हिमालयको पानी विदेशमा बेचेर आर्थिक समृद्धि ल्याऔं
काठमाडाैँ १,असोज । जापानले हिमालय क्षेत्रको पानी विदेश निर्यात गरेर अर्थोपार्जन गर्न नेपाललाई सुझाव दिएको छ । नेपालको हिमालयमा पिउन यर्पाप्त मात्रामा पिउनयोग्य पानी रहकाले त्यसको निर्यात गरेर पैसा कमाउन जापानको सुझाव छ ।
जापानको सत्तारूढ डेमोक्रेटिक पार्टीका नेता, सांसद र व्यवसायीहरू सम्मिलित प्रतिनिधिमण्डलका सदस्यहरूले आइतबार वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतसँग उक्त प्रस्ताव राखेका हुन् । ‘विश्वभर अब सबैभन्दा ठूलो संकट पानीको आउँदै छ,’ टोलीका सदस्य तथा पूर्वसांसद माचुदाले भने, ‘नेपालको हिमालय क्षेत्रमा पर्याप्त पानी छ, त्यसलाई विदेशमा बेचेर मनग्य पैसा कमाउन सक्नुहुन्छ ।’ जवाफमा मन्त्री बस्नेतले पानी विदेश बेच्नेबारे खानेपानी मन्त्रालयले योजना बनाएको र त्यस सम्बन्धमा सम्भाव्यता अध्ययन भइरहेको जानकारी गराए ।
त्यसक्रममा मन्त्री बस्नेतले नेपालमा बढ्दो सहरीकरणसँगै फोहोर व्यवस्थापन जटिल र चुनौतीपूर्ण बन्दै गएको उल्लेख गर्दै त्यस क्षेत्रमा जापानले प्रयोगमा ल्याएको विधि सफल भएकाले नेपालमा पनि त्यस्तै दीर्घकालीन समाधानको विधिमा जान लागिएको बताए । ‘एक ठाउँमा जम्मा भएको फोहोरलाई अन्यत्र लगेर फाल्ने तरिकाले मात्र फोहोर व्यवस्थापन दिगो नहुने हाम्रो अनुभवले देखाएको छ,’ उनले भने, ‘फोहोरको पुनः प्रयोग गर्नेबारे सोचिरहेका छौं ।’
यस्तै, विकास र वातावरणबीच सन्तुलन कायम गर्ने चुनौती रहेको चर्चा गर्दै मन्त्री बस्नेतले विकासलाई दिगो बनाउन वातावरणमैत्री नीति र विधि तय गर्ने काममा सरकार लागेको औंल्याए । ‘विकास र वातावरणबीच कसरी सन्तुलन कायम गरेर अगाडि बढ्न सकिन्छ भन्नेबारे गृहकार्य गरिरहेका छौं,’ उनले भने, ‘हाम्रो मन्त्रालयले त्यस विषयलाई समेटेर तयार पारेको नयाँ कानुनको मस्यौदाबारे संघीय संसद्मा माननीयहरूले छलफल गरिरहेका छन् ।’ नेपालले वन क्षेत्रलाई आर्थिक विकासको माध्यम बनाएर कार्ययोजना बनाएको भन्दै उनले मुलुकका सातवटै प्रदेश र ७५३ वटै स्थानीय तहमा वनमा आधारित उद्योग स्थापना गर्न लागिएको बताए ।
त्यस्तो योजनाले स्थानीय जनताको जीवनस्तर उकास्नुका साथै राष्ट्रिय अर्थतन्त्रमा समेत महŒवपूर्ण योगदान गर्ने मन्त्री बस्नेतको भनाइ थियो । विकास र वातावरणबीच सन्तुलन कायम गराउन आफ्नो मन्त्रालयले आक्रामक रूपमा देशभर वृक्षरोपणको कार्यक्रम सञ्चालन गर्न लागेको पनि उनले बताए । चुरे क्षेत्र र राष्ट्रिय निकुञ्ज तथा संरक्षित क्षेत्रमा ‘इकोटुरिज्म’ कार्यक्रमलाई विशेष महŒवका साथ अघि बढाइएको उनले जानकारी गराए ।
यस्तै, मन्त्री बस्नेतले विश्वमा वातावरणीय प्रदूषण गराउन नेपालको भूमिका शून्य दशमलव शून्य २७ प्रतिशत रहेको भए पनि वातावरण प्रदूषण भएको मुलुकको सूचीमा नेपालको नाम अगाडि आइरहेको विषयमा विश्व समुदायको ध्यानाकर्षण गराइने पनि उल्लेख गरे । त्यसक्रममा उनले नेपालले जापानसँग हरित उद्यमशीलता, जलवायु परिवर्तनको अवस्थामा सुधार तथा वातावरणीय प्रदूषण कम गर्ने एजेन्डामा सहकार्य गर्न चाहेको बताए ।
