आयात रोके लगत्तै चिनीको मुल्य आकाशीयो
काठमाडाैँ ५,असोज । स्वदेशी उद्योगलाई संरक्षण गर्ने उद्देश्यले सरकारले चिनीको आयातमा सीमा तोकेको एक हप्ता नबित्दै व्यापारीले मूल्य बढाएका छन् । यसअघि ६५ देखि ६८ रुपैयाँ प्रतिकिलो रहेको चिनी प्रतिकिलो ७५ देखि ८० रुपैयाँमा बेच्न थालिएको छ ।
यसअघि स्वेदेशी चिनीको मूल्य ७५ रुपैयाँसम्म थियो भने बजारमा आयातित चिनी ६५ देखि ६८ रुपैयाँसम्ममा पाइन्थ्यो । तर आयात रोकिएसँगै व्यापारीले चिनीको मूल्य ८० रुपैयाँसम्म पुर्याएका हुन् ।
खुद्रा व्यापार संघका अध्यक्ष पवित्र बज्रचार्यले चिनीको मूल्य बढेको बताए । उनले आयातित चिनी र स्वदेशी चिनीको मूल्य फरक रहेकोमा सरकारले कोटा तोकेपछि एकनास भएको जानकारी दिए ।
‘साल्ट ट्रेडिङले यसअघि नै ७५ रुपैयाँसम्म चिनी बेच्थ्यो, तर आयातित चिनी बजारमा सस्तो थियो,’ उनले भने, ‘अब होलसेलमै चिनी महगिंएको छ, खुद्रा बजारमा सस्तो हुने कुरै भएन ।’
गत आइतबारको मन्त्रिपरिषद बैठकले १ लाख मेटि्रक टन आयात गर्दा आन्तरिक माग धान्न सकिने अवस्था रहेको ठहर गर्दै चिनीको आयातमा सीमा तोकेको थियो । बाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक योगेन्द्र गौचनले चिनीको मूल्यबृद्धिबारे जानकारी आएको बताए ।
‘उद्योग र खुद्राको मूल्यमा कति फरक छ भनेर बुझ्दैछौं’, उनले भने, ‘अस्वभाविक रुपमा बढाएको भए कारवाही गर्छौ ।’
भारतमा चिनी प्रतिकिलो ३३ रुपैयाँ छ । आयातमा प्रतिबन्ध लगायए पनि खुला सीमाका कारण तस्करी हुने खतरा छ । पहिल्यै आयात गरिसकेका व्यापारीले चाडबाडको मुखमा अभावर कालोबजा सिर्जना गरेर गर्न सक्ने चिन्ता उपभोक्ताकर्मीहरुले व्यक्त गरेका छन् ।
उपभोक्ताकर्मी माधव तिमल्सिनाले भने, ‘चिनी खपत हुने मुख्य समयमै आयातमा प्रतिबन्ध लगाउँदा कालोबजारी मौलाउँछ ।’
नेपालमा वर्षमा २ लाख ८० मेटि्रक टन चिनीको माग हुन्छ । तर नेपाली चिनी उद्योगले वर्षमा मुस्किलले १ लाख २० हजार मेट्रिक टन चिनी उत्पादन गर्छन् ।
सरकारले तोकेको सिलिङले बजारमा ६० हजार मेटि्रक टन चिनीको अभाव हुने देखिएको छ । घटस्थापनाको २० दिनअघि सुरु भएको चिनीको मूल्यबृद्धि दशैंसम्म अनपेक्षित रुपमा बढ्ने संकेत देखिएको खुद्रा व्यापारीहरु बताउँछन् ।
Comments
अरु समाचार
-
इप्पानको अध्यक्षमा मोहनकुमार डाँगी चयन, को-को निर्वाचित भए अन्य पदाधिकारी ?
काठमाडौँ– स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) को २४औँ वार्षिक साधारणसभाबाट मोहनकुमार डाँगीको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको छ ।...
-
आज शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण
काठमाडौँ– नेपाल राष्ट्र बैंकले शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर...
-
सम्पत्ति शुद्धीकरण सम्बन्धी मुद्दामा दीपक भट्ट, शेखर गोल्छासहित ३९ जनाविरुद्ध मुद्दा दर्ता
काठमाडौं । सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ्ग) सम्बन्धी मुद्दामा व्यवसायी दीपक भट्ट, शुलभ अग्रवाल र शेखर गोल्छासहित ३९ जना प्रतिवादीविरुद्ध विशेष...
-
नेपालकै इतिहासमा सबैभन्दा ठूलो वित्तीय अपराधको छानबिन भइरहेको छः अर्थमन्त्री वाग्ले
काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले इतिहासकै सबैभन्दा ठुलो वित्तीय अपराधका बारेमा छानबिन अघि बढिरहेको अवस्थामा सरकारमाथि नियोजित रूपमा हिलो...
-
डिजिटल सेवामा समान पहुँचका लागि सहज बन्दै सरकारी वेबसाइट
काठमाडौँ। सरकारी निकायका वेबसाइटलाई सबै नागरिकका लागि सहज र समावेशी बनाउन पहुँचमैत्री उपकरण समावेश गरिएका छन् । दृष्टिविहीन, न्यून दृष्टि...
-
आर्थिक विधेयक संशोधन विवादमा अर्थमन्त्री वाग्लेको बचाउ, ‘कहाँ राजद्रोह देख्नुभयो?’
काठमाडौं । अर्थमन्त्री स्वर्णिम वाग्लेले आर्थिक विधेयकमा गरिएको संशोधनलाई लिएर उठेको विवादको बचाउ गरेका छन्। उनले विधेयकमा देखिएका केही त्रुटि...
-
यस्तो छ आज विदेशी मुद्राको भाउ
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (सोमबार) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी...
-
पाथीभरा केवलकार निर्माणको काम अघि बढाउन माग गर्दै ताप्लेजुङमा सद्भाव र्याली
ताप्लेजुङ । पाथीभरा केवलकार परियोजनाको निर्माण कार्यलाई अविलम्ब अघि बढाउन माग गर्दै ताप्लेजुङ सदरमुकाम फुङ्लिङमा बृहत् सद्भाव र्याली निकालिएको छ।...
-
राष्ट्र बैंक मौद्रिक नीतिको तयारीमा, असार ५ सम्म सुझाव दिन सकिने
काठमाण्डौ — नेपाल राष्ट्र बैंकले आउँदो आर्थिक वर्षको मौद्रिक नीतिका लागि सुझाव माग गरेको छ । इच्छुक सबैले आउँदो असार...












