कालीन अध्यक्ष हुन् भने मेलबर्न इन्स्टिच्यूट अफ टेक्नोलोजीका चेयरमेन समेत हुन् ।
३)उपेन्द्र महतो

सबैभन्दा धनी नेपालीको सूचिमा उपेन्द्र महतो तेश्रो स्थानमा छन् । उनको सम्पत्ति ३६० मिलियन डलर रहेको छ । रसियामा पिएचडीको अध्ययन सकेका महतोले इलोक्टोनिक्स, तेल, हेभी मेसिनरी र बैंकिंग लगायतका क्षेत्रमा हात हालेर लोभलाग्दो सफलता हात पारेका छन् । उनको नेटवर्थ २५० मिलियनदेखि १ बिलियनको बीचमा रहेको बताइन्छ ।
४)अजय सुमार्गी

चौथो धनी नेपालीको सूचिमा अजय सुमार्गी रहेका छन् । उनको कुल सम्पत्ति २०० मिलियन डलर रहेको फोब्र्सको दाबी छ । सुमार्गी नेपालको हेटौडामा जन्मिएका हुन् । उनी पुष्पकमल दाहालसँगको घनिष्ठ सम्बन्धका कारण बेला बेलामा चर्चामा आइरहन्छन् । उनी नेपालका सीमित करोडपतिमध्येका एक रहेका पत्रिकाको भनाई छ । उनी मुक्तिश्रि प्रालिको अध्यक्ष रहेका छन्, जसले नेपालमा थुप्रै कम्पनी संचालन गरिरहेको छ।
५)आदित्य झा

