आफ्नो–अर्को नभनी मन्त्रीहरुको जिम्मेवारी हेरफर हुन्छ: अध्यक्ष प्रचण्ड
काठमाडाैँ २०,भदाै । नेपाल कम्युनिस्ट पार्टी नेकपाका अध्यक्ष प्रचण्डले मन्त्रिपरिषद् पुनर्गठन हुन सक्ने बताएका छन् । खुमलटारस्थित निवासमा पत्रकारहरूसँग कुरा गर्दै प्रचण्डले मन्त्रीहरू हेरफेर हुन सक्ने बताएका हुन् । उनले आफ्नो–अर्को नभनी केही मन्त्रीको कामका आधारमा जिम्मेवारी हेरफेर हुन सक्ने बताए ।
‘मन्त्रीहरूको विषयमा केही न केही कदम चाल्नुपर्छ भन्ने नै छ । एउटा पक्षको छुँदा अर्को पक्षलाई नछुने भन्ने हुँदैन । जोसुकै पक्षको भए पनि कदम चाल्नुपर्छ भन्ने छ,’ प्रचण्डले भने, ‘सरकार र पार्टीलाई असफल बनाउने तथा जनतालाई निराश बनाउने अवस्था आएकाले केही न केही कदम चाल्छौँ ।’
कदम चाल्दा कसैले कसैलाई सिध्याउने नभई पार्टी, आन्दोलन र जनतालाई ध्यान दिएर निर्णय लिइने उनको भनाइ छ । आम जनतामा देखिएको निराशा मिडियामार्फत् पनि आएको बताउँदै प्रचण्डले सकारात्मक ढंगले समीक्षा गरिने बताए ।
‘सरकार र मन्त्रीहरूको विषयमा दुई अध्यक्षबीच गम्भीर छलफलसँगै समीक्षा गर्ने प्रक्रिया सुरु भएको छ,’ प्रचण्डले भने, ‘दुई अध्यक्षबीच एक–आपसमा शंकाका रूपमा हेरिन्छ भन्ने होला, तर पार्टी र सरकारका विषयमा एक–आपसमा गम्भीर छलफल भइरहेको छ ।’ सरकार र पार्टी एकताको विषयमा ठोस प्रस्ताव तयार गरी सचिवालयबाट अन्तिम रूप दिएर स्थायी कमिटीमा छलफलपछि निर्णय गराउने तयारी भएको पनि जानकारी दिए ।
भदौभित्रै एकता सक्ने
पार्टी कमिटीदेखि जनवर्गीय संगठनको एकता भदौभित्रै गरिसक्ने प्रचण्डले बताए । भदौभित्र एकता गरी जनतामा प्रशिक्षण चलाएर एक ढिक्का बनाउँदै अगाडि लैजाने उनको भनाइ छ । विवाद भएर एकतामा ढिलाइ नभएको उनको दाबी छ । पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री केपी ओलीले समय व्यवस्थापन गर्न नसक्दा एकता प्रक्रिया ढिला भएको स्पष्ट पारे ।
‘दुई अध्यक्षको समय मिलाउनै गाह्रो भएकाले एकता लम्बिएको हो । कहिले कसको समय नमिल्ने, कहिले कसको नमिल्ने हुँदा एकता लम्बिदै गयो । तर, धेरै ढिला पनि भएको छैन,’ प्रचण्डले भने, ‘एकताको विषयमा दुई अध्यक्ष बसेर छलफल गरी टुंगो लगाउँछौँ ।’
नयाँ प्रयोग भएकाले संघीयतामा समस्या आउनु सामान्य
संघीय व्यवस्था पहिलोपटक लागू गरिएकाले केही जटिलता आउनु स्वभाविक भएको प्रचण्ड बताउँछन् । ‘हामीले संघीय व्यवस्था पहिलोपटक लागू गरेकाले सामान्य समस्या आउँछ भन्ने नै लाग्या थियो,’ उनले भने, ‘कर के–केमा लगाउने के–केमा नलगाउने भन्ने विषयमा केही समस्या आए पनि आपसी छलफलबाटै समाधान गर्नुपर्छ ।’ करको विषयमा विवाद आए पनि जनतालाई कर तिर्ने बानी बसाल्नुपर्ने बताए । शिक्षा, स्वास्थ्यलगायत धेरै क्षेत्र निःशुल्क खोजेपछि जनताले पनि कर तिर्ने बानी बासाल्नुपर्ने उनको तर्क थियो ।
बिहीबार भारत भ्रमणमा निस्किने जानकारी
बिहीबार भारत भ्रमणमा जान लागेको पनि प्रचण्डले जानकारी गराए । भ्रमणका क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, विदेशमन्त्री सुष्मा स्वराज र भारतीय बुद्धिजीवीहरूसँग भेटघाट तथा छलफलको कार्यक्रम छ । २६ भदौमा स्वदेश फर्किएलगत्तै ३० भदौमा अर्को छिमेकी चीनको भ्रमणमा जाने कार्यतालिकाबारे पनि जानकारी दिए ।
