झांगमु–तातोपानी र केरूङ्ग–रसुवागढी नाका पुल सभामुख महराद्वारा पुनःनिर्माणको शिलान्यास
काठमाडौं२४ भदौ, चीन भ्रमणमा रहेका सभामुख कृष्णबहादुर महराले झांगमु–तातोपानी र केरूङ–रसुवागढी नाका पुल पुनःनिर्माण र महावाणिज्य दूतावास भवनको शिलान्यास गरेका हुन्।
सभामुख महराले आइतबार ल्हासास्थित एक विशेष समारोहका बीच नेपाल–चीन सीमा नाकाका अन्तर्राष्ट्रिय मैत्री पुलको पुनःनिर्माण तथा महावाणिज्य दूतावास भवनको शिलान्यास गरेका हुन्।
सभामुख महराको प्रमुख आतिथ्यमा ल्हासाबाटै भिडियो प्रविधिबाट गरिएको शिलान्यास समारोहमा तिब्बत जनकांग्रेसका अध्यक्षसहितका पधाधिकारीहरुको सहभागिता थियो।
२०७२ वैशाख १२ गतेको महाभूकम्पका कारण नेपाल–चीन जोड्ने दुवै पुलहरु क्षतिग्रस्त भएका थिए। प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणका बेला संयुक्त वक्तव्यमा दुई मितेरी पुल बनाउने सहमति भएसँगै चीन सरकारले पुल पुनःनिर्माणको कार्य अघि बढाउन लागेको हो।
यी दुई मैत्री पुल निर्माण भएसँगै दुई देशबीचको व्यापारका साथै पर्यटन क्षेत्रको विकासमा सहयोग पुग्नेछ।
शिलान्यास कार्यक्रममा सभामुख महराको प्रतिनिधिमण्डल, ल्हासास्थित नेपाली महावाणिज्यदूत, परराष्ट्र मन्त्रालयका सहसचिव, शहरी विकास तथा भवन निर्माण विभागका उपमहानिर्देशक तथा नेपाल–चाइना फ्रेण्डसिप एशोसियसनका पदाधिकारीहरुको उपस्थिति थियो।
ल्हासास्थित शिलन्यास गरिएको उक्त भवन चीन सरकारको स्वामित्वमा नियोगले सन् २०७५ सम्मको लागि भाडामा लिएको हो।
पुल पुननिर्माण तथा दूतावास भवन शिलन्यास समारोहलाई सम्बोधन गर्दै सभामुख कृष्णबहादुर महराले ल्हासामा रहेको नेपाली वाणिज्य दूतावास नेपाल र चीनबीच सुमधुर सम्बन्धको प्रतीकको रुपमा रहेको बताए।
ल्हासास्थित नेपाली महावाणिज्य दूतावासको शिलान्यास तथा तातोपानी र रसुवागढी मैत्री पुल पुनःनिर्माण परियोजना शिलान्यास समारोहलाई सम्बोधन गर्दै सभामुख महराले यस्तो बताएका हुन्।
‘ल्हासामा रहेको वाणिज्य दूतावास नेपालको प्राचीन वाणिज्य दुतावासमध्येको एक हो,’ सभामुख महराले भने, ‘यो वाणिज्य दुतावास नेपाल र चीनबीच सुमधुर सम्बन्धको प्रतीकको रुपमा रहेको छ र भविष्यमा दुई मुलुकबीचको सम्बन्धको कोशेढुंगाको रुपमा रहनेछ।’
ऐतिहासिक केरूङ–रसुवागढी पुल र तातोपानी मैत्री पुल पुनःनिर्माणले नेपाल–चीन सम्बन्धमा अर्को इटा थप्ने काम गरेको चर्चा गर्दै सभामुख महराले यसले दुवै देशको व्यापार र पर्यटन प्रवद्र्धन गरी जनताको जीवनस्तर उकास्नेमा ठूलो भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरे।
भुगोल, संस्कृति, धर्म र परम्पराले नेपाल र चीनबीच प्राचीनकालदेखि नै सम्बन्ध रहँदै आएको बताउँदै सभामुख महराले साँस्कृतिक समानता र जीवनशैलीले दुई देशबीचको सम्बन्धलाई झनै प्रगाढ बनाएको उल्लेख गरे।
दुबै देशका नागरिकले बौद्ध धर्मको अनुसरण गर्नु सांस्कृतिक, धार्मिक सम्बन्धको ज्वलन्त उदाहरण भएको चर्चा गर्दै सभामुख महराले ऐतिहासिक व्यापारिक मार्ग, संस्कृति आदानप्रदान र राजनीतिक अन्तरक्रिया नेपाल–चीन सम्बन्धका गतिशील पक्षहरु भएको बताए।
पहिलो पटक आफूले तिब्बत स्वायत्त क्षेत्र भ्रमण गर्दाको क्षण स्मरण गर्दै सभामुख महराले तिब्बतको भौतिक विकासबाट आफू धेरै प्रभावित भएको बताए।
‘पहिलोपटक तिब्बत स्वायत्त क्षेत्र भ्रमण गर्दा यसले विगत केही दशकको समयमा गरेको परिवर्तनलाई प्रत्यक्ष अवलोकन गर्ने मौका पाएको थिएँ’, उनले भने, ‘म विशेष गरी यहाँको भौतिक विकासबाट धेरै प्रभावित भएको छु। यो परिवर्तनको लागि जिम्मेवार, दूरदर्शी नेतृत्व र मेहनती जनतालाई धन्यवाद दिन चाहन्छु।’
