नेपालको चौथो विकेट गुम्यो, दिपेन्द्र सिंह ऐरी ९ रनमा आउट
काठमाडाैं १३,भदाै । ओमानविरूद्ध टस हारेर पहिले ब्याटिङ गरिरहेको नेपालको चौथो विकेट गुमाएको छ।
चौथो विकेटका रूपमा ९ रन बनाएर खेलिरहेका दिपेन्द्र सिंह ऐरी आउट भए। उनले १६ बलको सामना गरेका थिए। २२ औं ओभरको चौथो बलमा मोहम्मद नदिमको बलमा उनी आउट भएका हुन्। यसअघि तेस्रो विकेटका रूपमा १६औं ओभरको अन्तिम बलमा उपकप्तान मल्ल ४५ रन बनाउँदै आउट भए। लिस्ट ए मा १००० रन पुरा गरेका मल्लले ६० बल खेल्दै एक छक्का र चार चौका प्रहार गरेका थिए।
नेपालका कप्तान पारस खड्का व्यक्तिगत ८ रनको स्कोरमा आउट भए। २४ बल खेलेका उनी १५.५ ओभरमा ओमानी बलर लाचेताको बलमा एलबिडब्लुको धरापमा परे।
यसअघि पहिलो विकेटका रूपमा १५ बल खेल्दै ४ रन बनाए। सुबास खकुरेल आउट भएका थिए।
ओमानसँग खेल्दै नेपालले एसीसी एशिया कप छनोट प्रतियोगिताको सुरूवात गर्दैंछ।
नेपाल र ओमान डिभिजनस्तरका चिरप्रतिद्धन्द्धी हुन्। सात महिना अगाडि नेपाल डिभिजन टु मा रेलिगेसनमा पर्दा ओमानले पनि त्यो प्रतियोगिता खेलेको थियो।
पहिलो खेलमा ओमानविरुद्ध मैदान उत्रदा नेपाल शानदार सुरुवातको खोजीमा रहनेछ । तर, नेपाललाई सोचे जस्तो सहज छैन । किनकी ओमान पनि जितबाट प्रतियोगिताको सुरुवात गर्न चाहन्छ।
पछिल्लो नतिजा हेर्दा ओमानविरुद्ध नेपालको प्रदर्शन उच्च छैन। एकदिवसीय क्रिकेटमा ६ पटक भिडे पनि नेपालले पछिल्लो पाँच वर्षयता ओमानलाई हराउन सकेको छैन। तर, ६ भेटमा नेपाल र ओमानले समान ३/३ पटक जित निकालेका छन् ।
पछिल्लो ५ वर्षयता ओमानविरुद्ध जित निकाल्न नसकेको नेपालले सन् २००२ को एसीसी ट्रफीमा ओमानलाई १०५ रनले हराएको थियो। त्यसको आठ वर्षपछि भिड्दा नेपाल ६ विकेटले विजयी भएको थियो।
अन्तिम पटक नेपालले ओमानविरुद्ध २०१३ को डिभिजन थ्रीमा जित निकालेको थियो। त्यसपछिका दुई भिडन्तमा नेपाल पराजित भएको छ।
जसमा २०१४ को एसीसी प्रिमियर लिगमा २ विकेटको जित निकाल्दा २०१८ को डिभिजन टू मा ओमानले ६ विकेटको जित हासिल गरेको थियो ।
प्रतियोगितामा नेपालले दोस्रो खेलमा युएईसँग खेल्नेछ । जुन खेललार्इ आइसीसीले अन्तर्राष्ट्रिय एकदिवशीय मान्यता दिएको छ।
एसिया कपमा नेपालसहित आयोजक मलेसिया, युएई, हङकङ,सिंगापुर र ओमानले खेल्ने छन् । राउण्ड रोबिनको आधारमा हुने छनोटको शीर्ष दुई टोलीले फाइनलमा खेल्ने छन् ।
छनोटको बिजेताले युएईमा हुने एसिया कपमा सहभागिता जनाउने छन् । एकदिवसीय फर्म्याटको एसिया कपमा भारत, पाकिस्तान, श्रीलंका, बंगलादेश र अफगानिस्तान जस्ता टेष्ट राष्ट्रको सहभागिता रहने छ । छनोटको बिजेता सेम्टेम्बर १३ देखि २८ तारिखसम्म हुने एसिया कपको समूह ए मा पर्नेछ । उक्त समूहमा भारत र पाकिस्तान रहेको छ ।
Comments
अरु समाचार
-
फिफा विश्वकप: सर्वाधिक गोलको रेकर्ड मेस्सीको नाममा, अष्ट्रियालाई हराउन दुई गोल निर्णायक
काठमाडौं । अर्जेन्टिनाका कप्तान Lionel Messi ले फिफा विश्वकप इतिहासमा सर्वाधिक गोल गर्ने खेलाडीको कीर्तिमान आफ्नो नाममा दर्ज गरेका...
