वैदेशिक रोजगार कल्याणकारी कोषमा ५ अर्ब ६५ करोड
काठमाडाैँ १९,भदाै । वैदेशिक रोजगारीमा जाने नेपाली युवाले कल्याणकारी कोषमा जम्मा गरेको रकम ५ अर्ब ६५ करोड रुपैयाँभन्दा बढी पुगेकोे छ । श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा जाने कामदारले वैदेशिक रोजगार कल्याणकारी कोषमा जम्मा गरेको रकम हालसम्म ५ अर्ब ६५ करोड ७२ लाख ३१ हजार ७ सय ८ रुपैयाँ पुगेको हो ।
यसरी जम्मा भएको रकममध्ये कामदारको सामाजिक सुरक्षा र कल्याणकारी कार्यका लागि गत वर्ष ६० करोड १८ लाख ७२ हजार २ सय ८७ रुपैयाँमात्र खर्च भएको थियो । यसरी हेर्दा गत वर्षसम्म कोषमा खर्च कटाएर ५ अर्ब ६५ करोड रुपैयाँ मौज्दात रहेको छ । अघिल्लो वर्ष कोषमा ४ अर्ब २० करोड मौज्दात थियो । रोजगारीका लागि विदेश जाने कामदारले कोषमा अनिवार्य रूपमा बुझाउनुपर्ने रकम जम्मा भएर ६ वर्षमा ५ अर्ब ६५ करोड ७२ लाख ३१ हजार ७ सय ८ रुपैयाँ पुगेको हो । वैदेशिक रोजगारीमा जाने युवाले ३ वर्षसम्मको श्रम स्वीकृति लिँदा १ हजार ५ सय र ३ वर्षभन्दा बढीको श्रम स्वीकृतिका लागि २ हजार ५ सय रुपैयाँ अनिवार्य रूपमा कल्याणकारी कोषमा रकम जम्मा पर्ने नियम रहेको छ ।
आर्थिक वर्ष २०६८-२०६९ देखि २०७४-२०७५ सम्म विदेश जाने युवाले कोषमा जम्मा गरेको कुल रकम ५ अर्ब ६५ करोड ७२ लाख ३१ हजार ७ सय ८ रुपैयाँ जम्मा गरिसकेको वैदेशिक रोजगार प्रवद्र्धन बोर्डकी अधिकृत पवित्रा घिमिरेले बताइन् । बिगत ५ वर्षदेखि कल्याणकारी कोषमा जम्मा भएको रकमबाट सरकारले वैदेशिक रोजगारीमा गएका कामदारको सुरक्षा र अधिकारका लागि मात्र लगभग २ अर्ब रुपैयाँभन्दा बढी खर्च गरेको छ ।
वैदेशिक रोजगार प्रवद्र्धन बोर्डले वैधानिक रूपमा वैदेशिक रोजगारीमा गएका युवाको सुरक्षा, व्यवस्थान र व्यवसायलाई प्रवद्र्धन गर्न आर्थिक वर्ष २०६८-६९ देखि २०७३-२०७४ सम्ममात्र २ अर्ब २८ करोड रुपैयाँभन्दा बढी खर्च गरिसकेको छ । गत वर्षमा मात्र बोर्डले कामदारको कल्याणकारी कामका लागि ६० करोड १८ लाख ७२ हजार २ सय ८७ रुपैयाँ खर्च गरेको थियो । बोर्डको अधिकांश कार्यक्रम कामदारले कल्याणकारी कोषमा जम्मा गरेको रकमबाट नै खर्च गरिन्छ । । यो रकमले कामदारको उद्दार, क्षतिपूर्ति, उपचार, तालिम र प्रबद्र्धनको काम गर्नुपर्ने बोर्डले जनाएको छ । यो रकममध्ये वैदेशिक रोजगारसम्बन्धी कल्याणकारी कार्य, उद्धार एवं सामाजिक सुरक्षाका लागिमात्र ८० प्रतिशतभन्दा बढी बजेट खर्च हुने गरेको छ ।
वैदेशिक रोजगार नियमावली २०६४ अनुसार वैदेशिक रोजगार कल्याणकारी कोषमा वैदेशिक रोजगारमा जानु अगाडि सरकारले तोके वमोजिमको रकम कोषमा जम्मा गर्नु पर्ने नियम छ । यो कोषको प्रयोग वैदेशिक रोजगारमा गएका तथा वैदेशिक रोजगारवाट फर्कि आएका कामदारका परिवारको शैक्षिक विकास गर्न, वैदेशिक रोजगारमा गएका कामदारका परिवारको स्वास्थ्य उपचारमा सहयोग गर्न, वैदेशिक रोजगारमा गएका महिला कामदारको वालवच्चाको उचित संरक्षणका लागि शिशु स्याहार केन्द्र स्थापना र संचालन गर्नेलगायतका कार्यमा खर्च गरिनेछ ।
