अन्तर्राष्ट्रिय हवाई सेवा सञ्चालन इजाजतका लागि १ अर्ब
काठमाडाैँ ६,असोज । सरकारले निजी हवाई सेवा प्रदायक कम्पनीले अन्तर्राष्ट्रिय हवाई सेवा सञ्चालन लाइसेन्स लिनका लागि एक अर्ब चुक्ता पुँजी आवश्यक पर्ने गरी अन्तर्राष्ट्रिय हवाई सञ्चालन कार्यविधि २०७५ जारी गरेको छ।
शुक्रबार राति बसेकको मन्त्री परिषदको बैैठकले अन्तर्राष्ट्रिय हवाई सेवा सञ्चालन इजाजत प्रदान गर्ने विषयमा तयार भएको कार्यविधि स्वीकृत गरेको हो। कार्यविधिमा ए,बि,सि वर्गमा वर्गिकरण गर्र्दै चुक्ता पुँजी समेत तय गरेको छ।
वायुयानको टेक अफ वेट (विमान उड्ने बेलाको तौल)लाई आधार मानेर कम्पनीलाई तीन वर्गमा वर्गीकरण गरिएको हाे। जससमा १ सय २५ टनभन्दा ठूला विमानलाई ‘ए’ वर्ग, ४० देखि १२५ टनका विमानलाई ‘बी’ वर्ग र ४० टनभन्दा साना तौल भएका विमानलाई ‘सी’ वर्गमा वर्गीकरण गरिएका छ ।
‘ए’ वर्गका लागि १ अर्ब, ‘बी’ वर्गका लागि ७५ करोड र ‘सी’ वर्गका लागि ५० करोड रुपैयाँ चुक्ता पुजी भएको अवस्थामा मात्रै अन्तर्राष्ट्रिय हवाई सेवा सञ्चालन इजाजत दिइने गरी कार्यविधि आएको छ। यसअघि अन्तर्राष्ट्रिय हवाई सेवा सञ्चालन इजाजत लिनका लागि ५० करोड पुँजी तोकिएको थियो।
यसैगरी नयाँ कार्याविधिमा अन्तर्राष्ट्रिय हवाई सेवा सञ्चालनका लागि तौलका आधारमा समेत इजाजत दिने व्यवस्था गरेको संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछानेले जानकारी दिए।
यसअघि जहाजले कति घन्टासम्म उडान गर्न सक्छ भन्ने आधारमा इजाजत दिने व्यवस्था गरेको थियो। तर, अब उडान भर्ने समयको ठाउँमा तौलको व्यवस्था गरिएको उनको भनाइ छ।
यसैगरी कार्यविधिमा ५ वर्षसम्म आन्तरिक हवाई सेवा प्रदान गरेको एयसलाइन्स कम्पनीलाई अन्तर्राष्ट्रिय हवाई सेवा इजाजत दिने व्यवस्था गरेको छ।
Comments
अरु समाचार
-
बारबराका सन्दुककी भतिजी तथा नेपोकिड यांकीलाई वालेन्द्रको उपहार ‘लगानी बोर्डको सीईओ’
लगानी बोर्डको सीईओमा नियुक्त भएकी यांकी उक्याब सन्दुक रुइतको भतिजी रहेको पाइएको छ। तत्कालीन समयमा महाकालीको अञ्चलाधिश नै बनेका जोन...
-
आजदेखि साबिककै अनुसार १४.२ किलो तौल भएको ग्यास सिलिन्डर प्रयोगमा ल्याइँदै
काठमाडौं । नेपाल आयल निगमले आजदेखि बजारमा खाना पकाउने ग्यासको भरी सिलिन्डर पठाउने भएको छ । निगमले साबिककै अनुसार १४.२...
-
मुलुकका ४४ जिल्लामा बाढीको जोखिम, साना नदीमा आकस्मिक बाढीको सम्भावना
काठमाडौँ। यतिबेला मुलुकका ४४ जिल्लामा आकस्मिक बाढीको मध्यमदेखि उच्च जोखिम रहेको छ ।जल तथा मौसम विज्ञान विभागले पाँचथर, इलाम, झापा,...
-
मन्त्रीपरिषद् बैठकका पाँच महत्त्वपूर्ण निर्णय, वायुसेवा निगमको कार्यकारी अध्यक्षमा महेश्वरभक्त श्रेष्ठ नियुक्त
काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय सिंहदरबारमा मंगलबार बसेको मन्त्रीपरिषद् बैठकले पाँच महत्वपूर्ण निर्णय गरेको छ । यसैक्रममा बैडकले बीउबिजनसम्बन्धी...
-
बैंकर ज्योति पाण्डेलाई मातृशोक
काठमाडौं। नेपाल इन्भेष्टमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योतिप्रकाश पाण्डे र शिखर इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत दीपप्रकाश पाण्डेलाई मातृशोक परेको छ।...
-
पुनः प्रयोगयोग्य रकेट परीक्षणमा चीन सफल, अन्तरिक्ष दौडमा नयाँ उपलब्धि
काठमाडौं । चीनले पुनः प्रयोग गर्न मिल्ने रकेटको सफल अवतरण गर्दै अन्तरिक्ष प्रविधिमा नयाँ उपलब्धि हासिल गरेको छ। चाइना एरोस्पेस...
-
‘बिपी राजमार्ग अवरुद्ध भए ३० मिनेटभित्र सञ्चालन गर्ने आवश्यक तयारी’
काभ्रेपलाञ्चोक । बाढीपहिरोबाट क्षतिग्रस्त भई पुनर्निर्माण भइरहेको बिपी राजमार्गको काभ्रेपलाञ्चोक–सिन्धुली खण्ड वर्षायाममा पनि सहज सञ्चालन गर्ने तयारी गरिएको छ। डिभिजन...
-
टेलिकम बिलिङ प्रणाली ठेक्का प्रकरण : विशेष अदालतद्वारा सबै आरोपितलाई सफाइ
काठमाडौं । विशेष अदालतले नेपाल टेलिकमको बिलिङ प्रणाली ठेक्का प्रक्रियासम्बन्धी भ्रष्टाचार मुद्दामा सबै आरोपितलाई सफाइ दिएको छ। अदालतले नेपाल टेलिकमका...
-
दिपक भट्टसँग जोडिएपछि देउवाका छोरा जय विरलाई बयानका लागि बोलायो विभागले
काठमाडौं । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले जयवीर सिंह देउवालाई बयानका लागि बोलाएको छ । विभागले दिपक भट्ट र सुलभ अग्रवालसँग...












