Three women were killed, and many other injured, as a result of the renewed aerial bombardment on #Muhambel city in #Idlib western countryside. #WhiteHelmets teams rushed to the scene and worked to retrieve the dead and assist the wounded, evacuating them to the medical point.
अमेरिका र संयुक्त राष्ट्रले दिए चेतावनी,सिरियामा पुनः हमलाको तयारी
संयुक्त राष्ट्रले रुस र टर्कीलाई सिरियामा विद्रोहीको कब्जामा रहेको अन्तिम पकड क्षेत्र इदलिब प्रान्तमा सम्भावित विध्वंश रोक्नका लागि तत्काल कारवाही गर्न आदेश दिएको छ ।
सिरियाली राष्ट्रपति बशर अल असदको सेना रुसको समर्थनमा घना जनसंख्या भएको इदलिबमा आक्रामक सैन्य कारवाहीको योजना बुनिरहेको भन्ने खबर सार्वजनिक भएसँगै संयुक्त राष्ट्रले यस्तो चेतावनी दिएको हो ।
यसअघि रुसी विमानले इदलिबको मुहमबल र जदरायामा हमला गरेको जसमा बच्चासहित नौजनाको मृत्यु भएको खबर सार्वजनिक भएको छ ।
यहाँका स्थानीय अबू मोहम्मदले बिहान ११ बजेदेखि बेलुका चारबजेसम्म हवाई हमला भएको जानकारी दिए ।
यस्तै अर्का स्थानीय अहमदले घटनाको विवरणबारे जानकारी दिँदै भने, ‘विमान हाम्रो घर नजिकै आउँदा हामी घरमा नै थियौं । हामी डरायौं र घर छोडेर भाग्यौं । मलाई अन्यलाई पनि घर खाली गर्न लगाएँ । मलाई थाहा थियो कि रुसले पुनः हमला गर्नेछ । यस्तै भयो । उनीहरुले विमानमार्फत निकै तगडा हमला गरे र तेस्रो पटकमा पूरा घर ध्वस्त भयो । ’
यसैबीच संयुक्त राष्ट्रका शान्ति दूत स्टाफन डे मिस्टुराले टर्कीका राष्ट्रपति रेचेप तैयप एर्दोआन र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले यसबारे छलफल गर्नुपर्ने बताएका छन् ।
संयुक्त राष्ट्रमा विशेष सल्लाहकार र सिरियामा विशेष दूत यान एगल्याण्डले एक पत्रकार सम्मलेनमा भने, ‘इददिबमा साँच्चै नै अब एक मानवतावादी र राजनीतिक रणनीतिको आवश्यकता छ र यदि यस्तो हुन सके लाखौंको ज्यान बच्ने थियो । यदि यो असफल भए अबको केही दिन वा घण्टाभित्र हामीले यस्तो युद्ध देख्नेछौं जुन पछिल्ला युद्धभन्दा क्रुर हुनेछन् । ’
‘त्यसकारण हामी अन्त्यमा तपाईं सबैलाई समझदारीको अपिल गर्दछौं । यो समझदारीको अर्थ यो हुनेछ कि हामी ती सबै कुरा दोहोराउँदैनौं जुन पूर्वी अल्लेपो, पूर्वी गूटा र रक्कामा भएको थियो । शहरका बासिन्दालाई हत्या गरेर शहरलाई बचाउनुको कुनै अर्थ छैन,’ उनले भने ।
‘इदलिबमा जुन डर फैलिएको छ, त्यसमा विश्वास गर्न मुश्किल छ । पूरा इलाका चारैतर्फबाट सेनाले घेरिएको छ र बीचमा मानिसहरु छन् । उनीहरुलाई हरदम गोलीबारीको शिकार हुने हो भन्ने डर छ । यहाँ करिब ३० लाख मानिसहरु बस्छन् जसमध्ये १० लाख बच्चाहरु छन् । त्यसकारण हामीले जसरी पनि इदलिबमा हुन लागेको युद्ध रोक्नुपर्छ । यहाँ पहिले नै लाखौं मानिसहरु आफ्नो घर छोड्न बाध्य छन् । इदलिबमा युद्ध गर्नु भनेको कुनै शरणार्थी शिविरमा हमला गर्नु सरह हो ।’
संयुक्त राष्ट्रकी अमेरिकी दूत निकी हेलीले इदलिबको स्थिती अत्यन्तै गम्भीर त्यहाँको चिच्याहट र पुकार आफूले पनि सुनिरहेको बताएकी छिन् ।
उनले भनिन्, ‘रुसले सबै आरोप ह्वाइट हेलमेट्सको टाउकोमा थोपरेको छ र असद पनि यही गरिरहेका छन् । जब असदले आफ्नै जनतामाथि रासायनिक हमला गर्ने तयारी गर्छन्, उनले सधैं यस्तै गर्छन् । तपाईंले इरान, रुस र असदका लागि राष्ट्रपति ट्रम्पको चेतावनी सुन्नुभएको छ । हामी यो स्विकार गर्दैनौं । संयुक्त राष्ट्र सुरक्षा परिषद् इदलिबका जनतामाथि रासायनिक हमलालाई अनुमती दिन सक्दैन् । सिरियाका जनताले पहिले नै अत्यधिक पीडा झेलिसकेका छन् । यो त्रासदीपूर्ण स्थिती हो ।’
