बिम्स्टेक सैन्य अभ्यास विवादित बन्दै गएपछी,प्रधनमन्त्रीले गरे निर्देशन अन्त: नेपाल नजाने भयो ।
काठमाडाैँ २३,भदाै । बिम्स्टेक राष्ट्रबीच हुने संयुक्त सैन्य अभ्यासमा नेपाल सहभागी नहुने भएको छ । नेपालको सहभागितालाई लिएर विवाद उत्पन्न भएपछि प्रधानमन्त्री केपी ओलीले सैन्य अभ्यासमा नजान नेपाली सेनालाई निर्देशन दिएका हुन् । भदौ २५ देखि ३१ गते (सेप्टेम्बर १०–१६) सम्म भारतको पुणेमा संयुक्त सैन्य अभ्यास हुँदैछ । प्राविधिक र आर्थिक सहायताका लागि बनेको संगठनभित्र सैन्य अभ्यासको विषयले प्रवेश पाउनु असान्दर्भिक भएको भन्दै आलोचना हुँदै आएको थियो ।
बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिम्स्टेक)को सैन्य अभ्यासको समापन समारोहमा प्रधानसेनापति पूर्णचन्द्र थापा समेत सहभागी हुँदै थिए । प्रधानमन्त्रीको निर्देशनपछि नेपाली सेनाले सहभागिताका लागि गरेको सम्पूर्ण तयारी स्थगित गरेको छ ।
‘बिम्स्टेक राष्ट्रबीच हुने सैन्य अभ्यासमा नेपाली सेनाले सहभागिता नजनाउने भएको छ’, सैनिक उच्च स्रोतले भन्यो, ‘पुणे सैन्य अभ्यासमा जान गरिएको सबै तयारी हामीले स्थगित गरेका छौं ।’ सैन्य अभ्यासमा जान नेपाली सेनाले अन्तिम तयारी गरिरहेको थियो ।
काठमाडांैमा भएको बिम्स्टेक सम्मेलनलाई सम्बोधन गर्दै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले समेत सदस्य राष्ट्रबीच संयुक्त सैन्य अभ्यास हुने भनेका थिए । बिम्स्टेक सदस्य राष्ट्रका सेनाबीच पहिलो पटक हुन लागेको सैन्य अभ्यास अन्तराष्ट्रिय आतंकवाद र अन्तरदेशीय संगठित अपराधविरुद्ध केन्द्रित रहने बताइएको छ ।
पुणे संयुक्त सैन्य अभ्यासमा सहभागी हुने तयारीमा रहेका मुलुक थाइल्यान्ड र म्यान्मारले समेत पुनर्विचार गर्ने सम्भावना रहेको सैनिक स्रोतले बताएको छ ।
बिम्स्टेक सदस्य राष्ट्र भारतको आयोजनामा हुन लागेको उक्त अभ्यासमा भारतसहित बंगलादेश, भुटान, म्यान्मार, नेपाल, श्रीलंका र थाइल्यान्डका सेना सहभागी हुने तयारी थियो । अभ्यासमा प्रत्येक बिम्स्टेक राष्ट्रका ३० जना सैनिक अधिकारी सहभागी रहने भएकाले नेपाली सेनाले समेत सोहीअनुसार तयारी गरिरहेको थियो ।
नेपालबाट पाँच जना अधिकृत र २५ जना अन्य दर्जाका नेपाली सैनिक अधिकारी सहभागी हुने तयार थियो ।
अन्तर्राष्ट्रिय आतंकवाद, अन्तरदेशीय संगठित अपराध र अवैध लागुऔषध कारोबारविरुद्ध लड्न बिम्स्टेक सदस्य राष्ट्रबीच थप सहकार्य बढाउने उद्देश्यले संयुक्त सैन्य अभ्यास हुने भनिएको छ ।
बिम्स्टेक राष्ट्रका सेनाबीच अन्तर्राष्ट्रिय आतंकवादको योजना, कार्यान्वयन र तयारी गरिरहेका व्यक्ति वा समूहबारे जानकारी आदानप्रदान गर्नुका साथै त्यस्ता प्रकारका अपराधमा प्रत्यक्ष एवं परोक्ष रूपमा संलग्न व्यक्ति वा समूहको जानकारी आदानप्रदान हुँदै आएको छ ।
नेपाल र चीनबीच समेत अर्को महिना संयुक्त सैन्य अभ्यास हुँदैछ । चीनको सिचुवान प्रान्तको छेन्दुमा असोज १ देखि नेपाली सेना र चिनियाँ जनमुक्ति सेनाबीच संंयुक्त सैन्य अभ्यास हुन लागेको हो ।
Comments
अरु समाचार
-
युद्धका हतियार तोकिएको समयमा विश्वका जुनसुकै ठाउँमा पुग्ने तर मल वा इन्धन किन पुग्दैन ? : बालेन शाह
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले हतियार आपूर्तिका लागि विश्वसँग रहेको तीव्र र प्रभावकारी संयन्त्र किसानका लागि मल तथा इन्धन आपूर्तिमा...