‘जेजस्तो टीका–टिप्पणी भए पनि मलाई छिमेकी देश जानु नै पर्छ भन्ने लाग्छ,’ प्रचण्डले भने, ‘नेपालको हितलाई केन्द्रमा राखी जनतालाई सम्बोधन हुने गरी भारत र चीनसँग गम्भीर रूपमा छलफल गर्नुपर्छ भन्ने लागेको छ ।’
दोस्रोपटक सरकारको नेतृत्वमा छँदा आफूले दुई देशबीच बिग्रिएको सम्बन्ध सुधार गरेको भन्दै प्रचण्डले देश र राष्ट्रको हितका लागि भ्रमण गर्न थालेको बताए । ‘प्रधानमन्त्री केपी शर्मा ओली भारत र चीन भ्रमण गर्दा सफल नै भयो,’ उनले भने, ‘दुई अध्यक्ष भएकाले अर्को अध्यक्ष पनि आइदिए हुन्थ्यो भन्ने अपेक्षा भएकाले भ्रमणमा जान थालेको हुँ ।’ राष्ट्रिय हितसँगै विकास आयोजनासँग सम्बन्धित विषयमा दुई राष्ट्रसँग छलफल गर्ने उनले बताए ।
Comments
अरु समाचार
-
पशुपति क्षेत्र विकास र नेपाल एयरलाइन्समा भनेको नियुक्ति दिलाउने सर्तमा पर्यटन सचिव बने मुकुन्द निराैला
काठमाडाैं । सोमबारको मन्त्रिपरिषद् बैठकले सरुवा गरेका सचिव मुकुन्द प्रसाद निरौलाले प्रधानमन्त्री सुशीला कार्कीको स्वकिय सचिव आदर्श श्रेष्ठको काम फत्ते...
-
एमालेले एघारौं महाधिवेशनको उदघाटनसत्रमा १० हजार स्वयंसेवक परिचालन गर्ने !
काठमाडौं । नेकपा एमालेले काठमाडौंमा आगामी मंसिर २७ गतेबाट गर्न लागेको एघारौं राष्ट्रिय महाधिवेशनको उदघाटनसत्रमा १० हजार स्वयंसेवक परिचालन गर्ने...
-
रुसी राष्ट्रपति पुटिन दुई दिने राजकीय भ्रमणमा भारत आउँदै, यस्तो छ २८ घण्टे भ्रमण तालिका !
काठमाडौं । रूसका राष्ट्रपति भ्लादिमिर पुटिन दुई दिने भ्रमणका लागि आज भारत भ्रमणमा आउँदै छन् । भारतीय सञ्चारमाध्यमहरूका अनुसार...
-
कुनै पनि दल ‘चोखो र जनउत्तरदायी’ छैनन् हामी कसैसँग गठबन्धन गर्दैनाैः हर्क साम्पाङ
काठमाडाैं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका नगरप्रमुख हर्कराज राई (साम्पाङ)ले आगामी चुनावमा आफ्नो दलले कुनै पनि राजनीतिक...
-
प्रतिनिधिसभा विघटन विरुद्धको रिटमा सुनुवाइका लागि पेसी तोकियो !
काठमाडौं । नेकपा एमालेले सर्वाेच्च अदालतमा दायर गरेको प्रतिनिधि सभा विघटन विरूद्धकाे रिटमा आज बुधबार संवैधानिक इजलासमा सुनुवाइ हुने भएको...
-
मुख्यमन्त्री नै अनुपस्थित भएपछि मधेश प्रदेशसभा दिउँसो २ बजेसम्मकाे लागि स्थगित !
काठमाडौं । मधेस प्रदेश सभाको बैठक दुई बजेसम्मका लागि स्थगित भएको छ। साढे १० बजे शुरू भएको बैठकमा सरकारका प्रतिनिधि...
-
मधेस प्रदेशको सरकारसम्बन्धि सर्वोच्च अदालतको फैसलाप्रति ओलीको असन्तुष्टि
काठमाडाैं । नेकपा एमालेका अध्यक्ष एवं निःवर्तमान प्रधानमन्त्री केपी ओलीले मधेस प्रदेशको सरकारसम्बन्धि सर्वोच्च अदालतको फैसलाप्रति असन्तुष्टि व्यक्त गरेका छन्...
-
मधेस प्रदेशका मुख्यमन्त्रीलाई २४ घण्टाभित्र विश्वासको मत लिन परमादेश
काठमाडौं । सर्वोच्च अदालतले मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवलाई नेपालको संविधानअनुसार २४ घण्टाभित्र विश्वासको मत लिन परमादेश जारी गरेको छ...
-
कांग्रेसको १५औं महाधिवेशन पुस २६-२८ मा गर्ने निर्णय !
काठमाडौं । नेपाली कांग्रेसले आगामी पुस २६ देखि २८ सम्म १५ औं महाधिवेशन गर्ने सर्वसम्मत निर्णय गरेको छ । सानेपामा...












