आफ्नो–अर्को नभनी मन्त्रीहरुको जिम्मेवारी हेरफर हुन्छ: अध्यक्ष प्रचण्ड
काठमाडाैँ २०,भदाै । नेपाल कम्युनिस्ट पार्टी नेकपाका अध्यक्ष प्रचण्डले मन्त्रिपरिषद् पुनर्गठन हुन सक्ने बताएका छन् । खुमलटारस्थित निवासमा पत्रकारहरूसँग कुरा गर्दै प्रचण्डले मन्त्रीहरू हेरफेर हुन सक्ने बताएका हुन् । उनले आफ्नो–अर्को नभनी केही मन्त्रीको कामका आधारमा जिम्मेवारी हेरफेर हुन सक्ने बताए ।
‘मन्त्रीहरूको विषयमा केही न केही कदम चाल्नुपर्छ भन्ने नै छ । एउटा पक्षको छुँदा अर्को पक्षलाई नछुने भन्ने हुँदैन । जोसुकै पक्षको भए पनि कदम चाल्नुपर्छ भन्ने छ,’ प्रचण्डले भने, ‘सरकार र पार्टीलाई असफल बनाउने तथा जनतालाई निराश बनाउने अवस्था आएकाले केही न केही कदम चाल्छौँ ।’
कदम चाल्दा कसैले कसैलाई सिध्याउने नभई पार्टी, आन्दोलन र जनतालाई ध्यान दिएर निर्णय लिइने उनको भनाइ छ । आम जनतामा देखिएको निराशा मिडियामार्फत् पनि आएको बताउँदै प्रचण्डले सकारात्मक ढंगले समीक्षा गरिने बताए ।
‘सरकार र मन्त्रीहरूको विषयमा दुई अध्यक्षबीच गम्भीर छलफलसँगै समीक्षा गर्ने प्रक्रिया सुरु भएको छ,’ प्रचण्डले भने, ‘दुई अध्यक्षबीच एक–आपसमा शंकाका रूपमा हेरिन्छ भन्ने होला, तर पार्टी र सरकारका विषयमा एक–आपसमा गम्भीर छलफल भइरहेको छ ।’ सरकार र पार्टी एकताको विषयमा ठोस प्रस्ताव तयार गरी सचिवालयबाट अन्तिम रूप दिएर स्थायी कमिटीमा छलफलपछि निर्णय गराउने तयारी भएको पनि जानकारी दिए ।
भदौभित्रै एकता सक्ने
पार्टी कमिटीदेखि जनवर्गीय संगठनको एकता भदौभित्रै गरिसक्ने प्रचण्डले बताए । भदौभित्र एकता गरी जनतामा प्रशिक्षण चलाएर एक ढिक्का बनाउँदै अगाडि लैजाने उनको भनाइ छ । विवाद भएर एकतामा ढिलाइ नभएको उनको दाबी छ । पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री केपी ओलीले समय व्यवस्थापन गर्न नसक्दा एकता प्रक्रिया ढिला भएको स्पष्ट पारे ।
‘दुई अध्यक्षको समय मिलाउनै गाह्रो भएकाले एकता लम्बिएको हो । कहिले कसको समय नमिल्ने, कहिले कसको नमिल्ने हुँदा एकता लम्बिदै गयो । तर, धेरै ढिला पनि भएको छैन,’ प्रचण्डले भने, ‘एकताको विषयमा दुई अध्यक्ष बसेर छलफल गरी टुंगो लगाउँछौँ ।’
नयाँ प्रयोग भएकाले संघीयतामा समस्या आउनु सामान्य
संघीय व्यवस्था पहिलोपटक लागू गरिएकाले केही जटिलता आउनु स्वभाविक भएको प्रचण्ड बताउँछन् । ‘हामीले संघीय व्यवस्था पहिलोपटक लागू गरेकाले सामान्य समस्या आउँछ भन्ने नै लाग्या थियो,’ उनले भने, ‘कर के–केमा लगाउने के–केमा नलगाउने भन्ने विषयमा केही समस्या आए पनि आपसी छलफलबाटै समाधान गर्नुपर्छ ।’ करको विषयमा विवाद आए पनि जनतालाई कर तिर्ने बानी बसाल्नुपर्ने बताए । शिक्षा, स्वास्थ्यलगायत धेरै क्षेत्र निःशुल्क खोजेपछि जनताले पनि कर तिर्ने बानी बासाल्नुपर्ने उनको तर्क थियो ।
बिहीबार भारत भ्रमणमा निस्किने जानकारी
बिहीबार भारत भ्रमणमा जान लागेको पनि प्रचण्डले जानकारी गराए । भ्रमणका क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, विदेशमन्त्री सुष्मा स्वराज र भारतीय बुद्धिजीवीहरूसँग भेटघाट तथा छलफलको कार्यक्रम छ । २६ भदौमा स्वदेश फर्किएलगत्तै ३० भदौमा अर्को छिमेकी चीनको भ्रमणमा जाने कार्यतालिकाबारे पनि जानकारी दिए ।
