साफ च्याम्पियनसिपको लागि २० सदस्यीय नेपाली टोली घोषणा,४ वर्षपछि फर्किए निराजन
काठमाडाैं ११,भदाै । बंगलादेशमा हुने साफ सुजुकी कप फुटबलका लागि २० सदस्यी नेपाली टोली घोषणा भएको छ। मुख्य प्रशिक्षक बालगोपाल महर्जनले विराज खड्काको कप्तानीमा सोमवार २० सदस्यीय टोली घोषणा गरेका हुन्।
टोलीमा निराजन खड्काले कमब्याक गरेका छन्। नियमित डिफेण्डर कमल श्रेष्ठ र फरवार्ड जर्ज प्रिन्स कार्की भने टोलीमा अटाएनन्। यसैगरी डिफेण्डर सुमन अर्यालले पहिलो पटक सिनियर टोलीमा स्थान बनाएका छन्। यसअघि प्रारम्भिक चरणमा छनोटमा परेका २९ खेलाडीबाट अन्तिम टोली घोषणा गरिएको हो।
गत सिजन मोफसलमा गरेको प्रदर्शनमा थ्री स्टारको लागि राम्रो प्रदर्शन गरेको र ट्रेनिङहरुमा पनि राम्रो गरेकाले निराजनको कमब्याक भएको प्रशिक्षक बालगोपालले बताए। ‘विगत २ महिना भन्दा बढी समयको ट्रेनिङ, थाइल्याण्डमा भएको १० दिनको क्याम्प तथा एसियन गेम्सको ३ वटा खेलपछि हामीले साफको लागि अन्तिम टोली छनोट गरेका हौँ। महर्जनले पहिलोपोस्टसँग भने, ‘गत सिजन निराजनले थ्री स्टारका लागि गरेको प्रदर्शनका कारण नै उनले राष्ट्रिय टिममा कमब्याक गरेका हुन्। समग्रमा हाम्रो राम्रो टिम छनोट गरेका छौँ।’
घरेलु फुटबलमा फ्रेण्ड्स क्लबबाट करियर सुरु गर्दै मनाङ मर्स्याङ्दी र थ्री स्टार वस्ता चर्चित क्लबबाट खेलिसकेका निराजनले सन् २००८ मा नेपालको राष्ट्रिय टिममा डेब्यु गरेका थिए।
इन्डोनेसियामा एसियन गेम्स खेलेका सुमन लामा पनि टोलीमा अटाएन्। सन् २०१५ मा भारतमा भएको साफ च्याम्पियनसिप खेल्ने टिममा रहेका ११ खेलाडी अहिले पनि टिममा छन्। त्यतिखेर नेपालको कप्तान रहेका अनिल गुरुङले सन्यास लिइसके भने मिडफिल्डर विक्रम लामा पूर्ण रुपमा फिट भइसकेका छैनन्।
साफका लागि छनोट भएका वर्तमान टोलीका ५ खेलाडीले सन् २०१३ काठमाडौँमै भएको साफ च्याम्पियनसिप समेत खेलेका थिए। त्यतिखेर घरेलु मैदानमा खेल्नेमा विराज महर्जनसहित रोहित चन्द, किरण चेम्जोङ, भरत खवास र विमल घर्ती मगर थिए। विमलले त्यही साफमा नेपालको सिनियर टिममा डेब्यु गर्दै पाकिस्तान विरुद्ध गोल गरेका थिए।
बंगलादेशमा हुने साफमा नेपाल समूह ए मा छ। नेपाल रहेको समूहमा आयोजक बंगलादेश, पाकिस्तान र भुटान छन्।
२० सदस्यीय नेपाली टोली
गोलकिपर : किरण कुमार लिम्बु, बिकेश कुथु, एलान न्यौपाने
डिफेण्डर : दिनेश राजवंशी, देवेन्द्र तामाङ, विराज महर्जन, अनन्त तामाङ, आदित्य चौधरी, रोहित चन्द, सुमन अर्याल
मिडफिल्डर : हेमन्त थापा मगर, हेमन गुरुङ, विशाल राई, सुनिल बल, सुजल श्रेष्ठ, निराजन खड्का
फरवार्ड : भरत खवास, विमल घर्ती मगर, नवयुग श्रेष्ठ, अन्जन विष्ट
Comments
अरु समाचार
-
काठमाडौं विरूद्ध पोखराले टस जित्याे, दाेस्राे खेलमा सुदूरपश्चिम र चितवन भिड्दै !
काठमाडौं। काठमाडौंको किर्तिपुरमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग(एनपिएल)मा आजको पहिलो खेलमा पोखरा एभेन्जर्स र काठमाडौँ गोर्खाज भिड्दैछन् । बिहान...
-
एनपीएलमा आज लुम्बिनी र विराटनगरबीच प्रतिस्पर्धा गर्दै !
काठमाडौं । कीर्तिपुरमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज विराटनगर किङ्स र लुम्बिनी लायन्सबीच प्रतिस्पर्धा हुँदैछ।...
-
एनपीएलमा आज दुई खेल, जनकपुर/चितवन र पोखरा/ कर्णाली भिड्दै
काठमाडौं । जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)अन्तर्गत आज दुई खेल हुँदै छन् । त्रिवि क्रिकेट रंगशाला, कीर्तिपुरमा हुने...
-
फाफ डु प्लेसिस आज नेपाल आइपुग्ने !
काठमाडौं । रोयल च्यालेन्जर्स बैंगलोर (आरसीबी)का पूर्व कप्तान तथा दक्षिण अफ्रिकी चर्चित ब्याटर फाफ डु प्लेसिस आज नेपाल आइपुग्ने भएका...
-
फाइनलमा आज नेपाल र यूएई प्रतिश्पर्धा गर्दै !
काठमाडाैं । संयुक्त अरब इमिरेट्स (यूएई) मा जारी एसिसी पुरुष यू–१९ प्रिमियर कप क्रिकेटमा च्याम्पियन बन्ने लक्ष्यका साथ आयोजक यूएईसँग...
-
एनपीएलमा काठमाडौं गोर्खाजको चौथो जित, कर्णाली याक्सलाई ५ विकेटले हरायो
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा काठमाडौं गोर्खाजले चौथो जित निकालेको छ । कर्णाली याक्सलाई ५ विकेटले पराजित गर्दै...
-
काठमाडौंविरूद्ध कर्णालीले टस जित्यो, पहिला ब्याटिङ गर्ने !
काठमाडौं । कर्णाली याक्सले नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको आइतबार काठमाडौं गोर्खाजसँगको खेलमा पहिला ब्याटिङ गर्ने भएको छ । कर्णालीका...
-
एनपीएलमा आज कर्णाली र काठमाडौं भिड्दै
काठमाडौं । त्रिभुवन विश्वविद्यालयको क्रिकेट रङ्गशालामा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आज कर्णाली याक्स र काठमाडौँ गोर्खाज...
-
पोखराविरुद्ध लुम्बिनीको तीन विकेटको जित, कसले कस्तो खेले ?
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)मा पोखरा एभेन्जर्सविरुद्ध लुम्बिनी लायन्सले तीन विकेटको जित निकालेको छ । प्रतियोगितामा पाँचौँ खेल खेलेको...












