इन्धनको मूल्य बढाएको विरोधमा कांग्रेस आईले गर्यो भारत बन्द
काठमाडाैँ २५,भदाै । पेट्रोल डिजेलको बढ्दो मूल्यको विरोधमा कांग्रेस आईले आज भारत बन्द आह्वान गरेको छ । भारत बन्दको प्रमुख असर बिहार, राजस्थान, महाराष्ट्र, मध्यप्रदेश, छत्तिसगढ, ओडिशा, आन्ध्रप्रदेश, तेलंगाना र कर्नाटकमा देखिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
बन्दका कारण पूर्वी तटवर्ति रेल्वे जोनले १२ वटा रेल बन्द गर्यो । मुम्बईम कांग्रेस नेता सञ्जय निरुपमलाई पक्राउ गरिएको छ । उनीमाथि प्रहरीलाई हातपात गरेको आरोप छ ।
कांग्रेस आईका अध्यक्ष राहुल गान्धी वरिष्ठ नेताहरुका साथमा दिल्लीमा विरोध प्रदर्शन गरिरहेका छन् । यसभन्दा अगाडि उनले राजघाटमा महात्मा गान्धीलाई श्रद्धान्जली दिएपछि र्याली निकालेका थिए । राहुलका साथ प्रदर्शनमा उनकी आमा सोनिया गान्धी, पूर्वप्रधानमन्त्री मनमोहन सिंह, एनसीपी प्रमुख शरद पवारलगायत छन् ।
बिहारमा जनअधिकार पार्टीका कार्यकर्ताहरुले ट्रेन तथा सडकमा चलिरहेका सवारी साधनमा तोडफोड गरेका थिए । आन्ध्रप्रदेशको विशाखापट्नममा सडक जाम गरेर प्रदर्शन भइरहेको छ । गुजरातमा सडकबीच टायर बालेर विरोध प्रदर्शन गरिएको छ ।
कांग्रेसका अनुसार सरकारको नीतिविरुद्धमा आह्वान गरिएको बन्दमा देशभरका २० विपक्षी पार्टी र कैयौं व्यापारिक संगठनले समर्थन गरिरहेका छन् । यता आम आद्मी पार्टी (आप) ले भने यो बन्दलाई समर्थन गरेको छैन ।
कांग्रेस नेता अजय माकनले आइतबार पत्रकार सम्मेलन गरी भाजपाको राष्ट्रिय कार्यकारिणी बैंठकले महंगी, राफेलमा भएको भ्रष्टाछार, रुपैयाँको घट्दो मूल्य जस्ता जनसरोकारका मुद्दामा कुनै छलफल बताए । आजको बन्दले सरकारलाई इन्धनको मूल्य घटाउन दवाव दिने उनको भनाई छ ।
कति बढ्यो मूल्य ?
भारतमा इन्धनको मूल्य लगातार बढिरहेको छ । आइतबार दिल्लीमा पेट्रोलको मूल्य अहिलेसम्मकै उच्च ८०.५० भारु पुग्यो डिजेल ७२.६१ प्रतिलिटर पुग्यो । यसैगरी मुम्बईमा पेट्रोलको ८७.८० र डिजेलको ७७.०९ पुगेको छ ।
शनिबार पेट्रोलको मूल्य दिल्लीमा ८० भन्दा उकालो लागेको थियो । डलरको तुलनामा भारुको मूल्य घट्नाले इन्धन महंगिएको हो । पेट्रोलियम तथा प्राकृतिक ग्यास मन्त्री धर्मेन्द्र प्रधानले अन्तर्राष्ट्रिय कारणले इन्धनको मूल्य बढेको भन्दै यसलाई सरकारले नियन्त्रणमा राख्न नसक्ने बताए ।
‘हामीले तेल डलरमा किन्नुपर्छ । यसले हामीलाई समस्यामा पारिरहेको छ,’ उनले पत्रकारहरुलाई भने ।
तेल निर्यातक राष्ट्रहरुको संगठन ओपेकले समस्या अझ बढाएको उनले बताए । प्रधानका अनुार ओपेकले जुलाईबाट उत्पादन बढाउने घोषणा गरेको भए पनि बढाएको छैन
Comments
अरु समाचार
-
पशुपति क्षेत्र विकास र नेपाल एयरलाइन्समा भनेको नियुक्ति दिलाउने सर्तमा पर्यटन सचिव बने मुकुन्द निराैला
काठमाडाैं । सोमबारको मन्त्रिपरिषद् बैठकले सरुवा गरेका सचिव मुकुन्द प्रसाद निरौलाले प्रधानमन्त्री सुशीला कार्कीको स्वकिय सचिव आदर्श श्रेष्ठको काम फत्ते...
