बीआरआईले हिमालय क्षेत्रमा पूर्वाधार निर्माणमा सघाउँछः प्रचण्ड
काठमाडौं ३, असोज। नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बेल्ट एण्ड रोड इनिसियटिभ -बीआरआई)ले हिमालय क्षेत्रमा पूर्वाधार निर्माणमा सघाउने विश्वास व्यक्त गरेका छन् । साथै बीआरआई पूर्वी, मध्य र पश्चिमी नेपाललाई यातायात, ऊर्जा संयन्त्र, सेवा तथा वाणिज्यको अप्ठयारो हटाएर चीनसँग जोड्न मद्दत पुग्ने प्रचण्डको विश्वास छ ।
चीनको नानजिङ्गमा आयोजित अन्तर्राष्ट्रिय शान्ति दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले यातायातमा सुधार तथा कनेक्टीभिटीले एकीकृत बजारका लागि सहयोग गर्नेछ र व्यापार तथा वाणिज्य विस्तार गर्न लाभ हुने बताए । प्रचण्डले भने, ‘हामी विश्वास गर्छौं कि यस्तो कनेक्टीभिटीले उत्पादकत्वमा वृद्धि ल्याउनेछ र प्रविधिको स्तरोन्ती अनि साझा समृद्धि हासिल गर्न दुवै देशका जनताका लागि रोजगारी सिर्जना गर्नेछ ।’
मानवजातिका लागि साझा भविश्य निर्माण गर्न चीनले गर्दै आएको शान्तिका पक्षमा निरन्तर वकालत, समावेशी विकास र वीन-वीन सहयोग साझा समृद्धिको अवधारणा भन्दै प्रचण्डले यसबाट असुरक्षा र अस्थिरतालाई जन्म दिने उग्रवादी शक्तिलाई निरुत्साहित गर्न सहयोग पुग्ने विश्वाससमेत व्यक्त गरे । उनले विश्वको दीगो शान्ति र सुरक्षा तथा मानव जातिका लागि साझा भविश्य निर्माणका लागि मिलेर काम गर्न आह्वानसमेत गरे ।
अन्तर्राष्ट्रिय शान्ति दिवसको अवसरमा आयोजित कार्यक्रममा सहभागी हुन प्रचण्ड गत भदौ ३० गते चीन गएका थिए । उनी बुधबार साँझ स्वदेश फर्किँदै छन् ।
Comments
अरु समाचार
-
आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमयदर
काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको...
-
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलोपटक ‘फ्लाई दुबई विमान’अवतरण, गरियो भव्य स्वागत
काठमाडौं । पहिलो पटक पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएको 'फ्लाई दुबई विमान' लाई भव्य स्वागत गरिएको छ । असोज ७...
-
फेसबुक र इन्स्टाग्राममा ठगीविरुद्ध मेटाको अभियान, ३७ लाखभन्दा बढीमाथि कारबाही
सिङ्गापुर । सामाजिक सञ्जाल कम्पनी मेटाले सिंगापुर प्रहरीबाट प्राप्त सूचनाका आधारमा यस वर्ष अहिलेसम्म ठगीसँग सम्बन्धित ३७ लाखभन्दा बढी अकाउन्ट,...
-
बाढी पीडितलाई विद्युत महसुलमा राहत, न्यूनतम बिलिङदेखि निःशुल्क मिटरसमेत
काठमाडौं। सरकारले बहालवाला सुरक्षाकर्मीहरूलाई जलविद्युत् आयोजनाको प्राथमिक शेयर (आईपीओ) मा २ प्रतिशत सहभागिता सुनिश्चित गर्ने कानुनी व्यवस्था मिलाउन प्रक्रिया अघि...
-
भृकुटीमण्डपमा ‘यामाहा ब्लु फेस्ट’: १० लाखसम्म क्यासब्याकदेखि अन–द–स्पट फाइनान्सिङसम्म
काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा यही असोज १० गते शनिबारसम्म यामाहाको ‘ब्लु फेस्ट’ सञ्चालन हुँदैछ। नेपालका लागि आधिकारिक वितरक MDW राइड्स...
-
पासपोर्ट छपाइका लागि भएको ठेक्कापट्टा कानुनसम्मत: सर्वोच्च अदालत
काठमाडौं । राहदानी विभागबाट पासपोर्ट छपाइका लागि भएको ठेक्कापट्टा कानुनसम्मत रहेको सर्वोच्च अदालतले ठहर गरेको छ । न्यायाधीशहरू कुमार रेग्मी...
-
आज किन स्थगित गरियो नियमित सेयर कारोबार ?
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले आज (सोमबार) को नियमित सेयर कारोबार स्थगित गरेको छ । नेप्सेका अनुसार ७२...
-
‘आरोहणको तयारी गर्दैगर्दा हिम पहिरो गएको त्यो क्षण’
गोरखा । मनास्लु हिमालको तेस्रो शिविरमा गएको हिमपहिरोमा परी दुई जनाको मृत्यु भएको घटना यस वर्षको आरोहण सिजनमा हिमाली पर्यटनको...
-
आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमयदर
काठमाडौँ। नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर...












