विमानस्थल सेवा शुल्क बक्यौता : एयर एसियालाई अन्तिम मौका
काठमाडाैँ ५,असोज । मलेसियन एयर कम्पनी एयर एसियालाई विमानस्थल सेवा शुल्क वापतको बक्यौता चुक्ता गर्न अन्तिम एक पटक मौका दिइएको छ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले एयर एसियालाई बाँकी रहेका बक्यौता चुक्ता गर्न असोज ९ गते मंगलबारसम्मको समय दिएको छ।
एयर एसियालाई सावाँ रमक मात्रै भए पनि चुक्ता गर्न अन्तिम पटक मंगलबारसम्मको समय दिइएको कार्यालयका प्रमुख राजकुमार क्षेत्रीले बताए।
एयर एसियाले विमानस्थल कार्यालयलाई साँवा रकममा पनि अझै ५ करोड रुपैयाँ तिर्न बाँकी छ। सावाँ र विलम्व शुल्क सहित एयर एसियाले विमानस्थल कार्यालयलाई कुल ४० करोड रुपैयाँ बक्यौता तिर्न बाँकी थियो। जसमा सावाँ रकम २७ करोड र विलम्ब शुल्क वापतको १३ करोड रुपैयाँ तिर्नु पर्ने थियो।
उक्त रकम मध्ये एयर एसियाले अहिलेसम्म सावाँ रकम मध्येको २२ करोड रुपैयाँ मात्रै विमानस्थल कार्यालयलाई तिरेको छ। अझै साँवा रकममा पनि ५ करोड रुपैयाँ विमानस्थल कार्यालयलाई तिर्नुपर्ने छ। विलम्ब शुल्क वापतको १३ करोड रुपैयाँ तिर्न एयर एसियाले आनकानी गरिरहेको छ।
विलम्ब शुल्क तिर्न आनकानी गरेपछि कार्यालयले पहिलो चरणमा साँवा रकम मात्रै भनेपनि चुक्ता गर्न भन्दै अन्तिम मौका दिएको क्षेत्री बताउँछन्।
यसअघि एयर एसियाले अक्टोबर १ बाट यात्रु अभावको कारण देखाउँदै उडान बन्द गर्ने निर्णय गरेको थियो। तर, प्रक्रिया सबै पुरा गर्नुपने भएको हुँदा अक्टोबर १३ बाट मात्रै उडान बन्द गर्ने भएको छ। उडान बन्द अगावै कार्यालयले जहाज काठमाडौंमै रोकेर भए पनि रकम असुली गर्ने तयारी गरेको छ।
यस अघिपनि एयर एसियाले समयमै सहमति अनुसार किस्ता रकम तिर्न ढिला गरेको बेला विमानस्थल कार्यालयले उडान समयमा ४० मिनेटदेखि १ घन्टासम्म जहाज रोकेर रकम असुली गरेको थियो।
पर्यटन बोर्डको रकम असुल्लीमा सहयोग
विमानस्थल कार्यालय कै बक्यौता असुल्ली गर्न नसकिरहेको बेला त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले नेपाल पर्यटन बोर्डका ७ करोड २३ लाख रुपैयाँ भन्दा बढी रकम असुलीमा समेत सहयोग गर्ने प्रतिबद्धता गरेको छ।
एयर एसियाले नेपाल पर्यटन बोर्डलाई पनि पर्यटन सेवा शुल्क वापतको रकम तिरेको छैन।
पर्यटन बोर्डले नेपाल भ्रमणमा आउने विदेशी पर्यटकसँग नेपालबाट बाहिरिदा प्रतिव्यक्ति १ हजार रुपैयाँ लिँदै आएको छ। यस्तो रकम एयरलाइन्सले टिकट काट्दा यात्रुसँग लिएर पर्यटन बोर्डलाई तिुर्न पर्ने हुन्छ।
तर, एयर एसियाले यात्रुसँग लिएको रकम समेत पर्यटन बोर्डलाई तिरेको छै। पर्यटन बोर्डले पनि रकम असुली गर्न नसकेपछि नेपाल नागरिक उड्डयन प्राधिकरणसँग रकम असुलीका लागि सहयोग माग्दै पत्रचार गरेको थियो।
पर्यटन बोर्डको पत्र पाएलगतै प्राधिकरणले रकम असुलीमा सहयोग गरिदिन आग्रह गर्दै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयलाई पत्र गरेको थियो।
Comments
अरु समाचार
-
सुनचाँदीको मूल्य निरन्तर अकासिँदो !
काठमाडौं ।आज बुधबार सुनको मूल्य तोलामा ८ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला...
-
आज आइतबारका लागि विदेशी मुद्राको विनिमय दर कति ?
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (आइतबार) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी...
-
केवाइसी भ्यानमा सिजीको सिन्डिकेट, विनोद चाैधरीको ध्यान अदालतको दुरुपयोगमा !
काठमाडाैं । ‘प्रतिस्पर्धा प्रवर्धन तथा बजार संरक्षण ऐन, २०६३’ ले बजारमा सिण्डिकेट निषेध गरे पनि सिजी मोटर्सले सवारी साधन आयातमा...
-
शनिबारका लागि विदेशी मुद्राको विनिमयदर यस्तो छ
काठमाडौं– नेपाल राष्ट्र बैंकले आज (शनिबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको...
-
सुनको मूल २ लाख ५० हजार नाघ्यो
काठमाडौं । शुक्रबार सुनको मूल्य २ लाख ५० हजार नाघेको छ । नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघका अनुसार आज...
-
पूर्वीनाकाबाट एक अर्ब ३७ करोडको चिया निर्यात
झापा । पूर्वीनाका काँकडभिट्टाबाट चालु आर्थिक वर्षको प्रथम चौमासिकमा रु एक अर्ब ३७ करोड ३० लाख ७७ हजार बराबरको चियाको...
-
आजदेखि एक सयको नयाँ नोट चलनचल्तीमा
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजदेखि एक सय रुपियाँ दरको नयाँ बैंक नोट चलनचल्तीमा ल्याएको छ । बैंकले सूचना जारी गर्दै...
-
जकार्ता विश्वकै सबैभन्दा ठूलो सहर, टोकियो तेस्रोमा झर्यो
काठमाडौं । संयुक्त राष्ट्रसंघको एक नयाँ प्रतिवेदनले इन्डोनेसियाको राजधानी जकार्तालाई विश्वको सबैभन्दा ठूलो शहर घोषणा गरेको छ । यो शहरमा...
-
मुस्ताङमा आलुको उत्पादन क्षेत्र विस्तार : ६२ करोडको ८२ लाख बढीको बिक्री
मुस्ताङ । यहाँको पाँच स्थानीय तहमा रु ६२ करोड ८२ लाख ३५ हजार ४०० बराबरको आलु उत्पादन भएको छ ।...












