विमानस्थल सेवा शुल्क बक्यौता : एयर एसियालाई अन्तिम मौका
काठमाडाैँ ५,असोज । मलेसियन एयर कम्पनी एयर एसियालाई विमानस्थल सेवा शुल्क वापतको बक्यौता चुक्ता गर्न अन्तिम एक पटक मौका दिइएको छ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले एयर एसियालाई बाँकी रहेका बक्यौता चुक्ता गर्न असोज ९ गते मंगलबारसम्मको समय दिएको छ।
एयर एसियालाई सावाँ रमक मात्रै भए पनि चुक्ता गर्न अन्तिम पटक मंगलबारसम्मको समय दिइएको कार्यालयका प्रमुख राजकुमार क्षेत्रीले बताए।
एयर एसियाले विमानस्थल कार्यालयलाई साँवा रकममा पनि अझै ५ करोड रुपैयाँ तिर्न बाँकी छ। सावाँ र विलम्व शुल्क सहित एयर एसियाले विमानस्थल कार्यालयलाई कुल ४० करोड रुपैयाँ बक्यौता तिर्न बाँकी थियो। जसमा सावाँ रकम २७ करोड र विलम्ब शुल्क वापतको १३ करोड रुपैयाँ तिर्नु पर्ने थियो।
उक्त रकम मध्ये एयर एसियाले अहिलेसम्म सावाँ रकम मध्येको २२ करोड रुपैयाँ मात्रै विमानस्थल कार्यालयलाई तिरेको छ। अझै साँवा रकममा पनि ५ करोड रुपैयाँ विमानस्थल कार्यालयलाई तिर्नुपर्ने छ। विलम्ब शुल्क वापतको १३ करोड रुपैयाँ तिर्न एयर एसियाले आनकानी गरिरहेको छ।
विलम्ब शुल्क तिर्न आनकानी गरेपछि कार्यालयले पहिलो चरणमा साँवा रकम मात्रै भनेपनि चुक्ता गर्न भन्दै अन्तिम मौका दिएको क्षेत्री बताउँछन्।
यसअघि एयर एसियाले अक्टोबर १ बाट यात्रु अभावको कारण देखाउँदै उडान बन्द गर्ने निर्णय गरेको थियो। तर, प्रक्रिया सबै पुरा गर्नुपने भएको हुँदा अक्टोबर १३ बाट मात्रै उडान बन्द गर्ने भएको छ। उडान बन्द अगावै कार्यालयले जहाज काठमाडौंमै रोकेर भए पनि रकम असुली गर्ने तयारी गरेको छ।
यस अघिपनि एयर एसियाले समयमै सहमति अनुसार किस्ता रकम तिर्न ढिला गरेको बेला विमानस्थल कार्यालयले उडान समयमा ४० मिनेटदेखि १ घन्टासम्म जहाज रोकेर रकम असुली गरेको थियो।
पर्यटन बोर्डको रकम असुल्लीमा सहयोग
विमानस्थल कार्यालय कै बक्यौता असुल्ली गर्न नसकिरहेको बेला त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले नेपाल पर्यटन बोर्डका ७ करोड २३ लाख रुपैयाँ भन्दा बढी रकम असुलीमा समेत सहयोग गर्ने प्रतिबद्धता गरेको छ।
एयर एसियाले नेपाल पर्यटन बोर्डलाई पनि पर्यटन सेवा शुल्क वापतको रकम तिरेको छैन।
पर्यटन बोर्डले नेपाल भ्रमणमा आउने विदेशी पर्यटकसँग नेपालबाट बाहिरिदा प्रतिव्यक्ति १ हजार रुपैयाँ लिँदै आएको छ। यस्तो रकम एयरलाइन्सले टिकट काट्दा यात्रुसँग लिएर पर्यटन बोर्डलाई तिुर्न पर्ने हुन्छ।
तर, एयर एसियाले यात्रुसँग लिएको रकम समेत पर्यटन बोर्डलाई तिरेको छै। पर्यटन बोर्डले पनि रकम असुली गर्न नसकेपछि नेपाल नागरिक उड्डयन प्राधिकरणसँग रकम असुलीका लागि सहयोग माग्दै पत्रचार गरेको थियो।
पर्यटन बोर्डको पत्र पाएलगतै प्राधिकरणले रकम असुलीमा सहयोग गरिदिन आग्रह गर्दै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयलाई पत्र गरेको थियो।
Comments
अरु समाचार
-
शेयर बजारमा देखियो उछाल, झण्डै ६५ अंकले बढ्दा २१ अर्ब २२ करोडको शेयर किनबेच
काठमाडौं । शेयर बजारमा उछाल देखिएको छ । साताको अन्तिम कारोबार दिन आज बिहिबार नेप्से ६४ दशमलव ६९ अंकले बढेर...
