नेकपामा भद्रगोल :अरिंगाल बन्नु पर्ने, किन बनेनन् अरिंगाल ?
काठमाडाैँ १,असोज । नेकपाका अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी ओलीले पार्टी कार्यालयमा शनिबार सरकारमाथि आलोचनाको प्रतिवाद नगरेकामा नेता–कार्यकर्तासँग असन्तुष्टि जनाए ।
‘एउटा अरिंगाललाई चलाउनुभयो भने सिंगै गोलो खनिन्छ तर हामीसँग अरिंगालको जति पनि बुद्धि छ कि छैन ,’ उनको भनाइ थियो, ‘त्यो हामीले हेर्नुपर्ने भएको छ । एउटा अरिंगाललाई मार्यो भने ठीकै छ भन्ने कि एकजुट भएर प्रतिवाद गर्ने ?’
सरकारविरुद्ध चौतर्फी आक्रमण भइरहँदा पनि नेता–कार्यकर्ता चुप बसेको भन्दै ओलीले आक्रोशमात्र पोखेनन्, पार्टी भित्रभित्रै खोक्रो पार्ने ‘धमिरा प्रवृत्ति’ देखिएको पनि उल्लेख गरे ।
कुनै बेलाका अत्यधिक क्रियाशील र जुझारु मानिने पार्टीका नेता–कार्यकर्ता यतिबेर किन ओलीले भनेजस्तो ‘अरिंगाल’ बन्न सकेका छैनन् त ‘यो प्रश्नको जवाफ भेट्न ओलीजीकै कार्यशैली केलाउनुपर्ने हुन्छ,’ नेकपाका स्थायी समिति सदस्य घनश्याम भुसालले भने, ‘अरिंगालको जस्तो सामूहिकता खोज्नेले आफूले पनि त्यही शैली अपनाउनुपर्छ तर पार्टीभित्र अहिले सामूहिकता हराएको छ ।
के हुँदै छ, के गरिँदै छ, कसैलाई थाहा हुँदैन । अनि उहाँले गरेका कामको स्वामित्व अरूले कसरी लिन सक्छन् ?’
गत जेठमा एमाले र माओवादी केन्द्रबीच एकता भएपछि दुवैतर्फका तल्ला तहका संगठन करिब ‘प्यारालाइज’ भएका छन् । माथिल्लो तहमा केन्द्रीय समिति, स्थायी समिति र सचिवालय बनेका छन् । तर, केन्द्रीय समिति र स्थायी समितिको बैठक नै बस्दैन । एकतापछि जम्माजम्मी परिचय गर्ने प्रयोजनका लागि मात्र यस्ता बैठक बसे । नौ जना रहेको सचिवालय बनेको छ । त्यसको मात्र बैठक बस्छ ।
Comments
अरु समाचार
-
हेटौंडा सडक विस्तार: ‘कानुनी राज्यको नाङ्गो उपहास’ कमल थापा
काठमाडौं । सडक डिभिजन कार्यालय हेटौंडाले आज बिहानैदेखि हेटौंडाको बुद्धचोक क्षेत्रमा सडक विस्तार कार्यक्रमअन्तर्गत घर तथा विभिन्न संरचना भत्काउन थालेपछि...
-
मधेस प्रदेशमा कांग्रेसबाट मुख्यमन्त्री बन्नु स्वागतयोग्य !
काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले मधेस प्रदेशमा कांग्रेसबाट मुख्यमन्त्री बन्नु स्वागतयोग्य रहेको बताएका छन्। शनिबार सामाजिक सञ्जाल फेसबुकमा...
-
एमाले केन्द्रीय सदस्यमा सांसद लिङ्थेपद्वारा उम्मेदवारी घोषणा !
काठमाडौं । नेकपा एमालेको ११ औ महाधिवेशनमा एमाले कोशी प्रदेश सभा सदस्य तथा संसदीय दलका प्रमुख सचेतक विदुरकुमार लिङ्थेपले केन्द्रीय...
-
पशुपति क्षेत्र विकास र नेपाल एयरलाइन्समा भनेको नियुक्ति दिलाउने सर्तमा पर्यटन सचिव बने मुकुन्द निराैला
काठमाडाैं । सोमबारको मन्त्रिपरिषद् बैठकले सरुवा गरेका सचिव मुकुन्द प्रसाद निरौलाले प्रधानमन्त्री सुशीला कार्कीको स्वकिय सचिव आदर्श श्रेष्ठको काम फत्ते...
-
एमालेले एघारौं महाधिवेशनको उदघाटनसत्रमा १० हजार स्वयंसेवक परिचालन गर्ने !
काठमाडौं । नेकपा एमालेले काठमाडौंमा आगामी मंसिर २७ गतेबाट गर्न लागेको एघारौं राष्ट्रिय महाधिवेशनको उदघाटनसत्रमा १० हजार स्वयंसेवक परिचालन गर्ने...
-
रुसी राष्ट्रपति पुटिन दुई दिने राजकीय भ्रमणमा भारत आउँदै, यस्तो छ २८ घण्टे भ्रमण तालिका !
काठमाडौं । रूसका राष्ट्रपति भ्लादिमिर पुटिन दुई दिने भ्रमणका लागि आज भारत भ्रमणमा आउँदै छन् । भारतीय सञ्चारमाध्यमहरूका अनुसार...
-
कुनै पनि दल ‘चोखो र जनउत्तरदायी’ छैनन् हामी कसैसँग गठबन्धन गर्दैनाैः हर्क साम्पाङ
काठमाडाैं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका नगरप्रमुख हर्कराज राई (साम्पाङ)ले आगामी चुनावमा आफ्नो दलले कुनै पनि राजनीतिक...
-
प्रतिनिधिसभा विघटन विरुद्धको रिटमा सुनुवाइका लागि पेसी तोकियो !
काठमाडौं । नेकपा एमालेले सर्वाेच्च अदालतमा दायर गरेको प्रतिनिधि सभा विघटन विरूद्धकाे रिटमा आज बुधबार संवैधानिक इजलासमा सुनुवाइ हुने भएको...
-
मुख्यमन्त्री नै अनुपस्थित भएपछि मधेश प्रदेशसभा दिउँसो २ बजेसम्मकाे लागि स्थगित !
काठमाडौं । मधेस प्रदेश सभाको बैठक दुई बजेसम्मका लागि स्थगित भएको छ। साढे १० बजे शुरू भएको बैठकमा सरकारका प्रतिनिधि...












