काठमाडौं–हेटौडा सुरुङमार्गमा पावर चाइनाले ९५% लगानी गर्ने
काठमाडाैँ २१,भदाै । लगानी अभावले लामो समयदेखि रोकिएको काठमाडौं–कुलेखानी–हेटौडा सुरुङमार्ग निर्माणका लागि चिनियाँ कम्पनीसँग संयुक्त विकास सम्झौता (जेडीए) सम्पन्न भएको छ । सुरुङमार्गको प्रवद्र्धक नेपाल पूर्वाधार विकास कम्पनी लिमिटेड (एनपीबीसीएल) र चीनको पावर चाइना कम्पनीबीच यो सुरुङमार्ग परियोजनाको लगानी, विकास, वित्त व्यवस्थापन, आयोजना निर्माण तथा सञ्चालन व्यवस्थापनका लागि सहमति भएको हो ।
गत साता भएको जेडीएमा पावर चाइनाले परियोजनाको सम्पूर्ण लागतको ९५ प्रतिशतसम्म लगानी गर्ने सहमति गरेको एनपीबीसीएलले जनाएको छ । पावर चाइनाले ७५ः२५ अनुपातमा ऋण लगानीका लागि अन्तराष्ट्रिय वित्तीय संस्थाहरुबाट लगानीको व्यवस्थापन गर्ने जिम्मासमेत लिएको जनाइएको छ ।
पावर चाइनाले एनपीबीसीएलको विस्तृत प्राविधिक योजना पुनरावलोकन गरेको छ भने कम्पनी पछिल्लो ३० महिनादेखि पटकपटक आयोजना क्षेत्रको स्थलगत भ्रमण सम्पन्न गरिसकेको छ । पावरचाइनाले गत वर्षको पुसमा प्राविधिक प्रस्तावसमेत पेश गरिसकेको छ । पुनरावलोकनपश्चात यस परियोजनामा सडकको कुल लम्बाईमध्ये ४४ प्रतिशत सुरुङ तथा पुलले ओगट्ने छ । जसका कारणयो आयोजना अझै भूगर्भमैत्री रहने विश्वास कम्पनीले लिएको छ । कम्पनीले यो प्रविधि नेपालको कठिन पहाडी क्षेत्रका सडक पूर्वाधार निर्माणको क्षेत्रमा नयाँ युगको थालनी हुने विश्वास व्यक्त गरेको जनाएको छ ।
पावर चाइनासँग २०७२ पुसदेखि नै कम्पनीले लगातार आपसी छलफल तथा विचार विमर्श गरेको थियो । यसैको परिणामस्वरुप पूर्वाधार विकास कम्पनी लिमिटेडले पावर चाइनासँग गत वर्षको मे महिनामा चीनको बेइजिङमा बेल्ट एण्ड रोड इनिसिएटिभ सम्मेलनमा ईपीसी क्न्ट्र्याक्टमा हस्ताक्षर गर्न सफल भएको थियो । हस्ताक्षर समारोहमा तत्कालीन उपप्रधान तथा परराष्ट्रमन्त्री एवं हालका सभामुख कृष्णबहादुर महरासमेत सहभागी थिए ।
विश्वप्रसिद्ध पावर चाइना कम्पनीमा सिनो हाइड्रोलगायत ९८ वटा सहायक कम्पनीहरु रहेका छन् । नेपालमा समेत यो कम्पनी सिनो हाइड्रोमार्फत ३० वर्षदेखि जलविद्युत् तथा भौतिक पूर्वाधार निर्माण कार्यमा संलग्न छ । एनपीबीसीएल र पावर चाइनाबीच भएको सम्झौतापत्र नेपाल सरकारको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र प्रदेश नं. ३ को सरकारसमक्ष पेश गरिसकेको छ । साथै, यस परियोजनामा केन्द्रीय सरकार र प्रादेशिक सरकारको पूर्ण सहयोग र समर्थन रहने विश्वास कम्पनीले लिएको जनाइएको छ ।
भट्ट फेरि अध्यक्ष
नेपालको निजी क्षेत्रद्वारा प्रवद्र्धित र सार्वजनिक निजी साझेदारी (पीपीपी) मोडेलमा बन्ने यो आयोजनाको निर्माणकर्ता नेपाल पूर्वाधार विकास कम्पनी लिमिटेडको मंगलबार बसेको सञ्चालक समिति बैठकले कम्पनीका सञ्चालक भवन भट्टलाई अध्यक्षमा चयन गरेको छ । यसअघि छोटो समय कम्पनीको नेतृत्व गरेका भट्ट गैरआवासीय नेपाली संघका अध्यक्षसमेत हुन् । कम्पनी सचिव प्रतापसिंह ठकुराठीका अनुसार बैठकले पुसभित्रै कम्पनीको वार्षिक साधारणसभा गर्ने निर्णय गरेको छ ।
Comments
अरु समाचार
-
बारबराका सन्दुककी भतिजी तथा नेपोकिड यांकीलाई वालेन्द्रको उपहार ‘लगानी बोर्डको सीईओ’
लगानी बोर्डको सीईओमा नियुक्त भएकी यांकी उक्याब सन्दुक रुइतको भतिजी रहेको पाइएको छ। तत्कालीन समयमा महाकालीको अञ्चलाधिश नै बनेका जोन...
