‘भीभो भी ११ प्रो’ को नेपालमा प्रिबुकिङ खुला
काठमाडाैँ २२,भदाै । चिनियाँ प्रविधि कम्पनी भिभोले आफ्ना पछिल्लो फ्ल्यागशीप फोन भारतमा सार्वजनिक गरेको छ । बिहीबार एक कार्यक्रमका बीच भारतमा सार्वजनिक गरिएको भीभो भी ११ प्रो र अर्को स्मार्टफोन भी ११ छिटै नेपालमा सार्वजनिक गरिने भएको छ ।
कम्पनीले दुबै स्मार्टफोनको नेपालमा प्रिबुकिङ खुला गरिसकेको छ । पछिल्लो महिनामा चिनियाँ कम्पनी ओप्पोले पनि ओप्पो एफ सेभेन र एफ नाइन दुई स्मार्टफोनको फरक फरक समयमा भव्य कार्यक्रमकाबीच नेपालमा सार्वजनिक गरिसकेको छ । भिभोले आगामी साता गर्ने भनेको स्मार्टफोन सार्वजनिक गर्ने कार्यक्रम पछिल्लो डेढ महिनाको सेरोफेरोमा चिनियाँ टेक कम्पनीको तेस्रो कार्यक्रम हुनेछ । चिनियाँ कम्पनीहरूले भारतपछि नेपाल र दक्षिण एसियाली मुलुकमा आफ्ना उत्पादनलाई प्राथमिकताका साथ बजारमा ल्याउने गरेका छन् ।
भिभो भी ११ मा १६ र ५ मेगापिक्सेलका दुई डिउल रियर क्यामरा र २५ मेगापिक्सेलको सेल्फी क्यामरा छ । भिभोको दुई स्मार्टफोनमध्ये भी ११ प्रो स्मार्टफोन थप पावरफुल छ । दुबै फोनमा क्यामरा यसमा १.९५ गीगाहर्जको क्वालकम स्न्यापड्रागन ६६० एआईई अक्टाकोर प्रोसेसर छ भने ६ जीबी ¥यामका साथ १२८ जीबी स्टोरेजको साथ छ । २३४० गुणा १०८० पिक्सेल सहितको रिजोल्यूशनसहितको ६.४१ इन्चको फूलएचडी सूपर एमोलेड डिस्प्ले यसको अर्को विशेषता हो । यसमा ३४०० एमएएचको ब्याट्री जडित छ भने फास्ट चार्जिङ सुविधा त छ नै । यसको फरक विशेषता भनको इन डिस्प्ले फिंगरप्रिन्ट सेन्सर हो । जुन, फ्ल्यागशीप किलर मानिएको वनप्लस सिक्समा पनि छैन । अन स्क्रीन फिंगरप्रिन्ट फोनको घोषणा गर्ने कम्पनी पनि भिभो विश्वमै अगाडि देखिएको हो ।
भी ११ स्मार्टफोन स्मार्टफोन ६.३ इन्चको फुल एचडी प्लस डिस्प्ले रहेको फोन हो । यसमा रिजोल्यूशन २२८० गुणा १०८० छ भने २.० गीगाहर्जको १२ नानोमिटर हेलियो पी ६० अक्टाकोर प्रोसेसर जडित छ । ४ जीवी ¥याम र १२८ स्टोरेजको भिभोको यो फोनमा पछिल्ला स्मार्टफोनमा देखिएको डिउल क्यामरा भिभोमा पनि देख्न सकिनेछ ।
ट्रिपल कार्ड स्लट भएको स्मार्टफोनको स्टोरेज बढाएर २५६ सम्म बनाउन सकिन्छ । एन्ड्रोइडको ओरियो ८.१ अपरेटिङ सिस्टम, फास्ट चार्जिङ सुविधासहित ३३१० एमएएचको ब्याट्री, ड्यूल ब्याण्ड वाईफाई, ब्लूटूथ ५.०, जीपीएस, ओटिजी आदि यसका अन्य विशेषता हुन् । गत साता मात्र भारतमा सार्वजनिक भएको यी फोन नेपालमा कति मूल्यमा किन्न पाइन्छ भन्ने अझै निश्चित छैन ।
Comments
अरु समाचार
-
विमान उडानमा वैज्ञानिकहरूको नयाँ प्रयास, प्रभावकारी उडानका लागि एआईको प्रयोग
काठमाडौं। विमानले बनाउने लामो समय टिक्ने ‘कन्ट्रेल’ अर्थात विमान आकाशमा उड्दा बन्ने बादलजस्तो धर्का बाट हुने जलवायु प्रभाव घटाउन कृत्रिम...