तिब्बत प्राचीनकालदेखि नै चीन प्रवेश गर्ने मुख्य मार्गको रुपमा रहेको चर्चा गर्दै सभामुख महराले सुख र दुःख दुवै समयमा नेपालले चीनको स्वशासित क्षेत्र तिब्बतबाट महत्वपूर्ण सहयोग पाइरहेकोमा खुशी व्यक्त गरे।
‘सुख र दुःख दुवै समयमा नेपालले चीनको स्वशासित क्षेत्र तिब्बतबाट महत्वपूर्ण सहयोग प्राप्त गरिरहेका छौं, उनले भने, ‘चीनको स्वशासित क्षेत्र तिब्बत हाम्रो घनिष्ठ मित्र, असल छिमेकी र शुभचिन्तक हो । नेपालको बाह्य सम्बन्धको पाटोमा तिब्बतको महत्वपूर्ण स्थान रहेको छ ।’
तिब्बत चीनको एक भाग हो भन्ने कुरामा नेपाल सरकार अडिग रही एक चीन नीतिमा पूर्ण प्रतिवद्ध रहेको दोहोर्याउँदै सभामुख महराले नेपाली भूमि कुनै पनि छिमेकी राष्ट्रको हित विपरित प्रयोग हुन नदिने कुरामा सजग रहेको बताए।
ल्हासास्थित नेपाली महावाणिज्य दूतावासको भवन तथा सीमानाका पुलहरु पुननिर्माणको शिलान्यास गर्दै सभामुख महरा। तस्बिरः सभामुखको निजी सचिवालय
Comments
अरु समाचार
-
एमाले उपाध्यक्ष पौडेललाई ७ दिन थुनामा राख्न अदालतले दियो अनुमति
काठमाडौं । विशेष अदालतले पूर्वमन्त्री विष्णु पौडेललाई ७ दिन थुनामा राखेर अनुसन्धान गर्न सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागलाई अनुमति दिएको छ...
-
उपाध्यक्ष पौडेल पक्राउ गैरन्यायिक भएको एमालेको निष्कर्ष, तत्काल रिहाइ गर्न माग
काठमाडौं । नेकपा एमालेले पार्टी उपाध्यक्ष विष्णुप्रसाद पौडेलको पक्राउ गैरन्यायिक भएको बताएको छ । पार्टी केन्द्रीय कार्यालय, च्यासलमा बसेको संसदीय...
-
उपाध्यक्ष पौडेलको पक्राउ राजनीतिक प्रतिशोध र शृङ्खलाबद्ध षड्यन्त्र : एमाले अध्यक्ष ओली
काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले उपाध्यक्ष विष्णु पौडेलको गिरफ्तारीलाई राजनीतिक प्रतिशोध र शृङ्खलाबद्ध षड्यन्त्रको रूपमा टिप्पणी...
-
रास्वपा महाधिवेशनको बन्द सत्र आजदेखि, नेता चयनका लागि निर्वाचन कार्यक्रम अघि बढाइँदै
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पहिलो महाधिवेशन अन्तर्गत आजदेखि बन्द सत्र सुरू हुँदैछ। आइतबार भरतपुरको गेस्ट हाउस चउरमा उद्घाटन...
-
पूर्वमन्त्री एवं कांग्रेस नेता राजेन्द्र खरेलको निधन
काभ्रेपलाञ्चोक । पूर्वमन्त्री एवं नेपाली कांग्रेसका नेता राजेन्द्र खरेलको ८० वर्षको उमेरमा निधन भएको छ । पछिल्लो समय दम बढेर...
-
अख्तियारका पदाधिकारीलाई पाँचघण्टा सोधपुछ गरेको विषय बालेनले नैं गरे पुष्टि
काठमाडौं ।अख्तियारका पदाधिकारीलाई पाँच घण्टा सोधपुछ गरेको विषयलाई प्रधानमन्त्री बालेन्द्र शाह बालेनले स्वीकार गरेका छन् । प्रधानमन्त्री शाहले आइतबार रास्वपाको...
-
बालेनको प्रशंसा गर्दै सिके राउतले भने- प्रतिपक्षीले कालो लुगा निषेधको माग गर्न सक्छन्
काठमाडौं । जनमत पार्टीका अध्यक्ष सिके राउतले प्रधानमन्त्री बालेन्द्र शाहको तीव्र प्रशंसा गरेका हुन् । उनले रास्वपा महाधिवेशन उद्घाटन समारोहमा...
-
संसदीय समितिमा कडा नियम, लगातार पाँच बैठकमा अनुपस्थित भए कारबाही गरिने
काठमाडौं । संसदीय समितिको पाँच वटा बैठकमा लगातार अनुपस्थित रहने सदस्यलाई कारबाहीको सिफारिस गर्न सकिने व्यवस्था सहित प्रतिनिधिसभा अन्तर्गतको कानुन,...
-
प्रधानमन्त्री शाह तीन दिनसम्म चितवनस्थित लटौली सेन्चुरी रिसोर्टमा बस्ने
चितवन — प्रधानमन्त्री बालेन शाह राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशनमा सहभागी हुन आइतबार चितवन पुगेका छन्। उनी श्रीमती र...











