साफ च्याम्पियनसिपको लागि २० सदस्यीय नेपाली टोली घोषणा,४ वर्षपछि फर्किए निराजन
काठमाडाैं ११,भदाै । बंगलादेशमा हुने साफ सुजुकी कप फुटबलका लागि २० सदस्यी नेपाली टोली घोषणा भएको छ। मुख्य प्रशिक्षक बालगोपाल महर्जनले विराज खड्काको कप्तानीमा सोमवार २० सदस्यीय टोली घोषणा गरेका हुन्।
टोलीमा निराजन खड्काले कमब्याक गरेका छन्। नियमित डिफेण्डर कमल श्रेष्ठ र फरवार्ड जर्ज प्रिन्स कार्की भने टोलीमा अटाएनन्। यसैगरी डिफेण्डर सुमन अर्यालले पहिलो पटक सिनियर टोलीमा स्थान बनाएका छन्। यसअघि प्रारम्भिक चरणमा छनोटमा परेका २९ खेलाडीबाट अन्तिम टोली घोषणा गरिएको हो।
गत सिजन मोफसलमा गरेको प्रदर्शनमा थ्री स्टारको लागि राम्रो प्रदर्शन गरेको र ट्रेनिङहरुमा पनि राम्रो गरेकाले निराजनको कमब्याक भएको प्रशिक्षक बालगोपालले बताए। ‘विगत २ महिना भन्दा बढी समयको ट्रेनिङ, थाइल्याण्डमा भएको १० दिनको क्याम्प तथा एसियन गेम्सको ३ वटा खेलपछि हामीले साफको लागि अन्तिम टोली छनोट गरेका हौँ। महर्जनले पहिलोपोस्टसँग भने, ‘गत सिजन निराजनले थ्री स्टारका लागि गरेको प्रदर्शनका कारण नै उनले राष्ट्रिय टिममा कमब्याक गरेका हुन्। समग्रमा हाम्रो राम्रो टिम छनोट गरेका छौँ।’
घरेलु फुटबलमा फ्रेण्ड्स क्लबबाट करियर सुरु गर्दै मनाङ मर्स्याङ्दी र थ्री स्टार वस्ता चर्चित क्लबबाट खेलिसकेका निराजनले सन् २००८ मा नेपालको राष्ट्रिय टिममा डेब्यु गरेका थिए।
इन्डोनेसियामा एसियन गेम्स खेलेका सुमन लामा पनि टोलीमा अटाएन्। सन् २०१५ मा भारतमा भएको साफ च्याम्पियनसिप खेल्ने टिममा रहेका ११ खेलाडी अहिले पनि टिममा छन्। त्यतिखेर नेपालको कप्तान रहेका अनिल गुरुङले सन्यास लिइसके भने मिडफिल्डर विक्रम लामा पूर्ण रुपमा फिट भइसकेका छैनन्।
साफका लागि छनोट भएका वर्तमान टोलीका ५ खेलाडीले सन् २०१३ काठमाडौँमै भएको साफ च्याम्पियनसिप समेत खेलेका थिए। त्यतिखेर घरेलु मैदानमा खेल्नेमा विराज महर्जनसहित रोहित चन्द, किरण चेम्जोङ, भरत खवास र विमल घर्ती मगर थिए। विमलले त्यही साफमा नेपालको सिनियर टिममा डेब्यु गर्दै पाकिस्तान विरुद्ध गोल गरेका थिए।
बंगलादेशमा हुने साफमा नेपाल समूह ए मा छ। नेपाल रहेको समूहमा आयोजक बंगलादेश, पाकिस्तान र भुटान छन्।
२० सदस्यीय नेपाली टोली
गोलकिपर : किरण कुमार लिम्बु, बिकेश कुथु, एलान न्यौपाने
डिफेण्डर : दिनेश राजवंशी, देवेन्द्र तामाङ, विराज महर्जन, अनन्त तामाङ, आदित्य चौधरी, रोहित चन्द, सुमन अर्याल
मिडफिल्डर : हेमन्त थापा मगर, हेमन गुरुङ, विशाल राई, सुनिल बल, सुजल श्रेष्ठ, निराजन खड्का
फरवार्ड : भरत खवास, विमल घर्ती मगर, नवयुग श्रेष्ठ, अन्जन विष्ट
Comments
अरु समाचार
-
विश्वकपमा क्रिस्टियानोले बनाए रेकर्ड, लगातार ६ गोल गर्ने पहिलो खेलाडी
एजेन्सी । पोर्चुगलका क्रिस्टियानो रोनाल्डो ६ वटा विश्वकपमा गोल गर्ने पहिलो खेलाडी बनेका छन्। विश्वकपअन्तर्गत मंगलबारको खेलमा उज्बेकिस्तानविरुद्ध उनले दुई...
