नेपालमा हस्पिटालिटी म्यानेजमेन्टको उत्कृष्ट गन्तव्य ‘आईएसटी’ कलेज
काठमाडाैं १३,भदाै । सुरुसुरुमा नेपालमा हस्पिटालिटी म्यानेजमेन्टको अध्ययनलाई खासै रुचिको विषयका रुपमा लिइएको थिएन तर, अहिले यो क्षेत्रमा अध्ययनको लागि विद्यार्थीहरुको आकर्षण बढ्दै गएको छ।
नेपालमा लगानी मैत्री वातावरणको सिर्जना हुने र राकजनीतिक व्यवस्था परिवर्तनले ल्याएका सिमित परिवर्तनले मात्रै पनि नेपालमा तारे होटेलहरुको विकास भएको पाइन्छ । राजा शासनकाल देखि नै शोखिन मानिसका लागि या विदेशी पाहुनालाई राख्नका लागि यस्तो अवधारणामाथी शासकको नजिक सम्बन्ध भएकाले तारे होटेलहरु संचालन गरेकै थिए ।
यस्तै, विभिन्न सुविधायुक्त होटेलको निर्माणसंगै त्यस क्षेत्रमा आवश्यक जनशक्ति भने नेपालमा उत्पादनको बाटो नै लगभग थिएन । नेपालका होटेलहरु अहिले पनि भारतका विभिन्न शहरहरुबाट जनशक्तिको परिपूर्ति गर्दै आएका छन् ।
नेपाल सरकारले २०२० लाई नेपाल भ्रमण वर्ष घोषणा गरेको छ । नेपाल भ्रमण वर्षको उद्धेश्य भनेको धेरै भन्दा धेरै पर्यटकलाई नेपालमा भित्र्याउनु नै हो । पर्यटक धेरै आउनु भनेको होटेल व्यवसायमा लगानी फराकिलो बनाएर अत्याधुनिक होटेल संचालनमा ल्याउनु समेत भएकाले यस्ता क्षेत्रमा दक्ष जनशक्तिको आवश्यकता पर्छ नै ।
पर्यटन प्रबर्द्दनका लागि व्यवस्थापकिय क्षेत्रको महत्वपुर्ण भुमिका रहन्छ । नेपाल सरकारले २०२० सम्म जुन २०लाख पर्यटन भित्र्याउने उद्देश्य छ, त्यसका लागि पर्यटकलाई खुसि बनाएर सेवा दिने जनशक्ति भनेको होटेल म्यानेजमेन्टको हो। तसर्थ नेपाल सरकारले घोषणा गरेको नेपाल भ्रमण वर्ष लाई सफल पार्न हस्पिटालिटि म्यानेजमेन्टको क्षेत्रको महत्वपुर्ण भुमिका रहन्छ ।
होटेल म्यानेजमेन्ट आफैमा महङगो बिषय हो । होटेल म्यानेजमेन्ट बिषय लगानीको दृष्टिकोणमा अलि महङगो देखिए पनि तुरुन्तै प्रतिफल दिन सक्ने बिषय हो । किनकी नेपालमा दक्ष जनशक्तिको अभाव छ र राम्रो तलव सुविधा दिएर जनशक्ति बाहिरबाट ल्याउनु पर्ने बाध्यता छ ।
यस क्षेत्रमा जनशक्ति नभएर भारतबाट ल्याउनु पर्ने अवस्थालाई मध्यनजर गर्दै १४ वर्षअघि इन्टरनेसनल स्कुल अफ टुरिजम एण्ड होटल म्यानेजमेन्ट (आईएसटी) कलेज स्थापना भएको हो ।
होटल क्षेत्रमा दक्ष जनशक्तिको विकास गर्न र पर्यटकीय क्षेत्रको स्तरोन्नति गर्न यो कलेजको स्थापना भएको हो। त्रिविको समन्वयमा अष्ट्रियाको साल्ज बर्ग युनिभर्सिटीबाट सम्बन्धन प्राप्त यो कलेज काठमाडौंको ज्ञानेश्वरमा अवस्थित छ। होटल म्यानेजमेन्ट र टुरिजममा प्लस टुदेखि मास्टर्ससम्मका कक्षा एउटै छानोमा सञ्चालन हुने यो पहिलो कलेज हो। देशभरीका कलेजको रेटिङ अवार्डमा ३ पटकसम्म ‘बेस्ट होटल म्यानेजमेन्ट कलेज’ अवार्ड पाउन यो सफल भएको छ। यस कलेजमा विद्यार्थीहरूलाई विशेषगरी प्रयोगात्मक शिक्षा दिई अध्ययन अध्यापन गराइन्छ।
बिद्यार्थिलाई प्रयोगात्मक ज्ञान दिन सकिएन भने घोकन्ते कुराले विद्यार्थीको भविष्य र पैसाको सत्यानाश हुनुका साथै थप फ्रस्टेसनको बाटो तर्फ डोर्याउनु हो । यसर्थ कलेजमा पर्याप्त मात्रमा इन्टर्नसिपको व्यवस्था हुनु जरुरी छ जुन कुरा यस कलेजले व्यवस्था गर्दै आएको छ ।
गुणस्तरीय पढाई हुने यस कलेजमा प्लस टु पढ्न १ लाख ९५ हजार, व्याचलर्स पढ्न ७ लाख ५० हजार र मास्टरर्सका लागि ३ लाख २५ हजार शुल्क निर्धारण गरिएको छ। यस कलेजमा युनिभर्सिटीले तोकेको छात्रवृत्ति बाहेक गरिब जेहेन्दार र मेहेनती विद्यार्थी, सरकारी स्कुलबाट एसइइ दिने र राम्रो पढ्ने विद्यार्थीलाई समेत छात्रवृत्तिको व्यवस्था छ।
