विश्व बैंकको अनुसार सन् २०३० सम्ममा विश्वबाट निरपेक्ष गरिबी हटाउन कठिन
काठमाडौं ४, असोज। विश्व बैंकले सन् २०३० सम्ममा विश्वबाट निरपेक्ष गरिबी हटाउन कठिन रहेको जनाएको छ। संसरामै गरिबी उन्मूलन दर कमजोर देखिएको भन्दै बहुपक्षीय दातृ निकायले गरिबी हटाउन गरिब केन्द्रित लगानी बढाउनुपर्ने आवश्यकता औंल्याएको छ।
सन् २०१५ मा विश्वमा निरपेक्ष गरिबीको अनुपात १० प्रतिशतमा झरेको छ। यो दर २०१३ मा ११ प्रतिशत थियो। विश्व बैंकले यसलाई स्थिर र धिमा गति भनेको छ। यो अवधिमा दैनिक १.९ अमेरिकी डलरभन्दा कम खर्चसहित बाँचिरहेका मानिसहरुको संख्या ६ करोड ८० लाखले घटेर ७३ करोड ६० लाखमा आइपुगेको जनाएको छ। विश्व बैंकले यसअघि सार्वजनिक गरेको सुरुवाती प्रक्षेपणमा २०१८ सम्ममा ८.६ प्रतिशत निरपेक्ष गरिबी रहने जनाएको थियो।
‘पछिल्लो २५ वर्षभन्दा धेरै अवधिमा एक अर्ब भन्दा धेरै मानिसहरु निरपेक्ष गरिबीको रेखाबाट माथि उठेका छन्, र विश्वव्यापी गरिबीको दर ऐतिहासिक कम विन्दूमा आइपुगेको छ। मानव विकासमा हाम्रो समयकै ठुलो उपबल्धीमध्येको एक हो,’ विश्व बैंक समूहका अध्यक्ष जिम योङ किमले भनेका छन्, ‘यदि हाम २०३० भित्रमा गरिबी अन्त्य गर्न गइरहेका छौँ भने हामीले मानव पुँजी विकासमा अझै धेरै लगानी गर्नुपर्नेछ। समानुपातिक विकास र गरिबसम्म पुग्ने कार्यक्रममा हाम्रो लगानी हुनुपर्नेछ।’ गरिबी निवारणमा प्रगति भए पनि न्यून आय भएका मुलुकको अवस्था अझै भयावह रहेको विश्व बैंकले उल्लेख गरेको छ। द्वन्द्व र राजनीतिक अस्थिरता रहेका मुलुक यसबाट धेरै चपेटामा पर्न सक्ने उसले चेतावनी दिएको छ। विश्व बैंकले यस सम्बन्धमा गरेको अध्ययन प्रतिवेदन अक्टोबर १७ मा सार्वजनिक हुँदैछ।
विश्वका आधा देशमा गरिबीको दर३ प्रतिशत भन्दा कम रहेको विश्व बैंकले जनाएको छ। तर प्रतिवदेनमा निरपेक्ष गरिबी ३ प्रतिशतभन्दा कममा झार्ने लक्ष्य तोकिएको अवधिमा पुरा गर्नेमा भने विश्वले लक्ष्य भेट्न कठिन रहेको उल्लेख गरिएको छ। सन् १९९० देखि २०१५ सम्मको २५ वर्षमा निरपेक्ष गरिबी वार्षिक औषत करिब १ प्रतिशतले घटेको प्रतिवेदनमा जनाइएको छ। यो अवधिमा निरपेक्ष गरिबी ३६ प्रतिशतबाट १० मा झरेको विश्व बैंकले जनाएको छ। तर २०१३ देखि २०१५ मा भने जम्मा १ प्रतिशतले मात्रै गरिबी घटेको प्रतिवेदनमा उल्लेख छ।
विश्व बैंकले सब-सहारान अफ्रिका रिजन (उप-सहारा अफ्रिका क्षेत्र)मा २०३० सम्ममा पनि गरिबीको दर दोहोरो अंकमा नै हुने प्रक्षेपण गरेको छ। द्वन्द्वरत र न्यून विकासित देशमा यस्तो अवस्था कायमै रहने जोखिम रहेको उसले जनाएको छ।
Comments
अरु समाचार
-
भूमिहीन सुकुमवासी तथा अव्यवस्थित बसोवासीले बुटवलमा गरे प्रदर्शन
बुटवल । बुटवलमा भूमिहीन सुकुमवासी तथा अव्यवस्थित बसोवासीले बुटवलमा प्रदर्शन गरेका छन् । नेपाल भूमिहीन सुकुमवासी तथा अव्यवस्थित बसोवासी संघर्ष...
-
समस्याग्रस्त सहकारीका ठूला ऋणीहरूको नाम सार्वजनिक गर्न सुरु
काठमाडौं । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले समस्याग्रस्त सहकारीका ठूला ऋणीहरूको नाम सार्वजनिक गर्न सुरु गरेको छ । समितिका अनुसार, बुधबार...
-
काँकरभिट्टा नाकाबाट १६ अर्ब ८१ करोडको पेट्रोलियम पदार्थ आयात
भद्रपुर (झापा) । चालु आर्थिक वर्ष २०८२/८३ को चैत मसान्तसम्म पूर्वीनाका काँकरभिट्टाबाट रु १६ अर्ब ८१ करोड ३६ लाख ३०...
-
आजदेखि उपत्यकाका बागमती र सहायक नदी किनारका जोखिमयुक्त बस्ती स्थानान्तरण
काठमाडौं । सरकारले दोस्रो चरणअन्तर्गत आजदेखि काठमाडौं उपत्यकाका वाग्मती तथा सहायक नदी किनारमा रहेका जोखिमयुक्त बस्ती स्थानान्तरण गर्ने भएको छ...
-
काठमाडौंस्थित नदी किनारका जोखिमयुक्त र अतिक्रमित थप बस्ती हटाउने क्रम शुरु
काठमाडौं । काठमाण्डौका नदी किनारका जोखिमयुक्त र अतिक्रमित थप बस्ती हटाउने क्रम आज आज (शुक्रबार) देखि शुरु भएको छ ।...
-
आयोगलाई राष्ट्रपति, प्रधानमन्त्रीदेखि निजी सचिवसम्मको सम्पति छानबिन गर्ने बाटो खुल्यो
काठमाडौं । सम्पति छानबिन आयोगले राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्रीदेखि निजी सचिवसम्मको सम्पति छानबिनको काम अघि बढाउने बाटो खुलेको छ । गत...
-
ढुक्क हुनुस्, सुकुम्बासीलाई चाँडै जग्गा वितरण गर्छौं : प्रधानमन्त्री शाह
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले वास्तविक सुकुम्बासी बस्तीका समस्या आफू नेतृत्वको सरकारले नै समाधान गर्ने भन्दै ढुक्क रहन आश्वासन दिएका...
-
नेप्से झन्डै दुई अंकले बढ्दा पाँच अर्ब २७ करोडको सेयर किनबेच
काठमाडौं । साताको अन्तिम कारोबार दिन आज शुक्रबार नेप्सेमा झिनो अंकले सुधार आएको छ । अघिल्लो दिन १७ दशमलव शुन्य...
-
कच्चा पदार्थको अभावमा हेटौँडा सिमेन्ट उद्योग बन्द
बागमती । लामो समयदेखि आर्थिक सङ्कट व्यहोर्दै आएको हेटौँडा सिमेन्ट उद्योग कच्चा पदार्थ अभावमा बन्द भएको छ । गत महिना...












