साताको सेयर बजारः २ अर्ब ६२ करोडको कारोबार
काठमाडौं ५, असोज । सेयर कारोबार यो साता हृवात्तै बढेको छ । अघिल्लो साताको तुलनामा यो साता ५२ करोड रुपैयाँ बढी सेयर कारोबार भएको हो ।
भदौको अन्तिम एक दिन आइतबार र असोज महिनाको तीन दिन (सोमबारदेखि बिहीबार) सम्म सेयर बजारमा दुई अर्ब ६२ करोड ५० लाख १४ हजार रुपैयाँ सेयर कारोबार भएको नेपाल स्टक एक्सचेञ्जले जनाएको छ । तीन गते बुधबार भने संविधान दिवस परेकाले सेयर कारोबार बन्द भएको थियो । कारोबार रकम गत साताको भन्दा २४.९१ प्रतिशत बढी हो ।
गत साता १ सय ८६ कम्पनीहरुको कारोबार भएको थियो । जसअनुसार २३ हजार ६ सय ११ कारोबारबाट दुई अर्ब १० करोड १५ लाख ६५ हजार रुपैयाँ बराबरका एक करोड दुई लाख ५५ हजार छत सय ८० कित्ता सेयरहरु खरिद बिक्री भएका थिए ।
नेप्सेका अनुसार यस साता १ सय ८९ कम्पनीहरुको २७ हजार ७ सय कारोबारबाट ९० लाख ७० हजार सात सय ७० कित्ता सेयरहरु खरिद बिक्री भएका छन् ।
एनएमबी बैंकको कारोबार उच्च
यस साता कारोबार रकमका आधारमा एनएमबी बैंक अग्रस्थानमा देखिएको छ । सातामा एनएमबी बैंकको १९ करोड ९० लाख ५० हजार रुपैयाँको सेयर कारोबार भएको छ ।
यसैगरी कारोबार भएको सेयर संख्या र कारोबार संख्याका आधारमा समेत यस साता एनएमबी बैंक नै देखिएको छ । सातामा ५ लाख ५३ हजार कित्ता सेयर एनएमबीको मात्रै किनबेच भएको छ भने १ हजार ४ सय ५७ वटा कारोबार एनएमबी कै भएको छ ।
कारोबार रकमका आधारमा एनआइसी एसिया बैंक लिमिटेड दोस्रो स्थानमा देखिएको छ । एनआइसी एसियाको यस साता १२ करोड १२ लाख ९० हजार रुपैयाँको सेयर किनबेच भएका छन् ।
कारोबार रकमकै आधारमा तेस्रो स्थानमा देखिएको सानीमा माई हाइड्रोपवर कम्पनीको भने १० करोड रुपैयाँ बढीको सेयर किनबेच भएका छन् ।
नेपाल बैंक लिमिटेड र प्रभु बैंक लिमिटेड यस साता कारोबार रकमका आधारमा क्रमशः चौथो र पाँचौ स्थानमा देखिएका छन् । सातामा नेपाल बैंकको ९ करोड ५० लाख रुपैयाँ बढीको सेयर कारोबार भएको छ भने प्रभु बैंकको ९ करोड ३६ लाख रुपैयाँ बढीको सेयर कारोबार भएको छ ।
यस साता नेपाल स्टक एक्सचेन्जको कारोबार कक्ष नियमित कारोबारका लागि चार दिन खुला रहेको थियो । यस साता पनि ऋणपत्रतर्फ संस्थागत तथा सरकारी ऋणपत्रहरुको कुनै पनि कारोबार हुन सकेन ।
२४ लाख कित्ता सेयर सूचिकृत
यस साता एउटा कम्पनीको मात्रै सेयर सूचीकरण भएको छ । साताभरमा देव विकास बैंकको वोनस सेयर मात्रै सूचीकरण गरिएको नेप्सेले जनाएको छ ।
नेप्सले दिएको जानकारी अनुसार देवः विकास बैंकको २४ लाख ७० हजार ९ सय २३ दशमलव ४१ कित्ता वोन सेयर सूचीकृत भएको छ ।
Comments
अरु समाचार
-
आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमयदर
काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको...
-
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलोपटक ‘फ्लाई दुबई विमान’अवतरण, गरियो भव्य स्वागत
काठमाडौं । पहिलो पटक पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएको 'फ्लाई दुबई विमान' लाई भव्य स्वागत गरिएको छ । असोज ७...
-
फेसबुक र इन्स्टाग्राममा ठगीविरुद्ध मेटाको अभियान, ३७ लाखभन्दा बढीमाथि कारबाही
सिङ्गापुर । सामाजिक सञ्जाल कम्पनी मेटाले सिंगापुर प्रहरीबाट प्राप्त सूचनाका आधारमा यस वर्ष अहिलेसम्म ठगीसँग सम्बन्धित ३७ लाखभन्दा बढी अकाउन्ट,...
-
बाढी पीडितलाई विद्युत महसुलमा राहत, न्यूनतम बिलिङदेखि निःशुल्क मिटरसमेत
काठमाडौं। सरकारले बहालवाला सुरक्षाकर्मीहरूलाई जलविद्युत् आयोजनाको प्राथमिक शेयर (आईपीओ) मा २ प्रतिशत सहभागिता सुनिश्चित गर्ने कानुनी व्यवस्था मिलाउन प्रक्रिया अघि...
-
भृकुटीमण्डपमा ‘यामाहा ब्लु फेस्ट’: १० लाखसम्म क्यासब्याकदेखि अन–द–स्पट फाइनान्सिङसम्म
काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा यही असोज १० गते शनिबारसम्म यामाहाको ‘ब्लु फेस्ट’ सञ्चालन हुँदैछ। नेपालका लागि आधिकारिक वितरक MDW राइड्स...
-
पासपोर्ट छपाइका लागि भएको ठेक्कापट्टा कानुनसम्मत: सर्वोच्च अदालत
काठमाडौं । राहदानी विभागबाट पासपोर्ट छपाइका लागि भएको ठेक्कापट्टा कानुनसम्मत रहेको सर्वोच्च अदालतले ठहर गरेको छ । न्यायाधीशहरू कुमार रेग्मी...
-
आज किन स्थगित गरियो नियमित सेयर कारोबार ?
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले आज (सोमबार) को नियमित सेयर कारोबार स्थगित गरेको छ । नेप्सेका अनुसार ७२...
-
‘आरोहणको तयारी गर्दैगर्दा हिम पहिरो गएको त्यो क्षण’
गोरखा । मनास्लु हिमालको तेस्रो शिविरमा गएको हिमपहिरोमा परी दुई जनाको मृत्यु भएको घटना यस वर्षको आरोहण सिजनमा हिमाली पर्यटनको...
-
आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमयदर
काठमाडौँ। नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर...