वैदेशिक रोजगार प्रबद्र्धन वोर्डले विशेषगरी वैदेशिक रोजगारीमा मृत्यु भएका परिवारलाई आर्थिक सहायता, बिरामी एवं अंगभंग भएकालाई उपचार खर्च र विदेशमा अलपत्र परेकाको शव ल्याउन कोषको धेरै रकम खर्च हुने गरेको छ । यसैगरी, रोजगारदाता मुलुकमा आन्तरिक विद्रोह, आर्थिक मन्दीका कारण अलपत्र परेका कामदारलाई उद्धार गर्ने, जनचेतनामूलक कार्यक्रमहरू सञ्चालन, विदेशमा सुरक्षित गृह सञ्चालन गर्न पनि धेरै पैसा खर्च गर्ने गरेको छ । हालै बोर्डले वैदेशिक रोजगारीका क्रममा मृत्यु, अंगभंग र गम्भीर रोग लागेका कामदारले पाउने राहत रकम ३ लाखबाट वृद्धि गरेर ७ लाख पु-याएसँगै आगामी वर्ष कोषको व्ययभार पनि थपिने भएको छ । कोषले हाल वैदेशिक रोजगारीमा गएका कामदारको सामाजिक सुरक्षका लागि १७ वटा सेवा सञ्चालन गरिरहेको छ ।
Comments
अरु समाचार
-
आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमयदर
काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको...
-
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलोपटक ‘फ्लाई दुबई विमान’अवतरण, गरियो भव्य स्वागत
काठमाडौं । पहिलो पटक पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएको 'फ्लाई दुबई विमान' लाई भव्य स्वागत गरिएको छ । असोज ७...
-
फेसबुक र इन्स्टाग्राममा ठगीविरुद्ध मेटाको अभियान, ३७ लाखभन्दा बढीमाथि कारबाही
सिङ्गापुर । सामाजिक सञ्जाल कम्पनी मेटाले सिंगापुर प्रहरीबाट प्राप्त सूचनाका आधारमा यस वर्ष अहिलेसम्म ठगीसँग सम्बन्धित ३७ लाखभन्दा बढी अकाउन्ट,...
-
बाढी पीडितलाई विद्युत महसुलमा राहत, न्यूनतम बिलिङदेखि निःशुल्क मिटरसमेत
काठमाडौं। सरकारले बहालवाला सुरक्षाकर्मीहरूलाई जलविद्युत् आयोजनाको प्राथमिक शेयर (आईपीओ) मा २ प्रतिशत सहभागिता सुनिश्चित गर्ने कानुनी व्यवस्था मिलाउन प्रक्रिया अघि...
-
भृकुटीमण्डपमा ‘यामाहा ब्लु फेस्ट’: १० लाखसम्म क्यासब्याकदेखि अन–द–स्पट फाइनान्सिङसम्म
काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा यही असोज १० गते शनिबारसम्म यामाहाको ‘ब्लु फेस्ट’ सञ्चालन हुँदैछ। नेपालका लागि आधिकारिक वितरक MDW राइड्स...
-
पासपोर्ट छपाइका लागि भएको ठेक्कापट्टा कानुनसम्मत: सर्वोच्च अदालत
काठमाडौं । राहदानी विभागबाट पासपोर्ट छपाइका लागि भएको ठेक्कापट्टा कानुनसम्मत रहेको सर्वोच्च अदालतले ठहर गरेको छ । न्यायाधीशहरू कुमार रेग्मी...
-
आज किन स्थगित गरियो नियमित सेयर कारोबार ?
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले आज (सोमबार) को नियमित सेयर कारोबार स्थगित गरेको छ । नेप्सेका अनुसार ७२...
-
‘आरोहणको तयारी गर्दैगर्दा हिम पहिरो गएको त्यो क्षण’
गोरखा । मनास्लु हिमालको तेस्रो शिविरमा गएको हिमपहिरोमा परी दुई जनाको मृत्यु भएको घटना यस वर्षको आरोहण सिजनमा हिमाली पर्यटनको...
-
आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमयदर
काठमाडौँ। नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर...












