टी–२० विश्वकप छनोट : नेपालले थाल्दैछ बिहीबारबाट तयारी
काठमाडाैँ २,असोज । सन् २०२० मा अस्ट्रेलियामा हुने टी–२० विश्वकपको पहिलो चरणको छनोट प्रतियोगिताका लागि नेपालले बिहीबारबाट तयारी गर्ने भएको छ।
नेपाली राष्ट्रिय टिमका प्रमुख प्रशिक्षक जगत टमाटाले खेलाडीहरु बुधबारसम्म काठमाडौंमा उपलब्ध हुने र बिहीबारदेखि तयारी थाल्ने जनाएका छन्।
‘हामीले आइसिसीलाई तयारी लागि पत्राचार गरिसकेका छौं,’ उनले नेपाल लाइभसँग भने,’भोलि सबै खेलाडी जम्मा भइसक्छन्। पर्सिदेखि तयारी थाल्छौं।’
तयारीमा यसअघि घोषणा गरिएको प्रारम्भिक टिममा परेका खेलाडीलाई बोलाइएको टमाटाले बताए। ‘हामीले तयारी गर्नका लागि यसअघि क्याम्पमा बोलाएका २ दर्जन खेलाडीलाई समावेश गर्छौं,’ उनले भने।
१० दिन नेपालमा अभ्यास गरेपछि १४ सदस्यीय राष्ट्रिय टिम घोषणा गरिने टमाटाले बताए। पहिलो चरणको छनोट प्रतियोगिता मलेसियामा असोज १७ देखि २६ गतेसम्म हुनेछ। नेपाली टिम असोज १५ गते मलेसिया जाने कार्यक्रम छ।
पहिलो चरणको छनोटमा नेपालसहित ७ टिमले भाग लिँदैछन्। एसियाको पूर्वी राष्ट्रबीच हुने प्रतिस्पर्धामा नेपाल, सिंगापुर, मलेसिया, भुटान, चीन, म्यानमार र थाइल्यान्डबीच प्रतिस्पर्धा हुँदैछ। राउन्ड रोबिनको आधारमा हुने प्रतिस्पर्धाबाट ३ टिम दोस्रो चरणको छनोटमा छानिनेछन्।
यसअघि नेपालले गत महिना मलेसियामा नै एसिया कपको छनोट खेलेको थियो। तर नेपालले सोचे अनुरुप प्रदर्शन गर्न नसक्दा एसिया कपमा छनोट हुन सकेन। नेपालले औसत प्रदर्शन गर्न समेत सकेको थिएन। उक्त प्रतियोगिताबाट धेरै सिकेकाले टी–२० छनोटमा केहि सहज हुने टमाटाको भनाइ छ। तर उनले कुनै प्रतिद्वन्द्वीलाई कमजोर नआँक्ने बताए। ‘मलेसियाको विकेटबारे हामी जानकार छौं। यसले हामीलाई फाइदा पुग्छ,’ उनले भने,’ हाम्रो एक मात्र उद्देश्य दोस्रो चरण पुग्नु हो। त्यसलै हामी आफ्नो शतप्रतिशत दिनेछौं।’
यसअघि एसियाको पश्चिम क्षेत्रीय छनोटबाट ३ टिमले दोस्रो चरणमा स्थान पक्का गरिसकेका छन्। एसिया पश्चिम क्षेत्रबाट यूएई, कतार र कुवेतले अन्तिम दोस्रो चरणमा स्थान बनाएका थिए। दोस्रो चरणमा यूएई, कतार र कुवेतसँगै पूर्व क्षेत्रबाट छनोट हुने ३ टिमसहित ६ टिमबीच प्रतिस्पर्धा हुनेछ। तेस्रो चरणमा विश्वभरबाट छानिएका १४ टिमबीच प्रतिस्पर्धा हुनेछ। १४ मध्ये ६ टिम टी–२० विश्वकप २०२० का लागि छनोट हुनेछन्।
पहिलो चरणको छनोटमा नेपालको खेल
असोज १७– नेपाल भर्सेस म्यानमार– किनरारा ओभल
असोज २०– नेपाल भर्सेस मलेसिया– किनरारा ओभल
असोज २१– नेपाल भर्सेस थाइल्यान्ड– किनरारा ओभल
असोज २३ – नेपाल भर्सेस भुटान– बायुमास ओभल
असोज २४– नेपाल भर्सेस चीन– किनरारा ओभल
असोज २६– नेपाल भर्सेस सिंगापुर– किनरारा ओभल
Comments
अरु समाचार
-
फिफा विश्वकप: सर्वाधिक गोलको रेकर्ड मेस्सीको नाममा, अष्ट्रियालाई हराउन दुई गोल निर्णायक
काठमाडौं । अर्जेन्टिनाका कप्तान Lionel Messi ले फिफा विश्वकप इतिहासमा सर्वाधिक गोल गर्ने खेलाडीको कीर्तिमान आफ्नो नाममा दर्ज गरेका...