गैरआवासीय नेपाली आदित्य झा सूचिको पाँचौ स्थानमा छन् । जनकपुरमा जन्मिएका झाको सम्पत्ति १०० मिलियन डलर रहेको बताइएको छ । उनी हाल क्यानिडयन व्यवसायी हुन् तथा सामाजिक अभियन्ता समेत हुन् ।
६)जिबा लामिछाने
लामिछाने पनि गैरआवासीय नेपाली हुन् । फोब्र्सको अर्बपति सूचिमा उनी छैठौं स्थानमा छन् । उनी रसियन मार्केटमा सप्लाई हुने एल्सन ब्राण्डको एलसिडी टिभी उत्पादक कम्पनी टेक्नो टस्टका डाइरेक्टर हुन् । उनी सन् १९८६ मा इञ्जिनियरिंगको अध्ययन पूरा गर्न रसिया पुगेका थिए, त्यहाँ उनले सामसंग, सोनी र एलजीको डिलरको विजिनेश थालेका थिए । उनले डा. उपेन्द्र महतोसँग सहकार्य गरी काम थालेका थिए ।
७)पशुपतिसमशेर राणा
पशुपति समशेर जंगबहादुर राणा सर्वाधिक धनी नेपालीको सूचिमा सातौं स्थानमा परेका छन् । उनको कुल सम्पत्ति ८४ मिलियन डलर रहेको छ । उनी नेपालका पूर्व राजा वा राजपरिवार भन्दा पनि धनी व्यक्ति बन्न सफल भएका छन् । एउटा अन्तर्वार्तामा उनले भनेका छन् कि उनकी श्रीमतिले दाइजोको रुपमा मात्रै २५००० लाख रुपैयाँ सम्पत्ति ल्याइएकी थिइन् ।
८)बलराम चैनराई
बलराम हंगकंगमा बसेर विजिनेश गर्ने नेपाली व्यवसायी हुन् । सूचिको आठौं नम्बरमा रहेका उनको कुल सम्पत्ति ७० मिलियन डलर रहेको छ । उनको रियलस्टेट र इलेक्टिोनिक्स क्षेत्रमा निकै ठूलो विजिनेश साम्राज्य रहेको छ । उनी हंगकंगको साउथ एशियन सोसाइटीको नेतृत्वकर्ता पनि हुन् । उनी नेपालको ओखलढुंंगामा जन्मिएका हुन् र आफ्ना ब्रिटिस आर्मी बुबाको साथमा उनी हंगकंग सिफ्ट भएका थिए ।
९)राजेन्द्र खेतान
यो सूचिको नवौं स्थानमा उद्योगी राजेन्द्र खेतान रहेका छन् । उनको कुल सम्पत्ति ६२ मिलियन डलर रहेको फोब्र्सको दाबी छ । खेतान परिवारले एकसय वर्षभन्दा अघिदेखि नेपालमा विजिनेशको सुरुवात गरेको थियो । राजेन्द्र खेतान परिवारको जेठो छोरा रहेका र यो ग्रुप अन्तर्गत १३ वटाको हाराहारीमा कम्पनी तथा उद्योगहरु रहेका फोब्र्सले उल्लेख गरेको छ । राजेन्द्र खेतान नेपालका सानो उमेरमै सफल बनेका एक उद्योगपति रहेका पत्रिकाले दाबी गरेको छ । उनी लक्ष्मी बैंक र प्राइम लाइफ इन्स्योरेन्सका अध्यक्ष समेत हुन् ।
१०)ज्ञानेन्द्र शाह
सन् २००१ देखि २००८ सम्म नेपालमा राजाको रुपमा शासन चलाएका ज्ञानेन्द्र शाह धनी नेपालीको सूचिको १० औं नम्बरमा छन् । उनको कुल सम्पत्ति ५८ मिलियन डलर रहेको पत्रिकाले दाबी गरेको छ ।
ज्ञानेन्द्र शाह र उनको परिवारको १७ इन्टरप्राइजेज र कम्पनीहरुमा सेयर रहेको बताइएको छ । शाह नेपालका एक धनी व्यक्तिको रुपमा पत्रिकाले चित्रण गरेको छ ।
Comments
अरु समाचार
-
सुनचाँदीको मूल्य निरन्तर अकासिँदो !
काठमाडौं ।आज बुधबार सुनको मूल्य तोलामा ८ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला...
-
आज आइतबारका लागि विदेशी मुद्राको विनिमय दर कति ?
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (आइतबार) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी...
-
केवाइसी भ्यानमा सिजीको सिन्डिकेट, विनोद चाैधरीको ध्यान अदालतको दुरुपयोगमा !
काठमाडाैं । ‘प्रतिस्पर्धा प्रवर्धन तथा बजार संरक्षण ऐन, २०६३’ ले बजारमा सिण्डिकेट निषेध गरे पनि सिजी मोटर्सले सवारी साधन आयातमा...
-
शनिबारका लागि विदेशी मुद्राको विनिमयदर यस्तो छ
काठमाडौं– नेपाल राष्ट्र बैंकले आज (शनिबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको...
-
सुनको मूल २ लाख ५० हजार नाघ्यो
काठमाडौं । शुक्रबार सुनको मूल्य २ लाख ५० हजार नाघेको छ । नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघका अनुसार आज...
-
पूर्वीनाकाबाट एक अर्ब ३७ करोडको चिया निर्यात
झापा । पूर्वीनाका काँकडभिट्टाबाट चालु आर्थिक वर्षको प्रथम चौमासिकमा रु एक अर्ब ३७ करोड ३० लाख ७७ हजार बराबरको चियाको...
-
आजदेखि एक सयको नयाँ नोट चलनचल्तीमा
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजदेखि एक सय रुपियाँ दरको नयाँ बैंक नोट चलनचल्तीमा ल्याएको छ । बैंकले सूचना जारी गर्दै...
-
जकार्ता विश्वकै सबैभन्दा ठूलो सहर, टोकियो तेस्रोमा झर्यो
काठमाडौं । संयुक्त राष्ट्रसंघको एक नयाँ प्रतिवेदनले इन्डोनेसियाको राजधानी जकार्तालाई विश्वको सबैभन्दा ठूलो शहर घोषणा गरेको छ । यो शहरमा...
-
मुस्ताङमा आलुको उत्पादन क्षेत्र विस्तार : ६२ करोडको ८२ लाख बढीको बिक्री
मुस्ताङ । यहाँको पाँच स्थानीय तहमा रु ६२ करोड ८२ लाख ३५ हजार ४०० बराबरको आलु उत्पादन भएको छ ।...












