बर्षाका कारण अबरुद्द नेपाल र माल्दिभ्सबीचको खेल सुरु
ढाका २७,भदाै । साफ च्याम्पियनसिप फुटबलको सेमिफाइनलमा नेपाल र माल्दिभ्सबीचको रोकिएको खेल सुरु भएको छ ।
खेल चलिरहेको अवस्थामा भारी वर्षासँगै चट्याङ सुरु भएपछि रोकिएको खेल करिब आधा घण्टापछि सुरु भएको हो ।
सुरुवाती समयमा नै नेपाल दबाबमा आएको छ ।
बंगबन्धु राष्ट्रिय रंगशालामा सुरु भएको खेलमा नेपालको कप्तानी भरत खवासले सम्हालेका छन् । नेपाल माल्दिभ्सलाई पराजित गर्दै २५ वर्षे साफ इतिहासमा पहिलो पटक फाइनलमा पुग्ने रणनीतिमा रहेको छ ।
तुलनात्मक रुपमा यो प्रतियोगितामा बलियो देखिएको नेपाल माल्दिभ्सलाई हराउँदै फाइनल पुग्ने योजनामा छ । यता, माल्दिभ्स पनि नेपाललाई पराजित गर्दै फाइनलमा स्थान सुरक्षित गर्ने लक्ष्यमा छ ।
नेपाल र माल्दिभ्स पछिल्लो पटक सन् २०१६ मा बंगबन्धु गोल्ड कपको सेमिफाइनलमा यही बंगबन्धु राष्ट्रिय रंगशालामा भेट भएको थियो । जुन खेलमा नेपालले माल्दिभ्सलाई ४-१ गोलअन्तरले पराजित गरेको थियो ।
जारी साफ च्याम्पियनसिपमा नेपाल समूह ए को विजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेको हो भने माल्दिभ्स समूह बी को उपविजेता हो ।
नेपालले पहिलो खेलमा पाकिस्तानसँग २-१ गोलअन्तरले पराजित भएपनि दोस्रो खेलमा भुटानलाई ४-० र अन्तिम खेलमा आयोजक बंगलादेशलाई २-० गोलअन्तरले पराजित गरेको थियो ।
यता, माल्दिभ्सले भने आफ्नो पहिलो खेलमा श्रीलंकासँग गोलरहित बराबरी खेलेको थियो भने आफ्नो दोस्रो खेलमा भारतसँग २-० गोलको हार ब्यहोरेको थियो ।
माल्दिभ्स भाग्यमानी सावित हुदै टसबाट श्रीलंकालाई पछि पार्दै सेमिफाइनल पुगेको टिम हो ।
नेपालविरुद्ध माल्दिभ्सलाई अग्रता,पानीले खेल अवरुद्ध
Comments
अरु समाचार
-
फिफा विश्वकप: सर्वाधिक गोलको रेकर्ड मेस्सीको नाममा, अष्ट्रियालाई हराउन दुई गोल निर्णायक
काठमाडौं । अर्जेन्टिनाका कप्तान Lionel Messi ले फिफा विश्वकप इतिहासमा सर्वाधिक गोल गर्ने खेलाडीको कीर्तिमान आफ्नो नाममा दर्ज गरेका...
-
विश्वकप फुटबल: नेदरल्यान्ड्सले स्वीडेनलाई हरायो, कुराकाओ र इक्वेडरले खेले बराबरी
काठमाडौं। फिफा विश्वकप फुटबलमा गए राति भएका खेलमा जर्मनी र नेदरल्यान्ड्सले जित निकालेका छन् । आइभरी कोस्टलाई २–१ ले पराजित...
-
फिफा विश्वकप: हाइटीलाई ३ गोलले पराजित गर्दै ब्राजिल शीर्ष स्थानमा
काठमाडौं । फिफा विश्वकप फुटबलमा ब्राजिलले हैटीलाई ३ गोलले हराएको छ । ब्राजिलले खेलको पहिलो हाफमा नै तीन गोल गर्यो...
-
फिफा विश्वकप फुटबल २०२६: स्कटल्याण्डलाई मोरक्कोले १–० ले हरायो
काठमाडौँ– फिफा विश्वकप फुटबल २०२६ मा समूह सी को मोरक्कोले पहिलो जित निकालेको छ । शनिबार बिहान बोस्टन स्टेडियममा...
-
चेक रिपब्लिक र दक्षिण अफ्रिकाले बराबरी खेले, क्यानडा र स्वीजरल्याण्डको जीत
काठमाण्डौ । विश्वकप फुटबलमा क्यानडाले समूह बी को दोस्रो खेलमा ऐतिहासिक जित निकालेको छ । क्यानडाले कतारलाई ६–० ले हरायो...
-
प्रतिनिधिसभा बैठक आज पनि, बजेटबारे सम्बन्धित मन्त्रीको जवाफ
काठमाडौँ– संघीय संसद अन्तर्गत प्रतिनिधिसभा बैठक आज पनि बस्दैछ । बैठक बिहान ११ बजे सिंहदरबारमा बस्ने संसद सचिवालयले जनाएको छ...
-
फिफा विश्वकप २०२६: पोर्चुगल र डिआर कंगो १-१ को बराबरीमा
काठमाडौँ । फिफा विश्वकप २०२६ अन्तर्गत समूह 'के' को खेलमा कंगो डीआरले पोर्चुगललाई १-१ को बराबरीमा रोक्दै ऐतिहासिक उपलब्धि हासिल...
-
अर्जेन्टिनाका मेस्सीले गरे ह्याट्रिक, उनका फ्यानहरू उत्साहित
काठमाडौं । लियोनेल मेस्सीको लगातारको उत्कृष्ट प्रदर्शन र कीर्तिमानी ह्याट्रिकका कारण उनका फ्यानहरू निकै उत्साहित भएका छन् । उनको यो...
-
विश्वकप फुटबलमा फ्रान्सको विजयी शुरुआत, एम्बाप्पेले गरे दुई गोल
काठमाण्डौ - फिफा विश्वकप फुटबलमा फ्रान्सले विजयी शुरुआत गरेको छ । न्यूयोर्कको न्युजर्सी स्टेडियममा गए राति सम्पन्न खेलमा फ्रान्सले सेनेगललाई...











