झांगमु–तातोपानी र केरूङ्ग–रसुवागढी नाका पुल सभामुख महराद्वारा पुनःनिर्माणको शिलान्यास
काठमाडौं२४ भदौ, चीन भ्रमणमा रहेका सभामुख कृष्णबहादुर महराले झांगमु–तातोपानी र केरूङ–रसुवागढी नाका पुल पुनःनिर्माण र महावाणिज्य दूतावास भवनको शिलान्यास गरेका हुन्।
सभामुख महराले आइतबार ल्हासास्थित एक विशेष समारोहका बीच नेपाल–चीन सीमा नाकाका अन्तर्राष्ट्रिय मैत्री पुलको पुनःनिर्माण तथा महावाणिज्य दूतावास भवनको शिलान्यास गरेका हुन्।
सभामुख महराको प्रमुख आतिथ्यमा ल्हासाबाटै भिडियो प्रविधिबाट गरिएको शिलान्यास समारोहमा तिब्बत जनकांग्रेसका अध्यक्षसहितका पधाधिकारीहरुको सहभागिता थियो।
२०७२ वैशाख १२ गतेको महाभूकम्पका कारण नेपाल–चीन जोड्ने दुवै पुलहरु क्षतिग्रस्त भएका थिए। प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणका बेला संयुक्त वक्तव्यमा दुई मितेरी पुल बनाउने सहमति भएसँगै चीन सरकारले पुल पुनःनिर्माणको कार्य अघि बढाउन लागेको हो।
यी दुई मैत्री पुल निर्माण भएसँगै दुई देशबीचको व्यापारका साथै पर्यटन क्षेत्रको विकासमा सहयोग पुग्नेछ।
शिलान्यास कार्यक्रममा सभामुख महराको प्रतिनिधिमण्डल, ल्हासास्थित नेपाली महावाणिज्यदूत, परराष्ट्र मन्त्रालयका सहसचिव, शहरी विकास तथा भवन निर्माण विभागका उपमहानिर्देशक तथा नेपाल–चाइना फ्रेण्डसिप एशोसियसनका पदाधिकारीहरुको उपस्थिति थियो।
ल्हासास्थित शिलन्यास गरिएको उक्त भवन चीन सरकारको स्वामित्वमा नियोगले सन् २०७५ सम्मको लागि भाडामा लिएको हो।
पुल पुननिर्माण तथा दूतावास भवन शिलन्यास समारोहलाई सम्बोधन गर्दै सभामुख कृष्णबहादुर महराले ल्हासामा रहेको नेपाली वाणिज्य दूतावास नेपाल र चीनबीच सुमधुर सम्बन्धको प्रतीकको रुपमा रहेको बताए।
ल्हासास्थित नेपाली महावाणिज्य दूतावासको शिलान्यास तथा तातोपानी र रसुवागढी मैत्री पुल पुनःनिर्माण परियोजना शिलान्यास समारोहलाई सम्बोधन गर्दै सभामुख महराले यस्तो बताएका हुन्।
‘ल्हासामा रहेको वाणिज्य दूतावास नेपालको प्राचीन वाणिज्य दुतावासमध्येको एक हो,’ सभामुख महराले भने, ‘यो वाणिज्य दुतावास नेपाल र चीनबीच सुमधुर सम्बन्धको प्रतीकको रुपमा रहेको छ र भविष्यमा दुई मुलुकबीचको सम्बन्धको कोशेढुंगाको रुपमा रहनेछ।’
ऐतिहासिक केरूङ–रसुवागढी पुल र तातोपानी मैत्री पुल पुनःनिर्माणले नेपाल–चीन सम्बन्धमा अर्को इटा थप्ने काम गरेको चर्चा गर्दै सभामुख महराले यसले दुवै देशको व्यापार र पर्यटन प्रवद्र्धन गरी जनताको जीवनस्तर उकास्नेमा ठूलो भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरे।
भुगोल, संस्कृति, धर्म र परम्पराले नेपाल र चीनबीच प्राचीनकालदेखि नै सम्बन्ध रहँदै आएको बताउँदै सभामुख महराले साँस्कृतिक समानता र जीवनशैलीले दुई देशबीचको सम्बन्धलाई झनै प्रगाढ बनाएको उल्लेख गरे।
दुबै देशका नागरिकले बौद्ध धर्मको अनुसरण गर्नु सांस्कृतिक, धार्मिक सम्बन्धको ज्वलन्त उदाहरण भएको चर्चा गर्दै सभामुख महराले ऐतिहासिक व्यापारिक मार्ग, संस्कृति आदानप्रदान र राजनीतिक अन्तरक्रिया नेपाल–चीन सम्बन्धका गतिशील पक्षहरु भएको बताए।
पहिलो पटक आफूले तिब्बत स्वायत्त क्षेत्र भ्रमण गर्दाको क्षण स्मरण गर्दै सभामुख महराले तिब्बतको भौतिक विकासबाट आफू धेरै प्रभावित भएको बताए।
‘पहिलोपटक तिब्बत स्वायत्त क्षेत्र भ्रमण गर्दा यसले विगत केही दशकको समयमा गरेको परिवर्तनलाई प्रत्यक्ष अवलोकन गर्ने मौका पाएको थिएँ’, उनले भने, ‘म विशेष गरी यहाँको भौतिक विकासबाट धेरै प्रभावित भएको छु। यो परिवर्तनको लागि जिम्मेवार, दूरदर्शी नेतृत्व र मेहनती जनतालाई धन्यवाद दिन चाहन्छु।’
