विज्ञहरु भन्छन : चिनसंगको पारवहन सम्झौता कार्यान्वयनमा चुनौती नै चुनाैती !
काठमाडाैँ २५,भदाै । नेपाल र चीन सरकारबीच भएको लामो छलफलबाट पारवहन तथा परिवहन सम्झौता भए पनि तत्काल कार्यान्वयनमा भने चुनौती देखिएको छ । चीनले नेपाललाई सबै बन्दरगाह प्रयोग गर्न दिने सम्झौता गरे पनि चीन जाने बाटो पूर्ण रूपमा सञ्चालन भइनसकेकाले पनि तत्काल कार्यान्वयनमा आउन कठिन हुने भएको हो ।
वैदेशिक व्यापारमा दक्षिणी छिमेकी भारतसँगको निर्भरता तोडिए पनि तत्काल चीनतर्फ जाने बाटो निर्माण भइनसकेकाले पनि बन्दरगाहबाट सामान आयात निर्यात गर्न कठिन देखिएको हो । “सन् २०१६ मा भएको सम्झौता अहिले आएर कार्यान्वयनमा आएकाले यो नेपालको लागि स्वागतयोग्य हो,” पूर्वसचिव एवं व्यापार विज्ञ पुरुषोतम ओझा भन्छन्, “उत्तरतिरका नाका पूर्णरूपमा सञ्चालन भइनसकेकाले तत्कालका लागि नभएर दीर्घकालीन रूपमा भने उपयुक्त देखिन्छ ।”
चीनको बन्दरगाह नेपालको सिमानादेखि ४ हजार किलोमिटर टाढा रहेकाले पनि स्थगमार्गभन्दा सामुकि मार्गबाट सामान ढुवानी गर्न नजिक पर्ने उनको भनाइ छ । “तातोपानी र रसुवा नाका पूर्ण रूपमा सञ्चालनमा आइसकेका छैनन्,” उनले भने, “उत्तरी मार्ग जाने बाटो उच्च गुणस्तरको नभएकाले पनि तत्काल सामान ढुवानी गर्न समस्या देखिन्छ ।” चीनका बन्दरगाह हुँदै तेस्रो मुलुकबाट सामान आयात–निर्यात गर्नका लागि १२ महिना गाडी चल्ने गरी उच्च गुणस्तरको बाटो बनाउन अति आवश्यक रहेको उनी बताउँछन् ।
हिमाली क्षेत्रमा रहेका किमाथांका र यारी नाकाबाट सामान ढुवानी गर्न कठिन हुने भएकाले सुरुमा चीनबाट कार्गाेमा सामान ल्याएर परीक्षण गरिनुपर्ने उनको भनाइ छ । चीनका बन्दरगाह प्रयोग गरेर सामान आयात गर्दा समय, लागत र ढुवानी प्रक्रिया कतिको खर्चिलो भने अध्ययन गरिनुपर्ने उनको भनाइ छ ।
नेपालले चीनका सवै नाकाबाट प्रयोग गर्न पाउनेगरी गत बिहीबार दुई देशका उच्च अधिकारीबीच सम्झौता भएको थियो ।
नेपाल–चीन तेस्रो परामर्श बैठकले प्रोटोकलको मस्यौदालाई पनि अन्तिम रूप दिएको छ । नेपाल–चीन परामर्श बैठकले विभिन्न महत्वपूर्ण १० बुँदे बिषयमा सहमति जनाएपछि उक्त मस्यौदाले अन्तिमरूप पाएको हो । चीनले प्रोटोकलको मस्यौदालाई अन्तिम रूप दिन सहमति दिएसँगै तेस्रो मुलुकसँग व्यापार (आयात र निर्यात) गर्दै आएको भारतमाथिको परनिर्भरता पनि अन्त्य हुने भएको छ । अहिले भारतका बन्दरगाह हुँदै तेस्रो मुलुकबाट सामान आयात निर्यात हुने गरेको छ ।
अहिले नेपालले भारतको दुई बन्दरगाह कोलकाता र विशाखापट्टनम मार्फत तेस्रो मुलुकसँग व्यापार गर्दै आएको छ । चीनका तियान्जेन, सेनजेन, लियानयुँगाङ र झाङजियाङ गरी चार वटा सामुद्रिक बन्दरगाह प्रयोग गर्ने विषयमा सहमति भएको छ । यस्तै पारवहनका लागि सबै सुक्खा पुर्ण बन्दरगाह प्रयोग गर्न दिने विषयमा पनि चीनले सहमति प्रदान गरेको छ । सुक्खा बन्दरगाहतर्फ हाललाई लान्जाओ, ल्हासा र सिगात्से गरी तीन वटा प्रयोग गर्न सकिने सहमति भएको छ ।
नेपालले यी बन्दरगाहको प्रयोग गर्दै तेस्रो मुलुकसँग सामान ल्याउन पाउने छ । हाल नेपालले तेस्रो मुलुकसँगको व्यापारका लागि भारतीय बन्दरगाहको प्रयोग गर्दै आएको छ । चीनसँगको यो सहमतिसँगै अब तेस्रो मुलुकसँगको व्यापारका लागि भारतीय परनिर्भरताको अन्त्य भएको छ ।