-
प्रधानमन्त्री शाह र राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता
न्यूयोर्क। प्रधानमन्त्री वालेन्द्र शाह र संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसबीच बिहीबार भेटवार्ता भएको छ। संयुक्त राष्ट्रसंघको ८१औँ महासभाको उच्चस्तरीय सप्ताहमा...
-
ईश्वर पोखरेलसहित ७ नेता एमाले स्थायी कमिटी सदस्यमा मनोनीत
काठमाडौं । नेकपा (एमाले) ले ईश्वर पोखरेलसहित सात जना नेताहरूलाई स्थायी कमिटी सदस्यमा मनोनीत गरेको छ। बिहीबार बसेको एमाले सचिवालय...
-
धादिङ कांग्रेसमा २० वर्षीय गौरवको छलाङ, महाधिवेशनका लागि बने कान्छा क्षेत्रीय प्रतिनिधि
धादिङ । निलकण्ठ नगरपालिका–१२ का २० वर्षीय गौरव सापकोटा नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा धादिङकै कान्छा क्षेत्रीय प्रतिनिधि बनेका छन्। सानै...
-
भन्सार अधिकृतले एसपीलाई धम्क्याएको अडियो प्रकरणको छानविन गर्न माग
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद टिका संग्रौलाले कञ्चनपुरका एक भन्सार अधिकृतले कैलालीका सशस्त्र प्रहरी उपरीक्षकसहित उच्च अधिकारीप्रति धम्कीपूर्ण भाषा...
-
प्रधानन्यायाधीश शर्मा र चिनियाँ प्रधानन्यायाधीश जुनबीच भेटवार्ता
काठमाडौं । प्रधानन्यायाधीश मनोजकुमार शर्माले बुधबार चीनका प्रधानन्यायाधीश झाङ जुनसँग भेटवार्ता गर्नुभएको छ। बेइजिङस्थित चीनको सर्वोच्च जनअदालतमा भएको भेटवार्तामा दुवै...
-
पार्टी संगठित अभियानमा कांग्रेस, आज देशैभर पालिका तहको अधिवेशन
काठमाडौँ । नेपाली कांग्रेसले आज देशैभर पालिका तहको अधिवेशन गर्दैछ । सो पार्टीको १५औँ महाधिवेशनअन्तर्गत स्थानीय तहको सांगठनिक संरचना निर्माण...
-
प्रतिनिधिसभाको बैठक बस्दै,यस्तो छ कार्यसूची
काठमाडौँ, असोज ७ गते । सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक बुधबार बस्दैछ । सिंहदरबारमा बिहान ११ बजेका लागि तय भएको बैठकमा...
-
सामान्य यात्रु झैं जहाज चढेर अमेरिका गए बालेन, बिदाई गर्ने दुईजना मात्रै
काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह सामान्य यात्रु झैं जहाज चढेर अमेरिका प्रस्थान गरेका छन् । प्रम शाहलाई बिदाई गर्ने दुईजना...












