राम मनोहरको स्वभाविक मृत्यु, निर्मला प्रकरणमा सरकार गम्भिर छ : गृहमन्त्री थापा
काठमाडाैँ २९,भदाै । गृहमन्त्री रामबहादुर थापाले कञ्चनपुरकी बालिका निर्मला पन्तको बलात्कारपछिको हत्याको बारेमा अनुसन्धान भइरहेको र सरकार गम्भिर रहेको बताएका छन् ।
शुक्रबार राष्ट्रिय सभामा सांसदहरुको प्रश्नको जवाफ दिँदै उनले यसबारेमा छिट्टै सत्य तथ्य बाहिर आउने बताए । उनले भने– ‘दीलिप विष्ट नै दोषी हो भनेर आफूले मैले भनेको छैन । अहिले संदिग्ध व्यक्तिको छानविन गर्ने क्रम जारी छ । विष्ट देखिएनन् अरुमाथि छानविन जारी छ ।’
यस्तै गृहमन्त्री थापाले बर्दियामा प्रहरीको हिरासतमा रहेका राममनोहर यादवको स्वभाविक मृत्यु भएको बताएका छन् । उनले यादवमाथि बर्दिया अदालतबाट ७ दिनको म्याद थप भएपछि हिरासतमा लिएको जानकारी गराए ।
यादव भदौ १४ गते बिहान सवा ६ बजे बिरामी भएको र स्थानीय अस्पतालमा उपचार गराएको तर त्यहाँ उपचार सम्भव नभएपछि भदौ १५ गते काठमाडौ त्रिवि शिक्षण अस्पतालमा ल्याएको बताए ।
भदौ १६ गते उनको रोगको कारणबाट स्वभाविक मृत्यु भएको बताए । भिशेरा र रगतको परिक्षण भइरहेको उनले जवाफ दिएका छन् ।
सांसदहरुको प्रश्नमा गृहमन्त्री थापाले भने–‘राममनोहर यादवका सन्र्दभमा शान्तिपूर्ण विरोध गर्न पाइन्छ । उनीहरुले बिखण्डकारी नारा लगाएको सन्दर्भमा गिरफ्तार गरिएको हो । मन्त्रीहरुको, सरकारको, संविधानको विरोध गर्न पाइन्छ सरकारले यसलाई रोक्दैन ।
Comments
अरु समाचार
-
बारबराका सन्दुककी भतिजी तथा नेपोकिड यांकीलाई वालेन्द्रको उपहार ‘लगानी बोर्डको सीईओ’
लगानी बोर्डको सीईओमा नियुक्त भएकी यांकी उक्याब सन्दुक रुइतको भतिजी रहेको पाइएको छ। तत्कालीन समयमा महाकालीको अञ्चलाधिश नै बनेका जोन...
-
लोकतान्त्रिक मूल्य सुदृढ बनाउन अग्रज नेताको आदर्श आत्मसात् गर्नुपर्छः पूर्वराष्ट्रपति भण्डारी
ललितपुर । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले लोकतान्त्रिक मूल्यमान्यता, नैतिकता, सुशासन र जनउत्तरदायित्वलाई सुदृढ बनाउन अग्रज राजनीतिक व्यक्तित्वहरूको आदर्शलाई आत्मसात् गर्न आवश्यक...
-
परिणाममुखी काम गर्न प्रेस काउन्सिल र दूरसञ्चार प्राधिकरणका नवनियुक्त अध्यक्षलाई सञ्चारमन्त्रीको निर्देशन
काठमाडौँ । प्रेस काउन्सिल नेपालको अध्यक्षमा नियुक्त उमेश श्रेष्ठ र नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष अर्जुन घिमिरेले नियुक्तिपत्र ग्रहण गरेका छन्।...
-
साउन १ देखि सर्वोच्च अदालतको नियमित सुनुवाइ ११ दिन प्रभावित
काठमाडौं । नयाँ आर्थिक वर्षका लागि लगत सार्ने वार्षिक प्रक्रियाका कारण सर्वोच्च अदालतमा साउन १ गतेदेखि नियमित सुनुवाइ ११ दिनसम्म...
-
रेशम चौधरीलाई आममाफीविरुद्ध परेको मुद्धाको आज सुनुवाई हुँदै
काठमाडौं । रेशम चौधरीलाई आमआफी दिनेविरुद्ध परेको मुद्धाको आज (शुक्रबार) पेशी तोकिएको छ । टीकापुर घटनामा मारिएका नेपाल प्रहरीका प्रहरी...
-
राष्ट्रिय सभा: एकै दिन ६ विधेयक पारित, संवैधानिक प्रक्रियाका लागि प्रतिनिधिसभामा
काठमाडौं । राष्ट्रिय सभाले बिहीबार एकै दिन ६ वटा विधेयक पारित गर्दै प्रतिनिधिसभामा पठाएको छ। पारित हुने विधेयकमध्ये चार वटा...
-
पीडित शारदा बोहराको आग्रहः ‘रेशम चौधरीलाई आममाफी नदिइयोस्, अदालतको फैसला कार्यान्वयन होस्’
काठमाडौं । टीकापुर घटनामा मारिएका नेपाल प्रहरीका प्रहरी निरीक्षक केशव बोहराकी पत्नी शारदा कडायत बोहराले रेशम चौधरीको रिहाइप्रति असहमति जनाउँदै...
-
प्रतिनिधिसभाको बैठकमा आज राष्ट्रिय सेवा दल विधेयक प्रस्तुत गरिँदै
काठमाडौँ । संघीय संसदअन्तर्गत प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे सिंहदरबारमा बस्ने भएको छ। बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहको तर्फबाट कानून,...
-
मन्त्रिपरिषद्का ८ महत्वपूर्ण निर्णय के–के ? गोविन्दबहादुर कार्की मुख्य सचिव नियुक्त
काठमाडौँ । सरकारले नेपाल सरकारको मुख्य सचिव पदमा गोविन्दबहादुर कार्कीलाई नियुक्त गर्ने निर्णय गरेको छ। आज बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री...












