नेकपाको कमिटी एकीकरण प्रक्रियाको गाँठो किन कसिदै दिनदिनै , गाँठो फुकाउन सकस भयो नेतृत्वलाई
काठमाडाैँ २९,भदाै । नेपाल कम्युनिष्ट पार्टीको एकिकरण प्रक्रिया अझै लम्बिने भएको छ ।
नेपाल कम्युनिष्ट पार्टीको सचिवालयको दुई दिन (हिजो र आज ) सम्म बसेको बैठकले ठोस निश्कर्ष निकाल्न नसकेपछि त्यसको जिम्मा दुई अध्यक्षलाई दिए संगै पार्टीको तल्लो तहको एकिकरण प्रक्रिया लम्बिएको हो । नेकपाको तल्लो तहको एकीकरण प्रक्रिया नेतृत्व बाँडफाँडको मुद्दामा अल्झिएको बुझिएको छ ।
बुधबार र बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले एकीकरणको नयाँ मापदण्ड बनाएर सचिवालय बैठकमा पेस गर्ने गरि दुई अध्यक्षलाई जिम्मा दिइएको नेकपाका नेता नारायणकाजी श्रेष्ठले सञ्चारकर्मीहरुलाई जानकारी दिए ।
बिहिबार अपरान्हसम्म ६ वटा प्रदेशले आआफ्नो प्रतिवेदन सचिवालयलाई बुझाइ सकेको छ । प्रदेश २ ले भने प्रतिवेदन बुझाएको छैन ।
नेतृत्व कसले लिने भन्ने विवाद बढे पछि विद्यार्थी, युवा, महिला र मजदुर संगठनले एकीकरणको प्रतिवेदन बुझाउन सकेका छैनन् । दुई अध्यक्षको बैठक शुक्रबार बिहान बालुवाटारमा बस्ने बुझिएको छ ।
ने क पा विवाद सचिवालयले टुंगो लगाउन नसकेपछि दुई अध्यक्षलाई जिम्मा दिइयो
नेपाल कम्युनिष्ट पार्टीका तल्लो तहको एकीकरण प्रक्रियामा देखिएको विवादको हल सचिवालय बैठकले पनि गर्न नसकेपछि दुईजना अध्यक्षलाई टुंगो लगाउन जिम्मा दिइएको छ । बुधबार र बिहीबार बसेको बैठकमा पनि विवाद कायमै रहेपछि दुई अध्यक्षले नयाँ मापदण्ड बनाएर भए पनि एकता टुंगो लगाउने प्रस्ताव सचिवालय बैठकमा पेस गर्नेछन् ।
नेकपाका नेता नारायणकाजी श्रेष्ठका अनुसार दुई अध्यक्षले आवश्यकता परेमा कार्यदल र नेतृत्वमा रहेका अन्य नेताहरुलाई पनि छलफलमा सहभागी गराएर दुई अध्यक्षले एउटा मापदण्ड बनाउनेछन् । त्यसपछि सचिवालयले टुंगो लगाएर स्थायी समितिको बैठकमा पेस गरिनेछ ।
यसअघि तय भएका मापदण्डका आधारमा नेतृत्व बाँडफाँट टुङ्ग्याउन नसकेपछि बिहीबार बस्ने सचिवालय बैठकले नयाँ मापदण्ड बनाएर एकीकरण प्रक्रिया टुंग्याउने बताइएको थियो । तर सचिवालय बैठकले यसको जिम्मा दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाललाई दिएको छ ।
बुधबार चारघन्टा लामो छलफल भए पनि सचिवालय बैठकले विषय टुंग्याउन सकेन । बैठकमा महासचिव विष्णु पौडेलले एउटा विधि बनाएर नेतृत्वको विषय टुंग्याउनुपर्ने र आधारभूत तहसम्मका कमिटी एकीकरण गर्न समय लाग्नसक्ने सम्भावना औँल्याएका थिए ।
असअघि भदौ पहिलो साता बसेको सचिवालयको बैठकले कसकसलाई जिम्मेवारी नदिने भनेर मापदण्ड तयार पाएको भए पनि कसलाई नेतृत्व दिने भन्ने विधि तय नभएकाले अन्यौलता बढेको नेताहरू बताउँछन् ।
कार्यदललाई कामसक्नै सकस
बुधबारसम्म सात मध्ये छ प्रदेश कार्यदलले प्रतिवेदन बुझाएका छन् । त्यसमध्ये सात, पाँच, तीन, कर्णाली प्रदेशले पूर्ण प्रतिवेदन बुझाएका छन् भने प्रदेश एक, गण्डकीले नेतृत्वको अनुपात (पूर्वएमाले र पूर्वमाओवादीले पाउने संख्या) टुंग्याएर पठाएका छन् ।
कतिपय जिल्लामा कार्यदलले प्रतिवेलन नबुझाउँदै र कतिपय जिल्लामा प्रतिवेदनसँगै गुनासासमेत आएकाले नेतृत्व बाँडफाँटको विषय पेचिलो बनेको नेताहरू बताउँछन् ।
त्यस्तै पाँच नम्बर प्रदेशका १२ जिल्ल्लामा १ पदमा एकजना पनि आफ्ना मानिस नपरेको भन्दै माधव नेपाल पक्षधर रुष्ट बनेको छ । यस्तै समस्या जनसंगठनमा पनि देखिएको छ । २२ जनसंगठनमध्ये ४ संगठन (अनेरास्ववियू, युवा संघ, मजदुर संगठन, महिला संगठन)ले प्रतिवेदन अझै बुझाएका छैनन् ।
