नेपालले ऐतिहास रच्ने मौका गुमायो, सेमिफानइलमा माल्दिभ्ससँग पराजित
ढाका २७,भदाै । माल्दिभ्ससँग ३-० ले पराजित हुँदै नेपाल साफ च्याम्पियनसिपको सेमिफाइनलबाट बाहिरिएको छ ।
माल्दिभ्ससँगको पराजयसँगै नेपालले फाइनल पुग्ने ऐतिहासिक मौका गुमाएको हो । नवौं मिनेटमा अक्रम अब्दुल घानीले गरेको फ्रीकिकबाट माल्दिभ्सले अग्रता लिएको थियो ।
त्यसपछि ८४ औं र ८६ औं मिनेटमा इब्राहिम हसन वाहिदले लगातार गोल गरेपछि नेपालको फाइनल पुग्ने मौका गुमेको हो । माल्दिभ्सलाई हराएको भए नेपाल पहिलो पटक साफ च्याम्पियनसिपको फाइनल पुग्ने थियो ।
पहिलो हाफमा नै १-० ले पछि परे पनि नेपालले केही राम्रा अवसरहरु बनाएको थियो । बलमा राम्रो मुम बनाए पनि नेपालले पोस्टको दिशामा राम्रो प्रहार भने गर्न सकेन ।
२८ औं मिनेटमा ठूलो वर्षासँगै बिजुली चम्किएर केहीबेर खेल रोकिएको थियो । खेल पुनः सुरु भएपछि पहिलो हाफको बाँकी समयमा पनि नेपालले राम्रा मुभहरु बनाएको थियो ।
बंगलादेशको राजधानी ढाकास्थित बंगबन्धु राष्ट्रिय रंगशालामा भएको खेलको ६० औं मिनेटमा निराजन खड्काको स्थानमा नवयुग श्रेष्ठ र कप्तान भरत खवासको स्थानमा अञ्जन विष्ट मैदानमा छिरे ।
दुई जना खेलाडी परिर्वतन गरेपछि नेपालले आक्रामक खेल खेलेको थियो । तर गोल गर्न भने एकपछि अर्को अवसर पाए पनि चुक्यो ।
खेलको ६६ औं सुनिल बलले डिबक्स बाहिरबाट प्रहार गरेको बल पोष्टको नजिकैबाट बाहिरिएको थियो । खेलको ७५ औं मिनेटमा सुमन अर्यालको स्थानमा विशाल राई मैदानमा प्रवेश गरे । सुमन अर्याललाई बाहिर ल्याउदै मिडफिल्डर विशाल राईलाई मैदानमा छिराउन साथ नेपालको डिफेन्स लाइन कमजोर देखियो ।
खेलमा नेपालले ६७ प्रतिशत समय बल नियन्त्रणमा राखेको थियो । पास एक्युरेसीमा पनि राम्रो देखिएको नेपाली टिमले पहिलो गोल फर्काउन नसक्दा नै अन्तिम समयतिर थप गोल खाएको होे ।
खेलभर नेपालले गरेको १६ प्रहारमा ४ प्रहार मात्रै पोस्टको दिशामा गएको थियो । माल्दिभ्सले १४ प्रहार गरेकोमा ७ प्रहार पोस्टको दिशामा थियो ।
खेलमा माल्दिभ्सले १६ फल गरेको थियो भने नेपालको ६ फल भएको थियो । सुरुवाती अग्रता लिएपछि रक्षात्मक बनेको माल्दिभ्सले त्यसैको फाइदा लिँदै २ गोल थप्यो ।
भाग्यमानी माल्दिभ्स
समूह चरणमा श्रीलंकासँग गोलरहित बराबरी खेलेका माल्दिभ्स भारतसँग २-० ले पराजित भएको थियो । श्रीलंका पनि भारतसँग २-० ले नै पराजित भएपछि सेमिफाइनलका लागि भएको टसमा माल्दिभ्सले बाजी मारेको थियो ।
समूह चरणमा एक गोल पनि नगरी सेमिफाइनल आएको माल्दिभ्सले सेमिफाइनलमा नेपाललाई ३ गोल गरेको हो ।
नेपाल भने समूह चरणको पहिलो खेलमा पाकिस्तानसँग २-१ ले पराजित भएको थियो । दोस्रो खेलमा भुटानलाई ४-० ले हराएको नेपालले समूह चरणको अन्तिम खेलमा बंगलादेशलाई २-० ले हराएर सेमिफाइनल पुगेको थियो ।
Comments
अरु समाचार
-
फिफा विश्वकप: सर्वाधिक गोलको रेकर्ड मेस्सीको नाममा, अष्ट्रियालाई हराउन दुई गोल निर्णायक
काठमाडौं । अर्जेन्टिनाका कप्तान Lionel Messi ले फिफा विश्वकप इतिहासमा सर्वाधिक गोल गर्ने खेलाडीको कीर्तिमान आफ्नो नाममा दर्ज गरेका...