-
खाडीका ७ देशमा पुनः श्रम स्वीकृति दिने निष्कर्षमा सरकार
कठमाण्डौ – सरकारले संयुक्त अरब इमिरेट्स (यूएई)सहित कतार, ओमान, यमन, जोर्डन, साउदी अरब, र टर्कीएमा कार्यरत नेपाली श्रमिकलाई पुनः श्रम...
-
जेनजी आन्दोलन पुनर्निर्माण कार्ययोजना : आगामी वर्ष तीनै तहका सरकारले बजेट छुट्याउनुपर्ने
काठमाडौं । गत भदौ २३ र २४ गते देशका विभिन्न स्थानमा भएको आन्दोलनले व्यापक भौतिक तथा आर्थिक क्षति पुर्याएपछि सरकारले...
-
ग्यास सिलिण्डर कालोबजारी नियन्त्रणका लागि विभाग सक्रिय, ६ हजार सिलिन्डर बरामद
काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले ललितपुरको हरिसिद्धि स्थित श्रीराम ग्यास उद्योगको गोदामबाट ठूलो मात्रामा ग्यास सिलिन्डर लुकाएर...
-
पेट्रोलमा १५ रुपैयाँ र डिजेल र मट्टीतेलमा १० रुपैयाँ बढ्यो
काठमाडाैँ । मध्यपूर्वी क्षेत्रमा तनाव चर्किरहेका बेला नेपालमा पेट्रोलियम पदार्थको मूल्य बढेको छ। नेपाल आयल निगमले एकैपटक पेट्रोलमा प्रतिलिटर १५...
-
पूर्वी नाकाबाट भित्रिए छ हजार ७९१ पर्यटक
झापा । पूर्वी नाका काँकडभिट्टा हुँदै आठ महिनामा छ हजार ७९१ तेस्रो मुलुकका पर्यटक नेपाल भित्रिएका छन् । अध्यागमन कार्यालय...
-
चार लेन सडक निर्माणका लागि विद्युत् पोल हटाइँदै
भोजपुर । टेम्केमैयुङ गाउँपालिका–२ छिनामखुमा अवस्थित मलुवा पोखरी पछिल्लो समय पर्यटकको आकर्षक गन्तव्यका रूपमा परिचित बन्दै गएको छ । सरकारले...
-
ग्यासको अनावश्यक भण्डारण नगर्न निगमको अनुरोध
काठमाडौं । नेपाल आयल निगमले आवश्यकताअनुसार मात्र एलपी ग्यास खरिद गर्न र अनावश्यक भण्डारण नगर्न सबैमा अनुरोध गरेको छ ।...
-
चालु पुँजी कर्जा सम्बन्धी मार्गदर्शन २०७९ को संसोधित व्यवस्था कार्यान्वयनमा ल्याउन निर्देशन
काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु पुँजीकर्जा सम्बन्धी मार्गदर्शन २०७९ को संसोधित व्यवस्था कार्यान्वयनमा ल्याउन निर्देशन दिएको छ । शुक्रबार...