यस अघि जिल्ला अध्यक्ष, सचिव रहेका र मापदण्डले नरोकेकालाई जिम्मेवारीबाट अलग्याइन नहुने तर्क नेता नेपाल पक्षको छ । “यसअघि जिल्ला अध्यक्ष, सचिव रहेका र अहिले कुनै जिम्मेवारीमा नरहेका, नेतृत्वमा जान कुनै मापदण्डले नरोकेकालाई अनुहार हेरेर जिम्मेवारीबाट अलग्याउन मिल्दैन । विधि बनाएर नेतृत्वको विवाद हल गर्नुपर्छ,” नेता नेपाल निकट केन्द्रीय सदस्यले भने ।
उनका अनुसार विधि र नेतृत्व छनोटको मापदण्ड तय नगर्ने हो भने एकीकरण प्रक्रियामा सबैलाई समेट्न पनि सकिँदैन । एकीकरणको सट्टा फाटो पैदा हुन्छ ।
विकल्प; प्रदेश इन्चार्ज तोक्ने
बिहीबार बस्ने सचिवालयको बैठकले प्रदेश इन्चार्ज तोक्ने सम्भावना रहेको स्थायी कमिटी सदस्य देवेन्द्र पौडेल बताउँछन् । “बिहीबार (आज) बस्ने सचिवालयको बैठकको एजेन्डामा प्रदेश इन्चार्ज तोक्ने पनि छ,” उनले भने, “एकीकरण प्रक्रियालाई यसरी पनि टुङ्ग्याउन सकिन्छ भन्ने एउटा प्रस्ताव होला ।”
त्यस्तै उनले पूर्वएमाले र पूर्वमाओवादी केन्द्रबाट नयाँ मापदण्ड तोकेर नेतृत्व टुङ्ग्याउनुपर्ने विषय उठेको जानकारी दिए
Comments
अरु समाचार
-
बारबराका सन्दुककी भतिजी तथा नेपोकिड यांकीलाई वालेन्द्रको उपहार ‘लगानी बोर्डको सीईओ’
लगानी बोर्डको सीईओमा नियुक्त भएकी यांकी उक्याब सन्दुक रुइतको भतिजी रहेको पाइएको छ। तत्कालीन समयमा महाकालीको अञ्चलाधिश नै बनेका जोन...
-
लोकतान्त्रिक मूल्य सुदृढ बनाउन अग्रज नेताको आदर्श आत्मसात् गर्नुपर्छः पूर्वराष्ट्रपति भण्डारी
ललितपुर । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले लोकतान्त्रिक मूल्यमान्यता, नैतिकता, सुशासन र जनउत्तरदायित्वलाई सुदृढ बनाउन अग्रज राजनीतिक व्यक्तित्वहरूको आदर्शलाई आत्मसात् गर्न आवश्यक...
-
परिणाममुखी काम गर्न प्रेस काउन्सिल र दूरसञ्चार प्राधिकरणका नवनियुक्त अध्यक्षलाई सञ्चारमन्त्रीको निर्देशन
काठमाडौँ । प्रेस काउन्सिल नेपालको अध्यक्षमा नियुक्त उमेश श्रेष्ठ र नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष अर्जुन घिमिरेले नियुक्तिपत्र ग्रहण गरेका छन्।...
-
साउन १ देखि सर्वोच्च अदालतको नियमित सुनुवाइ ११ दिन प्रभावित
काठमाडौं । नयाँ आर्थिक वर्षका लागि लगत सार्ने वार्षिक प्रक्रियाका कारण सर्वोच्च अदालतमा साउन १ गतेदेखि नियमित सुनुवाइ ११ दिनसम्म...
-
रेशम चौधरीलाई आममाफीविरुद्ध परेको मुद्धाको आज सुनुवाई हुँदै
काठमाडौं । रेशम चौधरीलाई आमआफी दिनेविरुद्ध परेको मुद्धाको आज (शुक्रबार) पेशी तोकिएको छ । टीकापुर घटनामा मारिएका नेपाल प्रहरीका प्रहरी...
-
राष्ट्रिय सभा: एकै दिन ६ विधेयक पारित, संवैधानिक प्रक्रियाका लागि प्रतिनिधिसभामा
काठमाडौं । राष्ट्रिय सभाले बिहीबार एकै दिन ६ वटा विधेयक पारित गर्दै प्रतिनिधिसभामा पठाएको छ। पारित हुने विधेयकमध्ये चार वटा...
-
पीडित शारदा बोहराको आग्रहः ‘रेशम चौधरीलाई आममाफी नदिइयोस्, अदालतको फैसला कार्यान्वयन होस्’
काठमाडौं । टीकापुर घटनामा मारिएका नेपाल प्रहरीका प्रहरी निरीक्षक केशव बोहराकी पत्नी शारदा कडायत बोहराले रेशम चौधरीको रिहाइप्रति असहमति जनाउँदै...
-
प्रतिनिधिसभाको बैठकमा आज राष्ट्रिय सेवा दल विधेयक प्रस्तुत गरिँदै
काठमाडौँ । संघीय संसदअन्तर्गत प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे सिंहदरबारमा बस्ने भएको छ। बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहको तर्फबाट कानून,...
-
मन्त्रिपरिषद्का ८ महत्वपूर्ण निर्णय के–के ? गोविन्दबहादुर कार्की मुख्य सचिव नियुक्त
काठमाडौँ । सरकारले नेपाल सरकारको मुख्य सचिव पदमा गोविन्दबहादुर कार्कीलाई नियुक्त गर्ने निर्णय गरेको छ। आज बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री...












