माल्दिभ्सको राष्ट्रपतिमा विपक्षी नेता सोलिह विजयी
काठमाडौं ८,असोज । मालदिभ्समा विपक्षी दलका नेता इब्राहिम मोहम्मद सोलिहले राष्ट्रपति पदको चुनाव जितेका छन् । भारतको समर्थक मानिएका सोहिलले चीनको समर्थन रहेको मानिएका निवर्तमान राष्ट्रपति अब्दुला यामिनलाई पराजित गरेका हुन् ।
निर्वाचन आयोगका अनुसार सोहिलले ५८.३ प्रतिशत मत पाएका छन् । उनले १३ लाख ३ हजार ८०८ मत पाएका छन् । यामिन ९५ हजार ५२६ भोटले पछि परेका छन् ।
आइतबार भएको निर्वाचनमा ८८ प्रतिशत मत खसेको थियो । चार दलीय गठबन्धनका उम्मेदवार बनेका सोहिलले यो आफ्ना लागि खुसीको क्षण भएको प्रतिक्रिया दिएका छन् । उनले अर्का प्रत्यासी यामिनले जनमतलाई स्वीकार गर्नुपर्ने पनि बताएको बीबीसीले लेखेको छ ।
तर, निवर्तमान राष्ट्रपति यामिनको प्रतिक्रिया सार्वजनिक भएको छैन ।
मत गणना सुरु हुनुअघिसम्म यामिनले चुनाव जित्ने अनुमान गरिएको थियो । मतदानको पूर्वसन्ध्यामा सरकार विरोधीलाई जेलमा हाल्ने, सरकार विरोधी दलका कार्यालयमा छापा मार्ने लगायतका काम गरिएको भन्दै सरकारको आलोचना भएको थियो ।
त्यसअघि युरोपेली संघ, अमेरिका, अन्तर्राष्ट्रिय पर्यवेक्षक र विपक्षी दलहरुले चुनाव निष्पक्ष हुनेमा आशंका गरेका थिए । अमेरिका र युरोपेली संघले चुनाव लोकतान्त्रिक प्रक्रियाबाट नभए मालदिभ्समा नाकाबन्दी लगाउने चेतावनीसमेत दिएका थिए ।
बीबीसीका अनुसार पछिल्लो समय मालदिभ्समा राजनीतिक गतिरोध सिर्जना भएको थियो । गत फेब्रुअरीमा सर्वोच्च अदालतले पूर्व राष्ट्रपति मोहम्मद नशीदविरुद्धको मुद्दालाई असंवैधानिक ठहर गर्दै विपक्षीका नौ जना सांसदलाई रिहा गर्न आदेश दिएको थियो ।
अदालतको यो फैसलालाई सरकारले अस्वीकार गर्दै संसदलाई अनिश्चितकालका लागि स्थगित गरेको थियो । राष्ट्रपति यामिनले देशमा १५ दिनका लागि संकटकाल घोषणा गरे । त्यसक्रममा दुई न्यायाधीशहरु पनि पक्राउ परे । त्यसपछि अदालतले आफ्नो फैसला उल्ट्याएको थियो ।
Comments
अरु समाचार
-
युद्धका हतियार तोकिएको समयमा विश्वका जुनसुकै ठाउँमा पुग्ने तर मल वा इन्धन किन पुग्दैन ? : बालेन शाह
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले हतियार आपूर्तिका लागि विश्वसँग रहेको तीव्र र प्रभावकारी संयन्त्र किसानका लागि मल तथा इन्धन आपूर्तिमा...
-
प्रधानमन्त्री शाह र राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता
न्यूयोर्क। प्रधानमन्त्री वालेन्द्र शाह र संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसबीच बिहीबार भेटवार्ता भएको छ। संयुक्त राष्ट्रसंघको ८१औँ महासभाको उच्चस्तरीय सप्ताहमा...
-
ईश्वर पोखरेलसहित ७ नेता एमाले स्थायी कमिटी सदस्यमा मनोनीत
काठमाडौं । नेकपा (एमाले) ले ईश्वर पोखरेलसहित सात जना नेताहरूलाई स्थायी कमिटी सदस्यमा मनोनीत गरेको छ। बिहीबार बसेको एमाले सचिवालय...
-
धादिङ कांग्रेसमा २० वर्षीय गौरवको छलाङ, महाधिवेशनका लागि बने कान्छा क्षेत्रीय प्रतिनिधि
धादिङ । निलकण्ठ नगरपालिका–१२ का २० वर्षीय गौरव सापकोटा नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा धादिङकै कान्छा क्षेत्रीय प्रतिनिधि बनेका छन्। सानै...
-
भन्सार अधिकृतले एसपीलाई धम्क्याएको अडियो प्रकरणको छानविन गर्न माग
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद टिका संग्रौलाले कञ्चनपुरका एक भन्सार अधिकृतले कैलालीका सशस्त्र प्रहरी उपरीक्षकसहित उच्च अधिकारीप्रति धम्कीपूर्ण भाषा...
-
प्रधानन्यायाधीश शर्मा र चिनियाँ प्रधानन्यायाधीश जुनबीच भेटवार्ता
काठमाडौं । प्रधानन्यायाधीश मनोजकुमार शर्माले बुधबार चीनका प्रधानन्यायाधीश झाङ जुनसँग भेटवार्ता गर्नुभएको छ। बेइजिङस्थित चीनको सर्वोच्च जनअदालतमा भएको भेटवार्तामा दुवै...
-
पार्टी संगठित अभियानमा कांग्रेस, आज देशैभर पालिका तहको अधिवेशन
काठमाडौँ । नेपाली कांग्रेसले आज देशैभर पालिका तहको अधिवेशन गर्दैछ । सो पार्टीको १५औँ महाधिवेशनअन्तर्गत स्थानीय तहको सांगठनिक संरचना निर्माण...
-
प्रतिनिधिसभाको बैठक बस्दै,यस्तो छ कार्यसूची
काठमाडौँ, असोज ७ गते । सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक बुधबार बस्दैछ । सिंहदरबारमा बिहान ११ बजेका लागि तय भएको बैठकमा...
-
सामान्य यात्रु झैं जहाज चढेर अमेरिका गए बालेन, बिदाई गर्ने दुईजना मात्रै
काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह सामान्य यात्रु झैं जहाज चढेर अमेरिका प्रस्थान गरेका छन् । प्रम शाहलाई बिदाई गर्ने दुईजना...












