‘भीभो भी ११ प्रो’ को नेपालमा प्रिबुकिङ खुला
काठमाडाैँ २२,भदाै । चिनियाँ प्रविधि कम्पनी भिभोले आफ्ना पछिल्लो फ्ल्यागशीप फोन भारतमा सार्वजनिक गरेको छ । बिहीबार एक कार्यक्रमका बीच भारतमा सार्वजनिक गरिएको भीभो भी ११ प्रो र अर्को स्मार्टफोन भी ११ छिटै नेपालमा सार्वजनिक गरिने भएको छ ।
कम्पनीले दुबै स्मार्टफोनको नेपालमा प्रिबुकिङ खुला गरिसकेको छ । पछिल्लो महिनामा चिनियाँ कम्पनी ओप्पोले पनि ओप्पो एफ सेभेन र एफ नाइन दुई स्मार्टफोनको फरक फरक समयमा भव्य कार्यक्रमकाबीच नेपालमा सार्वजनिक गरिसकेको छ । भिभोले आगामी साता गर्ने भनेको स्मार्टफोन सार्वजनिक गर्ने कार्यक्रम पछिल्लो डेढ महिनाको सेरोफेरोमा चिनियाँ टेक कम्पनीको तेस्रो कार्यक्रम हुनेछ । चिनियाँ कम्पनीहरूले भारतपछि नेपाल र दक्षिण एसियाली मुलुकमा आफ्ना उत्पादनलाई प्राथमिकताका साथ बजारमा ल्याउने गरेका छन् ।
भिभो भी ११ मा १६ र ५ मेगापिक्सेलका दुई डिउल रियर क्यामरा र २५ मेगापिक्सेलको सेल्फी क्यामरा छ । भिभोको दुई स्मार्टफोनमध्ये भी ११ प्रो स्मार्टफोन थप पावरफुल छ । दुबै फोनमा क्यामरा यसमा १.९५ गीगाहर्जको क्वालकम स्न्यापड्रागन ६६० एआईई अक्टाकोर प्रोसेसर छ भने ६ जीबी ¥यामका साथ १२८ जीबी स्टोरेजको साथ छ । २३४० गुणा १०८० पिक्सेल सहितको रिजोल्यूशनसहितको ६.४१ इन्चको फूलएचडी सूपर एमोलेड डिस्प्ले यसको अर्को विशेषता हो । यसमा ३४०० एमएएचको ब्याट्री जडित छ भने फास्ट चार्जिङ सुविधा त छ नै । यसको फरक विशेषता भनको इन डिस्प्ले फिंगरप्रिन्ट सेन्सर हो । जुन, फ्ल्यागशीप किलर मानिएको वनप्लस सिक्समा पनि छैन । अन स्क्रीन फिंगरप्रिन्ट फोनको घोषणा गर्ने कम्पनी पनि भिभो विश्वमै अगाडि देखिएको हो ।
भी ११ स्मार्टफोन स्मार्टफोन ६.३ इन्चको फुल एचडी प्लस डिस्प्ले रहेको फोन हो । यसमा रिजोल्यूशन २२८० गुणा १०८० छ भने २.० गीगाहर्जको १२ नानोमिटर हेलियो पी ६० अक्टाकोर प्रोसेसर जडित छ । ४ जीवी ¥याम र १२८ स्टोरेजको भिभोको यो फोनमा पछिल्ला स्मार्टफोनमा देखिएको डिउल क्यामरा भिभोमा पनि देख्न सकिनेछ ।
ट्रिपल कार्ड स्लट भएको स्मार्टफोनको स्टोरेज बढाएर २५६ सम्म बनाउन सकिन्छ । एन्ड्रोइडको ओरियो ८.१ अपरेटिङ सिस्टम, फास्ट चार्जिङ सुविधासहित ३३१० एमएएचको ब्याट्री, ड्यूल ब्याण्ड वाईफाई, ब्लूटूथ ५.०, जीपीएस, ओटिजी आदि यसका अन्य विशेषता हुन् । गत साता मात्र भारतमा सार्वजनिक भएको यी फोन नेपालमा कति मूल्यमा किन्न पाइन्छ भन्ने अझै निश्चित छैन ।
Comments
अरु समाचार
-
Free Air Tickets to China for Friendly Football Spectators
Kathmandu — Nepal–China friendly football match will be held again this year. Organized on the occasion of China’s traditional New...
-
Nepali Consul General Niraula and Yunnan Normal University Professor Lu Hold Meeting
Lhasa, Magh 15 — A meeting was held on Thursday at the Consulate General office in Lhasa between Nepali Consul...
-
Alexander Kadakin: The Diplomat Who Turned Service into a Lifelong Mission
The outstanding Russian diplomat Alexander Mikhailovich Kadakin is most often associated with India, as it were the relations with this...
-
विनोद चाैधरीलाई अदालतको झड्का, केवाइसी भ्यानको मोनोपोली तोडिदै
काठमाडाैं । अदालत गएर भएपनि शक्ति प्रदर्शन गर्ने ठानेका डलर अर्बपति विनोद चाैधरीलाई जिल्ला अदालत काठमाडाैंको आदेशले झड्का दिएको छ...
-
‘नेपाल मानव अधिकारको संरक्षणप्रति प्रतिबद्ध छ’: परराष्ट्र सचिव अमृतबहादुर राई
काठमाडाैं । नेपाल सरकारका परराष्ट्र सचिव अमृतबहादुर राईले मानव अधिकारको संरक्षण र प्रवर्द्धनप्रति नेपाल पूर्ण रूपमा प्रतिबद्ध रहेको बताएका छन्।...
-
चीनकी नेपाल मामिला प्रमुख झेङ युहा काठमाडौँ आउँदै
काठमाडौं । चिनियाँ कम्युनिष्ट पार्टी (सिपिसी) को एक उच्चस्तरीय टोली बिहीबार काठमाडौँ आउने भएको छ । बदलिँदो अन्तर्राष्ट्रिय शक्ति सन्तुलन,...
-
Kathmandu Event Highlights Mountaineering Tourism in Nepal–Canada Ties
Kathmandu- The Nepal–Canada Friendship and Cultural Association hosted a program in Kathmandu to commemorate the 61st year of Nepal–Canada diplomatic...
-
अमेरिकी नागरिकलाई तुरुन्तै इरान छोड्न एडभाइजरी
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग व्यापार गर्ने देशहरूमाथि कडा आर्थिक कारबाहीको घोषणा गरेका छन्। ट्रम्पका अनुसार इरानसँग कुनै...
-
ट्रम्पले आफूलाई घोषणा गरे भेनेजुएलाको कार्यवाहक राष्ट्रपति
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सामाजिक सञ्जालमार्फत आफूलाई भेनेजुएलाको कार्यवाहक राष्ट्रपति भएको दाबी गर्दै सनसनी फैलाएका छन्। उनले आफ्नै...











