नेकपाको कमिटी एकीकरण प्रक्रियाको गाँठो किन कसिदै दिनदिनै , गाँठो फुकाउन सकस भयो नेतृत्वलाई
काठमाडाैँ २९,भदाै । नेपाल कम्युनिष्ट पार्टीको एकिकरण प्रक्रिया अझै लम्बिने भएको छ ।
नेपाल कम्युनिष्ट पार्टीको सचिवालयको दुई दिन (हिजो र आज ) सम्म बसेको बैठकले ठोस निश्कर्ष निकाल्न नसकेपछि त्यसको जिम्मा दुई अध्यक्षलाई दिए संगै पार्टीको तल्लो तहको एकिकरण प्रक्रिया लम्बिएको हो । नेकपाको तल्लो तहको एकीकरण प्रक्रिया नेतृत्व बाँडफाँडको मुद्दामा अल्झिएको बुझिएको छ ।
बुधबार र बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले एकीकरणको नयाँ मापदण्ड बनाएर सचिवालय बैठकमा पेस गर्ने गरि दुई अध्यक्षलाई जिम्मा दिइएको नेकपाका नेता नारायणकाजी श्रेष्ठले सञ्चारकर्मीहरुलाई जानकारी दिए ।
बिहिबार अपरान्हसम्म ६ वटा प्रदेशले आआफ्नो प्रतिवेदन सचिवालयलाई बुझाइ सकेको छ । प्रदेश २ ले भने प्रतिवेदन बुझाएको छैन ।
नेतृत्व कसले लिने भन्ने विवाद बढे पछि विद्यार्थी, युवा, महिला र मजदुर संगठनले एकीकरणको प्रतिवेदन बुझाउन सकेका छैनन् । दुई अध्यक्षको बैठक शुक्रबार बिहान बालुवाटारमा बस्ने बुझिएको छ ।
ने क पा विवाद सचिवालयले टुंगो लगाउन नसकेपछि दुई अध्यक्षलाई जिम्मा दिइयो
नेपाल कम्युनिष्ट पार्टीका तल्लो तहको एकीकरण प्रक्रियामा देखिएको विवादको हल सचिवालय बैठकले पनि गर्न नसकेपछि दुईजना अध्यक्षलाई टुंगो लगाउन जिम्मा दिइएको छ । बुधबार र बिहीबार बसेको बैठकमा पनि विवाद कायमै रहेपछि दुई अध्यक्षले नयाँ मापदण्ड बनाएर भए पनि एकता टुंगो लगाउने प्रस्ताव सचिवालय बैठकमा पेस गर्नेछन् ।
नेकपाका नेता नारायणकाजी श्रेष्ठका अनुसार दुई अध्यक्षले आवश्यकता परेमा कार्यदल र नेतृत्वमा रहेका अन्य नेताहरुलाई पनि छलफलमा सहभागी गराएर दुई अध्यक्षले एउटा मापदण्ड बनाउनेछन् । त्यसपछि सचिवालयले टुंगो लगाएर स्थायी समितिको बैठकमा पेस गरिनेछ ।
यसअघि तय भएका मापदण्डका आधारमा नेतृत्व बाँडफाँट टुङ्ग्याउन नसकेपछि बिहीबार बस्ने सचिवालय बैठकले नयाँ मापदण्ड बनाएर एकीकरण प्रक्रिया टुंग्याउने बताइएको थियो । तर सचिवालय बैठकले यसको जिम्मा दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाललाई दिएको छ ।
बुधबार चारघन्टा लामो छलफल भए पनि सचिवालय बैठकले विषय टुंग्याउन सकेन । बैठकमा महासचिव विष्णु पौडेलले एउटा विधि बनाएर नेतृत्वको विषय टुंग्याउनुपर्ने र आधारभूत तहसम्मका कमिटी एकीकरण गर्न समय लाग्नसक्ने सम्भावना औँल्याएका थिए ।
असअघि भदौ पहिलो साता बसेको सचिवालयको बैठकले कसकसलाई जिम्मेवारी नदिने भनेर मापदण्ड तयार पाएको भए पनि कसलाई नेतृत्व दिने भन्ने विधि तय नभएकाले अन्यौलता बढेको नेताहरू बताउँछन् ।
कार्यदललाई कामसक्नै सकस
बुधबारसम्म सात मध्ये छ प्रदेश कार्यदलले प्रतिवेदन बुझाएका छन् । त्यसमध्ये सात, पाँच, तीन, कर्णाली प्रदेशले पूर्ण प्रतिवेदन बुझाएका छन् भने प्रदेश एक, गण्डकीले नेतृत्वको अनुपात (पूर्वएमाले र पूर्वमाओवादीले पाउने संख्या) टुंग्याएर पठाएका छन् ।
कतिपय जिल्लामा कार्यदलले प्रतिवेलन नबुझाउँदै र कतिपय जिल्लामा प्रतिवेदनसँगै गुनासासमेत आएकाले नेतृत्व बाँडफाँटको विषय पेचिलो बनेको नेताहरू बताउँछन् ।
त्यस्तै पाँच नम्बर प्रदेशका १२ जिल्ल्लामा १ पदमा एकजना पनि आफ्ना मानिस नपरेको भन्दै माधव नेपाल पक्षधर रुष्ट बनेको छ । यस्तै समस्या जनसंगठनमा पनि देखिएको छ । २२ जनसंगठनमध्ये ४ संगठन (अनेरास्ववियू, युवा संघ, मजदुर संगठन, महिला संगठन)ले प्रतिवेदन अझै बुझाएका छैनन् ।