तिब्बत प्राचीनकालदेखि नै चीन प्रवेश गर्ने मुख्य मार्गको रुपमा रहेको चर्चा गर्दै सभामुख महराले सुख र दुःख दुवै समयमा नेपालले चीनको स्वशासित क्षेत्र तिब्बतबाट महत्वपूर्ण सहयोग पाइरहेकोमा खुशी व्यक्त गरे।
‘सुख र दुःख दुवै समयमा नेपालले चीनको स्वशासित क्षेत्र तिब्बतबाट महत्वपूर्ण सहयोग प्राप्त गरिरहेका छौं, उनले भने, ‘चीनको स्वशासित क्षेत्र तिब्बत हाम्रो घनिष्ठ मित्र, असल छिमेकी र शुभचिन्तक हो । नेपालको बाह्य सम्बन्धको पाटोमा तिब्बतको महत्वपूर्ण स्थान रहेको छ ।’
तिब्बत चीनको एक भाग हो भन्ने कुरामा नेपाल सरकार अडिग रही एक चीन नीतिमा पूर्ण प्रतिवद्ध रहेको दोहोर्याउँदै सभामुख महराले नेपाली भूमि कुनै पनि छिमेकी राष्ट्रको हित विपरित प्रयोग हुन नदिने कुरामा सजग रहेको बताए।
ल्हासास्थित नेपाली महावाणिज्य दूतावासको भवन तथा सीमानाका पुलहरु पुननिर्माणको शिलान्यास गर्दै सभामुख महरा। तस्बिरः सभामुखको निजी सचिवालय
Comments
अरु समाचार
-
पशुपति क्षेत्र विकास र नेपाल एयरलाइन्समा भनेको नियुक्ति दिलाउने सर्तमा पर्यटन सचिव बने मुकुन्द निराैला
काठमाडाैं । सोमबारको मन्त्रिपरिषद् बैठकले सरुवा गरेका सचिव मुकुन्द प्रसाद निरौलाले प्रधानमन्त्री सुशीला कार्कीको स्वकिय सचिव आदर्श श्रेष्ठको काम फत्ते...
-
एमालेले एघारौं महाधिवेशनको उदघाटनसत्रमा १० हजार स्वयंसेवक परिचालन गर्ने !
काठमाडौं । नेकपा एमालेले काठमाडौंमा आगामी मंसिर २७ गतेबाट गर्न लागेको एघारौं राष्ट्रिय महाधिवेशनको उदघाटनसत्रमा १० हजार स्वयंसेवक परिचालन गर्ने...
-
रुसी राष्ट्रपति पुटिन दुई दिने राजकीय भ्रमणमा भारत आउँदै, यस्तो छ २८ घण्टे भ्रमण तालिका !
काठमाडौं । रूसका राष्ट्रपति भ्लादिमिर पुटिन दुई दिने भ्रमणका लागि आज भारत भ्रमणमा आउँदै छन् । भारतीय सञ्चारमाध्यमहरूका अनुसार...
-
कुनै पनि दल ‘चोखो र जनउत्तरदायी’ छैनन् हामी कसैसँग गठबन्धन गर्दैनाैः हर्क साम्पाङ
काठमाडाैं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका नगरप्रमुख हर्कराज राई (साम्पाङ)ले आगामी चुनावमा आफ्नो दलले कुनै पनि राजनीतिक...
-
प्रतिनिधिसभा विघटन विरुद्धको रिटमा सुनुवाइका लागि पेसी तोकियो !
काठमाडौं । नेकपा एमालेले सर्वाेच्च अदालतमा दायर गरेको प्रतिनिधि सभा विघटन विरूद्धकाे रिटमा आज बुधबार संवैधानिक इजलासमा सुनुवाइ हुने भएको...
-
मुख्यमन्त्री नै अनुपस्थित भएपछि मधेश प्रदेशसभा दिउँसो २ बजेसम्मकाे लागि स्थगित !
काठमाडौं । मधेस प्रदेश सभाको बैठक दुई बजेसम्मका लागि स्थगित भएको छ। साढे १० बजे शुरू भएको बैठकमा सरकारका प्रतिनिधि...
-
मधेस प्रदेशको सरकारसम्बन्धि सर्वोच्च अदालतको फैसलाप्रति ओलीको असन्तुष्टि
काठमाडाैं । नेकपा एमालेका अध्यक्ष एवं निःवर्तमान प्रधानमन्त्री केपी ओलीले मधेस प्रदेशको सरकारसम्बन्धि सर्वोच्च अदालतको फैसलाप्रति असन्तुष्टि व्यक्त गरेका छन्...
-
मधेस प्रदेशका मुख्यमन्त्रीलाई २४ घण्टाभित्र विश्वासको मत लिन परमादेश
काठमाडौं । सर्वोच्च अदालतले मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवलाई नेपालको संविधानअनुसार २४ घण्टाभित्र विश्वासको मत लिन परमादेश जारी गरेको छ...
-
कांग्रेसको १५औं महाधिवेशन पुस २६-२८ मा गर्ने निर्णय !
काठमाडौं । नेपाली कांग्रेसले आगामी पुस २६ देखि २८ सम्म १५ औं महाधिवेशन गर्ने सर्वसम्मत निर्णय गरेको छ । सानेपामा...












