साफ च्याम्पियनसिप फुटबल २०१८ को पहिलो खेलमा नेपालले पाकिस्तानसँग केहीबेरपछि प्रतिस्पर्धा गर्दै
बंगलादेश१८ ढाका, । साफ च्याम्पियनसिप फुटबल २०१८ को पहिलो खेलमा नेपालले पाकिस्तानसँग केहीबेरपछि प्रतिस्पर्धा गर्दैछ ।
पाकिस्तानसँग खेल्ने नेपालको प्लेयिङ इलाभेनमा पहिलो पटक राष्ट्रय टिममा परेका सुमन अर्यालले डेब्यु गर्दैछन् ।
नेपालको प्लेयिङ इलाभेन
गोलकिपर – किरण चेम्जोङ
डिफेन्डर – आदित्य चौधरी, सुमन अर्याल, विराज महर्जन, अनन्त तामाङ
मिडफिल्डर – हेमन्त थापा मगर, रोहित चन्द, विमल घर्तिमगर, सुजल श्रेष्ठ
फरवार्ड – भरत खवास र नवयुग श्रेष्ठ
ढाकास्थित बंगबन्धु राष्ट्रिय रंगशालामा साफ च्याम्पियनसिपको पहिलो खेलको रुपमा नेपाल र पाकिस्तान भिड्न लागेका हुन् । अहिले नेपाल र पाकिस्तान दुबै टिम मैदानमा अभ्यास गरिरहेका छन् ।
नेपाल पाकिस्तानलाई पराजित गर्दै आफ्नो सुखद सुरुवात गर्ने लक्ष्यमा छ । तर, पाकिस्तानलाई पराजित गर्न त्यति सजिलो भने छैन । हालै मात्र इन्डोनेसियामा सम्पन्न एसियाली खेलकुद प्रतियोगिताको यू-२३ फुटबलमा नेपाल पाकिस्तानसँगै २-१ गोलअन्तरले पराजित भएको थियो ।
लामो समय फिफाको प्रतिबन्धमा परेको पाकिस्तान त्यसपछिको पहिलो र ठूलो प्रतियोगिता खेल्दैछ ।
पाकिस्तान र नेपाल अहिलेसम्म १५ पटक भेट भएका छन् । नेपालले ५ खेलमा जितेको छ भने ५ खेलमा बराबरी र ५ खेलमा हार ब्यहोरेको छ ।
नेपालले पहिलो खेल सन् १९८५ मा खेलेको थियो । जुन खेलमा नेपालले पाकिस्तानसँग १-० गोलको पराजय भोगेको थियो ।
नेपालले पछिल्लो पटक सन् २०१३ मा काठमाडौंमा भएको साफ च्याम्पियनसिपमा पाकिस्तानसँग प्रतिस्पर्धा गरेको थियो । जुन खेलमा नेपालले १-१ गोलको बराबरी खेलमा खेल टुंग्याएको थियो । १-० गोलले पछि परेको नेपालका लागि अन्तिम समयमा विमल घर्तिमगरले गोल गर्दै बराबरी दिलाएका थिए ।
समूह ‘ए’ मा नेपालसँगै आयोजक राष्ट्र बंगलादेश, पाकिस्तान र भुटान छन् भने समूह ‘बी’ मा भारत, श्रीलंका र माल्दिभ्स छन् । समूह ‘ए’ कै अर्को खेलमा आयोजक राष्ट्र बंगलादेशले भुटानको सामना गर्दैछ । बंगलादेश र भुटानबीचको खेल स्थानीय समयअनुसार राति ७ बजे सुरु हुनेछ ।
Comments
अरु समाचार
-
टप एन्ड टी–२० सिरिज : एसिटीविरुद्ध नेपाल ‘ए’ निर्णायक खेलमा
डार्विन । अस्ट्रेलियामा जारी टप एन्ड टी–२० सिरिजअन्तर्गत नेपाल ‘ए’ पुरुष क्रिकेट टोलीले आज अस्ट्रेलियन क्यापिटल टेरिटोरी (एसिटी)सँग प्रतिस्पर्धा गर्दैछ।...
-
विश्वकप २०२६: फ्रान्सलाई २–० ले हराउँदै स्पेन १६ वर्षपछि फाइनलमा
काठमाडौँ। बलियो प्रतिद्वन्द्वी फ्रान्सलाई स्तब्ध बनाउँदै स्पेन फिफा विश्वकप–२०२६ को फाइनलमा प्रवेश गरेको छ । अमेरिकाको डालास स्टेडियममा बुधबार बिहान...
-
विश्वकपमा एम्बापेको अर्को कीर्तिमान, गोल्डेन बुट दौडमा शीर्ष स्थान कायम
न्युयोर्क । फ्रान्सका स्टार फरवार्ड किलियन एम्बापेले मोरक्कोविरुद्ध गोल गर्दै विश्वकप फुटबलमा आफ्नो कुल गोल सङ्ख्या २० पुर्याएका छन्। केवल...
-
विश्वकप २०२६: फ्रान्स सेमिफाइनलमा, मोरक्को २–० ले पराजित
काठमाडौं । कप्तान किलियन एमबाप्पे र उसमान डेम्बेलेको उत्कृष्ट प्रदर्शनमा फ्रान्स फिफा विश्वकप २०२६ को सेमिफाइनलमा पुगेको छ। शुक्रबार अमेरिकाको...
-
देशभर मनसुनी वायुको प्रभाव: भारी वर्षाको जोखिम, सतर्कता अपनाउन आग्रह
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यूनचापीय रेखा नेपालको पूर्वी भूभागतर्फ सरदरभन्दा दक्षिणमा र पश्चिमी...
-
इजिप्टविरुद्ध अर्जेन्टिनाको शानदार जित, क्वाटरफाइनलमा प्रवेश
काठमाडौं । अमेरिका, मेक्सिको र क्यानडामा जारी फिफा विश्वकप फुटबलअन्तर्गत अर्जेन्टिनाले अन्तिम १६ को खेलमा इजिप्टविरुद्ध शानदार पुनरागमन गर्दै क्वार्टरफाइनलमा...
-
स्पेनसँग पराजित भएसँगै रोनाल्डोको विश्वकप यात्रा सकियो
काठमाडौं: विश्व फुटबलका महान खेलाडीमध्ये एक मानिने क्रिस्टियानो रोनाल्डोको विश्वकप यात्रा अन्ततः उपाधिविहीन रूपमा समाप्त भएको छ। पोर्चुगल स्पेनसँग १–०...
-
विश्वकप: ब्राजिल २-१ ले पराजित, नर्बे क्वार्टरफाइनलमा
काठमाडौं । पाँच पटकको विश्व विजेता ब्राजिललाई २–१ ले स्तब्ध पार्दै नर्वे पहिलो पटक फिफा विश्वकप फुटबलको क्वार्टरफाइनलमा पुगेको छ।...
-
विश्वकप: केब भर्डेलाई पराजित गर्दै अर्जेन्टिना अन्तिम १६ मा
काठमाडौँ — आत्मघाती गोल नै निर्णायक बनेपछि डिफेन्डिङ च्याम्पियन अर्जेन्टिनाले केप भार्डेको बहादुरीपूर्ण चुनौती अतिरिक्त समयमा ३–२ ले समाप्त पार्दै...












