अब सबै किसिमका श्रमिकलाई पेन्सन
काठमाडाैँ १,असोज । अर्थमन्त्री डा. युवराज खतिवडाले श्रम बजारमा रहेका सबै प्रकारका श्रमिकलाई सामजिक सुरक्षाको प्रत्याभूति हुनुपर्ने बताएका छन् । कर्मचारी सञ्चय कोषको ५७ औं वार्षिकोत्सव कार्यक्रममा खतिवडाले सरकार सबै श्रमिकलाई पेन्सनको दायरामा ल्याउन कानुन बनाउन लागिरहेको बताए । उनले भने, “सबै प्रकारका श्रमिकलाई पेन्सनको दायरामा ल्याउने गरी कर्मचारीको एउटैखाले अवकास योजना बनाउन लागेका छौं, अब मुलुकभित्रका सबै प्रकारका श्रमिकलाई सामाजिक सुरक्षाको प्रत्याभूति गराइने छ ।”
खतिवडाले अहिले सरकारी संस्थाहरूबीच पनि फरकफरक अवकास योजना रहेको र कतिपयमा दोहोरिएको भन्दै एकद्वारमा ल्याइने जानकारी दिए । खतिवडाले भने, “कर्मचारी सञ्चयकोष सामाजिक सुरक्षण कोषसमेत रहेको कारण सामाजिक सुरक्षाका कार्यक्रमलाई नयाँ ढंगले अगाडि बढाउनुपर्ने अवस्था छ । त्यसैले सबै किसिमका प्रणालीलाई एकद्वारमा ल्याउनेगरी काम भइरहेको छ ।”
अर्थमन्त्रीले कोषमा रहेको लगानीयोग्य रकमलाई एक वर्षभन्दा बढी अवधिको निक्षेपमा लगानी गरी पुँजी बजारको प्रमुख खेलाडीको रूपमा रहनुपर्ने बताउँदै नेपाल सरकारको नीतिअनुसार कर्मचारी आवासको लागि काम गर्न पनि कोषलाई आग्रह गरे ।
सरकारले निजी क्षेत्रमा काम गर्ने तर अनौपचारिक क्षेत्रमा रहेका श्रमिकहरूलाई पनि पेन्सन जस्ता सामाजिक सुरक्षाको दायरामा ल्याउनको लागि सरकारले कार्यविधि बनाइरहेको छ भने केही दिनअघि मात्रै सरकारले योगदानमा आधारित पेन्सन लागू गर्ने कानुन संसद्मा पठाएको छ । खतिवडाले सञ्चय कोष अल्पकालिन लाभ हुने ब्याजको लालचमा फस्न नहुने पनि बताए । ठूलो पुँजी भएको कोषजस्ता संस्थाले दीर्घकालिन लगानी गर्नुपर्ने र बजारमा पुँजी परिचालनलाई चलायामान बनाउनुपर्ने उनको सुझाव छ ।
कार्यक्रममा राजस्व सचिव तथा कोष सञ्चालक समितिका अध्यक्ष शिशिरकुमार ढुंगानाले कोषलाई सुदृढ सामाजिक सुरक्षण संयन्त्रको रूपमा विकास गर्दै लैजाने नीति रहेको बताए । कोषमा रहेको रकमको दीर्घकालिन व्यवस्थापन गर्न स्रोत व्यवस्थापन र लगानी विविधीकरणमा सुधार गर्नुपर्ने र कोषले निर्णय गर्दा जहिले पनि सञ्चयकर्ताहरूको बृहत्तर हितलाई हेरेरमात्र निर्णय लिनुपर्ने उनको भनाइ थियो । वि.सं. २०१९ भदौ ३१ मा स्थापना भएको कर्मचारी सञ्चय कोषमा हाल ६ लाख सञ्चयकर्ताहरूको करिव ३ खर्ब बरावरको रकम रहेको छ । उक्त रकमबाट कोषले सञ्चयकर्ताको सामाजिक आवश्यकता पूर्ति गर्नको लागि विभिन्न सापटी सुविधाहरू प्रदान गरिरहेको छ भने मुनाफा रकमबाट कोष खडा गरी विभिन्न किसिमका सामाजिक सुरक्षणका सुविधाहरू दिँदै आएको छ ।
कोषको लगानी २ खर्ब ८७ अर्ब रहेको कोषका प्रमुख प्रशासक तुलसीप्रसाद गौतमले जानकारी दिए । “नेपाल सरकारले अघि सारेको एकीकृत सामाजिक सुरक्षाको अवधारणलाई सार्थक तुल्याउन कर्मचारी सञ्चयकोषलाई प्राप्त हुने भूमिका र जिम्मेवारी निर्वाह गर्न कोष प्रतिबद्ध छ,” गौतमले भने, “कोष सदैव सञ्चयकर्ताको हित र सन्तुष्टिप्रति क्रियाशील रहिरहने छ ।”
