तीन नयाँ आइफोनको लञ्च,यस्ता छन फिचर्स
एजेन्सि। एप्पलले बुधबार आफ्नो वार्षिक लञ्चिङ इभेन्टमा पहिलो पटक दुईवटा सिम राख्न मिल्ने आइफोन सार्वजनिक गरेको छ । कम्पनीले यो फिचर्स आइफोन एक्सएस र एक्सएस म्याक्समा दिएको छ । यस्तै, तेस्रो आइफोन अक्सआर ले एउटा सिममात्र सपोर्ट गर्नेछ । एप्पल वाचको चौथो सिरिजमा निकै ठूलो परिवर्तन गर्दै कम्पनीले नयाँ हेल्थ फिचर दिएको छ । यसमा ३० सेकेन्डभित्र इसिजी गर्न सकिन्छ । संसारको १६ देशमा १४ सेप्टेम्बरदेखि एप्पल वाचको बिक्री सुरु हुनेछ । यस्तै, तीन नयाँ आइफोन भने सेप्टेम्बर २८ तारिखदेखि २१ देशमा उपलब्ध हुनेछ ।
संसारमा दुई अर्ब आइओएस डिभाइसः
एप्पलका सिइओ टिम कुकले कार्यक्रमको कि–नोटको सुरुवात गरे । उनका अनुसार यतिबेला संसारमा दुई अर्ब आइओएस डिभाइस छ, जसले जीवनशैली परिवर्तन गरेको छ । उनले फायर, वाटर र वेपर फेस डिस्प्लेसहित एप्पत वाचका तीन भेरियन्ट पेश गरे । वाचको डिजिटल क्राउनलाई पूर्ण रुपमा पुनः डिजाइन गरिएको छ । स्पिकर पहिलेको भन्दा ५० प्रतिशत लाउड बनाइएको छ ता कि फोन कलमा पनि राम्रो आवाज सुनियोस् ।
मुटुको गतीसँगै एप्पल वाचमार्फत इसिजी पनि गर्न सकिनेः
नयाँ एप्पल वाच लगाउनेहरुको चाल पनि डिटेक्ट गर्नेछ । इमर्जेन्सी वा दुर्घटना हुँदा यसले आफन्तलाई आफै एसओएस मेसेज पठाउनेछ । सिरिज–थ्रीको तुलनामा यसमा ३५ प्रतिशत ठूलो डिस्प्ले दिइएको छ र यसको क्षमतामा पनि दोब्बर वृद्धि गरिएको छ । यसपटक वाचमा मुटुको गती मापन गर्नुका साथै इसिजीको विशेषता पनि दिइएको छ । यसको मद्दतले जता पनि ३० सेकेन्डभित्र मुटुको इसिजी लिन सकिने जसलाई एपमा देख्न सकिनेछ ।
विश्वको नम्बर वान स्मार्टफोन हो आइफोनः
एप्पल वाचपछि टिम कुकले आइफोन एक्सएस र एक्सएस म्याक्स सार्वजनिक गरे । उनले आइफोन विश्वकै नम्बर वान स्मार्टफोन बताए । उनका अनुसार आइफोनका प्रयोगकर्ता ९८ प्रतिशत सन्तुष्ट छन् । कुकले आइफोन एक्स (10S) लाई अहिलेसम्मको सबैभन्दा सुन्दर आइफोन बताए । यो ५.८ इन्चको रेटिना डिस्प्लेसहित गोल्ड, सिल्भर र कालो रङमा उपलब्ध छ । यसको ग्लास सबै स्मार्टफोनमा सबैभन्दा टिकाउ हुने उनले बताएका छन् ।
एक्सएस म्याक्स पी सबैभन्दा ठूलो आइफोनः
एप्पलका सिइओका अनुसार एक्सएस म्याक्स ६.५ इन्चको रेटिना डिस्प्ले भएकमो अहिलेसम्मको सबैभन्दा ठूलो आइफोन हो । यो कुनै पनि स्मार्टफोनको तुलनामा सबैभन्दा सुरक्षित फेस आइडी डिटेक्शन हुनेछ । यी दुई नयाँ आइफोन न्यूरल इन्जिन, फोर–कोर जिपियु र सिक्स–कोर सिपियु प्रविधीमा आधारित हुनेछ जसका कारण यी पहिलेको भन्दा निकै तेज हुनेछन् र कम इनर्जीमा नै चल्नेछन् । यी दुई फोन ५ ट्रिलियन अपरेशन प्रति सेकेन्ड हुने दाबी गरिएको छ । यसमा ५१२ जीबीको अधिकतम स्टोरेज हुनेछ अर्थात् यसमा दुई लाख फोटो सेभ गर्न सकिनेछ ।