-
एमालेले एघारौं महाधिवेशनको उदघाटनसत्रमा १० हजार स्वयंसेवक परिचालन गर्ने !
काठमाडौं । नेकपा एमालेले काठमाडौंमा आगामी मंसिर २७ गतेबाट गर्न लागेको एघारौं राष्ट्रिय महाधिवेशनको उदघाटनसत्रमा १० हजार स्वयंसेवक परिचालन गर्ने...
-
रुसी राष्ट्रपति पुटिन दुई दिने राजकीय भ्रमणमा भारत आउँदै, यस्तो छ २८ घण्टे भ्रमण तालिका !
काठमाडौं । रूसका राष्ट्रपति भ्लादिमिर पुटिन दुई दिने भ्रमणका लागि आज भारत भ्रमणमा आउँदै छन् । भारतीय सञ्चारमाध्यमहरूका अनुसार...
-
कुनै पनि दल ‘चोखो र जनउत्तरदायी’ छैनन् हामी कसैसँग गठबन्धन गर्दैनाैः हर्क साम्पाङ
काठमाडाैं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका नगरप्रमुख हर्कराज राई (साम्पाङ)ले आगामी चुनावमा आफ्नो दलले कुनै पनि राजनीतिक...
-
प्रतिनिधिसभा विघटन विरुद्धको रिटमा सुनुवाइका लागि पेसी तोकियो !
काठमाडौं । नेकपा एमालेले सर्वाेच्च अदालतमा दायर गरेको प्रतिनिधि सभा विघटन विरूद्धकाे रिटमा आज बुधबार संवैधानिक इजलासमा सुनुवाइ हुने भएको...
-
मुख्यमन्त्री नै अनुपस्थित भएपछि मधेश प्रदेशसभा दिउँसो २ बजेसम्मकाे लागि स्थगित !
काठमाडौं । मधेस प्रदेश सभाको बैठक दुई बजेसम्मका लागि स्थगित भएको छ। साढे १० बजे शुरू भएको बैठकमा सरकारका प्रतिनिधि...
-
मधेस प्रदेशको सरकारसम्बन्धि सर्वोच्च अदालतको फैसलाप्रति ओलीको असन्तुष्टि
काठमाडाैं । नेकपा एमालेका अध्यक्ष एवं निःवर्तमान प्रधानमन्त्री केपी ओलीले मधेस प्रदेशको सरकारसम्बन्धि सर्वोच्च अदालतको फैसलाप्रति असन्तुष्टि व्यक्त गरेका छन्...
-
मधेस प्रदेशका मुख्यमन्त्रीलाई २४ घण्टाभित्र विश्वासको मत लिन परमादेश
काठमाडौं । सर्वोच्च अदालतले मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवलाई नेपालको संविधानअनुसार २४ घण्टाभित्र विश्वासको मत लिन परमादेश जारी गरेको छ...
-
कांग्रेसको १५औं महाधिवेशन पुस २६-२८ मा गर्ने निर्णय !
काठमाडौं । नेपाली कांग्रेसले आगामी पुस २६ देखि २८ सम्म १५ औं महाधिवेशन गर्ने सर्वसम्मत निर्णय गरेको छ । सानेपामा...