-
नेपाली मदिराको लोगो वा ट्रेडमार्कमा ‘Scotch’ वा ‘Scottish’ शब्द प्रयोग गर्न नपाइने: सर्वोच्च
काठमाडौं । नेपालमा उत्पादित मदिराजन्य पेय पदार्थको ट्रेडमार्क वा लोगोमा अन्तर्राष्ट्रिय रूपमा संरक्षित भौगोलिक संकेत (Geographical Indication- GI) का रूपमा...
-
एआई प्रविधिले उकास्यो चीनको व्यापार, निर्यातमा दोहोरो अंकको वृद्धि
हङकङ। कृत्रिम बौद्धिकता (एआई)सम्बन्धी उत्पादनको विश्वव्यापी माग तीव्र बनेसँगै चीनको निर्यात जुन महिनामा वार्षिक आधारमा २७ प्रतिशतले वृद्धि भएको छ...
-
विश्वकप २०२६ः फ्रान्स र मोरक्कोबीच सेमिफाइनल प्रवेशका लागि प्रतिस्पर्धा हुने
काठमाडौँ । विश्वकप फुटबल २०२६ को सेमिफाइनल प्रवेशका लागि फ्रान्स र मोरक्कोबीच प्रतिस्पर्धा हुने भएको छ । शनिबार राति भएका...
-
ह्वाट्सएपको नयाँ सुविधामा भारतले किन जनायो आपत्ति ?
नयाँदिल्ली । भारत सरकारले अनलाइन ठगी, फिसिङ र नक्कली परिचयमार्फत हुने साइबर अपराध बढ्न सक्ने चिन्ता व्यक्त गर्दै मेटालाई ह्वाट्सएपको...
-
अष्ट्रियालाई हराउँदै स्पेन विश्वकपको अन्तिम १६ मा
काठमाडौं। २०१० को च्याम्पियन स्पेन फिफा विश्वकप २०२६ को अन्तिम १६ मा प्रवेश गरेको छ। भर्खरै सम्पन्न राउन्ड अफ ३२...
-
सेनालाई बलियो बनाउने र भ्रष्टाचार नियन्त्रणमा जोड दिने चिनियाँ राष्ट्रपतिको प्रतिबद्धता
काठमाडौं । चिनियाँ राष्ट्रपति सी जिनपिङले सेनालाई सुदृढ र आधुनिकीकरण गर्ने तथा सत्तारूढ कम्युनिस्ट पार्टीभित्रको भ्रष्टाचारलाई निर्मूल पार्ने वाचा गर्नुभएको...
-
विभिन्न जेलमा रहेका ३३ नेपाली कैदीलाई साउदी सरकारले दियो माफी
काठमाडौँ । साउदी अरब सरकारले त्यहाँका विभिन्न जेलमा सजाय काटिरहेका ३३ जना नेपाली कैदीलाई 'माफी' दिएको छ । रमजान महिनाको...
-
भेनेजुएलामा भूकम्पबाट मृत्यु हुनेको संख्या ९२० पुग्यो, ५१ हजारभन्दा बढी बेपत्ता
काठमाडौं । भेनेजुएलामा भूकम्पमा परी मृत्यु हुनेको संख्या ९२० पुगेको छ। गत बुधबार राति ७.२ र ७.५ म्याग्नेच्युडको शक्तिशाली भूकम्प...












