नेपाल इन्जुरी टाइममा गोल खाँदै पाकिस्तानसँग २-१ गोल अन्तरले पराजित
काठमाडाैँ १९,भदाै । साफ च्याम्पियनसिप फुटबलमा नेपालले खराब सुरुवात गरेको छ ।
मंगलबार भएको पहिलो खेलमा नेपाल इन्जुरी टाइममा गोल खाँदै पाकिस्तानसँग २-१ गोल अन्तरले पराजित भएको हो । इन्जुरी टाइम सकिनै लाग्दा मोहम्मद अलीले हेड गोल गर्दै पाकिस्तानलाई जित दिलाएका हुन् ।
यसअघि ८२औं मिनेटमा नेपालका विमल घर्तीमगरले बराबरी गोल गरेका थिए । निराजन खड्काको हेड बलमा विमलले वान टच भली गोल गरेका हुन् ।
ढाकाको बंगबन्धु राष्ट्रिय रंगशालामा नेपालले पहिलो हाफमा पेनाल्टीमा गोल खाएको थियो । खेलको ३४ औं मिनेटमा कप्तान विराज महर्जनले डिबक्सभित्र फल गरेपछि पाकिस्तानले पेनाल्टी पायो । त्यसमा हसन नविद बासिरले सहजै गोल गरे ।
खेलको सुरुवातीमै नेपालले आत्रमक खेल खेलेको थियो । तर, गोल गर्न भने सकेन । खेलको २३ औं मिनेटमा पाकिस्तानका खेलाडीले पाएको राम्रो अवसर सदुपयोग गर्न सकेन ।
लगतै विमल घर्तीमगरले राम्रो बल निकालेका थिए । कप्तान विराज महर्जनले प्रहार पाकिस्तानका गोलकिपर युसाफ इजाज बुटलेसहजै नियन्त्रणमा लिएका थिए । खेलको ३३ औं मिनेटमा नवयुग श्रेष्ठले पाएको राम्रो अवसर सदुपयोग गर्न सकेनन् । उनले पोलभन्दा केहीमाथि प्रहार गरेका थिए । पहिलो हाफको अन्तिम समयमा नेपालले गोल गर्ने अर्को राम्रो अवसर गुमाएको थियो ।
दोस्रो हाफमा पनि आक्रमक खेल खेलेको थियो तर, पाएको मौकालाई गोलमा परिणत गर्न भने सकेन ।
खेलको ६७ औं मिनेटमा नवयुग श्रेष्ठको स्थानमा राष्ट्रिय टिममा लामो समयपछि परेका निराजन खड्का मैदानमा छिरे । घरेलु प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेका निराजनले खेलको ७१ औं मिनेटमा डिबक्स बाहिरबाट गरेको प्रहार साइडबार नजिकबाट बाहिरिएको थियो ।
७२ औं मिनेटमा भरत खवासको स्थानमा सुनिल बल मैदान प्रवेश गरे । लगतै पाकिस्तानले गोल गर्ने राम्रो अवसर खेर फाल्यो । नेपाली डिफेन्डर सबै अघि बढेको अवस्थामा पाकिस्तानका साहदुल्लाहले प्रहार गरेको बल बारमा लागेर बाहिरिएको थियो ।
खेलको अन्तिम समयमा सुजल श्रेष्ठले प्रहार गरेको बल पाकिस्तानका खेलाडीले उत्कृष्ट बचाउ गरेपछि नेपालले २-१ गोलको अग्रता बनाउनबाट चुकेको थियो ।
तर, अतिरिक्त समयमा नेपालविरुद्ध पाकिस्तानले गोल गर्दै २-१ को जित सुनिश्चित गरेको छ । नेपालले अब दोस्रो खेलमा सेप्टेम्बर ६ मा भुटानसँग प्रतिस्पर्धा गर्नेछ ।
Comments
अरु समाचार
-
टप एन्ड टी–२० सिरिज : एसिटीविरुद्ध नेपाल ‘ए’ निर्णायक खेलमा
डार्विन । अस्ट्रेलियामा जारी टप एन्ड टी–२० सिरिजअन्तर्गत नेपाल ‘ए’ पुरुष क्रिकेट टोलीले आज अस्ट्रेलियन क्यापिटल टेरिटोरी (एसिटी)सँग प्रतिस्पर्धा गर्दैछ।...
-
विश्वकप २०२६: फ्रान्सलाई २–० ले हराउँदै स्पेन १६ वर्षपछि फाइनलमा
काठमाडौँ। बलियो प्रतिद्वन्द्वी फ्रान्सलाई स्तब्ध बनाउँदै स्पेन फिफा विश्वकप–२०२६ को फाइनलमा प्रवेश गरेको छ । अमेरिकाको डालास स्टेडियममा बुधबार बिहान...
-
विश्वकपमा एम्बापेको अर्को कीर्तिमान, गोल्डेन बुट दौडमा शीर्ष स्थान कायम
न्युयोर्क । फ्रान्सका स्टार फरवार्ड किलियन एम्बापेले मोरक्कोविरुद्ध गोल गर्दै विश्वकप फुटबलमा आफ्नो कुल गोल सङ्ख्या २० पुर्याएका छन्। केवल...
-
विश्वकप २०२६: फ्रान्स सेमिफाइनलमा, मोरक्को २–० ले पराजित
काठमाडौं । कप्तान किलियन एमबाप्पे र उसमान डेम्बेलेको उत्कृष्ट प्रदर्शनमा फ्रान्स फिफा विश्वकप २०२६ को सेमिफाइनलमा पुगेको छ। शुक्रबार अमेरिकाको...
-
देशभर मनसुनी वायुको प्रभाव: भारी वर्षाको जोखिम, सतर्कता अपनाउन आग्रह
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यूनचापीय रेखा नेपालको पूर्वी भूभागतर्फ सरदरभन्दा दक्षिणमा र पश्चिमी...
-
इजिप्टविरुद्ध अर्जेन्टिनाको शानदार जित, क्वाटरफाइनलमा प्रवेश
काठमाडौं । अमेरिका, मेक्सिको र क्यानडामा जारी फिफा विश्वकप फुटबलअन्तर्गत अर्जेन्टिनाले अन्तिम १६ को खेलमा इजिप्टविरुद्ध शानदार पुनरागमन गर्दै क्वार्टरफाइनलमा...
-
स्पेनसँग पराजित भएसँगै रोनाल्डोको विश्वकप यात्रा सकियो
काठमाडौं: विश्व फुटबलका महान खेलाडीमध्ये एक मानिने क्रिस्टियानो रोनाल्डोको विश्वकप यात्रा अन्ततः उपाधिविहीन रूपमा समाप्त भएको छ। पोर्चुगल स्पेनसँग १–०...
-
विश्वकप: ब्राजिल २-१ ले पराजित, नर्बे क्वार्टरफाइनलमा
काठमाडौं । पाँच पटकको विश्व विजेता ब्राजिललाई २–१ ले स्तब्ध पार्दै नर्वे पहिलो पटक फिफा विश्वकप फुटबलको क्वार्टरफाइनलमा पुगेको छ।...
-
विश्वकप: केब भर्डेलाई पराजित गर्दै अर्जेन्टिना अन्तिम १६ मा
काठमाडौँ — आत्मघाती गोल नै निर्णायक बनेपछि डिफेन्डिङ च्याम्पियन अर्जेन्टिनाले केप भार्डेको बहादुरीपूर्ण चुनौती अतिरिक्त समयमा ३–२ ले समाप्त पार्दै...