‘जेजस्तो टीका–टिप्पणी भए पनि मलाई छिमेकी देश जानु नै पर्छ भन्ने लाग्छ,’ प्रचण्डले भने, ‘नेपालको हितलाई केन्द्रमा राखी जनतालाई सम्बोधन हुने गरी भारत र चीनसँग गम्भीर रूपमा छलफल गर्नुपर्छ भन्ने लागेको छ ।’
दोस्रोपटक सरकारको नेतृत्वमा छँदा आफूले दुई देशबीच बिग्रिएको सम्बन्ध सुधार गरेको भन्दै प्रचण्डले देश र राष्ट्रको हितका लागि भ्रमण गर्न थालेको बताए । ‘प्रधानमन्त्री केपी शर्मा ओली भारत र चीन भ्रमण गर्दा सफल नै भयो,’ उनले भने, ‘दुई अध्यक्ष भएकाले अर्को अध्यक्ष पनि आइदिए हुन्थ्यो भन्ने अपेक्षा भएकाले भ्रमणमा जान थालेको हुँ ।’ राष्ट्रिय हितसँगै विकास आयोजनासँग सम्बन्धित विषयमा दुई राष्ट्रसँग छलफल गर्ने उनले बताए ।
Comments
अरु समाचार
-
रास्वपा जिल्ला उपसभापति नै कांग्रेस प्रवेश
काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की जुम्ला जिल्ला उपसभापति तारा शाहीले पार्टी परित्याग गर्दै नेपाली कांग्रेसमा प्रवेश गरेकी छन्।...
-
एमाले संखुवासभा–काठमाडौं सम्पर्क कमिटीद्वारा १०५ सदस्यीय निर्वाचन परिचालन कमिटी गठन !
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) संखुवासभा–काठमाडौं सम्पर्क कमिटीले आगामी निर्वाचनलाई केन्द्रमा राख्दै १०५ सदस्यीय परिचालन कमिटी गठन गरेको छ।...
-
निर्वाचन ३१ दिन बाँकी : प्रत्यक्षतर्फको ३० लाख मतपत्र छापियो
काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्षतर्फ हालसम्म ३० लाख मतपत्र छपाइ भएको छ ।...
-
चलचित्र पत्रकार दिनेश सिटौलाको उपचारका क्रममा निधन
काठमाडौं । चलचित्र पत्रकार संघ नेपालका निवर्तमान अध्यक्ष दिनेश सिटौलाको उपचारका क्रममा निधन भएको छ । उनकाे ग्राण्डी अस्पतालमा आज...
-
निर्वाचन ३२ दिन बाँकी : पन्ध्र जिल्लाको १८ निर्वाचन क्षेत्रको मतपत्र छपाइ सम्पन्न
काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्षतर्फको १५ जिल्लाको मतपत्र छपाइको काम सम्पन्न भएको छ...
-
माघ १७ गते राजा महेन्द्रको अपत्यारिलो अवसान भएको दिन !
२०२८ सालको माघ ३ गते साधारण अवस्थाका राजा महेन्द्र भरतपुरका लागि निस्किएका थिए । यो भ्रमण करिव एक महिनाको लागि...
-
निर्वाचन ३३ दिन बाँकी : आचारसंहिता पालना गराउन आयोग सक्रिय, २१ स्पष्टीकरण सोधियो
काठमाडौं । निर्वाचन आयोगले आचारसंहिता उल्लघंनलाई नियन्त्रण गर्ने प्रयास गरिरहेको छ । फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा...
-
खगेन्द्र सुनारको अभिव्यक्तिविरुद्ध राजावादी समूहले शुक्रबार प्रदर्शन गर्दै
काठमाडौं । राष्ट्रिय जनावर गाई काटेर खान पाउनु पर्छ भन्ने अभिव्यक्ति दिने राष्ट्रिय स्वतन्त्र पार्टीका नेता खगेन्द्र सुनारलाई पक्राउ गरी...
-
Nepali Consul General Niraula and Yunnan Normal University Professor Lu Hold Meeting
Lhasa, Magh 15 — A meeting was held on Thursday at the Consulate General office in Lhasa between Nepali Consul...











