नेपालविरुद्ध माल्दिभ्सलाई अग्रता,पानीले खेल अवरुद्ध
ढाका २७,भदाै। साफ च्याम्पियनसिप फुटबलको सेमिफाइनल खेलमा नेपालले माल्दिभ्सविरुद्ध सुरुवातमै गोल खाएको छ ।
खेलको नवौं मिनेटमा माल्दिभ्सका कप्तान अक्रम अब्दुल घानीले गोल गर्दै १-० गोलको अग्रता दिलाएका हुन् । उनले उत्कृष्ट फ्रिकिकबाट गोल गरेका हुन् ।
सुरुवाती समयमा नै खाएको गोलपछि नेपाल दबाबमा आएको छ ।
बंगबन्धु राष्ट्रिय रंगशालामा सुरु भएको खेलमा नेपालको कप्तानी भरत खवासले सम्हालेका छन् । नेपाल माल्दिभ्सलाई पराजित गर्दै २५ वर्षे साफ इतिहासमा पहिलो पटक फाइनलमा पुग्ने रणनीतिमा रहेको छ ।
तुलनात्मक रुपमा यो प्रतियोगितामा बलियो देखिएको नेपाल यो पटक भने ऐतिहासिक छलाङ मार्ने दाउँमा छ । यता, माल्दिभ्स पनि नेपाललाई पराजित गर्दै फाइनलमा स्थान सुरक्षित गर्ने लक्ष्यमा छ ।
नेपाल र माल्दिभ्स पछिल्लो पटक सन् २०१६ मा बंगबन्धु गोल्ड कपको सेमिफाइनलमा यही बंगबन्धु राष्ट्रिय रंगशालामा भेट भएको थियो । जुन खेलमा नेपालले माल्दिभ्सलाई ४-१ गोलअन्तरले पराजित गरेको थियो ।
जारी साफ च्याम्पियनसिपमा नेपाल समूह ए को विजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेको हो भने माल्दिभ्स समूह बी को उपविजेता हो ।
नेपालले पहिलो खेलमा पाकिस्तानसँग २-१ गोलअन्तरले पराजित भएपनि दोस्रो खेलमा भुटानलाई ४-० र अन्तिम खेलमा आयोजक बंगलादेशलाई २-० गोलअन्तरले पराजित गरेको थियो ।
यता, माल्दिभ्सले भने आफ्नो पहिलो खेलमा श्रीलंकासँग गोलरहित बराबरी खेलेको थियो भने आफ्नो दोस्रो खेलमा भारतसँग २-० गोलको हार ब्यहोरेको थियो ।
माल्दिभ्स भाग्यमानी सावित हुदै टसबाट श्रीलंकालाई पछि पार्दै सेमिफाइनल पुगेको टिम हो । त्यस्तै, आजै दोस्रो सेमिफाइनलमा भारत र पाकिस्तानबीचको खेल राति ७ बजे हुदैछ ।
पानीले खेल अवरुद्ध
नेपाल र माल्दिभ्सबीचको खेल चलिरहेका बेला ठूलो पानी परेपछि खेल स्थगित गरिएको छ । पानीसँगै हावाहुरी, चट्याङ परेपछि खेल स्थगित भएको हो ।
Comments
अरु समाचार
-
बार्सिलोनासँग ३–० ले पराजित भए पनि एथ्लेटिको म्याड्रिड कोपा डेल रे फाइनलमा
म्याड्रिड। एथ्लेटिको म्याड्रिड बार्सिलोनाविरुद्ध कोपा डेल रे सेमिफाइनलको दोस्रो लेगमा ३–० ले पराजित भए पनि समग्रमा ४–३ को अग्रता कायम...
-
नामिबियालाई हराउँदै पाकिस्तान टी–२० विश्वकपकाे ‘सुपर–एट’ मा
काठमाण्डाै – नामिबियालाई हराउँदै पाकिस्तान आईसीसी टी–२० विश्वकप क्रिकेटकाे ‘सुपर–एट’ मा पुगेकाे छ । श्रीलङ्काकाे काेलम्बाेमा आज भएकाे समूह ‘ए’...
-
टी–२० विश्वकपमा नेपालको सान्त्वना जीत, स्कटल्याण्ड ७ विकेटले पराजित
काठमाडौं । दीपेन्द्रसिंह ऐरीको अर्धशतकमा नेपालले टी–२० विश्वकप क्रिकेटमा स्कटल्यान्डलाई ७ विकेटले हराएको छ । दीपेन्द्रले लगातार दोस्रो खेलमा पनि...
-
टी–२० विश्वकप: आज नेपाल र स्कटल्यान्ड भिड्दै
काठमाडौं । आईसीसी टी–२० विश्वकप क्रिकेटमा नेपालले आज आफ्नो चौथो तथा अन्तिम खेलमा स्कटल्यान्डसँग खेल्दैछ । खेल भारतको मुम्बईमा रहेको...
-
रोहित पौडेलले स्वीकारे गल्ती, भने –इटालीसँगको भिडन्तमा राम्रो ब्याटिङ गर्न सकिएन
काठमाडौं । नेपाली क्रिकेट टोलिका कप्तान रोहित पौडेलले बिहीबारको खेलमा नेपालले राम्रो ब्याटिङ नसकेको स्वीकार गरेका छन् । खेलपछि संक्षिप्त...
-
टी–२० विश्वकपमा आज तीन रोमाञ्चक खेल, नेपाल समूहमा रहेका इंग्ल्याण्ड–वेस्ट इण्डिज प्रतिस्पर्धामा
काठमाडौं । आईसीसी टी–२० विश्वकप अन्तर्गत आज बुधबार तीन रोमाञ्चक खेल हुँदैछन्। समूह ‘डी’ मा दक्षिण अफ्रिका र अफगानिस्तान, समूह...
-
आईसीसी टी–२० विश्वकप: नेपालले आज इंग्ल्याण्डसँग खेल्दै
काठमाडौं । आईसीसी टी–२० विश्वकपको आफ्नो पहिलो खेलमा नेपालले आज इंग्ल्याण्डसँग खेल्दैछ । खेल मुम्बईको वानखडे स्टेडियममा नेपाली समयअनुसार दिउँसो...
-
टी–२० विश्वकप तयारी : नेपालको अन्तिम अभ्यास खेल आज क्यानडासँग
काठमाडौं । आईसीसी टी–२० विश्वकपको तयारीस्वरूप अन्तिम वार्मअप खेलमा नेपालले आज क्यानडासँग प्रतिस्पर्धा गर्दैछ। चेन्नईस्थित एमए चिदम्बरम स्टेडियममा हुने खेल...
-
नेपाल-चीन मैत्रीपूर्ण महिला फुटबलः नेपालद्वारा चीन ३–१ गोल अन्तरले पराजित
काठमाडौं । नेपाल र चीनबीच भएको मैत्रीपूर्ण महिला फुटबलमा नेपालले जित हासिल गरेको छ । चिनियाँ नयाँ वर्षको अवसरमा शनिबार...












