साफ च्याम्पियनसिप २०१८ को पहिलो खेलमा नेपाल पाकिस्तानसँग १-० गोलले पछि
१८ ढाका (बंगलादेश) । साफ च्याम्पियनसिप २०१८ को पहिलो खेलमा नेपाल पाकिस्तानसँग १-० गोलले पछि परेको छ ।
खेलको ३४ औं मिनेटमा नेपालले आफ्नो डिबक्सभित्र फल गरेपछि पाकिस्तानले पेनाल्टी पाएको थियो । नेपालका कप्तान विराज महर्जनले फल गरेका थिए ।
पाकिस्तानका हसन नविद बासिरले गोल गर्दै १-० गोलको अग्रता दिलाएका हुन् । अहिले नेपाल १-० गोलले पछि परेको छ ।
बंगलादेशको राजधानी बंगबन्धु राष्ट्रिय रंगशालामा साफ सुजुकी कपको पहिलो खेलमा दुई टिमबीचको खेल जारी छ ।
खेलको सुरुवातीमै नेपालले आत्रमक खेल खेलेको थियो । तर, गोल गर्न भने सकेन । खेलको २३ औं मिनेटमा पाकिस्तानका खेलाडीले पाएको राम्रो अवसर चुकाउँदा अग्रता बनाउन सकेन । त्यस्तै, खेलको २४ औं मिनेटमा विमल घर्तीमगरले राम्रो बल निकालेका थिए ।
एकपछि अर्को आक्रामक खेल खेलको नेपालका लागि २५ औं मिनेटमा कप्तान विराज महर्जनले प्रहार गरेको बल पाकिस्तानका गोलकिपर युसाफ इजाज बुटले बचाए सहजै नियन्त्रणमा लिएका थिए ।
खेलको ३३ औं मिनेटमा नवयुग श्रेष्ठले पाएको राम्रो अवसर सदुपयोग गर्न सकेनन् । उनले पोलभन्दा केहीमाथि प्रहार गरेका थिए ।
समूह ‘ए’ मा नेपालसँगै आयोजक राष्ट्र बंगलादेश, पाकिस्तान र भुटान छन् भने समूह ‘बी’ मा भारत, श्रीलंका र माल्दिभ्स छन् ।
समूह ए कै अर्को खेलमा आयोजक राष्ट्र बंगलादेशले भुटानको सामना गर्दैछ । बंगलादेश र भुटानबीचको खेल स्थानीय समयअनुसार राति ७ बजे सुरु हुनेछ ।
Comments
अरु समाचार
-
टप एन्ड टी–२० सिरिज : एसिटीविरुद्ध नेपाल ‘ए’ निर्णायक खेलमा
डार्विन । अस्ट्रेलियामा जारी टप एन्ड टी–२० सिरिजअन्तर्गत नेपाल ‘ए’ पुरुष क्रिकेट टोलीले आज अस्ट्रेलियन क्यापिटल टेरिटोरी (एसिटी)सँग प्रतिस्पर्धा गर्दैछ।...
-
विश्वकप २०२६: फ्रान्सलाई २–० ले हराउँदै स्पेन १६ वर्षपछि फाइनलमा
काठमाडौँ। बलियो प्रतिद्वन्द्वी फ्रान्सलाई स्तब्ध बनाउँदै स्पेन फिफा विश्वकप–२०२६ को फाइनलमा प्रवेश गरेको छ । अमेरिकाको डालास स्टेडियममा बुधबार बिहान...
-
विश्वकपमा एम्बापेको अर्को कीर्तिमान, गोल्डेन बुट दौडमा शीर्ष स्थान कायम
न्युयोर्क । फ्रान्सका स्टार फरवार्ड किलियन एम्बापेले मोरक्कोविरुद्ध गोल गर्दै विश्वकप फुटबलमा आफ्नो कुल गोल सङ्ख्या २० पुर्याएका छन्। केवल...
-
विश्वकप २०२६: फ्रान्स सेमिफाइनलमा, मोरक्को २–० ले पराजित
काठमाडौं । कप्तान किलियन एमबाप्पे र उसमान डेम्बेलेको उत्कृष्ट प्रदर्शनमा फ्रान्स फिफा विश्वकप २०२६ को सेमिफाइनलमा पुगेको छ। शुक्रबार अमेरिकाको...
-
देशभर मनसुनी वायुको प्रभाव: भारी वर्षाको जोखिम, सतर्कता अपनाउन आग्रह
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यूनचापीय रेखा नेपालको पूर्वी भूभागतर्फ सरदरभन्दा दक्षिणमा र पश्चिमी...
-
इजिप्टविरुद्ध अर्जेन्टिनाको शानदार जित, क्वाटरफाइनलमा प्रवेश
काठमाडौं । अमेरिका, मेक्सिको र क्यानडामा जारी फिफा विश्वकप फुटबलअन्तर्गत अर्जेन्टिनाले अन्तिम १६ को खेलमा इजिप्टविरुद्ध शानदार पुनरागमन गर्दै क्वार्टरफाइनलमा...
-
स्पेनसँग पराजित भएसँगै रोनाल्डोको विश्वकप यात्रा सकियो
काठमाडौं: विश्व फुटबलका महान खेलाडीमध्ये एक मानिने क्रिस्टियानो रोनाल्डोको विश्वकप यात्रा अन्ततः उपाधिविहीन रूपमा समाप्त भएको छ। पोर्चुगल स्पेनसँग १–०...
-
विश्वकप: ब्राजिल २-१ ले पराजित, नर्बे क्वार्टरफाइनलमा
काठमाडौं । पाँच पटकको विश्व विजेता ब्राजिललाई २–१ ले स्तब्ध पार्दै नर्वे पहिलो पटक फिफा विश्वकप फुटबलको क्वार्टरफाइनलमा पुगेको छ।...
-
विश्वकप: केब भर्डेलाई पराजित गर्दै अर्जेन्टिना अन्तिम १६ मा
काठमाडौँ — आत्मघाती गोल नै निर्णायक बनेपछि डिफेन्डिङ च्याम्पियन अर्जेन्टिनाले केप भार्डेको बहादुरीपूर्ण चुनौती अतिरिक्त समयमा ३–२ ले समाप्त पार्दै...