साथै कलेज आफु ग्यारेन्टी बसेर बैंकमा प्रमाण पत्र धितो राखी ऋण निकालेर समेत पढ्न पाउने व्यवस्था गरिएको छ। आधुनिक मल्टिमिडियाको प्रयोग गरी फिल्ड वर्क, रिर्पोट राइटिङ र प्रिजेन्टेसनका माध्यमबाट विद्यार्थीलाई अध्ययन गराउँदै ९५ प्रतिशत रिजल्ट हात पार्न सफल यस कलेजका १८ सय विद्यार्थी पास आउट भएर बजारमा गई सकेका छन् ।
यस कलेजमा खुल्ला वातावरण भएकाले विद्यार्थीहरू आफै इभेन्टलगायत आ–आफ्नो रुचीअनुसारका खेल आयोजना गर्ने गर्दछन् । कलेजमा विद्यार्थीहरू भौतिक पूर्वाधारप्रति आकर्षित भएर समेत आउने गर्दछन् । नेपालको विश्वविद्यालयको दरमा इन्टरनेसनल स्तरको पढाई हुने भएकाले यो अभिभाकको समेत पहिलो रोजाई बनेको छ । व्यवहारिक खालको शिक्षा दिनुको साथै पढ्ने कुरा भन्दा पनि पढ्ने कला सिकाउनु यस कलेजको मुख्य विशेषता हो ।
बजारमा अहिले चरम वेरोजगारीको सामना गरिरहेका प्राय विद्यार्थीको अनुपातमा हस्पिटालिटी म्यानेजमेन्टका विद्यार्थीले खाली हात वस्नु परेको छैन् । शिक्षा लिइसकेपछि रोजगारी पाउनु अर्को मुख्य कुरा भएकाले समेत हस्पिटालिटी म्यानेजमेन्ट क्षेत्र कम जोखिममा धेरै लाभ लिन सकिने विषय समेत भएकाले यस क्षेत्रमा लगानी गर्न हिच्किचाउनु डराउनु भने पटक्कै पर्दैन ।
Comments
अरु समाचार
-
हेटौँडामा महाशक्ति साबुन उद्योगको गोदाममा आगलागी
काठमाडाैं । हेटौँडा उपमहानगरपालिका–८ स्थित औद्योगिक क्षेत्रभित्र रहेको महाशक्ति साबुन उद्योगको गोदाममा आगलागी भएको छ। साबुन उद्योग नजिकै तयार गरिएको...
-
उधारो राष्ट्रपति पदको लोभमा बाबुराम ब्याक, सुशीलादेखि सुदन र प्रचण्डसंग के भयो ?
काठमाडौं । गोरखा निर्वाचन क्षेत्र नम्बर २ बाट डा. बाबुराम भट्टराईले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन्। स्रोतका अनुसार राष्ट्रिय स्वतन्त्र...
-
काठमाडौं महानगर प्रहरी बलको प्रमुखमा विष्णु जोशी
काठमाडौं । काठमाडौं महानगरपालिका महानगर प्रहरी बलका प्रमुखमा एसपी विष्णुप्रसाद जोशीले पदभार ग्रहण गरेका छन्। यसअघिका प्रहरी प्रमुख एसएसपी राजुनाथ...
-
‘कुखराको मासुमा एन्टिबायोटिक प्रयोगको नियन्त्रण र अण्डामा लेबलिङको आवश्यकता’
काठमाडौं (केशव भट्टराई)। 'कुखराको मासुमा एन्टिबायोटिकको हानिकारक प्रयोगको नियन्त्रण र अण्डामा लेबलिङको आवश्यकतासम्बन्धी' एक छलफल कार्यक्रम काठमाडौंमा सम्पन्न भएको छ...
-
भीमफेदीमा जिप दुर्घटना ६ जनाको मृत्यु !
काठमाडाैं । हेटौँडा–कुलेखानी–काठमाडौं सडकखण्डअन्तर्गत मकवानपुरको भीमफेदी गाउँपालिका–६, जुरीखेतमा सुमो गाडी दुर्घटनामा परी ज्यान गुमाएका ६ मध्ये सोमबार (पुस २१) बिहानसम्म...
-
एमाले ११ औं महाधिवेशनः उम्मेदवारको अन्तिम नामावली सार्वजनिक, को-को छन ?
काठमाडाैं । काठमाडौँको भृकुटीमण्डपमा जारी नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिएको छ। पार्टीको निर्वाचन आयोगले विभिन्न पदका...
-
फेरि सर्यो एमाले महाधिवेशनको बन्दसत्रको समय
काठमाडाैं । नेकपा एमालेको ११औं महाधिवेशनको बन्दसत्रको समय फेरि सारिएको छ । सोमबार बिहानैबाट शुरु गर्ने भनिएको बन्दसत्र सवा १२...
-
हितेन्द्रदेवले सम्हाले विद्युत प्राधिकरणको कार्यभार
काठमाडौं । सर्वोच्च अदालतको परमादेशमार्फत नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा पुनर्स्थापित भएका हितेन्द्रदेव शाक्यले कार्यभार सम्हालेका छन् । शाक्यले बुधबार...
-
हेटौँडा बजारको घरटहरा थप भत्काउने कार्य स्थगित
काठमाडौं । हेटौँडा बजारको घरटहरा थप भत्काउने कार्य हाललाई स्थगित गरिएको छ । डिभिजन सडक कार्यालय हेटौँडाले पत्रकार सम्मेलनको आयोजना...











