द्रुतमार्ग निर्माण मुलुकको नेतृत्वको परीक्षा हो : उपप्रधानमन्त्री पोखरेल
ललितपुर २,असोज । उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेलले काठमाडौँ–तराई– मधेश द्रुतमार्ग (फाष्ट ट्रयाक) हाम्रो विकासको आधारशीला भएकाले सयमसीमाभित्रै पूरा गर्न सम्पूर्ण कार्ययोजना बनाएर काम गर्न निर्देशन दिएका छन् ।
उक्त द्रुतमार्गको निरीक्षण र कार्यप्रगतिको जानकारीपछि मकवानपुरको लेनडाँडामा आयोजित कार्यक्रममा उनले नेपाली सेनाको मात्रै नभएर सिङ्गो मुलुकको नेतृत्वको परीक्षा भएकाले चार वर्षभित्रै आयोजना पूरा गर्ने ढङ्गबाट काम गर्न निर्देशन दिए ।
नेपाली सेनाको व्यवस्थापनमा निर्माण भइरको उक्त राष्ट्रिय गौरवको आयोजना काठमाडौं उपत्यकालाई तराईसँग राष्ट्रिय सडक सञ्जालमा जोड्ने सबैभन्दा छोटो ७६ किमी दूरीको राजमार्ग हो ।
उक्त द्रुतमार्गको प्रारम्भिक लागत अनुमान रु एक खर्ब ११ अर्ब रहने अनुमान गरिएको राष्ट्रिय योजना आयोगले जनाएको छ । उपप्रधानमन्त्री पोखरलेले भने, ‘समयसीमाभित्रै जिम्मेवारी पूरा गर्न सबै पक्षको पहल र सहयोग आवश्यक रहेको छ, दु्रतमार्ग राष्ट्रिय सङ्कल्प र विकासको जीवनाधार (लाइफलाइन) भएको हुँदा अत्यन्त गम्भीर भई योग्यता र क्षमता देखाएर काम गर्नुस् समयसीमाभित्रै बन्छ, अब ढिलो गर्नहुँदैन ।’
द्रुतमार्ग निर्माण गर्न विस्तृत परियोजना प्रतिवेदनका लागि परामर्शदाताको छनोट भइरहेको जनाउँदै नेपाली सेनाले आगामी चार महिनाभित्रमा प्रतिवेदन प्राप्त हुने जानकारी दिएको छ । परामर्शदाताले नौ करोडमा प्रतिवेदन तयार गर्न स्वीकृति पाएको छ । सो रकम यसअघि भारतीय कम्पनीले माग गरेभन्दा ५१ करोड कम हो । सेनाले यसअघिको सडक रेखाङ्कनलाई केही परिवर्तन गरी तीन वटा सुरुङ निर्माणको प्रस्ताव गरेको छ ।
तीनवटा सुरुङ निर्माण गर्दा प्रारम्भमा केही महँगो पर्न गएको देखिए पनि भूकम्पीय जोखिम रहने, ६६ मिटरभन्दा अग्ला पुल निर्माण गर्न नपर्ने तथा द्रुतमार्गको लम्बाइसमेत छोटो हुनेछ । यात्राको समयसमेत कम हुने बताइएको छ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले नेपाली जनताले मात्र नभई अन्तर्राष्ट्रिय समुदायलेसमेत निकै चासोका साथ हेरिरहेको द्रुतमार्ग निर्माण कार्यलाई गम्भीरताका साथ अघि बढाउन निर्देशन दिए ।
रक्षामन्त्रालयका सचिव विष्णुप्रसाद लम्सालले मुलुकको आर्थिक विकासको मेरुदण्डकारुपमा रहने द्रुतमार्ग निर्माण कार्य ढिलोढालो नगरी इतिहास रच्ने अवसरको रुपमा लिएर काम गर्न सुझाव दिए ।
नेपाली सेनाले मक्खुबेँसी, कुलेखानी, लेड डाँडा, बुदुने र निजगढमा क्याम्प खडा गरेर त्यस क्षेत्रमा सडक विस्तारका लागि आवश्यक डाँडा र ढिस्को हटाउने तथा खाल्डा भर्ने काम गरिरहेको छ ।
निरीक्षणको क्रममा निजगढ क्षेत्रमा रुख कटान गर्ने कार्य सम्पन्न भएको तथा बुदुने, लेनडाँडा, सिस्नेरी र मखुबेँसी इलाकामा रुख कटानको कार्य भइरहेको पाइएको छ । बाराको निजगढ इलाकाको १० किलोमिटर क्षेत्रमा दूर्तमागले २७ मिटर फराकिलो आकार लिइसकेको छ ।
सयौँको सङ्ख्यामा स्काभेटर, डोजर, लोडर, टिपरसहितको जनशक्ति अहिले अहोरात्र काम गरिरहेको छ । हालसम्म २० हजारको सङ्ख्यामा रूख कटान गरी व्यवस्थापनसमेत गरी सकेको छ । राजनीतिक दलबीच दुर्तमार्ग निर्माण कसले गर्ने भन्ने विषयमा विवाद भएपछि सरकारले नेपाली सेनाको व्यवस्थापनमा सडक निर्माण गर्ने निर्णय गरेको थियो ।
ललितपुरको खोकनामा शुुरु भई बाराको निजगढमा पुगेर पूर्व पश्चिम राजमार्गमा जेडिने उक्त दु्रतमार्गको ट्रयाक पनि नेपाली सेनाले नै खनेको थियो । निजगढमा बन्ने अन्तर्राष्ट्रिय विमानस्थलले यो सडकको महत्वलाई अझ उजागर गर्ने छ ।
