पाकिस्तानको १३ औं राष्ट्रपतिमा आरिफ निर्वाचित
काठमाडाैँ १९,भदाै । पाकिस्तानमा १३ औं राष्ट्रपतिमा प्रधानमन्त्री इमरान खान नेतृत्वको तेहरिक–ए– इस्लाम पार्टीका नेता आरिफ अल्भी निर्वाचित भएका छन् । मंगलबार भएको निर्वाचनमार्फत अल्भी नयाँ राष्ट्रपतिमा निर्वाचित भएका हुन् । निर्वाचनमा खसेको ४ सय ३० मतमध्ये आरिफ अल्भीले २ सय १२ मत प्राप्त गरी राष्ट्रपतिमा विजयी भएका हुन् ।
उनका प्रतिष्पर्धी पाकिस्तान मुस्लिम लीग–नवाजको समर्थनमा जामियत उलेमा–इ–इस्लाम पार्टीका मौलाना फजलूर रहमानले १३१ मत प्राप्त गरेका छन् भने पाकिस्तान पिपुल्स पार्टीका तर्फबाट चुनाव लडेका एजाज अहसनले ८१ मत प्राप्त गरेका छन् । ६ मत खारेज भएको पाकिस्तानी सञ्चारमाध्यामहरुले जनाएका छन् ।
निर्वाचनमा संसदका दुबै सदन र चारवटा प्रान्तीय सभाका एक हजारभन्दा बढी सांसदहरुले मतदानमा भाग लिएका थिए । निर्वाचित राष्ट्रपति अल्भी प्रधानमन्त्री इमरान खानका निकटस्थ र पूर्व चिकित्सक समेत हुन् ।
अल्भीसँगै चुनावमा नवाज शरिफको पाकिस्तान मुस्लिम लीग–नवाजको समर्थनमा जामियत उलेमा–इ–इस्लाम पार्टीका मौलाना फजलूर रहमान र संसदमा तेस्रो ठूलो दल पाकिस्तान पिपुल्स पार्टीका तर्फबाट एजाज अहसनको उम्मेदवारी परेको थियो
Comments
अरु समाचार
-
पशुपति क्षेत्र विकास र नेपाल एयरलाइन्समा भनेको नियुक्ति दिलाउने सर्तमा पर्यटन सचिव बने मुकुन्द निराैला
काठमाडाैं । सोमबारको मन्त्रिपरिषद् बैठकले सरुवा गरेका सचिव मुकुन्द प्रसाद निरौलाले प्रधानमन्त्री सुशीला कार्कीको स्वकिय सचिव आदर्श श्रेष्ठको काम फत्ते...
-
एमालेले एघारौं महाधिवेशनको उदघाटनसत्रमा १० हजार स्वयंसेवक परिचालन गर्ने !
काठमाडौं । नेकपा एमालेले काठमाडौंमा आगामी मंसिर २७ गतेबाट गर्न लागेको एघारौं राष्ट्रिय महाधिवेशनको उदघाटनसत्रमा १० हजार स्वयंसेवक परिचालन गर्ने...
-
रुसी राष्ट्रपति पुटिन दुई दिने राजकीय भ्रमणमा भारत आउँदै, यस्तो छ २८ घण्टे भ्रमण तालिका !
काठमाडौं । रूसका राष्ट्रपति भ्लादिमिर पुटिन दुई दिने भ्रमणका लागि आज भारत भ्रमणमा आउँदै छन् । भारतीय सञ्चारमाध्यमहरूका अनुसार...
-
कुनै पनि दल ‘चोखो र जनउत्तरदायी’ छैनन् हामी कसैसँग गठबन्धन गर्दैनाैः हर्क साम्पाङ
काठमाडाैं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका नगरप्रमुख हर्कराज राई (साम्पाङ)ले आगामी चुनावमा आफ्नो दलले कुनै पनि राजनीतिक...
-
प्रतिनिधिसभा विघटन विरुद्धको रिटमा सुनुवाइका लागि पेसी तोकियो !
काठमाडौं । नेकपा एमालेले सर्वाेच्च अदालतमा दायर गरेको प्रतिनिधि सभा विघटन विरूद्धकाे रिटमा आज बुधबार संवैधानिक इजलासमा सुनुवाइ हुने भएको...
-
मुख्यमन्त्री नै अनुपस्थित भएपछि मधेश प्रदेशसभा दिउँसो २ बजेसम्मकाे लागि स्थगित !
काठमाडौं । मधेस प्रदेश सभाको बैठक दुई बजेसम्मका लागि स्थगित भएको छ। साढे १० बजे शुरू भएको बैठकमा सरकारका प्रतिनिधि...
-
मधेस प्रदेशको सरकारसम्बन्धि सर्वोच्च अदालतको फैसलाप्रति ओलीको असन्तुष्टि
काठमाडाैं । नेकपा एमालेका अध्यक्ष एवं निःवर्तमान प्रधानमन्त्री केपी ओलीले मधेस प्रदेशको सरकारसम्बन्धि सर्वोच्च अदालतको फैसलाप्रति असन्तुष्टि व्यक्त गरेका छन्...
-
मधेस प्रदेशका मुख्यमन्त्रीलाई २४ घण्टाभित्र विश्वासको मत लिन परमादेश
काठमाडौं । सर्वोच्च अदालतले मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवलाई नेपालको संविधानअनुसार २४ घण्टाभित्र विश्वासको मत लिन परमादेश जारी गरेको छ...
-
कांग्रेसको १५औं महाधिवेशन पुस २६-२८ मा गर्ने निर्णय !
काठमाडौं । नेपाली कांग्रेसले आगामी पुस २६ देखि २८ सम्म १५ औं महाधिवेशन गर्ने सर्वसम्मत निर्णय गरेको छ । सानेपामा...












