निर्मलाका आमाबुबाको प्रश्नः प्रधानमन्त्री ज्यु हामी न्याय पाउछाैँ कि पाउदैनाैँ ?
काठमाडौं १,असोज । बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तका आमाबुबाले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गरेका छन्।
अधिकारकर्मीहरुसहित निर्मलाका आमा दुर्गादेवी र बुबा यज्ञराज बालुवाटार पुगेका थिए । भेटमा आमा दुर्गादेवीले घटना विवरण सुनाइन् । कञ्चनपुरमा आन्दोलन हुँदा समेत न्याय नपाएकाले काठमाडौं आउनु परेेको उनले बताइन् । उनले भनिन्, ‘हामीले न्याय पाउने कि नपाउने ?’
निर्मलाकी आमाको घटनाबारेको ब्रिफीङ सुनेपछि प्रधानमन्त्री ओलीले आफूलाई उक्त घटनाले दुःखित बनाएको बताएका थिए। उनले भनेका थिए, ‘निर्मलाको अभिभावक म पनि हुँ। यो घटनाबाट म पनि अत्यन्त दुःखी भएको छु।’ प्रधानमन्त्री ओलीले सरकारले सुरुमा गठन गरेका समितिले काम नगरेकाले अहिले उच्च स्तरीय समिति गठन गरेर छानबिन भइरहेको बताएका थिए। उनले भनेका थिए, ‘पहिलेका समितिले काम नगरेपछि अहिले शक्तिशाली छानबिन गठन गरिएको छ। यो समितिले अपराधी पत्ता लगाउछ।
‘ प्रहरी प्रधान कार्यालयले आइतबार डिआइजी धिरु बस्नेतको नेतृत्वमा शक्तिशाली अनुसन्धान समिति गठन गरेको छ। यसअघि गृहमन्त्रालयले सह सचिव हरिप्रसाद न्यौपानेको नेतृत्वमा छानबिन समिति गठन गरेको छ। प्रधानमन्त्री ओलीले निर्मला बलात्कार र हत्याका दोषीलाई पत्ता लगाउन सरकार गम्भीर रहेको बताएका थिए। उनले निर्मलाका अभिभावकलाई भनेका थिए, ‘यो विषयमा सरकार गम्भीर छ, सरकारले अपराधी पत्ता लगाउन कुनै पनि कसर बाँकी राख्दैन।’ प्रधानमन्त्रीलाई भेट्न खानेपानीमन्त्री (कञ्चनपुर १ बाट प्रतिनिधिसभा सदस्य समेत रहेकी) बिना मगर, सांसदहरू भीम रावल, लेखराज भट्ट, कांग्रेसका सांसद दिलेन्द्रप्रसाद बडु, नेता एनपी साउद र रमेश लेखक लगायत रहेका थिए।
ढाकछोप गर्न खोजेको छैनः ओली
जवाफमा प्रधानमन्त्री ओलीले भने आफूले घटनालाई ढाकछोप गर्न नखोजेको स्पष्टीकरण दिएका छन् । घटनामा संलग्नहरुलाई कारबाही गर्न टोली खटाएको भन्दै उनले भने, ‘निर्मला हाम्री पनि छोरी हुन् । भोलि अरुलाई यस्तो नहोस् ।
Comments
अरु समाचार
-
युद्धका हतियार तोकिएको समयमा विश्वका जुनसुकै ठाउँमा पुग्ने तर मल वा इन्धन किन पुग्दैन ? : बालेन शाह
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले हतियार आपूर्तिका लागि विश्वसँग रहेको तीव्र र प्रभावकारी संयन्त्र किसानका लागि मल तथा इन्धन आपूर्तिमा...
-
प्रधानमन्त्री शाह र राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता
न्यूयोर्क। प्रधानमन्त्री वालेन्द्र शाह र संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसबीच बिहीबार भेटवार्ता भएको छ। संयुक्त राष्ट्रसंघको ८१औँ महासभाको उच्चस्तरीय सप्ताहमा...
-
ईश्वर पोखरेलसहित ७ नेता एमाले स्थायी कमिटी सदस्यमा मनोनीत
काठमाडौं । नेकपा (एमाले) ले ईश्वर पोखरेलसहित सात जना नेताहरूलाई स्थायी कमिटी सदस्यमा मनोनीत गरेको छ। बिहीबार बसेको एमाले सचिवालय...
-
धादिङ कांग्रेसमा २० वर्षीय गौरवको छलाङ, महाधिवेशनका लागि बने कान्छा क्षेत्रीय प्रतिनिधि
धादिङ । निलकण्ठ नगरपालिका–१२ का २० वर्षीय गौरव सापकोटा नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा धादिङकै कान्छा क्षेत्रीय प्रतिनिधि बनेका छन्। सानै...
-
भन्सार अधिकृतले एसपीलाई धम्क्याएको अडियो प्रकरणको छानविन गर्न माग
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद टिका संग्रौलाले कञ्चनपुरका एक भन्सार अधिकृतले कैलालीका सशस्त्र प्रहरी उपरीक्षकसहित उच्च अधिकारीप्रति धम्कीपूर्ण भाषा...
-
प्रधानन्यायाधीश शर्मा र चिनियाँ प्रधानन्यायाधीश जुनबीच भेटवार्ता
काठमाडौं । प्रधानन्यायाधीश मनोजकुमार शर्माले बुधबार चीनका प्रधानन्यायाधीश झाङ जुनसँग भेटवार्ता गर्नुभएको छ। बेइजिङस्थित चीनको सर्वोच्च जनअदालतमा भएको भेटवार्तामा दुवै...
-
पार्टी संगठित अभियानमा कांग्रेस, आज देशैभर पालिका तहको अधिवेशन
काठमाडौँ । नेपाली कांग्रेसले आज देशैभर पालिका तहको अधिवेशन गर्दैछ । सो पार्टीको १५औँ महाधिवेशनअन्तर्गत स्थानीय तहको सांगठनिक संरचना निर्माण...
-
प्रतिनिधिसभाको बैठक बस्दै,यस्तो छ कार्यसूची
काठमाडौँ, असोज ७ गते । सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक बुधबार बस्दैछ । सिंहदरबारमा बिहान ११ बजेका लागि तय भएको बैठकमा...
-
सामान्य यात्रु झैं जहाज चढेर अमेरिका गए बालेन, बिदाई गर्ने दुईजना मात्रै
काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह सामान्य यात्रु झैं जहाज चढेर अमेरिका प्रस्थान गरेका छन् । प्रम शाहलाई बिदाई गर्ने दुईजना...