-
विश्वकप फुटबल: नेदरल्यान्ड्सले स्वीडेनलाई हरायो, कुराकाओ र इक्वेडरले खेले बराबरी
काठमाडौं। फिफा विश्वकप फुटबलमा गए राति भएका खेलमा जर्मनी र नेदरल्यान्ड्सले जित निकालेका छन् । आइभरी कोस्टलाई २–१ ले पराजित...
-
फिफा विश्वकप: हाइटीलाई ३ गोलले पराजित गर्दै ब्राजिल शीर्ष स्थानमा
काठमाडौं । फिफा विश्वकप फुटबलमा ब्राजिलले हैटीलाई ३ गोलले हराएको छ । ब्राजिलले खेलको पहिलो हाफमा नै तीन गोल गर्यो...
-
फिफा विश्वकप फुटबल २०२६: स्कटल्याण्डलाई मोरक्कोले १–० ले हरायो
काठमाडौँ– फिफा विश्वकप फुटबल २०२६ मा समूह सी को मोरक्कोले पहिलो जित निकालेको छ । शनिबार बिहान बोस्टन स्टेडियममा...
-
चेक रिपब्लिक र दक्षिण अफ्रिकाले बराबरी खेले, क्यानडा र स्वीजरल्याण्डको जीत
काठमाण्डौ । विश्वकप फुटबलमा क्यानडाले समूह बी को दोस्रो खेलमा ऐतिहासिक जित निकालेको छ । क्यानडाले कतारलाई ६–० ले हरायो...
-
प्रतिनिधिसभा बैठक आज पनि, बजेटबारे सम्बन्धित मन्त्रीको जवाफ
काठमाडौँ– संघीय संसद अन्तर्गत प्रतिनिधिसभा बैठक आज पनि बस्दैछ । बैठक बिहान ११ बजे सिंहदरबारमा बस्ने संसद सचिवालयले जनाएको छ...
-
फिफा विश्वकप २०२६: पोर्चुगल र डिआर कंगो १-१ को बराबरीमा
काठमाडौँ । फिफा विश्वकप २०२६ अन्तर्गत समूह 'के' को खेलमा कंगो डीआरले पोर्चुगललाई १-१ को बराबरीमा रोक्दै ऐतिहासिक उपलब्धि हासिल...
-
अर्जेन्टिनाका मेस्सीले गरे ह्याट्रिक, उनका फ्यानहरू उत्साहित
काठमाडौं । लियोनेल मेस्सीको लगातारको उत्कृष्ट प्रदर्शन र कीर्तिमानी ह्याट्रिकका कारण उनका फ्यानहरू निकै उत्साहित भएका छन् । उनको यो...
-
विश्वकप फुटबलमा फ्रान्सको विजयी शुरुआत, एम्बाप्पेले गरे दुई गोल
काठमाण्डौ - फिफा विश्वकप फुटबलमा फ्रान्सले विजयी शुरुआत गरेको छ । न्यूयोर्कको न्युजर्सी स्टेडियममा गए राति सम्पन्न खेलमा फ्रान्सले सेनेगललाई...











