कहाँ कसियो नेकपाको युवा-विद्यार्थीको एकताको गाँठो ?
काठमाडाैँ २०,भदाै । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले पार्टीका तल्ला निकाय तथा जनवर्गिय संगठनहरुको एकताको लागि तोकिएको समय सिमा गुज्रिसके पनि एकता प्रक्रिया आजसम्म पनि टुग्याउन सकेको छैन ।
पार्टी एकता भएको लामो समयसम्म कसरत पनि कुनै किसिमको निश्कर्ष निकाल्न नसकदा, तल्ला निकायका पार्टी कमिटिहरु तथा जनवर्गिय संगठनहरुबिचमा एकता प्रक्रियामा पश्न चिन्ह खडा भएको छ । नेकपाको नेतृत्वतहमा समेत असन्तुष्टी बढेको छ ।
मुलुककै दुई ठुला पार्टीहरुबिच भएको एकता पश्चात जसरी तिव्र गतिमा एकता प्रक्रियाले मेलो समात्नुपर्ने हो समात्न सकेको छैन ।
यसरी एकता प्रक्रियाले गति नपाउँदा पार्टी तथा जनवर्गिय संगठनका कामहरु तलसम्म अलपत्र छन् ।
कहाँ पुग्यो युवा–विद्यार्थीको एकता ?
नेकपाभित्र सबैभन्दा शक्तिशाली मानिने युवा–विद्यार्थीबिचको एकता प्रक्रियामै सहमति जुट्न सकेको छैन ।
सम्बन्धित संगठनका इन्चार्ज तथा अध्यक्षहरु रहेको कार्यदलका बैठकहरु दैनिकजसो हुने गरेको भएपनि नेतृत्व, नाम तथा झण्डा र कमिटिको संख्यामा कुरा नमिल्दा कार्यदलले पार्टीमा प्रतिवेदन बुझाउन सकेको छैन ।
वाइएसिएल नेपाल र युवा संघ नेपालबिचको कार्यदलले झण्डा र नेतृत्वबाहेक अन्य विषयमा सहमति नजिक पुगेको बताएको छ भने अखिल क्रान्तिकारी र अनेरास्ववियुबिचमा नेतृत्वमा सहमति जुट्न सकेको छैन ।
युवा नेताहरुका अनुसार युवाको कार्यदलमा अहिले झण्डाको विषयमा छलफल जारी छ । वाईसिएलले झण्डा आफ्नो र युवा संघ दुवैको नराखी नयाँ बनाउनुपर्ने अडान राखेको छ भने युवा संघले झण्डा आफ्नै हुनुपर्ने अडान राखेको छ ।
नाम, स्थापना मिति र कमिटि संख्याको विषयमा करिब सहमति नजिक रहेको वाइसिएलका अध्यक्ष तथा पार्टी केन्द्रिय सदस्य राम प्रसाद सापकोटा ‘दीपशिखा’ ले बताएका छन् ।
युवा संघका अध्यक्ष रमेश पौडेलका अनुसार समानताका आधारमा दुई संगठनकाबिच एकता हुनेछ । नयाँ बन्ने संगठनको अध्यक्षमा भने वाईसिएलका अध्यक्ष राम प्रसाद सापकोटा ‘दीपशिखा’ र युवा संघका अध्यक्ष रमेश पौडेल दुवैको दावी रहेको छ ।
यसैगरी दुई विद्यार्थी संगठनको कार्यदलले भने नेतृत्व बाहेक अन्य विषयमा सहमति जुटाईसकेको छ । अनेरास्ववियुको ‘यु’ लाई दिर्घ ‘यू’ बनाएर एमाले सम्बद्ध अनेरास्ववियुको नाममा सहमति जुटेको छ भने झण्डा यसअघि नै एउटै रहेकोले विवाद थिएन । ४९९ को केन्द्रिय कमिटि बनाउने सहमति गरेका दूई अखिलमा केन्द्रिय समितिका लागी दुवै संगठनबाट हुने प्रतिनिधि संख्यामा समेत सहमति जुटिसकेको छ । सहमतिअनुसार अखिल क्रान्तिकारीबाट २३९ र अनेरास्ववियुबाट २६० रहने छन् ।
यी दुई संगठनबाट पनि नेतृत्वमा दुवैतिरबाट दावी छ । अखिल क्रान्तिकारीबाट रंजित तामाङ्को दावी रहेको छ भने अनेरास्ववियुबाट महासचिव एैन महरको अध्यक्षमा दावी रहेको छ । अध्यक्ष नविना लामा सांसद भईसकेपछि उनी अध्यक्षको प्रतिष्पर्धामा छैनन् ।
तर जेजति विवादका विषयहरु रहन्छन् तिनलाइ पार्टी नेतृत्वले टुंग्याउने निर्णय नेकपाले गरेको छ ।
Comments
अरु समाचार
-
युद्धका हतियार तोकिएको समयमा विश्वका जुनसुकै ठाउँमा पुग्ने तर मल वा इन्धन किन पुग्दैन ? : बालेन शाह
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले हतियार आपूर्तिका लागि विश्वसँग रहेको तीव्र र प्रभावकारी संयन्त्र किसानका लागि मल तथा इन्धन आपूर्तिमा...
