सरकारको घुँडा टेकाए सिन्डिकेटधारीले, दसैंको टिकट बुकिङमा अड्को थापेपछि,समितिका बैंक खाता खोलिँदै
काठमाडाैँ २९,भदाै । दसैंको मुखैमा यातायात व्यवसायीले अग्रिम बुकिङका लागि रोक्का राखिएका समितिका बैंक खाता खोल्नुपर्ने सर्त अघि सारेका छन् । रोक्का खाता सञ्चालन हुनुपर्ने माग राखेपछि सिन्डिकेट तोड्न बन्द गरिएका खाता फुकुवा गर्न सरकार तयार भएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले यातायात व्यवस्था विभागका महानिर्देशक लावण्यप्रसाद ढकाललाई निर्देशन दिएपछि यातायातसँग सम्बद्ध समितिका बैंक खाता खुल्ने भएका हुन् ।
लामो समयदेखि यातायात क्षेत्रमा रहेको सिन्डिकेटको अन्त्य गर्दै त्यस क्षेत्रका सबै समितिका बैंक खाता रोक्का गरेको सरकारले दसैंलाई मध्यनजर गर्दै रोक्का भएका बैंक खाता खोल्ने तयारी गरेको हो ।
बैंक खाता खुला गर्न यातायात समितिहरू कम्पनीका नाममा दर्ता हुनुपर्छ । ती समिति कम्पनीमा दर्ता भएपछि समितिका सम्पूर्ण चलअचल सम्पत्ति तथा बैंक खाता कम्पनीका नाममा रुपान्तरण हुन्छन् ।
त्यस्ता कम्पनीका मात्रै बैंक खाता खुल्ने विभागले जनाएको छ । तर, व्यवसायीले भने समितिका नाममा खाता पनि खोल्नुपर्ने सर्त अघि सारिरहेका छन् ।
विभागका अनुसार यातायात क्षेत्रको सिन्डिकेट खारेज भएयता ३ सयको हाराहारीमा समितिहरू कम्पनीमा दर्ता छन् । तिनै कम्पनीमा दर्ता भएका समितिको बैंक खाता खुला हुने प्रक्रिया अघि बढाइएको प्रवक्ता उपाध्यायले राजधानीलाई बताए । त्यस्तै, सिन्डिकेट खारेज भएयता साढे ११ सयको हाराहारीमा नयाँ यातायात कम्पनी दर्ता भएका छन् ।
व्यवसायीले दसैं टिकट बुकिङ खोल्न बैंक खाता खोल्नुपर्ने, यात्रुलाई दिइने बिमा रकममा पुनर्विचार गर्नुपर्ने, वैज्ञानिक भाडादर लागू गर्नुपर्ने लगायतका माग अघि सारेका छन् । व्यवसायीले ती मागमा सबैभन्दा पहिले समितिका नाममा रहेका बैंक खाता खोल्नुपर्ने अडान राखेका छन् । यातायात व्यवसायी र सरकारबीच भएको पटकपटकको छलफलमा व्यवसायीले समितिका बैंक खाता नखोलेसम्म दसैं टिकट खुला नगर्ने अडान लिएपछि सरकार बैंक खाता खोल्न बाध्य भएको हो ।
प्रधानमन्त्री ओलीको निर्देशनलगत्तै यातायात विभागले खाता खोल्ने प्रक्रिया अघि बढाएको छ । विभागका प्रवक्ता गोकर्णप्रसाद उपाध्यायले भने, ‘बैंक खाता खोल्ने विषयमा छलफल भइरहेको छ ।’
सरकारले गत १८ चैतमा यातायात क्षेत्रमा रहेको सिन्डिकेटको अन्त्य गर्दै यातायातसँग सम्बद्ध सबै समितिका नाममा भएका बैंक खाता बन्द गर्ने निर्णय गरेको थियो । दसैंको मुखैमा आएर व्यवसायीले लगातार बार्गेनिङ गरेपछि सरकारले व्यवसायीका बैंक खाता खोल्ने भएको हो ।
प्रधानमन्त्री ओलीले ‘समितिका नाममा रहेका बैंक खाताको रकम कम्पनीमा परिणत भएपछि स्वतः सोही कम्पनीमा जानेगरी प्रक्रिया मिलाउनुस्’ भनेका थिए । दसंैतिहारजस्ता ठूला चाड पर्वमा आगमन सहज बनाउन सार्वजनिक गाडीको अभाव नहोस भन्ने प्रधानमन्त्री ओलीको निर्देशन थियो ।