-
आजदेखि साबिककै अनुसार १४.२ किलो तौल भएको ग्यास सिलिन्डर प्रयोगमा ल्याइँदै
काठमाडौं । नेपाल आयल निगमले आजदेखि बजारमा खाना पकाउने ग्यासको भरी सिलिन्डर पठाउने भएको छ । निगमले साबिककै अनुसार १४.२...
-
मुलुकका ४४ जिल्लामा बाढीको जोखिम, साना नदीमा आकस्मिक बाढीको सम्भावना
काठमाडौँ। यतिबेला मुलुकका ४४ जिल्लामा आकस्मिक बाढीको मध्यमदेखि उच्च जोखिम रहेको छ ।जल तथा मौसम विज्ञान विभागले पाँचथर, इलाम, झापा,...
-
मन्त्रीपरिषद् बैठकका पाँच महत्त्वपूर्ण निर्णय, वायुसेवा निगमको कार्यकारी अध्यक्षमा महेश्वरभक्त श्रेष्ठ नियुक्त
काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय सिंहदरबारमा मंगलबार बसेको मन्त्रीपरिषद् बैठकले पाँच महत्वपूर्ण निर्णय गरेको छ । यसैक्रममा बैडकले बीउबिजनसम्बन्धी...
-
बैंकर ज्योति पाण्डेलाई मातृशोक
काठमाडौं। नेपाल इन्भेष्टमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योतिप्रकाश पाण्डे र शिखर इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत दीपप्रकाश पाण्डेलाई मातृशोक परेको छ।...
-
पुनः प्रयोगयोग्य रकेट परीक्षणमा चीन सफल, अन्तरिक्ष दौडमा नयाँ उपलब्धि
काठमाडौं । चीनले पुनः प्रयोग गर्न मिल्ने रकेटको सफल अवतरण गर्दै अन्तरिक्ष प्रविधिमा नयाँ उपलब्धि हासिल गरेको छ। चाइना एरोस्पेस...
-
‘बिपी राजमार्ग अवरुद्ध भए ३० मिनेटभित्र सञ्चालन गर्ने आवश्यक तयारी’
काभ्रेपलाञ्चोक । बाढीपहिरोबाट क्षतिग्रस्त भई पुनर्निर्माण भइरहेको बिपी राजमार्गको काभ्रेपलाञ्चोक–सिन्धुली खण्ड वर्षायाममा पनि सहज सञ्चालन गर्ने तयारी गरिएको छ। डिभिजन...
-
टेलिकम बिलिङ प्रणाली ठेक्का प्रकरण : विशेष अदालतद्वारा सबै आरोपितलाई सफाइ
काठमाडौं । विशेष अदालतले नेपाल टेलिकमको बिलिङ प्रणाली ठेक्का प्रक्रियासम्बन्धी भ्रष्टाचार मुद्दामा सबै आरोपितलाई सफाइ दिएको छ। अदालतले नेपाल टेलिकमका...
-
दिपक भट्टसँग जोडिएपछि देउवाका छोरा जय विरलाई बयानका लागि बोलायो विभागले
काठमाडौं । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले जयवीर सिंह देउवालाई बयानका लागि बोलाएको छ । विभागले दिपक भट्ट र सुलभ अग्रवालसँग...