-
प्रधानमन्त्री शाह र राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता
न्यूयोर्क। प्रधानमन्त्री वालेन्द्र शाह र संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसबीच बिहीबार भेटवार्ता भएको छ। संयुक्त राष्ट्रसंघको ८१औँ महासभाको उच्चस्तरीय सप्ताहमा...
-
ईश्वर पोखरेलसहित ७ नेता एमाले स्थायी कमिटी सदस्यमा मनोनीत
काठमाडौं । नेकपा (एमाले) ले ईश्वर पोखरेलसहित सात जना नेताहरूलाई स्थायी कमिटी सदस्यमा मनोनीत गरेको छ। बिहीबार बसेको एमाले सचिवालय...
-
धादिङ कांग्रेसमा २० वर्षीय गौरवको छलाङ, महाधिवेशनका लागि बने कान्छा क्षेत्रीय प्रतिनिधि
धादिङ । निलकण्ठ नगरपालिका–१२ का २० वर्षीय गौरव सापकोटा नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा धादिङकै कान्छा क्षेत्रीय प्रतिनिधि बनेका छन्। सानै...
-
भन्सार अधिकृतले एसपीलाई धम्क्याएको अडियो प्रकरणको छानविन गर्न माग
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद टिका संग्रौलाले कञ्चनपुरका एक भन्सार अधिकृतले कैलालीका सशस्त्र प्रहरी उपरीक्षकसहित उच्च अधिकारीप्रति धम्कीपूर्ण भाषा...
-
प्रधानन्यायाधीश शर्मा र चिनियाँ प्रधानन्यायाधीश जुनबीच भेटवार्ता
काठमाडौं । प्रधानन्यायाधीश मनोजकुमार शर्माले बुधबार चीनका प्रधानन्यायाधीश झाङ जुनसँग भेटवार्ता गर्नुभएको छ। बेइजिङस्थित चीनको सर्वोच्च जनअदालतमा भएको भेटवार्तामा दुवै...
-
पार्टी संगठित अभियानमा कांग्रेस, आज देशैभर पालिका तहको अधिवेशन
काठमाडौँ । नेपाली कांग्रेसले आज देशैभर पालिका तहको अधिवेशन गर्दैछ । सो पार्टीको १५औँ महाधिवेशनअन्तर्गत स्थानीय तहको सांगठनिक संरचना निर्माण...
-
प्रतिनिधिसभाको बैठक बस्दै,यस्तो छ कार्यसूची
काठमाडौँ, असोज ७ गते । सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक बुधबार बस्दैछ । सिंहदरबारमा बिहान ११ बजेका लागि तय भएको बैठकमा...
-
सामान्य यात्रु झैं जहाज चढेर अमेरिका गए बालेन, बिदाई गर्ने दुईजना मात्रै
काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह सामान्य यात्रु झैं जहाज चढेर अमेरिका प्रस्थान गरेका छन् । प्रम शाहलाई बिदाई गर्ने दुईजना...