यातायात व्यवसायीले २०६९ सालदेखि वैज्ञानिक भाडादर कायम गर्न सरकारसँग लगातार छलफल गरिरहेका छन् । साथै, बिमालगायतका अन्य विषयमा पनि सरकारसँग सहमति हुन सकेको छैन । अर्कातर्फ बैंक खाता रोकिएकाले टिकटको बुकिङ खुलाउन पनि समस्या परेको यातायात व्यवसायीको भनाइ छ । यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाले बैंक खातालगायत वैज्ञानिक भाडा लागू हुनुपर्ने बताए ।
समितिका बैंक खाता रोक्का भएकाले आफ्ना कर्मचारीलाई तलबभत्ता दिन नपाएको, आफूहरूसँग भएको पैसा बैंकमै थन्किएकाले दैनिकी चल्न समस्या भएको तथा सार्वजनिक सवारीसाधन सञ्चालन गर्न अन्य खर्चको समस्या भएकाले अग्रिम टिकट बुकिङ खुलाउन समस्या परेको विभागको भनाइ छ । व्यवसायीका अधिकांश मागका विषयमा सहमति हुन नसकेकाले टिकक बुकिङमा समस्या परेको हो । आगामी आइतबार हुने व्यवसायी र सरकारबीचको छलफलले टिकट बुकिङलगायतका विभिन्न विषयमा टुंगो लगाउने प्रवक्ता उपाध्यायले बताए ।
Comments
अरु समाचार
-
शेयर बजारमा देखियो उछाल, झण्डै ६५ अंकले बढ्दा २१ अर्ब २२ करोडको शेयर किनबेच
काठमाडौं । शेयर बजारमा उछाल देखिएको छ । साताको अन्तिम कारोबार दिन आज बिहिबार नेप्से ६४ दशमलव ६९ अंकले बढेर...
-
खाडीका ७ देशमा पुनः श्रम स्वीकृति दिने निष्कर्षमा सरकार
कठमाण्डौ – सरकारले संयुक्त अरब इमिरेट्स (यूएई)सहित कतार, ओमान, यमन, जोर्डन, साउदी अरब, र टर्कीएमा कार्यरत नेपाली श्रमिकलाई पुनः श्रम...
-
जेनजी आन्दोलन पुनर्निर्माण कार्ययोजना : आगामी वर्ष तीनै तहका सरकारले बजेट छुट्याउनुपर्ने
काठमाडौं । गत भदौ २३ र २४ गते देशका विभिन्न स्थानमा भएको आन्दोलनले व्यापक भौतिक तथा आर्थिक क्षति पुर्याएपछि सरकारले...
-
ग्यास सिलिण्डर कालोबजारी नियन्त्रणका लागि विभाग सक्रिय, ६ हजार सिलिन्डर बरामद
काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले ललितपुरको हरिसिद्धि स्थित श्रीराम ग्यास उद्योगको गोदामबाट ठूलो मात्रामा ग्यास सिलिन्डर लुकाएर...
-
पेट्रोलमा १५ रुपैयाँ र डिजेल र मट्टीतेलमा १० रुपैयाँ बढ्यो
काठमाडाैँ । मध्यपूर्वी क्षेत्रमा तनाव चर्किरहेका बेला नेपालमा पेट्रोलियम पदार्थको मूल्य बढेको छ। नेपाल आयल निगमले एकैपटक पेट्रोलमा प्रतिलिटर १५...
-
पूर्वी नाकाबाट भित्रिए छ हजार ७९१ पर्यटक
झापा । पूर्वी नाका काँकडभिट्टा हुँदै आठ महिनामा छ हजार ७९१ तेस्रो मुलुकका पर्यटक नेपाल भित्रिएका छन् । अध्यागमन कार्यालय...
-
चार लेन सडक निर्माणका लागि विद्युत् पोल हटाइँदै
भोजपुर । टेम्केमैयुङ गाउँपालिका–२ छिनामखुमा अवस्थित मलुवा पोखरी पछिल्लो समय पर्यटकको आकर्षक गन्तव्यका रूपमा परिचित बन्दै गएको छ । सरकारले...
-
ग्यासको अनावश्यक भण्डारण नगर्न निगमको अनुरोध
काठमाडौं । नेपाल आयल निगमले आवश्यकताअनुसार मात्र एलपी ग्यास खरिद गर्न र अनावश्यक भण्डारण नगर्न सबैमा अनुरोध गरेको छ ।...
-
चालु पुँजी कर्जा सम्बन्धी मार्गदर्शन २०७९ को संसोधित व्यवस्था कार्यान्वयनमा ल्याउन निर्देशन
काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु पुँजीकर्जा सम्बन्धी मार्गदर्शन २०७९ को संसोधित व्यवस्था कार्यान्वयनमा ल्याउन निर्देशन दिएको छ । शुक्रबार...