भेटमा प्रतिनिधिमण्डलको नेतृत्व गरेका त्यहाँको डेमोक्रेटिक पार्टीका नेता यसुहिरो नाकाइले नेपालको फोहोर व्यवस्थापनमा सहयोग गर्न आफ्नो सरकार तयार रहेको बताए । यस्तै पूर्वसांसद गो सिनोहराले वातावरण प्रदूषण नेपालको मात्र नभई विश्वकै साझा समस्या भएकाले त्यस एजेन्डामा सबै मिलेर काम गर्नुपर्ने बताए । उनले नेपालको वातावरणीय सन्तुलन कायम गर्ने सन्दर्भमा जापान सरकारका तर्फबाट सक्दो सहयोग हुने प्रतबद्धता जनाए । विकास र वातावरणबीच सन्तुलन कायम गरेर अघि बढ्न टोलीको सुझाव थियो ।
Comments
अरु समाचार
-
भूमिहीन सुकुमवासी तथा अव्यवस्थित बसोवासीले बुटवलमा गरे प्रदर्शन
बुटवल । बुटवलमा भूमिहीन सुकुमवासी तथा अव्यवस्थित बसोवासीले बुटवलमा प्रदर्शन गरेका छन् । नेपाल भूमिहीन सुकुमवासी तथा अव्यवस्थित बसोवासी संघर्ष...
-
समस्याग्रस्त सहकारीका ठूला ऋणीहरूको नाम सार्वजनिक गर्न सुरु
काठमाडौं । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले समस्याग्रस्त सहकारीका ठूला ऋणीहरूको नाम सार्वजनिक गर्न सुरु गरेको छ । समितिका अनुसार, बुधबार...
-
काँकरभिट्टा नाकाबाट १६ अर्ब ८१ करोडको पेट्रोलियम पदार्थ आयात
भद्रपुर (झापा) । चालु आर्थिक वर्ष २०८२/८३ को चैत मसान्तसम्म पूर्वीनाका काँकरभिट्टाबाट रु १६ अर्ब ८१ करोड ३६ लाख ३०...
-
आजदेखि उपत्यकाका बागमती र सहायक नदी किनारका जोखिमयुक्त बस्ती स्थानान्तरण
काठमाडौं । सरकारले दोस्रो चरणअन्तर्गत आजदेखि काठमाडौं उपत्यकाका वाग्मती तथा सहायक नदी किनारमा रहेका जोखिमयुक्त बस्ती स्थानान्तरण गर्ने भएको छ...
-
काठमाडौंस्थित नदी किनारका जोखिमयुक्त र अतिक्रमित थप बस्ती हटाउने क्रम शुरु
काठमाडौं । काठमाण्डौका नदी किनारका जोखिमयुक्त र अतिक्रमित थप बस्ती हटाउने क्रम आज आज (शुक्रबार) देखि शुरु भएको छ ।...
-
आयोगलाई राष्ट्रपति, प्रधानमन्त्रीदेखि निजी सचिवसम्मको सम्पति छानबिन गर्ने बाटो खुल्यो
काठमाडौं । सम्पति छानबिन आयोगले राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्रीदेखि निजी सचिवसम्मको सम्पति छानबिनको काम अघि बढाउने बाटो खुलेको छ । गत...
-
ढुक्क हुनुस्, सुकुम्बासीलाई चाँडै जग्गा वितरण गर्छौं : प्रधानमन्त्री शाह
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले वास्तविक सुकुम्बासी बस्तीका समस्या आफू नेतृत्वको सरकारले नै समाधान गर्ने भन्दै ढुक्क रहन आश्वासन दिएका...
-
नेप्से झन्डै दुई अंकले बढ्दा पाँच अर्ब २७ करोडको सेयर किनबेच
काठमाडौं । साताको अन्तिम कारोबार दिन आज शुक्रबार नेप्सेमा झिनो अंकले सुधार आएको छ । अघिल्लो दिन १७ दशमलव शुन्य...
-
कच्चा पदार्थको अभावमा हेटौँडा सिमेन्ट उद्योग बन्द
बागमती । लामो समयदेखि आर्थिक सङ्कट व्यहोर्दै आएको हेटौँडा सिमेन्ट उद्योग कच्चा पदार्थ अभावमा बन्द भएको छ । गत महिना...