गौतमका अनुसार कोषले मुलुकको पूर्वाधार विकासको लागि विभिन्न जलविद्युत् कम्पनीहरू माथिल्लो तामाकोसी, चिलिमे जलविद्युत् कम्पनीद्वारा प्रवद्र्धित विभिन्न जलविद्युत् आयोजनामा पनि ऋण लगानी गरिरहेको छ । यस्तै, नेपाल वायु सेवा निगमलाई विमान खरिद गर्न ऋण लगानी गरेको छ भने कोषले सञ्चयकर्ताको बहुमत सेयर स्वामित्व रहने गरी ६८८ मेगावाटको बेतन कर्णाली जलविद्युत् आयोजना निर्माणको प्रारम्भिक प्रकृयाको सुरुवात गरेको गौतमले जानकारी दिए । उक्त कार्यक्रममा कोषमा २५ वर्ष र १५ वर्ष सेवा गर्ने ३ जना कर्मचारीलाई दीर्घसेवा पदकबाट सम्मान गरिएको थियो भने एसईई परीक्षामा उत्कृष्ठ अंक ल्याउने कर्मचारीका सन्तानलाई पुरस्कृत गरिएको थियो ।
Comments
अरु समाचार
-
पेट्रोलियम उत्खननका लागि सम्झौताको गृहकार्य
काठमाडौं । खानी तथा भूगर्भ विभागले पेट्रोलियम उत्खननका लागि दोस्रो चरणको सम्झौताको गृहकार्य गरेको छ । विभागले व्यावसायिक उत्खननका लागि...
-
विदेशी मुद्राको विनिमयदर: आज कुन देशको भाउ कति ?
काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार आजका लागि अमेरिकी...
-
आगामी आर्थिक वर्षका लागि २१ खर्ब २४ अर्ब ३४ करोड रुपियाँको बजेट
काठमाडौँ । सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि २१ खर्ब २४ अर्ब ३४ करोड रुपियाँको बजेट विनियोजन गरेको छ...
-
कर्मचारीको तलबमा २१ प्रतिशत वृद्धि, न्यूनतम ४० हजार
काठमाडौं । सरकारले महँगी भत्तालाई निरन्तरता दिँदै तलबमानमा २१ प्रतिशत बृद्धि गर्ने निर्णय गरेको छ । कर्मचारीको न्यूनतम तलब ४०...
-
आज आव २०८३/८४ को बजेट सार्वजनिक गर्दै सरकार, सुशासनलाई प्राथमिकता
काठमाडौँ । सरकारले आज आगामी आर्थिक वर्ष २०८३\८४ को बजेट सार्वजनिक गर्दैछ । बजेटमा अनावश्यक खर्च कटौती र वित्तीय अनुशासनलाई...
-
आगामी आर्थिक वर्षको बजेट भोलि (शुक्रबार) प्रस्तुत गरिँदै
काठमाडौँ। आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्न सङ्घीय संसद्को संयुक्त बैठक यही जेठ १५ गते शुक्रबार अपराह्न ४ बजे बस्ने...
-
अप्रिलमा चीनको विद्युतीय गाडीको निर्यात ४० प्रतिशतले बढ्यो
काठमाण्डौ । गएको अप्रिल महिनामा चीनको विद्युतीय गाडीको निर्यात ४० प्रतिशतले बढेको छ । अप्रिलमा चीनले २ लाख ७८ हजार...
-
राष्ट्रिय सभामा आर्थिक सर्वेक्षण पेस, अर्थतन्त्रको आकार ६६ खर्ब पुग्ने
काठमाडौँ । सरकारले राष्ट्रिय सभामा ‘आर्थिक सर्वेक्षण २०८२ र २०८३’ पेस गरेको छ । बुधबार बसेको सभाको बैठकमा अर्थमन्त्री डा....
-
नेपाली सेफहरूको विश्वव्यापी पहिचान विस्तार गर्दै अन्तर्राष्ट्रिय सेफ सोसाइटी
पोखरा । नेपाली मौलिक खान संस्कृति, पाककला तथा पर्यटन प्रवर्द्धनलाई अन्तर्राष्ट्रिय स्तरसम्म पुर्याउने उद्देश्यसहित नेपाली सेफ सोसाइटी (NCS) गण्डकी प्रदेशको...












