समृद्दिको लक्ष्य हासिल गर्न सरकारले ‘आयोजना बैंक’ निर्माण गर्दै
काठमाडौं २४,भदाै । सरकारले सरकारले आर्थिक संकटबाट बच्न र विकासको लक्ष्य हासिल गर्न ‘आयोजना बैंक’ निर्माण गर्ने भएको छ । त्यसका लागि राष्ट्रिय योजना अयोगले आर्थिक पूर्व सावधानी प्रणालीको ढाँचा र अवधारणा तयार गरिसकेको आयोगका सचिव लक्ष्मण अर्यालले बताएका छन् ।
उनका अनुसार सरकारले मागेको इनोभेसन प्रोजेक्टको रुपमा आयोगले प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष आर्थिक पूर्व सावधानी प्रणाली र आयोजना बैंकलाई प्रस्तुत गरिसकेको छ । यसले वास्तविक क्षेत्रको लगानी र उत्पादन कस्तो छ, त्यसको फाइदा र बेफाइदाको बारेमा विश्लेषण गरेर आर्थिक संकट हुनबाट जोगाउने आयोगले जनाएको छ ।
यस्तै आर्थिक पूर्वसावधानी प्रणालीले देशको मौद्रिक अवस्था, मूद्रास्फिती, पुँजी बजार, बीमा, बैंकिङ लगायतको सूचकको आधारमा देशको आर्थिक अवस्थाको विश्लेषण पनि गर्नेछ ।
यस्तै आयोगले लगानी योग्य आयोजना छनौट गर्न आयोजना बैंक निर्माण कार्य शुरु गरेको बताएको छ ।
आइतबार प्रतिनिधिसभा अर्थ समितिको बैठकमा बोल्दै आयोगका सचिव अर्यालले आयोजना बैंक नहुँदा जस्तो पायो त्यस्तो आयोजनाको लागि बजेट छुटइएको र न्युन गुणस्तर र खर्च बढी हुने गरेको भन्दै त्यसलाई नियन्त्रण गर्न बैंकको निर्माण गर्नुपर्ने आवश्यकता रहेको बताए । सो बैंक राष्ट्रिय योजना आयोग अन्र्तगत रहनेछ ।
बैंकले विषय क्षेत्रगत मन्त्रालय, निकाय, लगानी बोर्ड, प्रदेश योजना आयोग र नीजि क्षेत्रसँग समन्वय गरेर आयोजना छनौट गर्नेछ । आयोजना कार्यान्वयनको मोडल निर्धारण सरकार, नीजि क्षेत्र, सार्वजनिक नीजि साझेदारी मार्फत हुनेछ ।
कुन आयोजनामा सरकारले कति लगानी गर्ने, नीजि क्षेत्रले कति लगानी गर्ने भनेर आयोजना कार्यान्वयनको मोडल तयार गरिने पनिसचिव अर्यालले जनाए । बैंक नहुँदा आयोजनामा देखिएको सुशासनको समस्या पनि हल हुने आयोगको विश्वास छ ।
बैठकमा पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेले आफ्नै पालामा आयोजना बैंकको अवधारण आएको र यो चाडै निर्माण गर्नुपर्ने आवाश्यकता औल्याए । राजनीतिक पहुँचका आधारमा बजेट छुट्याइने परम्पराको यसले अन्त्य गर्ने बताउँदै उनले आयोजना बैंकलाई फेसनको रुपमा प्रयोग नगर्न सचेत गराए ।
उनले भने, ‘एउटा मन्त्री हुँदा ५ वटा आयोजनाको जिम्मा सो बैंकलाई दिने र अर्को मन्त्री आउने वित्तिकै म चाहीँ के कम भन्दै एकै पटक २५ वटा थप गर्दिने हो भने बैंकले प्रभावकारी रुपमा काम गर्न सक्दैन र फेसनको रुपमा मौलाउने छ । तर त्यस्तो नहोस् । आयोजना छनौट गर्दा प्राथमिकताका आधारमा गरियोस ।’
आयोजनाको निर्माण जिम्मा कुनै कम्पनीलाई दिइँदैछ भने लागत भन्दा पनि कति छिटो काम गर्न सक्छ भन्ने कुरालाई ध्यान दिनुपर्ने उनले बताए ।
उनले भने, ‘४० बर्ष लगाएर सम्पन्न गर्ने कामलाई दोब्बर खर्चमा ४ वर्षमा सम्पन्न गर्छ भने सोही कम्पनीलाई दिनुपर्छ । सस्तो काम गर्नेलाई भन्दा छिटो गर्नेलाई प्राथमिकता दिनुपर्छ ।’
आयोजना बैंक निर्माण हुँदा दु्रत आर्थिक विकासमा सहयोग पुग्ने आयोगको विश्वास छ ।
Comments
अरु समाचार
-
सुनचाँदीको मूल्य निरन्तर अकासिँदो !
काठमाडौं ।आज बुधबार सुनको मूल्य तोलामा ८ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला...
-
आज आइतबारका लागि विदेशी मुद्राको विनिमय दर कति ?
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (आइतबार) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी...
-
केवाइसी भ्यानमा सिजीको सिन्डिकेट, विनोद चाैधरीको ध्यान अदालतको दुरुपयोगमा !
काठमाडाैं । ‘प्रतिस्पर्धा प्रवर्धन तथा बजार संरक्षण ऐन, २०६३’ ले बजारमा सिण्डिकेट निषेध गरे पनि सिजी मोटर्सले सवारी साधन आयातमा...
-
शनिबारका लागि विदेशी मुद्राको विनिमयदर यस्तो छ
काठमाडौं– नेपाल राष्ट्र बैंकले आज (शनिबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको...
-
सुनको मूल २ लाख ५० हजार नाघ्यो
काठमाडौं । शुक्रबार सुनको मूल्य २ लाख ५० हजार नाघेको छ । नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघका अनुसार आज...
-
पूर्वीनाकाबाट एक अर्ब ३७ करोडको चिया निर्यात
झापा । पूर्वीनाका काँकडभिट्टाबाट चालु आर्थिक वर्षको प्रथम चौमासिकमा रु एक अर्ब ३७ करोड ३० लाख ७७ हजार बराबरको चियाको...
-
आजदेखि एक सयको नयाँ नोट चलनचल्तीमा
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजदेखि एक सय रुपियाँ दरको नयाँ बैंक नोट चलनचल्तीमा ल्याएको छ । बैंकले सूचना जारी गर्दै...
-
जकार्ता विश्वकै सबैभन्दा ठूलो सहर, टोकियो तेस्रोमा झर्यो
काठमाडौं । संयुक्त राष्ट्रसंघको एक नयाँ प्रतिवेदनले इन्डोनेसियाको राजधानी जकार्तालाई विश्वको सबैभन्दा ठूलो शहर घोषणा गरेको छ । यो शहरमा...
-
मुस्ताङमा आलुको उत्पादन क्षेत्र विस्तार : ६२ करोडको ८२ लाख बढीको बिक्री
मुस्ताङ । यहाँको पाँच स्थानीय तहमा रु ६२ करोड ८२ लाख ३५ हजार ४०० बराबरको आलु उत्पादन भएको छ ।...












