कहाँ रुमल्लिदैछ नेकपा,म्याद गुज्रियो, तर भएन तल्ला कमिटीको एकता
काठमाडाैँ १७,भदाै । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को प्रदेश, जिल्ला र जनवर्गीय संगठनको समायोजनले अझै पूर्णता पाएको छैन । केन्द्रीय सचिवालयले तोकेको समयसीमा दुई/दुईपटक गुज्रँदा पनि समायोजन प्रक्रिया झन झन पर सरिरहेछ । बिमस्टेकको सम्मेलन, पार्टी अध्यक्ष तथा प्रधानमन्त्री एवं बरिष्ठ नेताहरुको व्यस्तता प्रमुख कारण बताइए पनि समायोजन ढिलाइ हुनुमा अन्य कारण पनि त्यत्तिकै बलशाली देखिन्छन् ।
भदौ १९ र २० गतेका लागि तय भएको बैठक पनि फेरि सरेको छ । अब बैठक भदौ २६ र २७ मा बस्ने छ । यस पटक बैठक सार्दा चाहिँ शीर्ष नेताहरूको विदेश भ्रमणलाई कारण देखाइएको छ । हाल वरिष्ठ नेता माधवकुमार नेपाल अमेरिका र ईश्वर पोखरेल लेवनानमा छन् ।
भदौ २२ मा पार्टी अध्यक्ष प्रचण्ड भारत भारत जाँदैछन् । लगत्तै सचिवालय सदस्य एवम् पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठ पार्टीको प्रतिनिधिमण्डल लिएर चीन भ्रमण जाँदैछन् । श्रेष्ठलगायतका टोली चीनमा रहेको बेला असोज १ गते प्रचण्ड पनि चीन भ्रमणमा जाँदैछन् ।
एकताको घोषणापछि आफ्नो केन्द्रीय कमिटी निर्माण गर्न तत्कालीन एकता संयोजन समितिले लामै समय गुजारेको थियो । ४ सय ४५ जनाको टुङ्गो लगाउन सकस ब्यहोरेको नेकपालाई अहिले एकैपटक करिब ४ हजार नेता कार्यकर्ताको व्यवस्थापन गर्नु पर्दा समय नलाग्ने कुरै भएन । पार्टी एकताको ऐतिहासिक अवसरमा सबैले आफ्नो पदीय हैसियतको खोजी गर्नु नितान्त स्वभाविक हुन जान्छ ।
तत्कालीन एमाओवादीभित्र तत्कालीन एमालेमा जस्तो प्यानलको आधारमा चुनाब हुने प्रचलन नबसी सकेकोले जिल्ला वा प्रदेशका सिनियर नेता पदीय हैसियत विहीन कोही पनि थिएन । पछिल्लो समयमा तत्कालीन माओवादीले जम्बो केन्द्रीय कमिटिको अभ्यास गरेकोले पनि प्रायः सबैको पदीय हैसियत थियो ।
तर, तत्कालीन एमालेमा प्यानलको आधारमा चुनाब गरिने हुँदा देशैभरि ठूलो संख्यामा नेता कार्यकर्ता पदीय हैसियतविहीन अवस्थामा थिए । दुई पार्टीमा फरक फरक सांगठानिक संरचना भएको कारण तत्कालीन माओवादी केन्द्रको धेरै नेताको पद घटुवा गरेर समायोजन गर्नुछ भने तत्कालीन एमालेमा पदविहीन थुप्रैलाई नयाँ जिम्मेवारी प्रदान गर्नु पर्नेछ । यो सँगसँगै एकता प्रक्रियामा आएका थुप्रै नेता- कार्यकर्तालाई पनि यही मेसोमा जिम्मेवारी प्रदान गर्नु पर्नेछ ।
नेताहरु बिदेशतिरै व्यस्त
पार्टीका वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री माधव कुमार नेपाल यतिवेला अमेरिकामा छन्। त्यस्तै सचिवालय सदस्य तथा उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेल पनि शुक्रबार लेवनान गएका छन्।
अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पनि भारत भ्रमणको तयारीमा छन्। पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठ ‘प्रकाश’ पनि चीन जाने तयारीमा छन्। त्यसैले पनि बैठक सारिएको बताइएको छ।
पेचिलो नेतृत्वको विषय
यता ने क पाभित्र तल्ला तहको नेतृत्वको विषय पेचिलो बन्दै गएको छ। कार्यदलले गरेको सिफारिसमा तल्ला तहबाट असहमति जनाउँदै पार्टी केन्द्रलाई दबाब सिर्जना भएको छ।
अर्घाखाँची जिल्लामा कार्यदलले अध्यक्षमा पिताम्बर भुसाललाई सिफारिस गरे पछि त्यहाँ विवाद चुलिएको छ। हाल पार्टीका सचिव रहेका रामबहादुर चौहानलाई अध्यक्ष बनाउनुपर्ने भन्दै केन्द्रलाई दबाब दिएका छन्।
प्रदेश पाँचमा पूर्व एमालेभित्रै विवाद चुलिएको छ। यहाँ पूर्व एमालेको संस्थापन पक्ष र माधव नेपाल पक्षबीच विवाद उत्पन्न भए पछि यस विषय थप पेचिलो बनेको छ। माधव नेपाल पक्षले प्रदेश पाँचको कार्यदलले सिफारिस गर्दा पूर्व एमालेले पाएको सात अध्यक्ष र पाँच सचिव मध्ये माधव नेपाल पक्षले कुनै पनि पद नपाएको भन्दै सार्वजनिक रुपमै असन्तुस्टी जाहेर गरेको छ।
त्यस्तै गण्डकी प्रदेशमा समेत माधव नेपाल पक्षलाई अध्यक्षमा सिफारिस नगरिएको भन्दै विरोध भइरहेको छ।