-
विश्वकप फुटबल: नेदरल्यान्ड्सले स्वीडेनलाई हरायो, कुराकाओ र इक्वेडरले खेले बराबरी
काठमाडौं। फिफा विश्वकप फुटबलमा गए राति भएका खेलमा जर्मनी र नेदरल्यान्ड्सले जित निकालेका छन् । आइभरी कोस्टलाई २–१ ले पराजित...
-
फिफा विश्वकप: हाइटीलाई ३ गोलले पराजित गर्दै ब्राजिल शीर्ष स्थानमा
काठमाडौं । फिफा विश्वकप फुटबलमा ब्राजिलले हैटीलाई ३ गोलले हराएको छ । ब्राजिलले खेलको पहिलो हाफमा नै तीन गोल गर्यो...
-
फिफा विश्वकप फुटबल २०२६: स्कटल्याण्डलाई मोरक्कोले १–० ले हरायो
काठमाडौँ– फिफा विश्वकप फुटबल २०२६ मा समूह सी को मोरक्कोले पहिलो जित निकालेको छ । शनिबार बिहान बोस्टन स्टेडियममा...
-
चेक रिपब्लिक र दक्षिण अफ्रिकाले बराबरी खेले, क्यानडा र स्वीजरल्याण्डको जीत
काठमाण्डौ । विश्वकप फुटबलमा क्यानडाले समूह बी को दोस्रो खेलमा ऐतिहासिक जित निकालेको छ । क्यानडाले कतारलाई ६–० ले हरायो...
-
प्रतिनिधिसभा बैठक आज पनि, बजेटबारे सम्बन्धित मन्त्रीको जवाफ
काठमाडौँ– संघीय संसद अन्तर्गत प्रतिनिधिसभा बैठक आज पनि बस्दैछ । बैठक बिहान ११ बजे सिंहदरबारमा बस्ने संसद सचिवालयले जनाएको छ...
-
फिफा विश्वकप २०२६: पोर्चुगल र डिआर कंगो १-१ को बराबरीमा
काठमाडौँ । फिफा विश्वकप २०२६ अन्तर्गत समूह 'के' को खेलमा कंगो डीआरले पोर्चुगललाई १-१ को बराबरीमा रोक्दै ऐतिहासिक उपलब्धि हासिल...
-
अर्जेन्टिनाका मेस्सीले गरे ह्याट्रिक, उनका फ्यानहरू उत्साहित
काठमाडौं । लियोनेल मेस्सीको लगातारको उत्कृष्ट प्रदर्शन र कीर्तिमानी ह्याट्रिकका कारण उनका फ्यानहरू निकै उत्साहित भएका छन् । उनको यो...
-
विश्वकप फुटबलमा फ्रान्सको विजयी शुरुआत, एम्बाप्पेले गरे दुई गोल
काठमाण्डौ - फिफा विश्वकप फुटबलमा फ्रान्सले विजयी शुरुआत गरेको छ । न्यूयोर्कको न्युजर्सी स्टेडियममा गए राति सम्पन्न खेलमा फ्रान्सले सेनेगललाई...











