प्रधानमन्त्री ओलीसँग लोकतन्त्रको सर्टिफिकेट माग्ने को ?
काठमाडाैं १२,भदाै । प्रधानमन्त्री केपी शर्मा आेलीले लोकतन्त्र कसैले किस्तीमा हालेर दिएको भिक्षा नभई संगर्ष गरेर लडेर प्राप्त गरेको उपलब्धि भएको जनाएका छन् ।
मंगलबार प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै ओलीले विपक्षी दलले सरकारलाई सर्वसत्तावाद लाद्न खोजेको भन्दै अधिनायकवाद र तानाशाहीको संज्ञा दिँदै गलत प्रचार गरेको भन्दै आपत्ति जनाए ।
‘यो लोकतन्त्र कसैले हामीलाई किस्तीमा हालेर दिएको होइन । दशाकौं संघर्ष गरेर हामीले नै हासिल गरेका हौं’, ओलीले भने, ‘तानाशाही दिनहरुमा सँगै जेल जिवन बिताएका साथीहरुले नै सरकारसँग लोकतन्त्रको सर्टिफिकेट मागेको देख्दा म छक्क पर्छु ।’
‘तानाशाही व्यवस्थाको कालकोठरीमा सँगसँगै दिन बिताएका साथीहरुले मात्रै होइन, पञ्चायत गएपछि स्कुल भर्ना हुनेहरुले पनि मेरो पार्टीको नेतृत्वमा रहेको सरकारसँग लोकतन्त्रको सर्टिफिकेट मागेको देख्दा छक्क पर्छु कहिलेहकहिले, मैले हाम्रो लोकतन्त्रलाई अराजकता र गन्जागोलमा होइन् थितिमा चलाउँ भन्दा अधिनायकवादी भन्नेले लि क्वान युले सानो मुलुक कसरी समृद्ध बनाए सिक प्रधानमन्त्री सिक भन्दै भाषण गरेको सुन्छु ।’
‘म स्पष्ट गर्न चाहन्छु, मेरो सारा जिन्दगी लोतन्त्रकै लागि समर्पण गरेको हुनाले यसप्रति अलिबढी मोह र स्नेह र आशक्ति पनि हुुन सक्छ, किनभने मेरो जिन्दगी त्यसैमा बितेको छ’, ओलीले भने, ‘त्यसैले विकासका लागि म लि क्वान यु जति कठोर बन्न सक्दिनँ ।’ आेलीले भने।
कतिले लि क्वान युले सिंगापुरलाई विकास गरेर उदाहरण प्रस्तुत गर्ने गरेको भएपनि आफू लोकतन्त्रप्रति विस्वास राख्ने व्यक्ति भएकाले लि क्वान जस्तो बन्न नसक्ने बताए ।
लि क्वान यु सिंगापुरका पहिलो प्रधानमन्त्री हुन् जसले तीन दशकसम्म सिंगापुरमा एकछत्र शासन गरेर सिंगापुरलाई समृद्ध मुलुक बनाएका थिए ।
Comments
अरु समाचार
-
युद्धका हतियार तोकिएको समयमा विश्वका जुनसुकै ठाउँमा पुग्ने तर मल वा इन्धन किन पुग्दैन ? : बालेन शाह
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले हतियार आपूर्तिका लागि विश्वसँग रहेको तीव्र र प्रभावकारी संयन्त्र किसानका लागि मल तथा इन्धन आपूर्तिमा...
-
प्रधानमन्त्री शाह र राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता
न्यूयोर्क। प्रधानमन्त्री वालेन्द्र शाह र संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसबीच बिहीबार भेटवार्ता भएको छ। संयुक्त राष्ट्रसंघको ८१औँ महासभाको उच्चस्तरीय सप्ताहमा...
-
ईश्वर पोखरेलसहित ७ नेता एमाले स्थायी कमिटी सदस्यमा मनोनीत
काठमाडौं । नेकपा (एमाले) ले ईश्वर पोखरेलसहित सात जना नेताहरूलाई स्थायी कमिटी सदस्यमा मनोनीत गरेको छ। बिहीबार बसेको एमाले सचिवालय...
-
धादिङ कांग्रेसमा २० वर्षीय गौरवको छलाङ, महाधिवेशनका लागि बने कान्छा क्षेत्रीय प्रतिनिधि
धादिङ । निलकण्ठ नगरपालिका–१२ का २० वर्षीय गौरव सापकोटा नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा धादिङकै कान्छा क्षेत्रीय प्रतिनिधि बनेका छन्। सानै...
-
भन्सार अधिकृतले एसपीलाई धम्क्याएको अडियो प्रकरणको छानविन गर्न माग
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद टिका संग्रौलाले कञ्चनपुरका एक भन्सार अधिकृतले कैलालीका सशस्त्र प्रहरी उपरीक्षकसहित उच्च अधिकारीप्रति धम्कीपूर्ण भाषा...
-
प्रधानन्यायाधीश शर्मा र चिनियाँ प्रधानन्यायाधीश जुनबीच भेटवार्ता
काठमाडौं । प्रधानन्यायाधीश मनोजकुमार शर्माले बुधबार चीनका प्रधानन्यायाधीश झाङ जुनसँग भेटवार्ता गर्नुभएको छ। बेइजिङस्थित चीनको सर्वोच्च जनअदालतमा भएको भेटवार्तामा दुवै...
-
पार्टी संगठित अभियानमा कांग्रेस, आज देशैभर पालिका तहको अधिवेशन
काठमाडौँ । नेपाली कांग्रेसले आज देशैभर पालिका तहको अधिवेशन गर्दैछ । सो पार्टीको १५औँ महाधिवेशनअन्तर्गत स्थानीय तहको सांगठनिक संरचना निर्माण...
-
प्रतिनिधिसभाको बैठक बस्दै,यस्तो छ कार्यसूची
काठमाडौँ, असोज ७ गते । सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक बुधबार बस्दैछ । सिंहदरबारमा बिहान ११ बजेका लागि तय भएको बैठकमा...
-
सामान्य यात्रु झैं जहाज चढेर अमेरिका गए बालेन, बिदाई गर्ने दुईजना मात्रै
काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह सामान्य यात्रु झैं जहाज चढेर अमेरिका प्रस्थान गरेका छन् । प्रम शाहलाई बिदाई गर्ने दुईजना...