दुई देशका उच्च अधिकारीबीच भएको बैठकले पारवहनतर्फ ट्राफिक इन ट्रान्जिटका लागि नेपालतर्फको ६ वटा नाका रसुवा, कोदारी, किमाथांका, नेचुङ, यारी र ओलाङचुङ्गोलामार्फत पारवहन ढुवानी गर्न सक्ने गरी प्रोटोकल मस्यौदामा सहमति जुटेको छ । यसका लागि नेपालमा दर्ता भएका ढुवानीका साधन अनुमति दिएर सिगात्सेसम्म पारवहन ढुवानीका लागि जानआउन सक्ने विषयमा चीनले सहमति प्रदान गरेको छ ।
यसबाहेक चिनियाँ बन्दरगाहबाट सबैभन्दा उपयुक्त र किफायती मार्ग प्रयोग गरी नेपालले कार्गो ढुवानी गर्न सक्ने, नेपालले चीनको रेल, बन्दरगाह र आइसल्याण्ड वाटरवेज सहित अन्य यातायातको सबारी साधन प्रयोग गर्ने बिषयमा पनि सहमति भएको छ । प्रोटोकललाई सफलतापूर्वक कार्यान्वयन गर्न नेपालको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव तथा चीन सरकारको यातायात मन्त्रालयका उप मन्त्रीस्तरमा एउटा संयुक्त परामर्श संयन्त्र गठन गर्ने बिषयमा पनि सहमति प्रदान गरिएको छ ।
Comments
अरु समाचार
-
भृकुटीमण्डपमा ‘यामाहा ब्लु फेस्ट’: १० लाखसम्म क्यासब्याकदेखि अन–द–स्पट फाइनान्सिङसम्म
काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा यही असोज १० गते शनिबारसम्म यामाहाको ‘ब्लु फेस्ट’ सञ्चालन हुँदैछ। नेपालका लागि आधिकारिक वितरक MDW राइड्स...
-
पासपोर्ट छपाइका लागि भएको ठेक्कापट्टा कानुनसम्मत: सर्वोच्च अदालत
काठमाडौं । राहदानी विभागबाट पासपोर्ट छपाइका लागि भएको ठेक्कापट्टा कानुनसम्मत रहेको सर्वोच्च अदालतले ठहर गरेको छ । न्यायाधीशहरू कुमार रेग्मी...
-
आज किन स्थगित गरियो नियमित सेयर कारोबार ?
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले आज (सोमबार) को नियमित सेयर कारोबार स्थगित गरेको छ । नेप्सेका अनुसार ७२...
-
‘आरोहणको तयारी गर्दैगर्दा हिम पहिरो गएको त्यो क्षण’
गोरखा । मनास्लु हिमालको तेस्रो शिविरमा गएको हिमपहिरोमा परी दुई जनाको मृत्यु भएको घटना यस वर्षको आरोहण सिजनमा हिमाली पर्यटनको...
-
आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमयदर
काठमाडौँ। नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर...
-
भृकुटीमण्डपमा घरजग्गा मेला : बढ्दो आवास मागदेखि व्यवस्थित निर्माणको बहससम्म
काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा आयोजित ‘नवौं नेपाल जग्गा तथा आवास एवम् निर्माण प्रदर्शनी–२०८३’ मा करिब ८० हजारभन्दा बढीले अवलोकन गर्नुले...
-
ईडीएलभीआरएस मार्फत ‘सवारी चालक अनुमतिपत्र’ व्यवस्था कार्यान्वयनमा
काठमाडौं । विद्युतीय ड्राइभिङ लाइसेन्स तथा सवारी दर्ता प्रणाली (ईडीएलभीआरएस) मार्फत सवारी चालक अनुमतिपत्र (लाइसेन्स) छपाइको काम थालिएको छ। सरकारले...
-
Govt Commends Chinese Tunnel Rescue Experts; China Reaffirms Commitment to Strengthen Disaster Management Cooperation
Kathmandu, September 18: Minister for Science, Technology and Innovation Mahabir Pun held a meeting with Zhang Maoming, Ambassador of the...
-
नेपाल सरकारद्वारा चिनियाँ सुरुङ उद्धार विशेषज्ञहरूको कार्यको उच्च प्रशंसा, विपद् व्यवस्थापन सहकार्य सुदृढ बनाउने चीनको प्रतिबद्धता
काठमाडौं, असाेज २ । विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनले नेपालका लागि जनवादी गणतन्त्र चीनका राजदूत झाङ माओमिङ तथा...












