कालीमाटी बजारको समस्या सुल्झाउदै मन्त्री वलदेव
काठमाडाैँ १८,भदाै । सरकारले कालीमाटी तरकारी तथा फलफूल बजारमा देखिएको एकाधिकारसम्बन्धी समस्यालाई एक हप्ताभित्रै समाधान गर्ने भएको छ । तरकारी व्यवसायको नाममा एकाधिकार मौलाएको भन्दै सरकारले सो बजारमा लगातार अनुगमन गरिरहेको छ ।
पसल तथा कबलको भाँडासमेत मनलाग्दी तवरले उठाएको र उपभोक्तालाई चर्को मारमा पारेको भन्ने गुनासो आएपछि कृषि तथा पुश पक्षी मन्त्रालयले चासो राख्दै समस्या समाधान गर्ने भएको हो । एकाधिकारका कारण किसान र उपभोक्ता दुवै समस्यामा परेको तथा विचौलियाले मात्रै नाफा कमाइरहेको अवस्थालाई तत्काल सम्बोधन गरिने कृषि तथा पुश पक्षीमन्त्री चक्रपाणि खनालले जानकारी दिए ।
मन्त्रालयमा आइतबार आयोजित मन्त्रालय मातहतका निकायका प्रमुख तथा प्रतिनिधिसँगको छलफलमा मन्त्री खनालले किसान र उपभोक्तालाई समस्यामा पार्ने प्रवृत्तिबाट मुक्तिका लागि सरकारले कडाइपूर्वक प्रयास गरिरहेको बताए । उनले तत्काल नै काठमाडौँ उपत्यकाका तीन स्थानमा एकीकृत कृषि बजार स्थापना गर्ने तयारीमा मन्त्रालय रहेको जानकारी दिए ।
यस्तै खेतीपातीको मौसममा नै सहजरुपमा किसानलाई रासायनिक मल वितरण गर्न उपयुक्त ढाँचा तयार पार्ने, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको उपयुक्त सञ्चालन कार्यविधिका सम्बन्धमा अध्ययन गरी प्रतिवेदन पेश गर्न मन्त्री खनालले निर्देशन दिए। प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना नै मन्त्रालयको परिणाम निकाल्ने प्रमुख आयोजना भएकाले यसका काम कारवाहीलाई सधैँ नजिकबाट नियाली चनाखोपूर्वक परिणाममा ध्यान दिन उनले आग्रह गरे ।
किसानसँग कृषिमन्त्री कार्यक्रम
सरकार गठन भएपछि मन्त्रालयका तर्फबाट भए गरेका प्रगति विवरण तयार पारी सार्वजनिक गरिनेछ । चालू आवका लागि विनियोजित बजेट तथा कार्यक्रम समयमै शुरुआत गरी समयमा नै सम्पन्न गर्न आवश्यक व्यवस्था गर्ने, मन्त्रालयमा गुनासो व्यवस्थापन कक्ष एक हप्ताभित्र निर्माण गरी सञ्चालनमा ल्याउने पैसा नलाग्ने नम्बर राखी कृषकका गुनासा, समस्या बुझ्न कृषकसँग कृषिमन्त्री कार्यक्रम नियमित सञ्चालन गर्नेलगायतका विषयमा समेत छलफल भएको छ ।
किसान र जनताका गुनासा नियमितरुपमा टेलिफोन, फेसबुक, ट्वीटर, भाइबरजस्ता सामाजिकमार्फत सुन्ने प्रणालीको विकास गर्ने र यसका लागि कम्तीमा अधिकृतस्तरको कर्मचारीको नेतृत्वमा उक्त कक्ष सञ्चालन गर्ने निर्णय छलफलले गरेको छ । व्यावसायिक कृषि तथा व्यापार आयोजनाबाट निर्माणाधीन झापा, विराटनगर, जनकपुर र बुटवलस्थित एकीकृत कृषि वजा यथाशीघ्र सम्पन्न गरी सञ्चालनमा ल्याउनसमेत विशेष पहल गरिने भएको छ ।
Comments
अरु समाचार
-
आज देशका केही ठाउँमा हुनेछ भारी वर्षा
काठमाडौँ – सोमबार देशका केही ठाउँमा भारी वर्षाको सम्भावना रहेको छ । कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली र पहाडी...
-
देशभर मनसुनी वर्षा सक्रिय, केही स्थानमा भारी वर्षाको सम्भावना
काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा मौसम...
-
चार प्रदेशमा भारी वर्षाको सम्भावना, बाढी–पहिरोको जोखिम
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा...
-
यी प्रदेशमा भारी वर्षाको सम्भावना, सचेत रहन आग्रह
काठमाडौँ। देशभर मनसुनी वायु सक्रिय रहँदा मंगलबार कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। जल...
-
मनसुनी वायुको प्रभाव कायम, विभिन्न प्रदेशमा वर्षा
काठमाडौँ, असार २० गते । देशभर मनसुन वायुको प्रभाव कायम रहेकाले शनिबार पनि अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको जल तथा...
-
‘पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप’
काठमाडौं । नेपाल पत्रकार महासंघ, उपत्यका प्रदेशले पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप र पत्रकारिता क्षेत्रमै आतंक...
-
संवैधानिक परिषद्मको चर्काचर्कीमा भिष्मराजको अर्थपूर्ण सक्रियता, कसको भूमिका के ?
काठमाडाैं । प्रधानन्यायाधीश सिफारिसका लागि प्रधानमन्त्री वालेन्द्र शाहले लिएको बहुमतको निर्णयले तरङ्ग पैदा गरिदिएको छ। संवैधानिक परिषद्को बैठकमा प्रमुख प्रतिपक्षी...
-
उच्च पहाडी तथा हिमाली भेगका एक/दुई ठाउँमा हिमपातको सम्भावना
काठमाण्डाै – काठमाण्डौ उपत्यकासहित देशका पहाडी तथा हिमाली क्षेत्रमा मौसम बदली भएको छ । आज बागमतीसहित कोशी र गण्डकी प्रदेशको...
-
देशमा पश्चिमी वायुको आंशिक प्रभाव, केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना
काठमाडौं । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको तथा तराईका केही स्थानमा तुवाँलो लागेको जल तथा मौसम विज्ञान विभागले...