त्यस्तै नेपाल समूहले प्रदेशको अध्यक्षमा समेत भाग खोजेको छ। प्रदेश नेतृत्वको भागवण्डा गर्दा पूर्व एमालेले पाउने चार मध्ये दुई प्रदेशमा नेपाल पक्षले अध्यक्ष पाउनुपर्ने दाबी गर्दै आएको छ। स्रोतका अनुसार नेपाल पक्षले प्रदेश १ र प्रदेश ३ मा अध्यक्ष दाबी गरेको छ।
नेपाल समूहले नेतृत्व विवाद समाधान गर्न नेतृत्वको लागि मापदण्ड बनाउन समेत माग गरेको छ।
ने क पाले यसअघि ‘एक व्यक्ति एक पद’ को नीति लिँदैसरकार र संसद्को भूमिकामा रहेकालाई पार्टी कमिटीमा कार्यकारी पद नदिने गरी सहमति गरेको थियो। त्यसलाई संस्थापन पक्षले उल्लंघन गरेको नेपाल पक्षको आरोप छ।
यता तल्लो तहको एकता गर्दा पनि महिलालाई पाखा लगाइएको भन्दै ने क पाभित्र महिला नेतृहरुले विरोध जनाएका छन्।
पार्टी एकता गर्दा सचिवालमा महिलालाई स्थान नदिएको, स्थायी कमिटीमा र केन्द्रीय कमिटीमा समेत महिलाको संख्या ३३ प्रतिशन नभएको भन्दै विरोध जनाउँदै आएका महिला नेतृहरुले तल्ला तहको एकता गर्दासमेत महिलालाई पाखा लगाउन खोजेको आरोप लगाएका छन्।
तल्ला तहको एकताका लागि गठन भएका कार्यदलले पेश गरेको प्रतिवेदनमा महिला नेतृत्व नपरेको आरोप उनीहरुको छ। सात प्रदेशका अध्यक्ष र सचिवमा महिला नपरेको तथा ७७ जिल्लाका अध्यक्ष र सचिवमा पनि महिलालाई स्थान नदिइएको भन्दै महिला नेतृहरुले असन्तुष्टि जनाएका छन्।
यी विवादका कारण ने क पाको स्थायी कमिटीको बैठक सरिरहेको छ भने पार्टीका तल्ला तहको एकतासमेत पर धकेलिँदै गएको छ।
Comments
अरु समाचार
-
युद्धका हतियार तोकिएको समयमा विश्वका जुनसुकै ठाउँमा पुग्ने तर मल वा इन्धन किन पुग्दैन ? : बालेन शाह
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले हतियार आपूर्तिका लागि विश्वसँग रहेको तीव्र र प्रभावकारी संयन्त्र किसानका लागि मल तथा इन्धन आपूर्तिमा...
-
प्रधानमन्त्री शाह र राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता
न्यूयोर्क। प्रधानमन्त्री वालेन्द्र शाह र संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसबीच बिहीबार भेटवार्ता भएको छ। संयुक्त राष्ट्रसंघको ८१औँ महासभाको उच्चस्तरीय सप्ताहमा...
-
ईश्वर पोखरेलसहित ७ नेता एमाले स्थायी कमिटी सदस्यमा मनोनीत
काठमाडौं । नेकपा (एमाले) ले ईश्वर पोखरेलसहित सात जना नेताहरूलाई स्थायी कमिटी सदस्यमा मनोनीत गरेको छ। बिहीबार बसेको एमाले सचिवालय...
-
धादिङ कांग्रेसमा २० वर्षीय गौरवको छलाङ, महाधिवेशनका लागि बने कान्छा क्षेत्रीय प्रतिनिधि
धादिङ । निलकण्ठ नगरपालिका–१२ का २० वर्षीय गौरव सापकोटा नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा धादिङकै कान्छा क्षेत्रीय प्रतिनिधि बनेका छन्। सानै...
-
भन्सार अधिकृतले एसपीलाई धम्क्याएको अडियो प्रकरणको छानविन गर्न माग
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद टिका संग्रौलाले कञ्चनपुरका एक भन्सार अधिकृतले कैलालीका सशस्त्र प्रहरी उपरीक्षकसहित उच्च अधिकारीप्रति धम्कीपूर्ण भाषा...
-
प्रधानन्यायाधीश शर्मा र चिनियाँ प्रधानन्यायाधीश जुनबीच भेटवार्ता
काठमाडौं । प्रधानन्यायाधीश मनोजकुमार शर्माले बुधबार चीनका प्रधानन्यायाधीश झाङ जुनसँग भेटवार्ता गर्नुभएको छ। बेइजिङस्थित चीनको सर्वोच्च जनअदालतमा भएको भेटवार्तामा दुवै...
-
पार्टी संगठित अभियानमा कांग्रेस, आज देशैभर पालिका तहको अधिवेशन
काठमाडौँ । नेपाली कांग्रेसले आज देशैभर पालिका तहको अधिवेशन गर्दैछ । सो पार्टीको १५औँ महाधिवेशनअन्तर्गत स्थानीय तहको सांगठनिक संरचना निर्माण...
-
प्रतिनिधिसभाको बैठक बस्दै,यस्तो छ कार्यसूची
काठमाडौँ, असोज ७ गते । सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक बुधबार बस्दैछ । सिंहदरबारमा बिहान ११ बजेका लागि तय भएको बैठकमा...
-
सामान्य यात्रु झैं जहाज चढेर अमेरिका गए बालेन, बिदाई गर्ने दुईजना मात्रै
काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह सामान्य यात्रु झैं जहाज चढेर अमेरिका प्रस्थान गरेका छन् । प्रम शाहलाई बिदाई गर्ने दुईजना...












