निर्माण व्यवसायी महासंघको अध्यक्षमा रवि सिंह निर्वाचित
काठमाडाैँ ७, असोज । नेपाल निर्माण व्यवसायी महासंघको अध्यक्षमा रवि सिंह निर्वाचित भएका छन्। सिंह नेपाली कांग्रेस निकट निर्माण व्यवसायी हुन्।
काठमाडौंमा भएको महासंघको ११अौं अधिवेसनमा सिंहले रामशरण देउजा, यज्ञध्वज कार्की र पुरुषोत्तम मानन्धरलाई हराएका हुन्। कांग्रेस निकट नै रहेका देउवा उनका बागी उम्मेदवार बनेका थिए। उनी निवर्तमान महासचिव पनि हुन्।
कार्की सत्तारुढ दल नजिकका प्रत्यासी हुन् भने मानन्धर स्वतन्त्र उम्मेदवारका बनेका थिए। वरिष्ठ उपाध्यक्षमा निकोलश पाण्डे निर्वाचित भएका छन्। पाण्डे पनि लोकतान्त्रिक समूहबाट विजयी भएका युवा व्यवसायी हुन्।
निर्वाचित हुनेमा एसोसिएटतर्फ उपाध्यक्षमा आङदोर्जी लामा चयन भएका छन्। महासचिवमा रोशन दाहाल, नीतिगत उपमहासचिवमा टंकप्रसाद चौलागाई, आन्तरिकतर्फको उपमहासचिवमा नरहरि थपलिया विजयी भएका छन्।
कोषाध्यक्षमा हिरणकुमार श्रेष्ठ र सह कोषाध्यक्षमा सरस्वती कार्की निर्वाचित भएका छन्। सात प्रदेशबाट उपाध्यक्षमा प्रदेश १ बाट धिरेन्द्र दाहाल, प्रदेश २ बाट सुरेन्द्रप्रसाद सिंह, प्रदेश ३ मा पेम्बा लामा शेर्पा निर्वाचित भएका छन्। यसैगरी गण्डकी प्रदेशमा राजेन्द्र पहाडी, प्रदेश ५ मा टोप बहादुर रायमाझी, कर्णाली प्रदेशमा रत्न बहादुर खड्का र प्रदेश नम्बर ७ मा टेक बहादुर सेटी विजयी भएका छन्।
Comments
अरु समाचार
-
युद्धका हतियार तोकिएको समयमा विश्वका जुनसुकै ठाउँमा पुग्ने तर मल वा इन्धन किन पुग्दैन ? : बालेन शाह
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले हतियार आपूर्तिका लागि विश्वसँग रहेको तीव्र र प्रभावकारी संयन्त्र किसानका लागि मल तथा इन्धन आपूर्तिमा...
-
प्रधानमन्त्री शाह र राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता
न्यूयोर्क। प्रधानमन्त्री वालेन्द्र शाह र संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसबीच बिहीबार भेटवार्ता भएको छ। संयुक्त राष्ट्रसंघको ८१औँ महासभाको उच्चस्तरीय सप्ताहमा...
-
ईश्वर पोखरेलसहित ७ नेता एमाले स्थायी कमिटी सदस्यमा मनोनीत
काठमाडौं । नेकपा (एमाले) ले ईश्वर पोखरेलसहित सात जना नेताहरूलाई स्थायी कमिटी सदस्यमा मनोनीत गरेको छ। बिहीबार बसेको एमाले सचिवालय...
-
धादिङ कांग्रेसमा २० वर्षीय गौरवको छलाङ, महाधिवेशनका लागि बने कान्छा क्षेत्रीय प्रतिनिधि
धादिङ । निलकण्ठ नगरपालिका–१२ का २० वर्षीय गौरव सापकोटा नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा धादिङकै कान्छा क्षेत्रीय प्रतिनिधि बनेका छन्। सानै...
-
भन्सार अधिकृतले एसपीलाई धम्क्याएको अडियो प्रकरणको छानविन गर्न माग
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद टिका संग्रौलाले कञ्चनपुरका एक भन्सार अधिकृतले कैलालीका सशस्त्र प्रहरी उपरीक्षकसहित उच्च अधिकारीप्रति धम्कीपूर्ण भाषा...
-
प्रधानन्यायाधीश शर्मा र चिनियाँ प्रधानन्यायाधीश जुनबीच भेटवार्ता
काठमाडौं । प्रधानन्यायाधीश मनोजकुमार शर्माले बुधबार चीनका प्रधानन्यायाधीश झाङ जुनसँग भेटवार्ता गर्नुभएको छ। बेइजिङस्थित चीनको सर्वोच्च जनअदालतमा भएको भेटवार्तामा दुवै...
-
पार्टी संगठित अभियानमा कांग्रेस, आज देशैभर पालिका तहको अधिवेशन
काठमाडौँ । नेपाली कांग्रेसले आज देशैभर पालिका तहको अधिवेशन गर्दैछ । सो पार्टीको १५औँ महाधिवेशनअन्तर्गत स्थानीय तहको सांगठनिक संरचना निर्माण...
-
प्रतिनिधिसभाको बैठक बस्दै,यस्तो छ कार्यसूची
काठमाडौँ, असोज ७ गते । सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक बुधबार बस्दैछ । सिंहदरबारमा बिहान ११ बजेका लागि तय भएको बैठकमा...
-
सामान्य यात्रु झैं जहाज चढेर अमेरिका गए बालेन, बिदाई गर्ने दुईजना मात्रै
काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह सामान्य यात्रु झैं जहाज चढेर अमेरिका प्रस्थान गरेका छन् । प्रम शाहलाई बिदाई गर्ने दुईजना...