होम बटन बिनाको आइफोन एक्सआर :
एप्पलले तेस्रो नयाँ फोन आइफोन एक्सआर पनि लञ्च गर्यो । यसमा ६.१ इन्चको लिक्विड रेटिना डिस्प्ले हुनेछ । यो धुलो र पानीबाट सुरक्षित हुनेछ । यसमा होम बटन हुनेछैन । यसलाई चलाउनका लागि हेप्टिक टच नामको नयाँ फिचर दिइएको छ । यसमा सिंगल रियर क्यामरा दिइएको छ । यसमा एडभान्स Bokeh टेक्नोलोजीका साथ १२ एमपीको सिंगल क्यामरा हुनेछ । यसको ब्याट्रि लाइफ डेढ घण्टा बढी हुनेछ ।
यस्तो छ मूल्यः
एप्पलले आइफोन एक्सआर म्याक्सको मूल्य १०९९ डलर, आइफोन एक्सएसको ९९९ डलर र आइफोन एक्सआरको ७४९ डलर तोकेको छ । यस्तै, एप्पलले आइफोन सेभेन र आइफोन एट को मूल्य घटाएको छ । यसको नयाँ मूल्य क्रमशः ४४९ डलर र ५५९ डलर तोकेको छ ।
तीन नयाँ आइफोनको स्पेसिफिकेशनः
Comments
अरु समाचार
-
सुनचाँदीको मूल्य निरन्तर अकासिँदो !
काठमाडौं ।आज बुधबार सुनको मूल्य तोलामा ८ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला...
-
आज आइतबारका लागि विदेशी मुद्राको विनिमय दर कति ?
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (आइतबार) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी...
-
केवाइसी भ्यानमा सिजीको सिन्डिकेट, विनोद चाैधरीको ध्यान अदालतको दुरुपयोगमा !
काठमाडाैं । ‘प्रतिस्पर्धा प्रवर्धन तथा बजार संरक्षण ऐन, २०६३’ ले बजारमा सिण्डिकेट निषेध गरे पनि सिजी मोटर्सले सवारी साधन आयातमा...
-
शनिबारका लागि विदेशी मुद्राको विनिमयदर यस्तो छ
काठमाडौं– नेपाल राष्ट्र बैंकले आज (शनिबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको...
-
सुनको मूल २ लाख ५० हजार नाघ्यो
काठमाडौं । शुक्रबार सुनको मूल्य २ लाख ५० हजार नाघेको छ । नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघका अनुसार आज...
-
पूर्वीनाकाबाट एक अर्ब ३७ करोडको चिया निर्यात
झापा । पूर्वीनाका काँकडभिट्टाबाट चालु आर्थिक वर्षको प्रथम चौमासिकमा रु एक अर्ब ३७ करोड ३० लाख ७७ हजार बराबरको चियाको...
-
आजदेखि एक सयको नयाँ नोट चलनचल्तीमा
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजदेखि एक सय रुपियाँ दरको नयाँ बैंक नोट चलनचल्तीमा ल्याएको छ । बैंकले सूचना जारी गर्दै...
-
जकार्ता विश्वकै सबैभन्दा ठूलो सहर, टोकियो तेस्रोमा झर्यो
काठमाडौं । संयुक्त राष्ट्रसंघको एक नयाँ प्रतिवेदनले इन्डोनेसियाको राजधानी जकार्तालाई विश्वको सबैभन्दा ठूलो शहर घोषणा गरेको छ । यो शहरमा...
-
मुस्ताङमा आलुको उत्पादन क्षेत्र विस्तार : ६२ करोडको ८२ लाख बढीको बिक्री
मुस्ताङ । यहाँको पाँच स्थानीय तहमा रु ६२ करोड ८२ लाख ३५ हजार ४०० बराबरको आलु उत्पादन भएको छ ।...












