उपराष्ट्रपति पुनले भेटे चीनका उपप्रधानमन्त्री, तातोपानी नाका सञ्चालन गर्न जोड
काठमाडाैँ ४,असोज । चीनको औपचारिक भ्रमणमा रहेका उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’सँग चीनका उपप्रधानमन्त्री हु छुन्ह्वाले शिष्टाचार भेट गरेका छन्। उपराष्ट्रपतिसँग चीनका उपप्रधानमन्त्री हुले सरकारी अतिथि गृहमा करिब एक घण्टा लामो शिष्टाचार भेट गरेको उपराष्ट्रपतिका प्रेस संयोजक मनोज घर्तीमगरले जानकारी दिए।
चीनका उपप्रधानमन्त्रीसँगको भेटमा उपराष्ट्रपतिले नेपाल चीन सम्बन्ध सगरमाथा जत्तिकै उचो नङ र मासु जस्तो छुट्टिनै नमिल्ने खालको बनिसकेको बताए। उनले १९५५ मा औपचारिक सम्बन्ध बने पनि नेपाल चीनबीच सदियाँैदेखि सांस्कृतिक एवम् विविध सम्बन्ध रहेको चर्चा गरे। पुनले दुई देशबीचको सम्बन्ध जनस्तरसम्मै प्रगाढ रहेको उल्लेख गरे।
उपराष्ट्रपतिले नेपालका प्रधानमन्त्रीहरुको भ्रमणको क्रममा भएका व्यापार तथा पारवहान संझौता र चीनले अगाडि सारेको बेल्ट एण्ड रोड एनिसियटिभ (बिआरआई)मा भएको हस्ताक्षर नेपालका लागि विशेष रहेको बताए। पुनले चिनियाँ बन्दरगाहा प्रयोग सम्बन्धी संझौतामा चाँडै हस्ताक्षर हुनुपर्ने उल्लेख गर्नुहुँदै त्यसमा हस्ताक्षर भएपछि नेपाल भूपरिवेष्ठित मुलुक नरहने बताए।
उपराष्ट्रपतिले नेपाल एक चीन नीतिप्रति सदैव प्रतिबद्ध रहेको उल्लेख गर्नुहुँदै नेपाली भूमी चीन विरुद्ध गतिविधि गर्न नदिने प्रतिबद्धता व्यक्त गरे। ल्हासा काठमाडौं रेल परियोजनालाई अगाडि बढाउनुपर्नेमा जोड दिँदै ल्हासा, काठमाडौं, लुम्बीनी रेलमार्ग बनेमा चीनलाई भारत हुँदै दक्षिण एशियालाई जोड्न सकिने र त्यसबाट चीनलाई नै बढी लाभ हुने बताए।
भेटमा उपराष्ट्रतिले अवरुद्ध तातोपानी नाका सञ्चालमा जोड दिुँदै केरुङ नाकाको स्तरोन्नती, ओलाङचुङगोला लगायतका नाका सञ्चालनमा गर्नुपर्ने बताएका थिए।
उपराष्ट्रपतिसँगको भेटमा चीनका उपप्रधानमन्त्री हुले नेपाल चीनका घनिष्ठ र साझेदारी देश भएको बताए। उनले नयाँ युगमा चीन नेपाल सम्बन्धलाई नयाँ उचाईमा उठाउनुपर्ने बताए। हुले बेल्ट एण्ड रोड एनिसियटिभको कार्यक्रम मार्फत नेपालसँगको परम्परागत सम्बन्धलाई चीनले नयाँ उचाईमा उठाउन चाहेको बताए।
१७ औं पश्चिम चीन अन्तर्राष्ट्रिय मेलामा भाग लिन उपराष्ट्रपति बुधबार छेन्दु पुगेका हुन्। पुनले बिहीबार मेलाको उद्घाटन समारोहलाई संबोधन गर्नेछन्।
Comments
अरु समाचार
-
पशुपति क्षेत्र विकास र नेपाल एयरलाइन्समा भनेको नियुक्ति दिलाउने सर्तमा पर्यटन सचिव बने मुकुन्द निराैला
काठमाडाैं । सोमबारको मन्त्रिपरिषद् बैठकले सरुवा गरेका सचिव मुकुन्द प्रसाद निरौलाले प्रधानमन्त्री सुशीला कार्कीको स्वकिय सचिव आदर्श श्रेष्ठको काम फत्ते...
-
एमालेले एघारौं महाधिवेशनको उदघाटनसत्रमा १० हजार स्वयंसेवक परिचालन गर्ने !
काठमाडौं । नेकपा एमालेले काठमाडौंमा आगामी मंसिर २७ गतेबाट गर्न लागेको एघारौं राष्ट्रिय महाधिवेशनको उदघाटनसत्रमा १० हजार स्वयंसेवक परिचालन गर्ने...
-
रुसी राष्ट्रपति पुटिन दुई दिने राजकीय भ्रमणमा भारत आउँदै, यस्तो छ २८ घण्टे भ्रमण तालिका !
काठमाडौं । रूसका राष्ट्रपति भ्लादिमिर पुटिन दुई दिने भ्रमणका लागि आज भारत भ्रमणमा आउँदै छन् । भारतीय सञ्चारमाध्यमहरूका अनुसार...
-
कुनै पनि दल ‘चोखो र जनउत्तरदायी’ छैनन् हामी कसैसँग गठबन्धन गर्दैनाैः हर्क साम्पाङ
काठमाडाैं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका नगरप्रमुख हर्कराज राई (साम्पाङ)ले आगामी चुनावमा आफ्नो दलले कुनै पनि राजनीतिक...
-
प्रतिनिधिसभा विघटन विरुद्धको रिटमा सुनुवाइका लागि पेसी तोकियो !
काठमाडौं । नेकपा एमालेले सर्वाेच्च अदालतमा दायर गरेको प्रतिनिधि सभा विघटन विरूद्धकाे रिटमा आज बुधबार संवैधानिक इजलासमा सुनुवाइ हुने भएको...
-
मुख्यमन्त्री नै अनुपस्थित भएपछि मधेश प्रदेशसभा दिउँसो २ बजेसम्मकाे लागि स्थगित !
काठमाडौं । मधेस प्रदेश सभाको बैठक दुई बजेसम्मका लागि स्थगित भएको छ। साढे १० बजे शुरू भएको बैठकमा सरकारका प्रतिनिधि...
-
मधेस प्रदेशको सरकारसम्बन्धि सर्वोच्च अदालतको फैसलाप्रति ओलीको असन्तुष्टि
काठमाडाैं । नेकपा एमालेका अध्यक्ष एवं निःवर्तमान प्रधानमन्त्री केपी ओलीले मधेस प्रदेशको सरकारसम्बन्धि सर्वोच्च अदालतको फैसलाप्रति असन्तुष्टि व्यक्त गरेका छन्...
-
मधेस प्रदेशका मुख्यमन्त्रीलाई २४ घण्टाभित्र विश्वासको मत लिन परमादेश
काठमाडौं । सर्वोच्च अदालतले मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवलाई नेपालको संविधानअनुसार २४ घण्टाभित्र विश्वासको मत लिन परमादेश जारी गरेको छ...
-
कांग्रेसको १५औं महाधिवेशन पुस २६-२८ मा गर्ने निर्णय !
काठमाडौं । नेपाली कांग्रेसले आगामी पुस २६ देखि २८ सम्म १५ औं महाधिवेशन गर्ने सर्वसम्मत निर्णय गरेको छ । सानेपामा...












