सन्दीपको कमाल,युएईले नेपाललाई दियो २५५ रनको लक्ष्य
काठमाडाैंँ १४,भदाै । एसिया कप छनोट क्रिकेटमा युएईले नेपाललाई २५५ रनको चुनौती दिएको छ । नेपालले केहीबेरमा ब्याटिङ थाल्नेछ ।
मलेसियाको राजधानी क्वालालम्पुरस्थित किनरारा ओभलमा टस हारेर पहिले ब्याटिङ गरेको युएईले निर्धारित ५० ओभरमा ९ विकेटको क्षतिमा २५४ रन बनायो ।
युएईले सुरुवात उत्कृष्ट रहृयो । ओपनरद्वय अश्फाक अहमद र चिराग सुरीले पहिलो विकेटका लागि ७० रनको साझेदारी गरे । यो साझेदारी तोड्न नेपाली बलरहरुलाई निकै कस पर्यो ।
तर, १२.१ ओभरमा बसन्त रेग्मीले युएईका अश्फाक अहमदलाई ४५ रनमा एलबीडब्लू धरापमा पारे । अर्को ओभरको पहिलो बलमै सन्दीप लामिछानेले कप्तान रोहन मुस्तफालाई १ रनमा आउट गरे ।
तर, क्रिजमा टिकिरहेका सुरीले तेस्रो विकेटका लागि रमिज शाहजादले ६६ रनको साझेदारी गर्दै यूएईको पारी उकाले । सुरी ६५ र शाहजाद ३५ रनमा आउट भए । यद्यपि सातौं नम्बरमा ब्याटिङ गर्न आएका अद्नान मुफ्तीले अविजित ५७ रनको पारी खेलेपछि यूएईले सम्मानजनक स्कोर बनायो ।
चम्किए सन्दीप
यूएईविरुद्ध पूरै १० ओभर बलिङ गरेका सन्दीपले २ ओभर मेडन राख्दै २४ रन खर्चेर ४ विकेट लिन सफल भए ।
आफ्नो अन्तिम ओभरमा २ विकेट लिएका उनी हृयाटि्रकबाट भने चुके । सन्दीपले ४४.४ ओभरमा अब्दुल शाकोरलाई १० रनमा आउट गराएका थिए । त्यस्तै, ४४.५ बलमा अर्को विकेटको रुपमा मोहम्मद नभिदलाई शुन्य रनमा आउट गराउँदै एकै ओभरमा २ विकेट पूरा गरे ।
यसअघि सन्दीपले युएईका कप्तान रोहन मुस्तफा र शैमन अन्वारको महत्वपूर्ण विकेट लिएका थिए ।
नेपालका लागि बसन्त रेग्मी र सोमपाल कामीले समान २-२ विकेट लिए । बसन्तले १० ओभर बलिङ गर्दै ४९ रन खर्चेर २ विकेट लिए । सोमपालले १० ओभर बलिङ गर्दै ५८ रन खर्चेर २ विकेट लिए ।
Comments
अरु समाचार
-
टप एन्ड टी–२० सिरिज : एसिटीविरुद्ध नेपाल ‘ए’ निर्णायक खेलमा
डार्विन । अस्ट्रेलियामा जारी टप एन्ड टी–२० सिरिजअन्तर्गत नेपाल ‘ए’ पुरुष क्रिकेट टोलीले आज अस्ट्रेलियन क्यापिटल टेरिटोरी (एसिटी)सँग प्रतिस्पर्धा गर्दैछ।...
-
विश्वकप २०२६: फ्रान्सलाई २–० ले हराउँदै स्पेन १६ वर्षपछि फाइनलमा
काठमाडौँ। बलियो प्रतिद्वन्द्वी फ्रान्सलाई स्तब्ध बनाउँदै स्पेन फिफा विश्वकप–२०२६ को फाइनलमा प्रवेश गरेको छ । अमेरिकाको डालास स्टेडियममा बुधबार बिहान...
-
विश्वकपमा एम्बापेको अर्को कीर्तिमान, गोल्डेन बुट दौडमा शीर्ष स्थान कायम
न्युयोर्क । फ्रान्सका स्टार फरवार्ड किलियन एम्बापेले मोरक्कोविरुद्ध गोल गर्दै विश्वकप फुटबलमा आफ्नो कुल गोल सङ्ख्या २० पुर्याएका छन्। केवल...
-
विश्वकप २०२६: फ्रान्स सेमिफाइनलमा, मोरक्को २–० ले पराजित
काठमाडौं । कप्तान किलियन एमबाप्पे र उसमान डेम्बेलेको उत्कृष्ट प्रदर्शनमा फ्रान्स फिफा विश्वकप २०२६ को सेमिफाइनलमा पुगेको छ। शुक्रबार अमेरिकाको...
-
देशभर मनसुनी वायुको प्रभाव: भारी वर्षाको जोखिम, सतर्कता अपनाउन आग्रह
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यूनचापीय रेखा नेपालको पूर्वी भूभागतर्फ सरदरभन्दा दक्षिणमा र पश्चिमी...
-
इजिप्टविरुद्ध अर्जेन्टिनाको शानदार जित, क्वाटरफाइनलमा प्रवेश
काठमाडौं । अमेरिका, मेक्सिको र क्यानडामा जारी फिफा विश्वकप फुटबलअन्तर्गत अर्जेन्टिनाले अन्तिम १६ को खेलमा इजिप्टविरुद्ध शानदार पुनरागमन गर्दै क्वार्टरफाइनलमा...
-
स्पेनसँग पराजित भएसँगै रोनाल्डोको विश्वकप यात्रा सकियो
काठमाडौं: विश्व फुटबलका महान खेलाडीमध्ये एक मानिने क्रिस्टियानो रोनाल्डोको विश्वकप यात्रा अन्ततः उपाधिविहीन रूपमा समाप्त भएको छ। पोर्चुगल स्पेनसँग १–०...
-
विश्वकप: ब्राजिल २-१ ले पराजित, नर्बे क्वार्टरफाइनलमा
काठमाडौं । पाँच पटकको विश्व विजेता ब्राजिललाई २–१ ले स्तब्ध पार्दै नर्वे पहिलो पटक फिफा विश्वकप फुटबलको क्वार्टरफाइनलमा पुगेको छ।...
-
विश्वकप: केब भर्डेलाई पराजित गर्दै अर्जेन्टिना अन्तिम १६ मा
काठमाडौँ — आत्मघाती गोल नै निर्णायक बनेपछि डिफेन्डिङ च्याम्पियन अर्जेन्टिनाले केप भार्डेको बहादुरीपूर्ण चुनौती अतिरिक्त समयमा ३–२ ले समाप्त पार्दै...












