साउदी अरबले गर्यो एक्जिट प्रमिट नबिकरणमा तीन गुणा शुल्क वृद्धि ,नेपाली कामदार मारमा
काठमाडाैँ ५,असोज । साउदी अरबको सरकारले गरेको पछिल्लो निर्णयले नेपली कामदार समस्यामा पर्ने भएका छन। साउदीले यस कामदारको करार अवधि सकिएपछि बस्न पाउने अधिकार (एक्जिट प्रमिट) पत्र नबिकरण शुल्क तीन गुणाले वृद्धि गरेपछि नेपाली कामदार समस्यामा पर्ने देखिएको हो।
नयाँ निर्णय अनुसार नेपाली कामदारले थप समय बस्नका लागि ७ हजार रियाल अर्थात् लगभग २ लाख २० हजार ५ सय रुपैयाँ तिर्नुपर्ने भएको छ। यस अघि २ हजार ३ सय रियाल अर्थात् करिब ७२ हजार ४ सय ५० रुपैयाँ तिर्दा एक्जिट प्रमिट नबिकरण हुन्थ्यो।
कामदारले २२ महिना काम गरेर फर्कदा कुनै रकम तिर्न नपर्ने तर समय थप्दा थप बस्न अनुमति पत्र लिनुपर्ने र त्यसका लागि एक्जिट प्रमिट नबिकरण गर्नुपर्ने हुन्छ। नेपाली कामदारले समय थप गर्दा सामान्यतया समबन्धित कम्पनीले नै एक्जिट प्रमिट नबिकरण गरिदिने हुँदा त्यसले नेपाली कामदारलाइ केहि सहज छ तर कुनै कम्पनीले थप गर्न चाहेन भने नेपाली कामदारले नै त्यो शुल्क तिर्नुपर्ने हुन्छ।
एक्जिट प्रमिट नबिकरण शुल्क वृद्धिले करिब ३८ हजार नेपाली कामदार प्रभावित भएका छन। गत आर्थिक बर्ष २०७४/७५ मा ३८ हजार ६ सय ८० जना नेपाली गएका छन्। यो संख्या अघिल्लो वर्ष २०७३/७४ को भन्दा ११ दशमलब ३ प्रतिशत कम हो। नेपालमा आउने कूल रेमिट्यान्सको २० प्रतिशतभन्दा बढी हिस्सा साउदीको छ।
साउदीमा काम गर्ने नेपालीलाई एक्जिम प्रमिटले बेला बेला दुख दिने गरेको छ। रोजगारीका लागि साउदी जाने नेपाली कामदारको पारिश्रमिक ६ वर्ष पछि पुनरावलोकन गरेको सरकारले एक्जिम प्रमिटबारे ठोस नीतिगत व्यवस्था नगर्दा सम्म यसले नेपाली कामदार मारमा पर्ने एक म्यानपावर व्यवसायीको भनाई छ।
नीतिगत बिषय म्यानपावर व्यवसायीको हातमा नहुने भन्दै नेपाल सरकारले नै साउदी सरकारसंग मिलेर यसप्रकारका समस्या समधान गर्नुपर्ने उनको भनाई छ। ‘एक्जिट प्रमिट शुल्क मिनाहाका लागि सरकारी निकायहरुबाटै पहल हुनुपर्छ’ उनले भने।
Comments
अरु समाचार
-
बारबराका सन्दुककी भतिजी तथा नेपोकिड यांकीलाई वालेन्द्रको उपहार ‘लगानी बोर्डको सीईओ’
लगानी बोर्डको सीईओमा नियुक्त भएकी यांकी उक्याब सन्दुक रुइतको भतिजी रहेको पाइएको छ। तत्कालीन समयमा महाकालीको अञ्चलाधिश नै बनेका जोन...
-
आजदेखि साबिककै अनुसार १४.२ किलो तौल भएको ग्यास सिलिन्डर प्रयोगमा ल्याइँदै
काठमाडौं । नेपाल आयल निगमले आजदेखि बजारमा खाना पकाउने ग्यासको भरी सिलिन्डर पठाउने भएको छ । निगमले साबिककै अनुसार १४.२...
-
मुलुकका ४४ जिल्लामा बाढीको जोखिम, साना नदीमा आकस्मिक बाढीको सम्भावना
काठमाडौँ। यतिबेला मुलुकका ४४ जिल्लामा आकस्मिक बाढीको मध्यमदेखि उच्च जोखिम रहेको छ ।जल तथा मौसम विज्ञान विभागले पाँचथर, इलाम, झापा,...
-
मन्त्रीपरिषद् बैठकका पाँच महत्त्वपूर्ण निर्णय, वायुसेवा निगमको कार्यकारी अध्यक्षमा महेश्वरभक्त श्रेष्ठ नियुक्त
काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय सिंहदरबारमा मंगलबार बसेको मन्त्रीपरिषद् बैठकले पाँच महत्वपूर्ण निर्णय गरेको छ । यसैक्रममा बैडकले बीउबिजनसम्बन्धी...
-
बैंकर ज्योति पाण्डेलाई मातृशोक
काठमाडौं। नेपाल इन्भेष्टमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योतिप्रकाश पाण्डे र शिखर इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत दीपप्रकाश पाण्डेलाई मातृशोक परेको छ।...
-
पुनः प्रयोगयोग्य रकेट परीक्षणमा चीन सफल, अन्तरिक्ष दौडमा नयाँ उपलब्धि
काठमाडौं । चीनले पुनः प्रयोग गर्न मिल्ने रकेटको सफल अवतरण गर्दै अन्तरिक्ष प्रविधिमा नयाँ उपलब्धि हासिल गरेको छ। चाइना एरोस्पेस...
-
‘बिपी राजमार्ग अवरुद्ध भए ३० मिनेटभित्र सञ्चालन गर्ने आवश्यक तयारी’
काभ्रेपलाञ्चोक । बाढीपहिरोबाट क्षतिग्रस्त भई पुनर्निर्माण भइरहेको बिपी राजमार्गको काभ्रेपलाञ्चोक–सिन्धुली खण्ड वर्षायाममा पनि सहज सञ्चालन गर्ने तयारी गरिएको छ। डिभिजन...
-
टेलिकम बिलिङ प्रणाली ठेक्का प्रकरण : विशेष अदालतद्वारा सबै आरोपितलाई सफाइ
काठमाडौं । विशेष अदालतले नेपाल टेलिकमको बिलिङ प्रणाली ठेक्का प्रक्रियासम्बन्धी भ्रष्टाचार मुद्दामा सबै आरोपितलाई सफाइ दिएको छ। अदालतले नेपाल टेलिकमका...
-
दिपक भट्टसँग जोडिएपछि देउवाका छोरा जय विरलाई बयानका लागि बोलायो विभागले
काठमाडौं । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले जयवीर सिंह देउवालाई बयानका लागि बोलाएको छ । विभागले दिपक भट्ट र सुलभ अग्रवालसँग...












