नेपालले चीनका ७ बन्दरगाह प्रयोग गर्न पाउने, थपिए नयाँ ४ व्यापारिक नाका
काठमाडाैँ २३,भदाै । नेपालले चीनका ७ वटा बन्दरगाहमार्फत तेस्रो मुलुकसम्म वस्तु आयात-निर्यात गर्न पाउने भएको छ । दुई देशबीचको यातायात तथा परावहान सम्झौताको प्रोटोकलमा चीनले आफ्ना ४ वटा सामुन्द्रिक र ३ वटा सुख्खा बन्दरगाह प्रयोग गर्न दिन सहमति जनाएको छ ।
चीनले भारतले भन्दा बढी बन्दरगाह प्रयोग गर्न नेपाललाई अधिकार दिन सहमति दिएको हो । हाल नेपालले भारतको कोलकाता र विशाखापटनमको मात्रै बन्दरगाह प्रयोग गर्दै अन्तर्राष्ट्रिय ब्यापार गर्दै आएको छ । अब नेपालले वैदेशिक ब्यापारमा चीनतर्फका ठूला बन्दरगहा पनि प्रयोग गर्न पाउने सुनिश्चित भएको छ ।
प्रोटोकलमा हस्ताक्षरपछि वर्षौदेखि पारवहनमा भारतीय परनिर्भरता समाप्त हुनेछ । नाकाबन्दी लगायतका समयमा पनि चीनका बन्दरगहा भएर नेपालसम्म सामान ल्याउन बाटो खुला रहने छ ।
कुन-कुन बन्दरगाहमा पहुँच ?
घिमिरेका अनुसार भविष्यमा नेपालले चीनका सबै बन्दरगाह उपयोग गर्न पाउने भनिए पनि तत्काललाई भने तियान्जेन, सेनजेन, लियानयुंगाङ्ग र झाङ्गजियाङ्ग गरी ४ वटा सामुन्द्रीक बन्दरगाह प्रयोग गर्न पाउनेछ ।
नेपालले लान्जाओ, ल्हासा र सिगात्से गरी तीन वटा सुख्खा बन्दरगाह पनि प्रयोग गर्न सक्ने प्रोटोकलमा उल्लेख छ । यी बन्दरगाह हुँदै नेपालले तेस्रो मुलुकमा वस्तु आयात निर्यात गर्न सक्नेछ ।
यस्तै ब्यापारिक सामान ओसारपसारका लागि आवश्यक रुटका विषयमा रहेको अन्यौल पनि अन्त्य भएको छ ।
थपिए ४ ब्यापारिक नाका
०७२ मा नेपाल र चीनबीच भएको व्यापार तथा पारवहन सम्झौताको प्रोटोकलमा सहमति जुटेसँगै चीनले नेपालका थप ४ नाकालाई अन्तर्राष्ट्रिय नाकाको मान्यता दिन सहमति जनाएको छ ।
हालसम्म चीनसँगको तातोपानी र रसुवागढी नााका अन्तर्राष्ट्रिय नाकाका रुपमा छन् । अब नेपालले किमाथाङ्का, नेचुङ्ग, यारी र ओलाङ्गचुङ्गोलाबाट अन्तर्राष्ट्रिय ब्यापारिक सामान आयात-निर्यात गर्न सक्नेछ ।
नेपालमा दर्ता भएका ढुवानीका साधन अनुमति लिएर पारवहन ढुवानीका लागि सिगात्सेसम्म आउन जान सक्ने सहमति भएको छ । अब चिनियाँ बन्दरगाहबाट सबैभन्दा उपयुक्त र किफायती मार्गको प्रयोग गरी कार्गो ढुवानी गर्न सकिनेछ ।
के फाइदा ?