ट्रम्पले एक दिन अघि सिरियाली सरकारसमेत इरान र रुसलाई चेतावनी दिएका थिए । उनले भनेका थिए, ‘यदि उनीहरु विद्रोहीको कब्जा भएकमो इदलिबमा हमला गर्छन् भने यो मानवताप्रति गम्भीर अपराध हुनेछ । इदलिबमा हमला भए हज्जारौंको हत्या हुनेछ ।’
ट्रम्पले बुधबार ट्वीट गरेर असदले इदलिबमा सोचबिचार बिना हमला गर्नु नहुने बताएका छन् ।
टिभी च्यानलले एक अधिकारीलाई उद्धृत गर्दै एक युद्ध विमान हमा र टाटूर्स प्रान्तमा निकै कम उचाईमा उडिरहेको देखिएको बताएको छ । अधिकारीका अनुसार केही इजराइली मिसाइललाई खसालिएको छ र केहीले त्यहाँबाट हट्न बाध्य बनाइएको छ ।
इजराइलले यो रिपोर्टमाथि अहिलेसम्म कुनै प्रतिक्रिया दिएको छैन
Comments
अरु समाचार
-
पशुपति क्षेत्र विकास र नेपाल एयरलाइन्समा भनेको नियुक्ति दिलाउने सर्तमा पर्यटन सचिव बने मुकुन्द निराैला
काठमाडाैं । सोमबारको मन्त्रिपरिषद् बैठकले सरुवा गरेका सचिव मुकुन्द प्रसाद निरौलाले प्रधानमन्त्री सुशीला कार्कीको स्वकिय सचिव आदर्श श्रेष्ठको काम फत्ते...
-
एमालेले एघारौं महाधिवेशनको उदघाटनसत्रमा १० हजार स्वयंसेवक परिचालन गर्ने !
काठमाडौं । नेकपा एमालेले काठमाडौंमा आगामी मंसिर २७ गतेबाट गर्न लागेको एघारौं राष्ट्रिय महाधिवेशनको उदघाटनसत्रमा १० हजार स्वयंसेवक परिचालन गर्ने...
-
रुसी राष्ट्रपति पुटिन दुई दिने राजकीय भ्रमणमा भारत आउँदै, यस्तो छ २८ घण्टे भ्रमण तालिका !
काठमाडौं । रूसका राष्ट्रपति भ्लादिमिर पुटिन दुई दिने भ्रमणका लागि आज भारत भ्रमणमा आउँदै छन् । भारतीय सञ्चारमाध्यमहरूका अनुसार...
-
कुनै पनि दल ‘चोखो र जनउत्तरदायी’ छैनन् हामी कसैसँग गठबन्धन गर्दैनाैः हर्क साम्पाङ
काठमाडाैं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका नगरप्रमुख हर्कराज राई (साम्पाङ)ले आगामी चुनावमा आफ्नो दलले कुनै पनि राजनीतिक...
-
प्रतिनिधिसभा विघटन विरुद्धको रिटमा सुनुवाइका लागि पेसी तोकियो !
काठमाडौं । नेकपा एमालेले सर्वाेच्च अदालतमा दायर गरेको प्रतिनिधि सभा विघटन विरूद्धकाे रिटमा आज बुधबार संवैधानिक इजलासमा सुनुवाइ हुने भएको...
-
मुख्यमन्त्री नै अनुपस्थित भएपछि मधेश प्रदेशसभा दिउँसो २ बजेसम्मकाे लागि स्थगित !
काठमाडौं । मधेस प्रदेश सभाको बैठक दुई बजेसम्मका लागि स्थगित भएको छ। साढे १० बजे शुरू भएको बैठकमा सरकारका प्रतिनिधि...
-
मधेस प्रदेशको सरकारसम्बन्धि सर्वोच्च अदालतको फैसलाप्रति ओलीको असन्तुष्टि
काठमाडाैं । नेकपा एमालेका अध्यक्ष एवं निःवर्तमान प्रधानमन्त्री केपी ओलीले मधेस प्रदेशको सरकारसम्बन्धि सर्वोच्च अदालतको फैसलाप्रति असन्तुष्टि व्यक्त गरेका छन्...
-
मधेस प्रदेशका मुख्यमन्त्रीलाई २४ घण्टाभित्र विश्वासको मत लिन परमादेश
काठमाडौं । सर्वोच्च अदालतले मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवलाई नेपालको संविधानअनुसार २४ घण्टाभित्र विश्वासको मत लिन परमादेश जारी गरेको छ...
-
कांग्रेसको १५औं महाधिवेशन पुस २६-२८ मा गर्ने निर्णय !
काठमाडौं । नेपाली कांग्रेसले आगामी पुस २६ देखि २८ सम्म १५ औं महाधिवेशन गर्ने सर्वसम्मत निर्णय गरेको छ । सानेपामा...