-
विश्वकप फुटबल: नेदरल्यान्ड्सले स्वीडेनलाई हरायो, कुराकाओ र इक्वेडरले खेले बराबरी
काठमाडौं। फिफा विश्वकप फुटबलमा गए राति भएका खेलमा जर्मनी र नेदरल्यान्ड्सले जित निकालेका छन् । आइभरी कोस्टलाई २–१ ले पराजित...
-
फिफा विश्वकप: हाइटीलाई ३ गोलले पराजित गर्दै ब्राजिल शीर्ष स्थानमा
काठमाडौं । फिफा विश्वकप फुटबलमा ब्राजिलले हैटीलाई ३ गोलले हराएको छ । ब्राजिलले खेलको पहिलो हाफमा नै तीन गोल गर्यो...
-
फिफा विश्वकप फुटबल २०२६: स्कटल्याण्डलाई मोरक्कोले १–० ले हरायो
काठमाडौँ– फिफा विश्वकप फुटबल २०२६ मा समूह सी को मोरक्कोले पहिलो जित निकालेको छ । शनिबार बिहान बोस्टन स्टेडियममा...
-
चेक रिपब्लिक र दक्षिण अफ्रिकाले बराबरी खेले, क्यानडा र स्वीजरल्याण्डको जीत
काठमाण्डौ । विश्वकप फुटबलमा क्यानडाले समूह बी को दोस्रो खेलमा ऐतिहासिक जित निकालेको छ । क्यानडाले कतारलाई ६–० ले हरायो...
-
प्रतिनिधिसभा बैठक आज पनि, बजेटबारे सम्बन्धित मन्त्रीको जवाफ
काठमाडौँ– संघीय संसद अन्तर्गत प्रतिनिधिसभा बैठक आज पनि बस्दैछ । बैठक बिहान ११ बजे सिंहदरबारमा बस्ने संसद सचिवालयले जनाएको छ...
-
फिफा विश्वकप २०२६: पोर्चुगल र डिआर कंगो १-१ को बराबरीमा
काठमाडौँ । फिफा विश्वकप २०२६ अन्तर्गत समूह 'के' को खेलमा कंगो डीआरले पोर्चुगललाई १-१ को बराबरीमा रोक्दै ऐतिहासिक उपलब्धि हासिल...
-
अर्जेन्टिनाका मेस्सीले गरे ह्याट्रिक, उनका फ्यानहरू उत्साहित
काठमाडौं । लियोनेल मेस्सीको लगातारको उत्कृष्ट प्रदर्शन र कीर्तिमानी ह्याट्रिकका कारण उनका फ्यानहरू निकै उत्साहित भएका छन् । उनको यो...
-
विश्वकप फुटबलमा फ्रान्सको विजयी शुरुआत, एम्बाप्पेले गरे दुई गोल
काठमाण्डौ - फिफा विश्वकप फुटबलमा फ्रान्सले विजयी शुरुआत गरेको छ । न्यूयोर्कको न्युजर्सी स्टेडियममा गए राति सम्पन्न खेलमा फ्रान्सले सेनेगललाई...