नेपालले सामान आयात निर्यात गर्दा चीनका रेल, बन्दरगाह, इन-ल्याण्ड वाटरवेज वा अन्य यातायातका मार्ग प्रयोग गर्न सक्नेछ । सचिव घिमिरेका अनुसार अब हङकङ, जापान, कोरिया, मंगोलिया र चीन आसपासका मुलुकहरुबाट सामान आयात-निर्यात गर्न सहज हुनेछ ।
‘समय र लागत कति फरक पर्छ अहिले नै भन्न सकिँदैन । यसका लागि परीक्षण नै गर्नुपर्छ,’ उनले भने,’तर, विभिन्न मुलुकबाट नेपालमा सामान ल्याउन अब पक्कै सहज हुन्छ भन्ने हाम्रो विश्वास हो । यसले पारवहन सुविधामा पनि विविधिकरण भएको छ ।’
संयन्त्र पनि
यो प्रोकोटलमा समायुनुकल परिवर्तन र पुनरावलोकनका लागि नेपालको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव र चीनको यातायात मन्त्रालयका उपमन्त्रीस्तरमा एक संयुक्त परामर्श संयन्त्रले निर्माण गरिनेछ ।
यस्तै प्राविधिक विषयमा वार्ता गर्न नेपालको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव र चीनको यातायात मन्त्रालयका महानिर्देशकस्तरमा एक संयुक्त परामर्श उपसमिति पनि बन्ने घिमिरेले बताए ।
बुधबारदेखि काठमाडौंमा भएको पारवहन सम्झौता प्रोटोकलको तेस्रो परामर्श बैठकले मस्यौदालाई अन्तिम रुप दिएको हो ।
तीन दिनसम्म चलेको बैठकको नेतृत्व नेपालका तर्फबाट उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव रविशंकर सैँजु र चीनका तर्फबाट यातायात सेवा विभाग, यातायात मन्त्रालयका महानिर्देशक वाङ सिपिङले गरेका थिए ।
नेपाल र चीनबीच ०७२ मा भएको ब्यापार तथा पारवाहनसम्बम्बधी सम्झौता कार्यान्वयन गर्ने गरी प्रोटकलमा हस्ताक्षर भएपछि नेपालको सामुन्ऽिक बन्दरगाह प्रयोगमा भारतीय एकाधिकार हट्ने छ ।
Comments
अरु समाचार
-
बारबराका सन्दुककी भतिजी तथा नेपोकिड यांकीलाई वालेन्द्रको उपहार ‘लगानी बोर्डको सीईओ’
लगानी बोर्डको सीईओमा नियुक्त भएकी यांकी उक्याब सन्दुक रुइतको भतिजी रहेको पाइएको छ। तत्कालीन समयमा महाकालीको अञ्चलाधिश नै बनेका जोन...
-
आजदेखि साबिककै अनुसार १४.२ किलो तौल भएको ग्यास सिलिन्डर प्रयोगमा ल्याइँदै
काठमाडौं । नेपाल आयल निगमले आजदेखि बजारमा खाना पकाउने ग्यासको भरी सिलिन्डर पठाउने भएको छ । निगमले साबिककै अनुसार १४.२...
-
मुलुकका ४४ जिल्लामा बाढीको जोखिम, साना नदीमा आकस्मिक बाढीको सम्भावना
काठमाडौँ। यतिबेला मुलुकका ४४ जिल्लामा आकस्मिक बाढीको मध्यमदेखि उच्च जोखिम रहेको छ ।जल तथा मौसम विज्ञान विभागले पाँचथर, इलाम, झापा,...
-
मन्त्रीपरिषद् बैठकका पाँच महत्त्वपूर्ण निर्णय, वायुसेवा निगमको कार्यकारी अध्यक्षमा महेश्वरभक्त श्रेष्ठ नियुक्त
काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय सिंहदरबारमा मंगलबार बसेको मन्त्रीपरिषद् बैठकले पाँच महत्वपूर्ण निर्णय गरेको छ । यसैक्रममा बैडकले बीउबिजनसम्बन्धी...
-
बैंकर ज्योति पाण्डेलाई मातृशोक
काठमाडौं। नेपाल इन्भेष्टमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योतिप्रकाश पाण्डे र शिखर इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत दीपप्रकाश पाण्डेलाई मातृशोक परेको छ।...
-
पुनः प्रयोगयोग्य रकेट परीक्षणमा चीन सफल, अन्तरिक्ष दौडमा नयाँ उपलब्धि
काठमाडौं । चीनले पुनः प्रयोग गर्न मिल्ने रकेटको सफल अवतरण गर्दै अन्तरिक्ष प्रविधिमा नयाँ उपलब्धि हासिल गरेको छ। चाइना एरोस्पेस...
-
‘बिपी राजमार्ग अवरुद्ध भए ३० मिनेटभित्र सञ्चालन गर्ने आवश्यक तयारी’
काभ्रेपलाञ्चोक । बाढीपहिरोबाट क्षतिग्रस्त भई पुनर्निर्माण भइरहेको बिपी राजमार्गको काभ्रेपलाञ्चोक–सिन्धुली खण्ड वर्षायाममा पनि सहज सञ्चालन गर्ने तयारी गरिएको छ। डिभिजन...
-
टेलिकम बिलिङ प्रणाली ठेक्का प्रकरण : विशेष अदालतद्वारा सबै आरोपितलाई सफाइ
काठमाडौं । विशेष अदालतले नेपाल टेलिकमको बिलिङ प्रणाली ठेक्का प्रक्रियासम्बन्धी भ्रष्टाचार मुद्दामा सबै आरोपितलाई सफाइ दिएको छ। अदालतले नेपाल टेलिकमका...
-
दिपक भट्टसँग जोडिएपछि देउवाका छोरा जय विरलाई बयानका लागि बोलायो विभागले
काठमाडौं । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले जयवीर सिंह देउवालाई बयानका लागि बोलाएको छ । विभागले दिपक भट्ट र सुलभ अग्रवालसँग...