उक्त द्रुतमार्गमा निर्माण हुने करीब १०० वटा पुलको लम्बाइ मात्र जोड्दा पनि नौ किलोमिटर हुने अनुमान छ । सेनाले आवश्यकताअनुसार राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका परामर्शदाता र ठेकेदारको सहयोग लिएर सडक निर्माण गर्नेछ । निर्माणलाई तीव्रता दिने क्रममा सडकलाई २४ क्षेत्रमा विभाजन गरेर विदेशी तथा स्वदेशी निर्माण व्यवसायीबाट काम गराउने प्रयास भइरहेको छ ।
निरीक्षण टोलीमा प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाल, प्रधानसेनापति पूर्णचन्द्र थापा, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र रक्षामन्त्रालयका उच्चपदस्थ अधिकृत, सुरुङ निर्माण विज्ञ तथा उच्च सैनिक अधिकृत सहभागी रहेका थिए ।
दायाँबायाँ ५० मिटर जग्गा अधिग्रहण गरिएको २७ मिटर चौडाइको उक्त राजमार्ग चार लेनको हुनेछ । राष्ट्रिय गौरवका आयोजनामध्ये सर्वाधिक चासो दिएर हेरिएको उक्त राजमार्गको निर्माणले नेपालको आर्थिक विकासमा कायापलट ल्याउने विश्वास गरिएको छ ।
Comments
अरु समाचार
-
हेटौंडा सडक विस्तार: ‘कानुनी राज्यको नाङ्गो उपहास’ कमल थापा
काठमाडौं । सडक डिभिजन कार्यालय हेटौंडाले आज बिहानैदेखि हेटौंडाको बुद्धचोक क्षेत्रमा सडक विस्तार कार्यक्रमअन्तर्गत घर तथा विभिन्न संरचना भत्काउन थालेपछि...
-
मधेस प्रदेशमा कांग्रेसबाट मुख्यमन्त्री बन्नु स्वागतयोग्य !
काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले मधेस प्रदेशमा कांग्रेसबाट मुख्यमन्त्री बन्नु स्वागतयोग्य रहेको बताएका छन्। शनिबार सामाजिक सञ्जाल फेसबुकमा...
-
एमाले केन्द्रीय सदस्यमा सांसद लिङ्थेपद्वारा उम्मेदवारी घोषणा !
काठमाडौं । नेकपा एमालेको ११ औ महाधिवेशनमा एमाले कोशी प्रदेश सभा सदस्य तथा संसदीय दलका प्रमुख सचेतक विदुरकुमार लिङ्थेपले केन्द्रीय...
-
पशुपति क्षेत्र विकास र नेपाल एयरलाइन्समा भनेको नियुक्ति दिलाउने सर्तमा पर्यटन सचिव बने मुकुन्द निराैला
काठमाडाैं । सोमबारको मन्त्रिपरिषद् बैठकले सरुवा गरेका सचिव मुकुन्द प्रसाद निरौलाले प्रधानमन्त्री सुशीला कार्कीको स्वकिय सचिव आदर्श श्रेष्ठको काम फत्ते...
-
एमालेले एघारौं महाधिवेशनको उदघाटनसत्रमा १० हजार स्वयंसेवक परिचालन गर्ने !
काठमाडौं । नेकपा एमालेले काठमाडौंमा आगामी मंसिर २७ गतेबाट गर्न लागेको एघारौं राष्ट्रिय महाधिवेशनको उदघाटनसत्रमा १० हजार स्वयंसेवक परिचालन गर्ने...
-
रुसी राष्ट्रपति पुटिन दुई दिने राजकीय भ्रमणमा भारत आउँदै, यस्तो छ २८ घण्टे भ्रमण तालिका !
काठमाडौं । रूसका राष्ट्रपति भ्लादिमिर पुटिन दुई दिने भ्रमणका लागि आज भारत भ्रमणमा आउँदै छन् । भारतीय सञ्चारमाध्यमहरूका अनुसार...
-
कुनै पनि दल ‘चोखो र जनउत्तरदायी’ छैनन् हामी कसैसँग गठबन्धन गर्दैनाैः हर्क साम्पाङ
काठमाडाैं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका नगरप्रमुख हर्कराज राई (साम्पाङ)ले आगामी चुनावमा आफ्नो दलले कुनै पनि राजनीतिक...
-
प्रतिनिधिसभा विघटन विरुद्धको रिटमा सुनुवाइका लागि पेसी तोकियो !
काठमाडौं । नेकपा एमालेले सर्वाेच्च अदालतमा दायर गरेको प्रतिनिधि सभा विघटन विरूद्धकाे रिटमा आज बुधबार संवैधानिक इजलासमा सुनुवाइ हुने भएको...
-
मुख्यमन्त्री नै अनुपस्थित भएपछि मधेश प्रदेशसभा दिउँसो २ बजेसम्मकाे लागि स्थगित !
काठमाडौं । मधेस प्रदेश सभाको बैठक दुई बजेसम्मका लागि स्थगित भएको छ। साढे १० बजे शुरू भएको बैठकमा सरकारका प्रतिनिधि...












