प्रधानमन्त्री ओलीसँग लोकतन्त्रको सर्टिफिकेट माग्ने को ?
काठमाडाैं १२,भदाै । प्रधानमन्त्री केपी शर्मा आेलीले लोकतन्त्र कसैले किस्तीमा हालेर दिएको भिक्षा नभई संगर्ष गरेर लडेर प्राप्त गरेको उपलब्धि भएको जनाएका छन् ।
मंगलबार प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै ओलीले विपक्षी दलले सरकारलाई सर्वसत्तावाद लाद्न खोजेको भन्दै अधिनायकवाद र तानाशाहीको संज्ञा दिँदै गलत प्रचार गरेको भन्दै आपत्ति जनाए ।
‘यो लोकतन्त्र कसैले हामीलाई किस्तीमा हालेर दिएको होइन । दशाकौं संघर्ष गरेर हामीले नै हासिल गरेका हौं’, ओलीले भने, ‘तानाशाही दिनहरुमा सँगै जेल जिवन बिताएका साथीहरुले नै सरकारसँग लोकतन्त्रको सर्टिफिकेट मागेको देख्दा म छक्क पर्छु ।’
‘तानाशाही व्यवस्थाको कालकोठरीमा सँगसँगै दिन बिताएका साथीहरुले मात्रै होइन, पञ्चायत गएपछि स्कुल भर्ना हुनेहरुले पनि मेरो पार्टीको नेतृत्वमा रहेको सरकारसँग लोकतन्त्रको सर्टिफिकेट मागेको देख्दा छक्क पर्छु कहिलेहकहिले, मैले हाम्रो लोकतन्त्रलाई अराजकता र गन्जागोलमा होइन् थितिमा चलाउँ भन्दा अधिनायकवादी भन्नेले लि क्वान युले सानो मुलुक कसरी समृद्ध बनाए सिक प्रधानमन्त्री सिक भन्दै भाषण गरेको सुन्छु ।’
‘म स्पष्ट गर्न चाहन्छु, मेरो सारा जिन्दगी लोतन्त्रकै लागि समर्पण गरेको हुनाले यसप्रति अलिबढी मोह र स्नेह र आशक्ति पनि हुुन सक्छ, किनभने मेरो जिन्दगी त्यसैमा बितेको छ’, ओलीले भने, ‘त्यसैले विकासका लागि म लि क्वान यु जति कठोर बन्न सक्दिनँ ।’ आेलीले भने।
कतिले लि क्वान युले सिंगापुरलाई विकास गरेर उदाहरण प्रस्तुत गर्ने गरेको भएपनि आफू लोकतन्त्रप्रति विस्वास राख्ने व्यक्ति भएकाले लि क्वान जस्तो बन्न नसक्ने बताए ।
लि क्वान यु सिंगापुरका पहिलो प्रधानमन्त्री हुन् जसले तीन दशकसम्म सिंगापुरमा एकछत्र शासन गरेर सिंगापुरलाई समृद्ध मुलुक बनाएका थिए ।
Comments
अरु समाचार
-
हेटौंडा सडक विस्तार: ‘कानुनी राज्यको नाङ्गो उपहास’ कमल थापा
काठमाडौं । सडक डिभिजन कार्यालय हेटौंडाले आज बिहानैदेखि हेटौंडाको बुद्धचोक क्षेत्रमा सडक विस्तार कार्यक्रमअन्तर्गत घर तथा विभिन्न संरचना भत्काउन थालेपछि...
-
मधेस प्रदेशमा कांग्रेसबाट मुख्यमन्त्री बन्नु स्वागतयोग्य !
काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले मधेस प्रदेशमा कांग्रेसबाट मुख्यमन्त्री बन्नु स्वागतयोग्य रहेको बताएका छन्। शनिबार सामाजिक सञ्जाल फेसबुकमा...
-
एमाले केन्द्रीय सदस्यमा सांसद लिङ्थेपद्वारा उम्मेदवारी घोषणा !
काठमाडौं । नेकपा एमालेको ११ औ महाधिवेशनमा एमाले कोशी प्रदेश सभा सदस्य तथा संसदीय दलका प्रमुख सचेतक विदुरकुमार लिङ्थेपले केन्द्रीय...
-
पशुपति क्षेत्र विकास र नेपाल एयरलाइन्समा भनेको नियुक्ति दिलाउने सर्तमा पर्यटन सचिव बने मुकुन्द निराैला
काठमाडाैं । सोमबारको मन्त्रिपरिषद् बैठकले सरुवा गरेका सचिव मुकुन्द प्रसाद निरौलाले प्रधानमन्त्री सुशीला कार्कीको स्वकिय सचिव आदर्श श्रेष्ठको काम फत्ते...
-
एमालेले एघारौं महाधिवेशनको उदघाटनसत्रमा १० हजार स्वयंसेवक परिचालन गर्ने !
काठमाडौं । नेकपा एमालेले काठमाडौंमा आगामी मंसिर २७ गतेबाट गर्न लागेको एघारौं राष्ट्रिय महाधिवेशनको उदघाटनसत्रमा १० हजार स्वयंसेवक परिचालन गर्ने...
-
रुसी राष्ट्रपति पुटिन दुई दिने राजकीय भ्रमणमा भारत आउँदै, यस्तो छ २८ घण्टे भ्रमण तालिका !
काठमाडौं । रूसका राष्ट्रपति भ्लादिमिर पुटिन दुई दिने भ्रमणका लागि आज भारत भ्रमणमा आउँदै छन् । भारतीय सञ्चारमाध्यमहरूका अनुसार...
-
कुनै पनि दल ‘चोखो र जनउत्तरदायी’ छैनन् हामी कसैसँग गठबन्धन गर्दैनाैः हर्क साम्पाङ
काठमाडाैं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका नगरप्रमुख हर्कराज राई (साम्पाङ)ले आगामी चुनावमा आफ्नो दलले कुनै पनि राजनीतिक...
-
प्रतिनिधिसभा विघटन विरुद्धको रिटमा सुनुवाइका लागि पेसी तोकियो !
काठमाडौं । नेकपा एमालेले सर्वाेच्च अदालतमा दायर गरेको प्रतिनिधि सभा विघटन विरूद्धकाे रिटमा आज बुधबार संवैधानिक इजलासमा सुनुवाइ हुने भएको...
-
मुख्यमन्त्री नै अनुपस्थित भएपछि मधेश प्रदेशसभा दिउँसो २ बजेसम्मकाे लागि स्थगित !
काठमाडौं । मधेस प्रदेश सभाको बैठक दुई बजेसम्मका लागि स्थगित भएको छ। साढे १० बजे शुरू भएको बैठकमा सरकारका प्रतिनिधि...












