साउदी जाने युवाको परिश्रमिक ९ हजार बढ्यो
काठमाडाैँ १,असोज । सरकारले रोजगारीका लागि साउदी अरब जाने श्रमिक र अन्य व्यावसायिक कामदारको न्यूनतम पारिश्रमिक निर्धारण गरेको छ । साउदी अरबमा विभिन्न क्षेत्रका कार्यरत अदक्ष, अर्धदक्ष, दक्ष श्रमिक र व्यावसायिक कामदारको आधारभूत पारिश्रमिकका लागि ६ वर्षपछि न्यूनतम ज्यालामा पुनरावलोकन गरेको हो ।
पुनरावलोकन गरेपछि सामान्य श्रमिकले थप ३०० रियाल अर्थात ९ हजार रुपैयाँ पाउनेछन् ।
पुनरावलोकन गरिएको २०० पारिश्रमिक र १०० भत्ता गरी अब साउदी जाने नेपालीले १३०० रियाल अर्थात ३९ हजार रुपैयाँ पाउने देखिएको छ । अहिले साउदी जाने श्रमिकले ८०० पारिश्रमिक र २०० भत्ता गरेर १ हजार रियाल अर्थात ३० हजार रुपैयाँ पाउँदै आएका छन् । श्रम मन्त्रालयका सचिव महेशप्रसाद दाहालले लागू गरिएको पारिश्रमिक र भत्ताअनुसार नै दूतावासबाट मागपत्र प्रमाणीकरण गरेर ल्याउनुपर्ने बताए । “साउदीका रोजगारदाताले तोकिएको पारिश्रमिकअनुसार नेपालमा मागपत्र पठाउनु पर्नेछ,” दाहालले कारोबारसँग भने, “न्यून पारिश्रमिकमा काम गर्न जाने नेपाली युवालाई यो प्रस्तावबाट फाइदा पुग्ने छ ।”
श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले मन्त्रिपरिषदमा पेश गरेको प्रस्तावलाई गत शुक्रबारको मन्त्रिपरिषद् बैठकले स्वीकृत गरेको हो । नेपालबाट जाने डाक्टर, इन्जिनियर र अन्य दक्ष कामदारले न्यूनतम ३ लाख ४५ हजार प्राप्त गर्नेछन् । नेपाल सरकारको यो निर्णयले सबैभन्दा धेरै साउदी जाने अदक्ष कामदार लाभान्वित हुने छन् । यस अघि ८०० न्यूनतम ज्याला र खाना भत्ता २०० रहेकोमा नयाँ व्यवस्था अनुसार ज्याला १००० रियाल र खाना भत्ता ३०० नेपाली अदक्ष कामदारले पाउने छन् । यसरी नै दक्ष कामदारले १ हजार ७ देखि ३ हजारसम्म पाउनेछन् । त्यसैगरी अर्धदक्ष कामदारले १ हजार ५ सयदेखि २ हजार ५ सयसम्म पाउनेछन् । साथै साउदी जाने कामदारको औषधि उपचार, आवास, यातायात, ओहोरदोहोर हवाई टिकट रोजगारदाताले नै उपलब्ध गराउनुपर्ने प्रस्तावमा उल्लेख गरिएको छ ।
साउदी जाने अदक्ष, अर्धदक्ष, दक्ष र व्यवसायिक कामदारका लागि न्यूनतम ज्यालामा भएको नयाँ व्यवस्था भने राजपत्रमा प्रकाशित भएपछि लागू हुने छ । सो बढेको तलबमा मात्रै साउदी जाने कामदारको मागपत्र प्रमाणीकरण हुने श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ । यो नियम लागू भएपछि रोजगारदाताले नेपाली कामदार लिन कम्तीमा १ हजार ३ सय रियालभन्दा बढीको श्रम सम्झौता गर्नु पर्ने हुन्छ । विगत ३ वर्षमा मात्र साउदी जान अन्तिम श्रम स्वीकृति लिने नेपाली कामदारको संख्या ३ लाख ८९ हजार ८९१ रहेको थियो । पछिल्लो ३ वर्षको तथ्यांकअनुसार साउदी अरब नेपालबाट कामदार माग गर्ने कतारपछि दोस्रोे ठूलो श्रम गन्तब्य मुलुक हो ।
Comments
अरु समाचार
-
भृकुटीमण्डपमा ‘यामाहा ब्लु फेस्ट’: १० लाखसम्म क्यासब्याकदेखि अन–द–स्पट फाइनान्सिङसम्म
काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा यही असोज १० गते शनिबारसम्म यामाहाको ‘ब्लु फेस्ट’ सञ्चालन हुँदैछ। नेपालका लागि आधिकारिक वितरक MDW राइड्स...
-
पासपोर्ट छपाइका लागि भएको ठेक्कापट्टा कानुनसम्मत: सर्वोच्च अदालत
काठमाडौं । राहदानी विभागबाट पासपोर्ट छपाइका लागि भएको ठेक्कापट्टा कानुनसम्मत रहेको सर्वोच्च अदालतले ठहर गरेको छ । न्यायाधीशहरू कुमार रेग्मी...
-
आज किन स्थगित गरियो नियमित सेयर कारोबार ?
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले आज (सोमबार) को नियमित सेयर कारोबार स्थगित गरेको छ । नेप्सेका अनुसार ७२...
-
‘आरोहणको तयारी गर्दैगर्दा हिम पहिरो गएको त्यो क्षण’
गोरखा । मनास्लु हिमालको तेस्रो शिविरमा गएको हिमपहिरोमा परी दुई जनाको मृत्यु भएको घटना यस वर्षको आरोहण सिजनमा हिमाली पर्यटनको...
-
आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमयदर
काठमाडौँ। नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर...
-
भृकुटीमण्डपमा घरजग्गा मेला : बढ्दो आवास मागदेखि व्यवस्थित निर्माणको बहससम्म
काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा आयोजित ‘नवौं नेपाल जग्गा तथा आवास एवम् निर्माण प्रदर्शनी–२०८३’ मा करिब ८० हजारभन्दा बढीले अवलोकन गर्नुले...
-
ईडीएलभीआरएस मार्फत ‘सवारी चालक अनुमतिपत्र’ व्यवस्था कार्यान्वयनमा
काठमाडौं । विद्युतीय ड्राइभिङ लाइसेन्स तथा सवारी दर्ता प्रणाली (ईडीएलभीआरएस) मार्फत सवारी चालक अनुमतिपत्र (लाइसेन्स) छपाइको काम थालिएको छ। सरकारले...
-
Govt Commends Chinese Tunnel Rescue Experts; China Reaffirms Commitment to Strengthen Disaster Management Cooperation
Kathmandu, September 18: Minister for Science, Technology and Innovation Mahabir Pun held a meeting with Zhang Maoming, Ambassador of the...
-
नेपाल सरकारद्वारा चिनियाँ सुरुङ उद्धार विशेषज्ञहरूको कार्यको उच्च प्रशंसा, विपद् व्यवस्थापन सहकार्य सुदृढ बनाउने चीनको प्रतिबद्धता
काठमाडौं, असाेज २ । विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनले नेपालका लागि जनवादी गणतन्त्र चीनका राजदूत झाङ माओमिङ तथा...