यस अघि जिल्ला अध्यक्ष, सचिव रहेका र मापदण्डले नरोकेकालाई जिम्मेवारीबाट अलग्याइन नहुने तर्क नेता नेपाल पक्षको छ । “यसअघि जिल्ला अध्यक्ष, सचिव रहेका र अहिले कुनै जिम्मेवारीमा नरहेका, नेतृत्वमा जान कुनै मापदण्डले नरोकेकालाई अनुहार हेरेर जिम्मेवारीबाट अलग्याउन मिल्दैन । विधि बनाएर नेतृत्वको विवाद हल गर्नुपर्छ,” नेता नेपाल निकट केन्द्रीय सदस्यले भने ।
उनका अनुसार विधि र नेतृत्व छनोटको मापदण्ड तय नगर्ने हो भने एकीकरण प्रक्रियामा सबैलाई समेट्न पनि सकिँदैन । एकीकरणको सट्टा फाटो पैदा हुन्छ ।
विकल्प; प्रदेश इन्चार्ज तोक्ने
बिहीबार बस्ने सचिवालयको बैठकले प्रदेश इन्चार्ज तोक्ने सम्भावना रहेको स्थायी कमिटी सदस्य देवेन्द्र पौडेल बताउँछन् । “बिहीबार (आज) बस्ने सचिवालयको बैठकको एजेन्डामा प्रदेश इन्चार्ज तोक्ने पनि छ,” उनले भने, “एकीकरण प्रक्रियालाई यसरी पनि टुङ्ग्याउन सकिन्छ भन्ने एउटा प्रस्ताव होला ।”
त्यस्तै उनले पूर्वएमाले र पूर्वमाओवादी केन्द्रबाट नयाँ मापदण्ड तोकेर नेतृत्व टुङ्ग्याउनुपर्ने विषय उठेको जानकारी दिए
Comments
अरु समाचार
-
हेटौंडा सडक विस्तार: ‘कानुनी राज्यको नाङ्गो उपहास’ कमल थापा
काठमाडौं । सडक डिभिजन कार्यालय हेटौंडाले आज बिहानैदेखि हेटौंडाको बुद्धचोक क्षेत्रमा सडक विस्तार कार्यक्रमअन्तर्गत घर तथा विभिन्न संरचना भत्काउन थालेपछि...
-
मधेस प्रदेशमा कांग्रेसबाट मुख्यमन्त्री बन्नु स्वागतयोग्य !
काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले मधेस प्रदेशमा कांग्रेसबाट मुख्यमन्त्री बन्नु स्वागतयोग्य रहेको बताएका छन्। शनिबार सामाजिक सञ्जाल फेसबुकमा...
-
एमाले केन्द्रीय सदस्यमा सांसद लिङ्थेपद्वारा उम्मेदवारी घोषणा !
काठमाडौं । नेकपा एमालेको ११ औ महाधिवेशनमा एमाले कोशी प्रदेश सभा सदस्य तथा संसदीय दलका प्रमुख सचेतक विदुरकुमार लिङ्थेपले केन्द्रीय...
-
पशुपति क्षेत्र विकास र नेपाल एयरलाइन्समा भनेको नियुक्ति दिलाउने सर्तमा पर्यटन सचिव बने मुकुन्द निराैला
काठमाडाैं । सोमबारको मन्त्रिपरिषद् बैठकले सरुवा गरेका सचिव मुकुन्द प्रसाद निरौलाले प्रधानमन्त्री सुशीला कार्कीको स्वकिय सचिव आदर्श श्रेष्ठको काम फत्ते...
-
एमालेले एघारौं महाधिवेशनको उदघाटनसत्रमा १० हजार स्वयंसेवक परिचालन गर्ने !
काठमाडौं । नेकपा एमालेले काठमाडौंमा आगामी मंसिर २७ गतेबाट गर्न लागेको एघारौं राष्ट्रिय महाधिवेशनको उदघाटनसत्रमा १० हजार स्वयंसेवक परिचालन गर्ने...
-
रुसी राष्ट्रपति पुटिन दुई दिने राजकीय भ्रमणमा भारत आउँदै, यस्तो छ २८ घण्टे भ्रमण तालिका !
काठमाडौं । रूसका राष्ट्रपति भ्लादिमिर पुटिन दुई दिने भ्रमणका लागि आज भारत भ्रमणमा आउँदै छन् । भारतीय सञ्चारमाध्यमहरूका अनुसार...
-
कुनै पनि दल ‘चोखो र जनउत्तरदायी’ छैनन् हामी कसैसँग गठबन्धन गर्दैनाैः हर्क साम्पाङ
काठमाडाैं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका नगरप्रमुख हर्कराज राई (साम्पाङ)ले आगामी चुनावमा आफ्नो दलले कुनै पनि राजनीतिक...
-
प्रतिनिधिसभा विघटन विरुद्धको रिटमा सुनुवाइका लागि पेसी तोकियो !
काठमाडौं । नेकपा एमालेले सर्वाेच्च अदालतमा दायर गरेको प्रतिनिधि सभा विघटन विरूद्धकाे रिटमा आज बुधबार संवैधानिक इजलासमा सुनुवाइ हुने भएको...
-
मुख्यमन्त्री नै अनुपस्थित भएपछि मधेश प्रदेशसभा दिउँसो २ बजेसम्मकाे लागि स्थगित !
काठमाडौं । मधेस प्रदेश सभाको बैठक दुई बजेसम्मका लागि स्थगित भएको छ। साढे १० बजे शुरू भएको बैठकमा सरकारका प्रतिनिधि...












