नेपालले सिंगापुरविरूद्ध १५२ रनको लक्ष्य पछ्याएर जवाफी ब्याटिङ थाल्यो
काठमाडाैँ १७,भदाै । सिंगापुरले दिएको १५२ रनको लक्ष्य पछ्याएर जवाफी ब्याटिङ थालेको नेपालले ७ ओभरको समाप्तीमा बिना कुनै विकेट क्षती ३४ रन बनाएर खेलिरहेको छ।
युकेएम ओभल मैदानमा पानी परेपछि खेल अहिले रोकिएको छ।
वर्षाले खेल रोकिनुअघि नेपालका लागि ओपनर अनिलकुमार साहले २१ बलमा २ छक्का र १ चौकासहित २३ रन र सुबास खकुरेलले २१ बलमा १ चौकासहित ८ रन बनाएर खेलिरहेका छन्।यस अघि टस जितेर पहिले ब्याटिङ गरेको सिंगापुरले निर्धारित ५० ओभरको खेलमा ४२ ओभरमा अलआउट हुँदै १५१ रन बनाएको थियो।
नेपालका लागि सन्दिप लामिछाने र ललित नारायण राजबंशीले समान ३-३ तथा सोमपाल कामीले १ विकेट लिएका थिए।
बसन्त रेग्मीले १ विकेट लिए भने सिंगापुरका एक खेलाडी रन आउट भएका थिए।
२ भित्र पर्दै फाइनलको यात्रा तय गर्ने तयारीमा छ।
एसिया कप छनोटको आशा जिवितै राख्न आज नेपालले कुनै पनि हालतमा सिंगापुरलाई फराकिलो अन्तरमा हराउनुपर्नेछ।
यसअघि पहिलो खेलमा ओमान र दोस्रो खेलमा युएईसँग हार ब्यहोरेको नेपालले तेस्रो खेलमा घरेलु टोली मलेसियालाई पराजित गर्दै पहिलो जित दर्ता गरेको थियो।
प्रतियोगिताको लगातार ३ खेलमा पराजित सिंगापुरको फाइनल यात्रा टुंगिएको छ।
यद्यपी नेपालको जितसँगै अन्य टिको खेलले पनि नेपाललाई प्रभावित पार्ने हुन्छ।
आजै भएको अर्को खेलमा युएईले घरेलु टोली मलेसियालाई ९२ रनमा समेटेर ८ विकेटको फराकिलो जित निकालेको छ।
योसँगै युएई अंक तालिकामा ६ अंकसहित शीर्ष स्थानमा उक्लिएको छ।
सम्बन्धित सामाचार
एसिया कप छनोट : टस हारेर सिंगापुरविरुद्ध फिल्डिङ गर्दै नेपाल
Comments
अरु समाचार
-
यूएईविरुद्धको खेलमा नेपालले हासिल गर्यो ६ रनको रोमाञ्चक जित
काठमाडौं । लिग २ अन्तरगत शुक्रबार भएको यूएईविरुद्धको म्याचमा नेपालले ६ रनको रोमाञ्चक जित हात पारेको छ। अन्तिम बलसम्म पुगेको...
-
‘वुमेन्स च्यालेन्ज ट्रफी’ का लागि इन्दुको कप्तानीमा घोषणा भयो टोली
काठमाडौंँ । आईसीसी वुमेन्स च्यालेन्ज ट्रफी खेल्ने नेपाली महिला टोलीको घोषणा गरिएको छ। नेपाल क्रिकेट संघ (क्यान)ले इन्दु वर्माको कप्तानीमा...
-
करण केसीलाई एक खेलमा प्रतिबन्ध, १०० प्रतिशत ‘म्याच फी’ जरिवाना
काठमाण्डाै – नेपाल क्रिकेट सङ्घ (क्यान) ले राष्ट्रिय टोलीका अलराउन्डर करण केसीलाई कारबाही गरेको छ ।सामाजिक सञ्जालमार्फत खेल भावना विपरीत...
-
आईपीएल क्रिकेटमा हैदरावादले कोलकातालाई ६५ रनले हरायो
काठमाण्डौ। इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा सन्राइजर्स हैदराबादले कोलकाता नाईट राइडर्सलाई हराएको छ । गएराति भएको खेलमा हैदरावादले कोलकातालाई ६५...
-
बार्सिलोनासँग ३–० ले पराजित भए पनि एथ्लेटिको म्याड्रिड कोपा डेल रे फाइनलमा
म्याड्रिड। एथ्लेटिको म्याड्रिड बार्सिलोनाविरुद्ध कोपा डेल रे सेमिफाइनलको दोस्रो लेगमा ३–० ले पराजित भए पनि समग्रमा ४–३ को अग्रता कायम...
-
नामिबियालाई हराउँदै पाकिस्तान टी–२० विश्वकपकाे ‘सुपर–एट’ मा
काठमाण्डाै – नामिबियालाई हराउँदै पाकिस्तान आईसीसी टी–२० विश्वकप क्रिकेटकाे ‘सुपर–एट’ मा पुगेकाे छ । श्रीलङ्काकाे काेलम्बाेमा आज भएकाे समूह ‘ए’...
-
टी–२० विश्वकपमा नेपालको सान्त्वना जीत, स्कटल्याण्ड ७ विकेटले पराजित
काठमाडौं । दीपेन्द्रसिंह ऐरीको अर्धशतकमा नेपालले टी–२० विश्वकप क्रिकेटमा स्कटल्यान्डलाई ७ विकेटले हराएको छ । दीपेन्द्रले लगातार दोस्रो खेलमा पनि...
-
टी–२० विश्वकप: आज नेपाल र स्कटल्यान्ड भिड्दै
काठमाडौं । आईसीसी टी–२० विश्वकप क्रिकेटमा नेपालले आज आफ्नो चौथो तथा अन्तिम खेलमा स्कटल्यान्डसँग खेल्दैछ । खेल भारतको मुम्बईमा रहेको...
-
रोहित पौडेलले स्वीकारे गल्ती, भने –इटालीसँगको भिडन्तमा राम्रो ब्याटिङ गर्न सकिएन
काठमाडौं । नेपाली क्रिकेट टोलिका कप्तान रोहित पौडेलले बिहीबारको खेलमा नेपालले राम्रो ब्याटिङ नसकेको स्वीकार गरेका छन् । खेलपछि संक्षिप्त...