-
फिफा विश्वकप: सर्वाधिक गोलको रेकर्ड मेस्सीको नाममा, अष्ट्रियालाई हराउन दुई गोल निर्णायक
काठमाडौं । अर्जेन्टिनाका कप्तान Lionel Messi ले फिफा विश्वकप इतिहासमा सर्वाधिक गोल गर्ने खेलाडीको कीर्तिमान आफ्नो नाममा दर्ज गरेका...
-
विश्वकप फुटबल: नेदरल्यान्ड्सले स्वीडेनलाई हरायो, कुराकाओ र इक्वेडरले खेले बराबरी
काठमाडौं। फिफा विश्वकप फुटबलमा गए राति भएका खेलमा जर्मनी र नेदरल्यान्ड्सले जित निकालेका छन् । आइभरी कोस्टलाई २–१ ले पराजित...
-
फिफा विश्वकप: हाइटीलाई ३ गोलले पराजित गर्दै ब्राजिल शीर्ष स्थानमा
काठमाडौं । फिफा विश्वकप फुटबलमा ब्राजिलले हैटीलाई ३ गोलले हराएको छ । ब्राजिलले खेलको पहिलो हाफमा नै तीन गोल गर्यो...
-
फिफा विश्वकप फुटबल २०२६: स्कटल्याण्डलाई मोरक्कोले १–० ले हरायो
काठमाडौँ– फिफा विश्वकप फुटबल २०२६ मा समूह सी को मोरक्कोले पहिलो जित निकालेको छ । शनिबार बिहान बोस्टन स्टेडियममा...
-
चेक रिपब्लिक र दक्षिण अफ्रिकाले बराबरी खेले, क्यानडा र स्वीजरल्याण्डको जीत
काठमाण्डौ । विश्वकप फुटबलमा क्यानडाले समूह बी को दोस्रो खेलमा ऐतिहासिक जित निकालेको छ । क्यानडाले कतारलाई ६–० ले हरायो...
-
प्रतिनिधिसभा बैठक आज पनि, बजेटबारे सम्बन्धित मन्त्रीको जवाफ
काठमाडौँ– संघीय संसद अन्तर्गत प्रतिनिधिसभा बैठक आज पनि बस्दैछ । बैठक बिहान ११ बजे सिंहदरबारमा बस्ने संसद सचिवालयले जनाएको छ...
-
फिफा विश्वकप २०२६: पोर्चुगल र डिआर कंगो १-१ को बराबरीमा
काठमाडौँ । फिफा विश्वकप २०२६ अन्तर्गत समूह 'के' को खेलमा कंगो डीआरले पोर्चुगललाई १-१ को बराबरीमा रोक्दै ऐतिहासिक उपलब्धि हासिल...
-
अर्जेन्टिनाका मेस्सीले गरे ह्याट्रिक, उनका फ्यानहरू उत्साहित
काठमाडौं । लियोनेल मेस्सीको लगातारको उत्कृष्ट प्रदर्शन र कीर्तिमानी ह्याट्रिकका कारण उनका फ्यानहरू निकै उत्साहित भएका छन् । उनको यो...











